कात्तिक ९ देखि ११ गतेसम्म नेपालमा वैज्ञानिक सम्मेलन हुने
नेपालअखबार,काठमाडौं । नेपालमा अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन हुने भएको छ।
यही कात्तिक ९ गतेदेखि ११ गतेसम्म हुने वैज्ञानिक सम्मेलनमा १५ देशका वैज्ञानिकहरू भेला हुँदैछन्।
नेपाल मटेरियल्स साइन्स सोसाइटीको आयोजना तथा सुदूरपश्चिम विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालय पुल्चोक क्याम्पसअन्तर्गत एप्लाइड साइन्सेस, केमिकल इन्जिनियरिङको सहआयोजनामा वैज्ञानिक सम्मेलन हुन लागेको हो।
वैज्ञानिक सम्मेलन ललितपुरस्थित होटल हिमालयमा हुनेछ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले कात्तिक ९ गते दिउँसो सम्मेलनको उद्घाटन गर्ने कार्यक्रम छ।
कार्यक्रमबारे आयोजक संस्थाले सोमबार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो। वैज्ञानिकहरू सोमबारदेखि नै नेपाल आउने क्रम सुरू भइसकेको पनि जानकारी दिइएको छ।
आयोजक संस्थाका तर्फबाट पत्रकार सम्मेलनमा जानकारी दिएका डा. देवलप्रसाद भट्टराईले सबैभन्दा धेरै ...










