जापानकी प्रधानमन्त्री ताकाइची नै गरिन् संसद भवनमा महिला शौचालय थप्न माग
नेपालअखबार, काठमाडौँ । प्रधानमन्त्री सनई ताकाइचीले सहित जापानका झण्डै ६० जना महिला सांसदहरूले संसद भवनमा शौचालयको संख्या थप गर्न माग गरेका छन्।
पुरूष प्रधान जापानको केन्द्रीय संसद 'डायट' को मुख्य बैठक हल नजिकै महिलाका लागि दुई वटा मात्र कोठा भएको एउटै शौचालय छ।
परम्परागत रूपमा पुरूष मात्रै सांसद हुने भए पछिल्लो समयमा महिला सांसदको संख्या पनि केही बढ्न थालेको छ।
पछिल्लो निर्वाचनमा ७३ जना महिला तल्लो सदनका लागि निर्वाचित भएका थिए। भर्खरै ताकाइची जापानको पहिलो महिला प्रधानमन्त्री बनेकी थिइन्।
तर एक पटकमा दुई महिलाले मात्रै शौचालय प्रयोग गर्न मिल्ने भएकाले हरेक बैठकअघि उनीहरूले लामो लाम लाग्नुपर्ने हुन्छ। त्यसैले महिलाहरूको बढ्दो प्रतिनिधित्व अनुसार शौचालय थप्न भनेर प्रधानमन्त्री ताकाइचीले सहित झण्डै ६० जना महिला सांसदहरूले गर्दै निवेदन दर्ता गराएको द गार्डियनले जनाएको छ।
जापानक...










