दक्षिण कोरियामा फेरि बढ्न थाले कोरोना संक्रमित
नेपाल अखबार, एजेन्सि। दक्षिण कोरियामा कोरोना (कोभिड–१९) का संक्रमित पछिल्लो समयमा बढेको देखिएको छ।
यहाँ संक्रमित हुनेहरुको संख्या पछिल्ला हप्ताहरुमा बढ्दै गएको देखिएको समाचारमा जनाइएको छ। यसैबीच बिहीबार प्राप्त समाचरमा यहाँ कोरोनाका थप ४४१ जना भेटिएको बताइएको छ। यो केही महिना यतादेखिकै सबैभन्दा बढी संख्या भएको बताइएको छ।
यहाँको स्वस्थ्य मन्त्रालयले यो संख्या गएको मार्च ७ तारिख पछि एकै दिन देखिएको यो सबैभन्दा बढी संख्या भएको बताएको छ।
यहाँ बिहीबारसम्ममा संक्रमितहरुको संख्या १६ हजार नाघेको बताइएको छ। प्राप्त समाचारमा यो संख्या १८ हजार ६ सय जना पुगेको बताइएको छ। यहाँ पछिल्लो हप्ता हरेक दिन कम्तिमा पनि १ सय जनाभन्दा बढीको संक्रमित थपिएका छन्।
उनीहरुमध्ये अधिकांश समुदायमै भेटिएका हुन् भने थोरै मात्र विदेशबाट आएका व्यक्तिमा पाइएको पनि सो समाचारमा जनाइएको छ।
बिहीबारसम्म कोरोना संक्रमणबाट मृत्यु ...
