Thursday, September 3

विश्व

रूसी आक्रमणपछि युक्रेनमा ४५ हजार मानिस विद्युतविहीन
विश्व, समाचार, समाज

रूसी आक्रमणपछि युक्रेनमा ४५ हजार मानिस विद्युतविहीन

नेपालअखबार,किभ । रूसको आक्रमणपछि दक्षिणी युक्रेनका हजारौं मानिस विद्युतविहीन भएका छन् । रूसले अमेरिका र युक्रेनको पूर्ण र सर्तरहित युद्धविराम प्रस्ताव अस्वीकार गरेको छ, तर युक्रेनी ऊर्जा केन्द्रहरूमा आक्रमण नगर्ने अस्थायी सहमति भएको बताएको छ । यद्यपि, युक्रेनले भने रूसले बारम्बार ऊर्जा संरचनामा प्रहार गरिरहेको आरोप लगाएको छ । ‘आज बिहान, अर्को रूसी आक्रमणले खेरसोनको विद्युत ध्वस्त पार्दा ४५ हजार मानिस अन्धकारमा परेका छन्,’ युक्रेनी विदेशमन्त्री आन्द्रेई सिबिगाले पत्रकार सम्मेलनमा बताए । फेब्रुअरी सन् २०२२ मा रूसले युक्रेनमाथि आक्रमण गरेदेखि नै युक्रेनी ऊर्जा प्रणाली र विद्युत गृहहरूमा निरन्तर हवाई आक्रमण गरिरहेको छ । त्यसैगरी, रूसले पनि युक्रेनलाई रूसी ऊर्जा केन्द्रहरूमा आक्रमण गरेको आरोप लगाएको छ । मस्कोका अनुसार, मङ्गलबार रुसको बेलगोरोद क्षेत्र र मस्कोको नियन्त्रणमा रहेको युक्रेनी...
म्यानमारको भूकम्पमा १४४ जनाको मृत्यु, थाइल्याण्डमा सय जना बेपत्ता
विश्व, समाचार, समाज

म्यानमारको भूकम्पमा १४४ जनाको मृत्यु, थाइल्याण्डमा सय जना बेपत्ता

नेपालअखबार, काठमाडौं । म्यानमारमा शक्तिशाली भूकम्पमा परी १४४ जनाको मृत्यु भएको छ। शुक्रबार दिउँसो तीन बजे म्यानमारको राजधानी नेपिडो आसपास केन्द्रबिन्दु भएर ७.७ म्याग्नेच्युडको भूकम्प गएको थियो। प्रारम्भिक रिपोर्टहरूका अनुसार भूकम्पमा परी १४४ जनाको मृत्यु भएको बिबिसीले जनाएको छ। भूकम्पले राजधानीमा सयौं घरहरू ढलेको र त्यसको भग्नावशेषमा सयौं मानिसहरू पुरिएको हुनसक्ने भएकाले मृत्यु हुनेको संख्या धेरै बढ्न सक्ने बताइएको छ। म्यानमारको दोस्रो ठूलो सहर मन्डालेमा पनि भूकम्पले अग्ला अग्ला भवनहरूमा क्षति पुगेको छ। त्यहाँ पनि मानिसहरूको मृत्यु भएको हुनसक्ने बताइएको छ। भूकम्पको धक्का थाइल्याण्डको बैंकक, चीन र भारतमा समेत महशुस भएको थियो। थाइल्याण्डको बैंककमा रहेको एउटा गगनचुम्बी भवन गर्ल्यामगुर्लुम्म ढलेको थियो। त्यहाँ काम गर्ने सय जना भन्दा बढी मजदुर बेपत्ता रहेको बिबिसीले जनाएको छ। ...
भूकम्पपछि बैंककको ३० तले भवन ढल्दा ४३ जना फसे
विश्व, समाचार, समाज

भूकम्पपछि बैंककको ३० तले भवन ढल्दा ४३ जना फसे

नेपालअखबार,काठमाडौँ  । म्यानमारमा केन्द्रविन्दु बनाएर शुक्रबार गएको ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पबाट बैंककमा एक सरकारी कार्यालयका लागि निर्माणाधीन ३० तले भवन ढल्दा ४३ श्रमिक फसेको प्रहरी र चिकित्सकहरूले जानकारी दिएका छन् । थाई राजधानीको उत्तरी भेगमा रहेको यो भवन केही सेकेन्डमा भग्नावशेष र धातुको घुमाउरो गुच्छामा परिवर्तन भएको थियो । शुक्रबार दिउँसो सागिङ सहरको उत्तरपश्चिममा ७.७ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भीय सर्वेक्षणले जनाएको छ । केही मिनेटपछि सोही क्षेत्रमा ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो । आपत्कालीन अवस्था घोषणा यसैबीच थाइ अधिकारीहरूले बैंककमा आपत्कालीन अवस्था घोषणा गरेका छन् । म्यानमारमा केन्द्रीत भूकम्पले बैंकक सहरलाई आक्रान्त पारेपछि प्रधानमन्त्री सिनावात्राले शुक्रबार आपत्कालीन अवस्था घोषणा गरिएको बताइन् । भूकम्पपछि बैंककका विभिन्न भवनहरूमा क...
हमासको विरोधमा गाजामा प्यालेस्टिनीहरू पहिलो पटक उत्रिए सडकमा
राजनीति, विश्व, समाचार

हमासको विरोधमा गाजामा प्यालेस्टिनीहरू पहिलो पटक उत्रिए सडकमा

नेपालअखबार,रफाह । मंगलबार गाजामा हमास विरुद्ध विरोध प्रदर्शन भएको छ । उत्तरी गाजाको बेइत लाहियाको सडकमा सयौं मानिसहरूले यो विरोधमा भाग लिएका थिए । इजरायल र गाजाबीचको युद्ध सुरु भएपछि मानिसहरू हमासको विरोधमा यति ठुलो संख्यामा बाहिर निस्केको यो पहिलो पटक हो । प्रदर्शनकारीहरूले हमासले अब सत्ता त्याग्नुपर्ने माग गरेका थिए ।यसैबिच, नकाबधारी हमासका लडाकुहरूले बल प्रयोग गरेर प्रदर्शनकारीहरूलाई तितरबितर पार्ने प्रयास गरेका थिए । केही लडाकुहरूको हातमा हतियार पनि थियो । उनीहरूले प्रदर्शनकारीहरूलाई कुटपिट गरेको बताइएको छ । हमासका आलोचक मानिने सामाजिक कार्यकर्ताहरूले सामाजिक सञ्जालमा केही भिडियोहरू भाइरल बनाएका छन् । तीमध्ये धेरै युवाहरू उत्तरी गाजाको बेइत लाहियाको सडकमा देखिए । उनीहरूले ‘बाहिर... बाहिर... बाहिर...हमास बाहिर’ भन्ने नारा लगाइरहेका थिए । यद्यपि, हमासका समर्थक मानिने समूहहरूले यस विषय...
इजरायलका हजारौं जनता टर्च बालेर सडकमा प्रदर्शन
राजनीति, विश्व, समाचार

इजरायलका हजारौं जनता टर्च बालेर सडकमा प्रदर्शन

नेपालअखबार,काठमाडौँ ।शनिबार बेलुका इसराइलको राजधानी तेल अविभस्थित हबिमा स्क्वायरमा हजारौं मानिसहरू भेला भएर प्रदर्शन गरे। रातको समयमा उपस्थित भएका हजारौं मानिसहरूले मोबाइलको टर्च बालेर प्रदर्शन गरेका थिए। उनीहरूले सरकार विरोधी नाराबाजी पनि गरे। राजधानी तेल अविभमात्रै होइन, जेरूसलेम लगायत मुख्य मुख्य सहरहरूमा हजारौं मानिसहरू सडकमा उत्रिएका थिए। हात हातमा केही मानिसका तस्बिरहरू प्रदर्शन गर्दै उनीहरूले सरकार र प्रधानमन्त्री बेन्यामिन नेतन्याहूविरूद्ध नाराबाजी गरेका थिए। इसराइली पत्रिका टाइम्स अफ इसराइलका अनुसार प्रधानमन्त्री नेतन्याहूको आदेशमा गजामा गत हप्तादेखि ध्वंसात्मक आक्रमण भइरहेको विरोधमा इसराइली नागरिकहरू सडकमा निस्किएका हुन्। शनिबार मात्रै विभिन्न सहरमा गरी १ लाखभन्दा बढी मानिसहरू सडकमा उत्रिएको टाइम्स अफ इसराइलले जनाएको छ। सन् २०२३ को अक्टोबर ७ यता पटक-पटक इसराइलीह...
हवाई हमलामा हमासका वरिष्ठ अधिकारीको निधन
राजनीति, विश्व, समाचार

हवाई हमलामा हमासका वरिष्ठ अधिकारीको निधन

नेपालअखबार,रफाह । इजरायलले गरेको गाजाको खान युनुस सहरमा हवाई आक्रमणमा परेर हसासको वरिष्ठ नेताको निधन भएको छ । हमासका एक अधिकारीले आइतबार बिहान बीबीसीलाई यसको जानकारी गराएका हुन् ।मर्ने नेता समूहका राजनीतिक नेता सलाह अल–बर्दाविल भएको बताइएको छ । स्थानीयहरूले बताएअनुसार आक्रमणमा परेर बर्दाविल र उनको पत्नी दुवै जनाको निधन भएको बताइएको छ । यसबारे इजरायली अधिकारीहरूले तत्कालै कुनै प्रतिक्रिया दिएका छैनन् । जनवरी १९ मा भएको युद्धविराम सम्झौतालाई वेवास्ता गरेको आरोप लगाउँदै गएको मङ्गलवारदेखि इजरायलले गाजामा आक्रमण सुरु गरेको छ । योसँगै २ महिनायता केही शान्त रहेको गाजामा पुनः रक्तपात सुरु भएको छ । हमासले भने इजरायलको आरोप अस्वीकार गर्दै आएको छ । कतार, इजिप्ट र अमेरिकाको मध्यस्थतामा भएको सम्झौताको उल्लङ्घन गरिरहेको आरोप उसले बरु उल्टै इजरायलमाथि लगाएको छ । गएको २४ घण्टामा मात्रै गाजापट्टीक...
अमेरिकाले हक्कानीमाथि तोकिएको इनाम हटायो  :  तालिबानको दाबी
राजनीति, विश्व, समाचार

अमेरिकाले हक्कानीमाथि तोकिएको इनाम हटायो : तालिबानको दाबी

नेपालअखबार,काठमाडौं । अफगानिस्तानमा तालिबान अधिकारीहरूले अमेरिकाले तालिबानका तीन नेताहरू सिराजुद्दीन हक्कानी, अब्दुल अजीज हक्कानी, र याह्या हक्कानीमाथि घोषणा गरिएको इनाम हटाएको दाबी गरेका छन् । बीबीसीका अनुसार अहिलेसम्म अमेरिकाले यो विषयमा कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन। रोयटर्सका अनुसार अफगानिस्तानको गृह मन्त्रालयका प्रवक्ताले शनिबार अमेरिकाले सिराजुद्दीन हक्कानीमाथि घोषणा गरिएको १ करोड अमेरिकी डलरको इनाम हटाएको जानकारी दिएका छन् । यद्यपि, एफबीआईको वेबसाइटमा हालसम्म पनि अफगानिस्तानका कार्यवाहक गृह मन्त्री सिराजुद्दीन हक्कानीमाथि १० मिलियन (१ करोड) अमेरिकी डलरको इनाम उल्लेख छ। वेबसाइटमा हक्कानीले ‘अफगानिस्तानमा अमेरिका र गठबन्धन सेनाहरूविरुद्ध सीमा पार हमलाहरूमा संलग्नता जनाएका थिए’ भन्ने विवरण हटाइएको छैन । सिराजुद्दीन हक्कानीसँगै अब्दुल अजीज हक्कानी र याह्या हक्कानी प...
यमनको राजधानी सानामा अमेरिकी सेनाद्वारा हवाई आक्रमण सुरु
राजनीति, विश्व, समाचार

यमनको राजधानी सानामा अमेरिकी सेनाद्वारा हवाई आक्रमण सुरु

नेपालअखबार,एजेन्सी । अमेरिकी सेनाले यमनको राजधानी सानामा हवाई आक्रमणको नयाँ चरण सुरु गरेको छ ।  हुथीद्वारा सञ्चालित अल–मसिराह टिभीकाअनुसार सात महिला र दुई बालबालिकासहित कम्तीमा नौ जना घाइते भएका छन् । अमेरिकी सेनाले गत शनिवारदेखि हुथी लक्षित क्षेत्रमा हवाई आक्रमण पुनः सुरु गरेको थियो । यसको अभियान अन्तर्राष्ट्रिय ढुवानीलाई सुरक्षित राख्ने लक्ष्य रहेको दाबी गरेको छ । हुथीद्वारा सञ्चालित स्वास्थ्य अधिकारीहरूका अनुसार अमेरिकी हवाई आक्रमणको नयाँ चरणमा दर्जनौँ व्यक्तिको मृत्यु भएको छ । २०१४ मा गृहयुद्ध सुरु भएपछि हुथी विद्रोही समूहले रणनीतिक हिसाबले महत्त्वपूर्ण होदेइदाह बन्दरगाह सहित यमनको ठुलो भाग नियन्त्रण गरेको छ ।...
ट्रम्पले गरे शिक्षा मन्त्रालय खारेज गर्ने कार्यकारी आदेशमा हस्ताक्षर
राजनीति, विश्व, समाचार

ट्रम्पले गरे शिक्षा मन्त्रालय खारेज गर्ने कार्यकारी आदेशमा हस्ताक्षर

नेपालअखबार,काठमाडौँ ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शिक्षा मन्त्रालय नै खारेज गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्। बिहीबार ह्वाइट हाउसको पश्चिमी कोठामा उनले वरिपरि विद्यार्थीहरूलाई राखेर शिक्षा मन्त्रालय  खारेज गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका हुन्। शिक्षा मन्त्रालयले पैसा मात्रै धेरै खर्च गरेको तर परिणाम चित्तबुझ्दो नभएकाले यसलाई राखिरहन उचित नहुने बताउँदै ट्रम्पले खारेजीको प्रक्रिया अगाडि बढाउन शिक्षा मन्त्री लिन्डा मिकमेहनलाई निर्देशन थिए। ट्रम्पले मन्त्री मिकमेहनलाई पनि राजीनामा दिन निर्देशन दिए। अमेरिकामा मन्त्रालय नै खारेज गर्ने उनी पहिलो राष्ट्रपति रहेको भनेर अमेरिकी मिडिया सिएनएनले उल्लेख गरेको छ। उनले कार्यकारी आदेशमा हस्ताक्षर गरे पनि संसदले त्यसलाई अस्वीकृत गर्ने सम्भावना रहेको अमेरिकी मिडियाहरुले जनाएका छन्। रोयटर्सका अनुसार यस्ता प्रस्तावहरू...
ह्वाइट हाउसमा भएको भनाभन पछि पहिलो पटक ट्रम्प-जेलेन्स्कीबीच एक घन्टा वार्ता
राजनीति, विश्व, समाचार

ह्वाइट हाउसमा भएको भनाभन पछि पहिलो पटक ट्रम्प-जेलेन्स्कीबीच एक घन्टा वार्ता

नेपालअखबार,काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच लामो कुराकानी भएको छ। ह्वाइट हाउसमा चर्काचर्कीपछि पहिलो पटक ट्रम्प र जेलेन्स्कीबीच लामो फोनवार्ता भएको हो। बुधबार उनीहरूले करिब एक घन्टा वार्ता गरेको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन्। राष्ट्रपति ट्रम्पले मंगलबार रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग दुई घन्टा टेलिफोन संवाद गरेका थिए। बुधबार जेलेन्स्कीसँगको कुराकानीमा सोही विषयमा कुराकानी भएको बताइएको छ। यद्यपि कुराकानीको विस्तृत विवरण ह्वाइट हाउसले सार्वजनिक गरिसकेको छैन। 'धेरैजसो छलफल हिजो पुटिनसँग भएको कुराकानीमा आधारित थियो ताकि उनीहरू दुवैको अनुरोध र आवश्यकतामा एक ठाउँमा ल्याउन सकियोस्। यसमा हामी ठीक बाटोमा छौं,' ट्रम्पले टेलिफोन वार्ताबारे सामाजिक सञ्जालमा पोस्ट गरेका छन्। दुवै राष्ट्रपतिहरूले कुराकानी सकारात्मक र सौहा...