चिनियाँ कम्युनिष्ट पार्टीको २० औँ अधिवेशन : तेस्रो कार्यकालको तयारीमा सी जिनपिङ
नेपालअखबार, एजेन्सि। चीनको सत्तारुढ कम्युनिस्ट पार्टीको २०औँ अधिवेशनले सन् १९७० को दशकमा माओत्सेतुङपछिका शक्तिशाली चिनियाँ नेता सी जिनपिङलाई तेस्रो पाँचवर्षे कार्यकाल दिने अनुमान गरिएको छ । ६९ वर्षीय सी तेस्रो कार्यकालका लागि निर्वाचित भएमा चीनमा उनको पकड अझ बलियो हुनेछ । सन् २०१८ मा चीनमा राष्ट्रपतिका लागि दुई कार्यकालको सीमा खारेज गरिएको थियो ।
हाल सी जिनपिङले तीनवटा उच्च पद सम्हालिरहेका छन् । महासचिवका रूपमा उनी चीनको कम्युनिस्ट पार्टीको प्रमुख हुन् भने राष्ट्रपतिको रूपमा उनी राष्ट्रप्रमुख हुन् । त्यसैगरी चीनको केन्द्रीय सैन्य आयोगको अध्यक्षको रूपमा उनले देशको सशस्त्र फौजको नेतृत्व गर्छन् । उनलाई चीनको सर्वोच्च नेता पनि भनिन्छ ।
सी अधिवेशनमा पार्टी महासचिव तथा केन्द्रीय सैन्य आयोगको अध्यक्ष र अर्को वर्ष हुने वार्षिक राष्ट्रिय जनकंग्रेसको बैठकमा अध्यक्ष हुने सम्भावना रहेको बिबिसी...










