टर्कीका राष्ट्रपति ग्रीसको जहाज डुबाउन चाहन्थेः जर्मन पत्रिकाको दाबी
नेपालअखबार, एजेन्सि। पूर्वी भूमध्य सागरमा टर्की र ग्रीसबीच जारी तनावबीच जर्मनीको पत्रिका ‘डी वेल्ट’ ले एक चकित पारिदिने दाबी गरेको छ । पत्रिकाले टर्कीका राष्ट्रपति रेचेप तैय्यप अर्दोआनले पूर्वी भूमध्य सागरमा ग्रीससँग सैन्य झडप चाहेको भन्दै रिपोर्ट प्रकाशित गरेको छ ।
‘अर्दोआनको सुनियोजित युद्ध’ शीर्षक भएको यो रिपोर्टमा भनिएको छ, ‘यदि टर्कीका राष्ट्रपतिको वशमा भएको भए उनको नौसेनाले निकै समय अघि भूमध्य सागरमा ग्रीसको एउटा जहाज डुबाई सकेको हुन्थ्यो ।’
आजकाल पूर्वी भूमध्य सागरमा ग्रीस र टर्कीबीच तनावको स्थिती छ । विवादित समुद्री इलाकामा टर्कीले ग्यासको नयाँ भण्डार भेटिएको दाबी गरेपछि स्थिती गम्भीर भएको हो ।
जुन इलाकामा टर्कीले ग्यासको खोजी गरेको छ, ग्रीस पनि त्यो इलाकामा आफ्नो दाबी गर्दछ । दुबै देशबीच प्राकृतिक स्रोत साधनको विषयमा सुरु भएको सामान्य होडबाजीको सिलसिला अब सैन्य कारवाहीको धम्कीसम्...
