७८ लाख अमेरिकी डलरमा बिक्री भयो मेस्सीको जर्सी
नेपालअखबार, काठमाडौँ । कतार विश्वकपका क्रममा अर्जेन्टिना स्टार लियोनल मेस्सीले लगाएको जर्सी निकै ठुलो रकममा बिक्री भएको छ । सन् २०२२ मा सम्पन्न विश्वकपका क्रममा ३६ वर्षीय मेस्सीले लगाएको ६ वटा जर्सीको सेट कुल ७८ लाख अमेरिकी डलर (करिब एक अर्ब तीन करोड ४८ लाख २६ हजार नेपाली रुपैयाँ) मा बिक्री भएको हो ।
मेस्सीले उक्त विश्वकपमा लगाएको जर्सी अमेरिकाको न्यु योर्कमा लिलामीमा राखिएको थियो । मेस्सीकै कप्तानीमा अर्जेन्टिनाले कतार विश्वकपको उपाधि चुमेको थियो । अर्जेन्टिनाले उक्त विश्वकपको फाइनलमा फ्रान्सलाई पेनाल्टी सुटआउटमा हराएको थियो ।
मेस्सीले उक्त विश्वकपको समूहगत चरणको खेलमा लगाएको दुईसहित प्रिक्वार्टरफाइनल, क्वार्टरफाइनल, सेमिफाइनल र फाइनलमा लगाएको जर्सी लिलामीमा राखिएको थियो । कुनै पनि फुटबल खेलाडीले खेलका क्रममा लगाएको जर्सी लिलामीबाट प्राप्त भएको यो इतिहासकै दोस्रो ठुलो सर्वाधिक रकम प...










