Wednesday, September 2

विश्व

अमेरिकी राष्ट्रपति बाइडेनलाई कोरोना सङ्क्रमण
विश्व, समाचार, स्वास्थ्य

अमेरिकी राष्ट्रपति बाइडेनलाई कोरोना सङ्क्रमण

नेपालअखबार,  काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेनलाई कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण पुष्टि भएको छ । ह्वाइट हाउसले राष्ट्रपतिलाई खोप लगाइएको र अहिले आराम गरिरहेको बताएको छ । बाइडेनलाई यसअघि पनि दुई पटक कोरोना सङ्क्रमण भइसकेको छ । ८१ वर्षीय बाइडेन बुधबार लास भेगासमा भएको चुनावी सभामा भागलिन पुगेका थिए । एउटा कार्यक्रममा सहभागी भएका उनले त्यसपछिका कार्यक्रम रद्द गरेका थिए । गत जुनको अन्त्यमा ट्रम्पसँगको चुनावी बहसमा  खराब प्रदर्शनपछि उमेरका कारण पद छोड्न उनीमाथि चर्को दबाब आएको छ। फेरि उनलाई यही समयमा यो रोग आएको हो । राष्ट्रपति ट्रम्पलाई डेलावेयर स्थित आफ्नो निवासमा आइसोलेट गर्ने लागिएको ह्वाइट हाउसले जनाएको छ । त्यस्तै, ह्वाइट हाउसले बाइडेनको डाक्टरको नोट पनि सार्वजनिक गरेको छ । ह्वाइट हाउसले सार्वजनिक गरेको नोटमा बाइडेनलाई श्वासप्रश्वासका लक्षणहरू, नाकबाट सिगान बग्ने र खोक...
गाजामा इजरायली हमला, कम्तीमा ५० प्यालेस्टिनीको मृत्यु
विश्व, समाचार, समाज

गाजामा इजरायली हमला, कम्तीमा ५० प्यालेस्टिनीको मृत्यु

नेपालअखबार,गाजा । हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयले गाजामा इजरायली हवाई आक्रमणमा कम्तीमा ५० प्यालेस्टिनीको मृत्यु भएको जनाएको छ । यस आक्रमणमा धेरै मानिसहरू घाइतेसमेत भएका छन् । यीमध्ये एउटा ठुलो हमला दक्षिणी सहर खान युनुसमा भएको थियो भने अर्को आक्रमण मध्य गाजामा भएको थियो। यद्यपि, इजरायली सेनाले दुवै आक्रमण प्यालेस्टिनी सशस्त्र समूहहरूलाई लक्षित गरेको र यसले सर्वसाधारणको मृत्युको रिपोर्टलाई निगरानी गरिरहेको बताएको छ। इजरायलले पछिल्लो ९ महिनामा आफ्नो हवाई आक्रमण र स्थलगत कारबाहीमा १४ हजार हमास अतिवादी मारिएको दाबी गरेको छ ।...
ट्रम्पले जेडी भेन्सलाई बनाए उपराष्ट्रपति उम्मेदवार
राजनीति, विश्व, समाचार

ट्रम्पले जेडी भेन्सलाई बनाए उपराष्ट्रपति उम्मेदवार

नेपालअखबार, वासिङ्टन डिसी । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले ओहायोबाट रिपब्लिकनका सिनेटर जेडी भेन्सलाई उपराष्ट्रपति पदको लागि उम्मेदवार चयन गरेका छन् । सोमबार सामाजिक सञ्जाल ट्र्रथमा उनले यसको घोषणा गरेको थिए । कुनै समय भेन्स ट्रम्पका आलोचक थिए । तर पछि उनी ट्रम्पको सहयोगी बने । भेन्स ओहायोबाट पहिलो पटक सिनेटरमा निर्वाचित भएका थिए । कन्जरभेटिभ मतदाताबिच भेन्सको राम्रो प्रभाव छ । उनलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउँदा रिपब्लिकन पार्टीले ठुलो सङ्ख्यामा कन्जरभेटिभ मतदाताहरूको मत तान्न सक्ने आशा गरिएको छ ।...
पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पमाथि पेन्सल्भिनियामा आयोजित एउटा र्‍यालीमा गोली प्रहार
राजनीति, विश्व, समाचार

पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पमाथि पेन्सल्भिनियामा आयोजित एउटा र्‍यालीमा गोली प्रहार

नेपालअखबार,अमेरिका । अमेरिकाका पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पमाथि पेन्सल्भिनियामा आयोजित एउटा र्‍यालीमा गोली प्रहार भएको छ। उनको हत्या गर्ने उद्देश्यले आक्रमण भएको ठानिएको उक्त घटना लगत्तै ट्रम्पलाई उक्त स्थानबाट बाहिर निकालिएको छ। उक्त घटनापछि ट्रम्पले आफ्नो दायाँ कानमा हात राखेको र अनुहारमा रगत पोतिएको देखिन्छ। उक्त र्‍यालीमा स्थिति नियन्त्रणमा लिनुअघि पटकपटक गोली चलेको आवाज सुनिएको थियो। गोलीको आवाज आएपछि सुरक्षाकर्मीहरूले ट्रम्पलाई तत्कालै मञ्चबाट निकालेर गाडीतर्फ लगेका थिए। त्यस क्रममा ट्रम्पले मुट्ठी कसेर हात उचाल्दै समर्थकहरूप्रति सङ्केत गरेको देखिएको छ। ट्रम्पले आफैँले खोलेको सामाजिक सञ्जाल ट्रूथमा एउटा सन्देश लेख्दै आफू सकुशल रहेको र स्थानीय स्वास्थ्य संस्थाले आफ्नो उपचार गरिरहेको जनाएका छन्। उनले प्रवर्तनलाई धन्यवाद दिनुको साथै मारिएका वा घाइते भएका सहभागीहरूका लागि शोक ...
गाजा क्षेत्रमा विस्थापितको शिविरमा आक्रमण हुँदा २९ जनाको मृत्यु
विश्व, समाचार

गाजा क्षेत्रमा विस्थापितको शिविरमा आक्रमण हुँदा २९ जनाको मृत्यु

नेपालअखबार , काठमाडौं । दक्षिणी गाजामा विस्थापितहरुको अस्थायी शिविरमा इजरायलले आक्रमण गर्दा २९ जनाको मृत्यु भएको छ । इजरायलले भने आफ्नो आक्रमण विस्थापित भएकाहरुमाथि लक्षित नभई हमासका लडाकुहरुप्रति लक्षित रहेको जनाएको छ । शरणार्थी शिविरमा आक्रमण भएको भए त्यसको जाँच गर्ने इजरायलले जनाएको छ । हमासले सन्चालन गरेको स्वास्थ्य मन्त्रालयले भने खान युनिसको पूर्वतर्फ पर्ने अबसाना अल कबिरा गाउँमा रहेको अल आवदा स्कुलको गेट अगाडि हवाई हमला भएको थियो । सो स्थानमा युद्धबाट विस्थापित भएकाहरुको अस्थायी शिविर थियो । इजरायली सेनाले भनेको छ-सो स्थानमा सात अक्टुबरमा इजरायलमा आक्रमण गर्नेहरु त्यहाँ थिए र हमासको ‘मिलिटरी विङ्ग’का सदस्यहरुलाई निशाना बनाउनका लागि सटिक प्रहार गर्ने हतियार प्रयोग गरिएको थियो । सात अक्टुबरमा इजरायलमा हमासले आक्रमण गर्दा १२ सय जनाको मृत्यु भएको थियो भने नेपालका विपिन जोशीस...
मोदीको अनुरोधपछि युक्रेनविरूद्ध लडिरहेका भारतीयलाई छाड्न रूस सहमत
राजनीति, विश्व, समाचार

मोदीको अनुरोधपछि युक्रेनविरूद्ध लडिरहेका भारतीयलाई छाड्न रूस सहमत

नेपालअखबार, काठमाडौँ । रूसी सेनामा कार्यरत भारतीय नागरिकलाई छाड्न राष्ट्रपति भ्लादिमिर पुटिन सहमत भएका छन्। दुई दिने औपचारिक भ्रमणका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अहिले रूसमा छन्। सोमबार साँझ भएको रात्रीभोजमा पुटिन र मोदीबीच वार्ता भएको थियो। जसमा मोदीले भारतीय नागरिकलाई फिर्ता गर्न राष्ट्रपति पुटिन समक्ष अनुरोध गरेको भारतीय समाचार संस्था एनडिटिभीले जनाएको छ। उक्त अनुरोधसँगै रूसले युक्रेनविरूद्धको युद्धमा सहभागी भएका भारतीय नागरिकलाई फिर्ता गर्ने सहमति जनाएको हो। त्यस्तै उनीहरूलाई फिर्ता गर्न सहजीकरण समेत गरिदिने समाचारमा उल्लेख छ। एनडिटिभीका अनुसार कम्तिमा दुई जना भारतीय नागरिकको युद्धमा मृत्यु भएको छ।  रात्रिभोजमा पुटिनले मोदीलाई पुन: निर्वाचित भएकोमा बधाई समेत दिएका थिए। सोमबार मात्रै रूसले युक्रेनको राजधानी किभसहित विभिन्न सहरमा मिसाइल आक्रमण गरेको छ। उक्त आक्र...
फ्रान्समा वाम र मध्यमार्गी शक्ति मिल्दा दक्षिणपन्थी पराजित
विश्व, समाचार

फ्रान्समा वाम र मध्यमार्गी शक्ति मिल्दा दक्षिणपन्थी पराजित

नेपालअखबार, काठमाडौं । फ्रान्समा आइतबार सम्पन्न दोस्रो चरणको संसदीय निर्वाचनको नतिजाले वामपन्थी शक्तिलाई पहिलो शक्तिका रूपमा स्थापित गरेको छ । यो नतिजाले वामपन्थी गठबन्धन न्यू पपुलर फ्रन्टका नेता जीन लुक मेलेन्सनको दोस्रो चरणको चुनावमा दक्षिणपन्थी न्याशनल र्‍याली (आरएन दल) लाई रोक्ने र वामपन्थी र मध्यपन्थी पार्टीहरूबीच रणनीतिक गठबन्धन बनाउने प्रयास सफल देखाएको छ । वाम गठबन्धन न्यू पपुलर फ्रन्ट (एनएफपी) १८२ सिटसहित पहिलो स्थानमा छ । पहिलो चरणको चुनावमा तेस्रो स्थानमा पुगेको इम्यानुअल म्याक्रोनको मध्यपन्थी पार्टी दोस्रो स्थानमा उक्लिएको छ भने पहिलो चरणमा सबैभन्दा बढी मत प्राप्त गर्ने अति दक्षिणपन्थी न्याशनल र्‍याली भने तेस्रो स्थानमा पुगेको छ । यद्यपि, तीनै शक्तिसँग स्पष्ट बहुमत नभएपछि फ्रान्समा त्रिशंकु संसद बनेको छ । भारतपछिको संसारको ‘दोस्रो ठूलो लोकतन्त्र’ भनिएको युरोपेली द...
मोरिटानियाको तटीय क्षेत्रमा आप्रवासी डुङ्गा पल्टिदा मर्ने सङ्ख्या १०५ पुग्यो
विश्व, समाचार

मोरिटानियाको तटीय क्षेत्रमा आप्रवासी डुङ्गा पल्टिदा मर्ने सङ्ख्या १०५ पुग्यो

नेपालअखबार, काठमाडौँ । पश्चिम अफ्रिकी देश मोरिटानियाको तटीय क्षेत्रमा आप्रवासी डुङ्गा पल्टिँदा मृत्यु हुनेको सङ्ख्या एक सय ५ पुगेको छ । राहत तथा उद्धारका क्रममा ८९ शव मात्रै फेला परेका छन् । दक्षिणपश्चिमी सहर एनडियागोको माछा मार्ने संघका अध्यक्ष याली फलले सोमबारदेखि स्थानीयहरूले किनारबाट निकालिएका शवहरू गाडिरहेको जानकारी दिए । आप्रवासी अधिकार समूह वाकिङ् बोर्डर्सले सन् २०२४ को पहिलो पाँच महिनामा क्यानरी टापु पुग्ने प्रयास गर्दा समुद्रमा अहिलेसम्म ५ हजार बढीको मृत्यु भइसकेको छ । पश्चिमी अफ्रिकी देशको सरकारी समाचार एजेन्सी र माछा मार्ने संघका प्रमुखले शुक्रबार डुङ्गा पल्टिएको एक हप्ता भएको बताए । कोस्ट गार्डले १७० जनासहित युरोप जान लागेका ८९ आप्रवासीको शव फेला पारेको छ । पाँच वर्षीया बालिकासहित नौ जनाको उद्धार गरिएको छ । पश्चिम अफ्रिकाको तटबाट क्यानरी टापुसम्मको एट्लान्टिक प्र...
रक्सीकै कारण बर्सेनि २० लाखभन्दा धेरै पुरुषले गुमाइरहेछन् ज्यान
विश्व, समाचार, समाज

रक्सीकै कारण बर्सेनि २० लाखभन्दा धेरै पुरुषले गुमाइरहेछन् ज्यान

नेपालअखबार,काठमाडौँ । विश्वभर रक्सी सेवनका कारण मर्नेको सङ्ख्या निकै धेरै छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले हालै सार्वजनिक गरेको प्रतिवेदनअनुसार हरेक वर्ष संसारभर कूल २६ लाख जनाको मृत्यु मदिरा सेवनका कारण हुने गरेको छ । मदिरा र लागु पदार्थको प्रयोगका कारण हुने विकारको उपचार सम्बन्धी प्रतिवेदनले यस्तो देखाएको हो । यो भनेको बर्सेनि विश्वभर हुने कूल मृत्युको ४ दशमलव ७ प्रतिशत हो । लागु औषधका कारण बर्सेनि ६ लाख जनाले ज्यान गुमाइरहेका छन् । यसमा ४ लाख पुरुष रहेका छन् । प्रतिवेदन रक्सी र लागु औषध सेवनले जनस्वास्थयमा पारेको प्रभाव र विश्वभर रक्सीको सेवन र मादक पदार्थको सेवनले निम्तने विकारको उपचारबारे २०१९ डेटामा आधारित बृहत् अपडेट हो । रिपोर्टका अनुसार विश्वभर ४० करोड मानिस रक्सी र लागूपदार्थको प्रयोगका कारण उत्पन्न हुने विकारबाट पीडित छन् । तीमध्ये २० करोड ९० लाख मानिस रक्सीको लतम...
१२ करोड रुपैयाँमा बिक्यो राजकुमारी डायनाको लुगा
विश्व, समाचार

१२ करोड रुपैयाँमा बिक्यो राजकुमारी डायनाको लुगा

नेपालअखबार,क्यालिफोर्निया । अमेरिकाको क्यालिफोर्नियामा बेलायती राजपरिवारका सदस्यको स्वामित्वमा रहेका सामानहरूको लिलामी भएको छ । यी सामानहरू ४० लाख पाउण्डभन्दा बढीमा लिलामी भएका हुन् । लिलामी भएका वस्तुहरूमा राजकुमारी डायनाका डिजाइनर लुगा र नोटहरू पनि समावेश छन्। २ सयभन्दा बढी वस्तुहरू बिक्रीमा समावेश थिए। यसमा धेरै जसो डायनाको व्यक्तिगत चीजहरूको सङ्ग्रह थियो। बेलायती डिजाइनर भिक्टर एडेल्स्टाइनको म्याजेन्टा रेशम र फीताको अफ-द शोल्डर साँझको पोसाक सबैभन्दा महँगो बिक्री भएको छ। ९ लाख १० हजार डलरमा बिक्री भएको थियो । डायनाले सन् १९८७ मा लन्डन र जर्मनीमा यो पोसाक लगाएकी थिइन् । यो रकम लिलामीका लागि तोकिएको मूल मूल्यभन्दा साढे चार गुणा बढी हो । जुन २६ मा लस एन्जलसको द पेनिन्सुला बेभर्ली हिल्समा आयोजित ‘प्रिन्सेस डायनाज एलिगेन्स एन्ड ए रोयल कलेक्शन’ शीर्षकको लिलामी कार्यक्रममा राजकुमारी ड...