Monday, July 6

शिक्षा

एउटै कोठामा एकै समयमा दुई शिक्षिकाले पढाउँदै
शिक्षा, समाचार, हाइलाइट-समाचार

एउटै कोठामा एकै समयमा दुई शिक्षिकाले पढाउँदै

नेपालअखबार, गुल्मी। गुल्मीको एउटा विद्यालयमा कक्षाकोठा अभाव भएपछि एउटै कोठामा एकै समयमा दुई शिक्षिकाले पढाउँदै आएका छन्। रेसुङ्गा नगरपालिका–१४ पराल्मीस्थित जनविकास माध्यमिक विद्यालयमा नर्सरी र अर्को कक्षाका विद्यार्थीलाई एउटै कोठामा एकैपटक पढाउनु परिरहेको छ। एउटै कोठामा फरक कक्षाका विद्यार्थीलाई दुई शिक्षिकाले पढाउँदा सिकाइमा बाधा पुग्ने गरेको छ। नर्सरी तहका विद्यार्थीलाई पढाउँदै गरेकी शिक्षिका निर्मला पोखरेलले सिकाइ प्रभावकारी हुन नसकेको गुनासो गरिन्। ‘हामी त बाध्य भएर यसरी पढाउँदै छौं’, उनले भनिन्, ‘विद्यार्थीलाई पढ्न असहज भएको छ, एकैपटक एउटै कोठामा फरक कक्षाका विद्यार्थीलाई दुई जनाले पढाउँदा समस्या नै हुन्छ।’ दुवै कक्षाका गरी ३० भन्दा बढी विद्यार्थीलाई यसरी एउटै ठाउँमा पढाउनु परिरहेको छ। सिकाउन आफूहरूलाई पनि असहज भएको र बालबालिकाको सिकाइ प्रभावकारी हुन नसकेको अर्की शिक्षि...
संस्कृति ज्ञान परीक्षामा पाँच हजार विद्यार्थी सहभागी
शिक्षा, समाचार

संस्कृति ज्ञान परीक्षामा पाँच हजार विद्यार्थी सहभागी

नेपालअखबार, काठमाडौँ । हिन्दु स्वयंसेवक संघ नेपालले स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षा–२०७९ सम्पन्न गरेको छ । नयाँ पुस्तामा स्वदेश, स्वधर्म र स्वसंस्कृतिप्रति गौरवभाव जागृत गराउने उद्देश्यले काठमाडौँको टुँडिखेलमा सो परीक्षाको आयोजना गरेको थियो । बहुवैकल्पिक उत्तरसहित ५० वटा प्रश्न सोधिएको सो परीक्षामा भक्तपुर, ललितपुर र काठमाडौँका विभिन्न विद्यालयबाट पाँच हजारभन्दा बढी विद्यार्थी सहभागी थिए । तीमध्ये ६७ जनाले सबै प्रश्नको सही उत्तर मिलाएर शतप्रतिशत अङ्क प्राप्त गरेका थिए । सही उत्तर दिनेमध्येबाट गोलाप्रथाका आधारमा प्रथम, द्वितीय, तृतीय र सान्त्वना विजेता छनोट गरिएको थियो । काठमाडौँको श्री नेपाल वेद विद्याश्रम विद्यालय, कक्षा १० मा अध्ययनरत विजय तिमल्सिना प्रथम भएका छन् । उनले प्रमाणपत्रसहित ५१ हजार एक सय एघार रुपियाँ नगद पुरस्कार पाए । काठमाडौँकै ब्राइट होराइजन विद्यालय, क...
काठमाडौं महानगरले एसइई नतिजा सुधारका लागि विद्यालयमा पठायो सहजकर्ता
प्रशासन, शिक्षा, समाचार

काठमाडौं महानगरले एसइई नतिजा सुधारका लागि विद्यालयमा पठायो सहजकर्ता

नेपालअखबार, काठमाडाैं । काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालित सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको एसइई नतिजा सुधार गर्न शिक्षण सहजकर्ता र सहयोगी गरी ४३ जना परिचालन गरेको छ। एसइई नतिजा सुधार गर्नकै लागि महानगरले अनिवार्य ५ विषयका लागि १८ जना विषयगत शिक्षण सहजकर्ता नियुक्त गरी विद्यालयमा पठाएको हो। त्यसैगरी शिक्षण सहयोगीका रूपमा २५ जना परिचालन गरेको जनाएको छ। यसका लागि महानगरले गत माघ ४ गते सार्वजनिकरूपमा विज्ञापन माग गरेको थियो। उक्त विज्ञापनको आधारमा दरखास्त परेकामध्येबाट १८ जनालाई सहजकर्ताको रूपमा नियुक्त गरेको र २५ जनालाई सहयोगीको रूपमा नियुक्त गरी विद्यालयमा परिचालन गरिएको महानगरको शिक्षा विभाग प्रमुख रामप्रसाद सुवेदीले बताए। ‘सहजकर्ताका लागि आवश्यकता संख्या २५ रहे पनि मागअनुसार योग्यता पुगेका उम्मेदवार १८ जना मात्र रहेकाले प्रक्रिया पुर्‍याएर उहाँहरूलाई...
गल्याङ नगरपालिकाले विद्यार्थीलाई निःशुल्क पढाउँदै
प्रशासन, शिक्षा, समाचार

गल्याङ नगरपालिकाले विद्यार्थीलाई निःशुल्क पढाउँदै

नेपालअखबार, स्याङ्जा। स्याङ्जाको गल्याङ नगरपालिकाले दुई सय २१ विद्यार्थीलाई निःशुल्क अध्ययन गराउँदै छ। नगरपालिकाभित्रका क्याम्पस तथा कक्षा ११ र १२ मा अध्ययनरत अति गरिब, विपन्न तथा जेहेनदार विद्यार्थीलाई पूर्ण छात्रवृत्ति प्रदान गरी निःशुल्क अध्ययन गराउन थालेको हो। नगरभित्रका क्याम्पसमा अध्ययनरत लक्षित समूहका विद्यार्थीमध्ये १० प्रतिशत तथा कक्षा ११ र १२ मा अध्ययनरतमध्ये २० प्रतिशत विद्यार्थीलाई पूर्ण छात्रवृत्ति प्रदान गरेको नगरपालिकाका शिक्षा शाखा प्रमुख केदारराज आचार्यले बताए। नगरपालिकाले क्याम्पसमा अध्ययन गर्ने अतिविपन्न, गरिब तथा जेहेनदार विद्यार्थीलाई मासिक शुल्कवापत जनही १० हजार रुपैयाँ आठ सय प्रदान गरेको हो। कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीलाई मासिक रु तीन सयका दरले वर्षभरिको रु तीन हजार छ सय उपलब्ध गराइएको उनले जानकारी दिए। ‘क्याम्पस तथा विद्यालयले अतिविपन्न, गरिब...
त्रिविको स्नातक तह चौथो वर्षका परीक्षा १२ चैतदेखि
शिक्षा, समाचार

त्रिविको स्नातक तह चौथो वर्षका परीक्षा १२ चैतदेखि

नेपालअखबार, काठमाडौं । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयले २०७९ सालको स्नातक तह चौथो वर्षको परीक्षा स्ववियु निर्वाचनपछि गर्ने भएको छ । परीक्षा नियन्त्रण कार्यालयले जारी गरेको तालिका अनुसार शिक्षा शास्त्र, व्यवस्थापन संकाय र विज्ञान तथा प्रविधि अध्ययन संस्थान तर्फका नियमित तथा आंशिक परीक्षाहरु २०७९ चैत १२ गतेदेखि सुरु हुनेछन् । चैत ५ गते स्ववियु निर्वाचन गर्ने निर्णय त्रिवि कार्यकारी परिषदले गरिसकेको छ । यसअनुसार स्ववियु निर्वाचन लगत्तै परीक्षाहरु सुरु हुनेछन् । यसअघि फागुन १० गतेदेखि परीक्षा सन्चालन गर्ने तालिका त्रिविले निकालेको थियो । स्ववियु निर्वाचन भाग लिन नदिनका लागि हतारमा परीक्षा सन्चालन गर्न खोजेको भन्दै विरोध जनाएका थिए । कोरोना महामारीको समयमा बिग्रिएको शैक्षिक क्यालेन्डरका कारण हाल त्रिविमा २०७७ र २०७८ सालमा भर्ना भएकाहरु गरी दुई ब्याच छन् । त्यसैले चा...
विद्यालयमा शिक्षक उपस्थित हुन छाडेपछि विद्यार्थी सडकमा आन्दोलन गर्दै
शिक्षा, समाचार, समाज, हाइलाइट-समाचार

विद्यालयमा शिक्षक उपस्थित हुन छाडेपछि विद्यार्थी सडकमा आन्दोलन गर्दै

नेपालअखबार, सप्तरी। सप्तरी जिल्लाकाे राजगढ गाउँपालिका वडा नम्बर ४ बेल्ही चपेनामा अवस्थित  श्री जनता माध्यमिक विद्यालयमा वर्तमान समयमा एकजना पनि शिक्षक उपस्थित छैनन् । विद्यालयमा शिक्षक उपस्थिति हुन छाडेपछि  शिक्षालिन पाउने अधिकारवाट बञ्चित भएका  विद्यार्थीहरूले  आन्दोलनमा उत्रिए बाध्य भएका छन्।  श्री जनता माध्यमिक विद्यालयमा हाल सम्म सरकारकाे तर्फबाट  मा. बि. र नि.मा. बि  स्तरमा एउटाकाेटामा पनि  दरबन्दी  नभएकाे स्थानिय अभिभावले जान्कारी दिएका छैन्। अस्थायी शिक्षकका रूपमा प्रय पहुचमा रहेका  व्यत्तिहरूका आफ्न्त तथा  आफ्नै परिवार,  काका, भतिजा, आफन्तबाद, नाताबाद लगायतका अयोगय शिक्षककाे नियुक्ति  हुने गरेकाे  स्थानिय बताउछन् ।   यसकारण  शिक्षाकाे गुणस्तर खस्किदै छ भने  विद्यार्थीहरूकाे भविष्य नै  बर्बाद भईसकेकाे  अभिभावकले बताए ।  सरकार साथै स्थानिय  निकायकाे ध्यान आकर्षण होस् भन्दै विद्यार्...
क्यानडा अध्ययनका लागि जान चाहने विद्यार्थीका लागि ज्ञानको वेभिनार
शिक्षा, समाचार

क्यानडा अध्ययनका लागि जान चाहने विद्यार्थीका लागि ज्ञानको वेभिनार

नेपालअखबार, काठमाण्डौ । वैदेशिक अध्ययनका लागि क्यानडा जान चाहने विद्यार्थीहरुलाई लक्षित गरेर ज्ञान करिअर ईन्स्टिच्यूट प्रालिले क्यानडियन एजुकेशनल वेभिनारको आयोजना गरेको छ । शैक्षिक परामर्शदाता कम्पनी ज्ञान ईन्स्टिच्यूटले विद्यार्थीहरुलाई वेभिनारमा सहभागी भई क्यानडा अध्ययनका लागि आवश्यक सम्पूर्ण कुराहरुको जानकारी लिन आह्वान समेत गरेको छ । स्टडी ईन क्यानडा वेभिनार फेब्रअरी ४ अर्थात माघ २१ गते शनिबार विहान १० बजेदेखि शुरु हुने कम्पनीले जनाएको छ । कम्पनीको अनुसार वेभिनारमा भाग लिनका लागि विद्यार्थीहरुले अनलाईनमार्फत दर्ता गर्नुपर्ने हुन्छ । कम्पनीको अफिसियल वेभसाईट र फेसबुक पेजमा राखिएको लिंकमार्फत विद्यार्थीहरुले वेभिनारको लागि रजिष्ट्रेशन गर्न सक्ने ईन्स्टिच्यूटकी प्रबन्धन निर्देशक अकृजा पोखरेलले बताईन् । यो क्यानडा अध्ययन गर्न जान चाहने विद्यार्थीहरुको लागि निकै गज्जबको अवसर हो । किनभने ...
चैत १७ देखि हुने एसईई तालिका सार्वजनिक
शिक्षा, समाचार

चैत १७ देखि हुने एसईई तालिका सार्वजनिक

नेपालअखबार, काठमाडौं । यो वर्षको माध्यामिक शिक्षा परीक्षा (एसईई) तालिका सार्वजनिक भएको छ । यही माघ ११ गते बसेको बैठकको निर्णय अनुसार राष्ट्रिय परीक्षा बोर्डले परीक्षा तालिका सार्वजनिक गरेको हो । बोर्डका अनुसार नियमित र ग्रेडवृद्धि परीक्षाको पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा तोकिएको छ । अंग्रेजी विषयको परीक्षा चैत्र १७ गते शुक्रबार बिहान ८ देखि ११ बजेसम्म हुनेछ । एसईई परीक्षा चैत्रको २९ गते सकिनेछ ।  ...
खानेपानी मन्त्री खानले भने निजि विद्यालयलाई मर्यादित र ब्यवहारिक बनाउन पर्ने
शिक्षा, समाचार, समाज

खानेपानी मन्त्री खानले भने निजि विद्यालयलाई मर्यादित र ब्यवहारिक बनाउन पर्ने

नेपालअखबार, बारा ।  खानाेपानी मन्त्री  अब्दुल  खानले भने वसन्त पञ्चमीका दिन बालबालिकाकाे जिवन नयाँ रेखाकाेरिने दिनकाे रूपमा समुदायमा परिचित रहेकाले यसकाे महत्व बढ्दै गएकाे बताएका छन् । प्रमुख अतिथि मन्त्री खानले शिक्षाले नै समाज र मानव जिवन परिवर्तन गर्न  सक्ने बताउनु भयाे । मन्त्री खानले निजि विद्यालयहरुलाई मर्यादित र ब्यवहारिक बनाउन सुझाव दिएका छन् । बारा जिल्ला देवताल गा.पा. -२ काेदेवताल एकेडेमीमा सरस्वती पूजा वसन्त पञ्चमीकाे कार्यक्रम अनुठा राय यादवकाे अध्यक्षता सम्पन्न भएकाे थियाे ।  एकेडेमीद्वारा आयोजित साँस्कृतिक कार्यक्रममा  गाउँपालिकाका वडा अध्यक्षहरूले लगायत स्थानीय आदरणीय व्यक्तित्वहरु   शुभकामना सन्देश दिएका थिए ।...
मनिपाल कलेजमा‘ह्वाइट कोट सेरेमनी’ सम्पन्न
शिक्षा, समाचार

मनिपाल कलेजमा‘ह्वाइट कोट सेरेमनी’ सम्पन्न

नेपालअखबार, पोखरा । पोखरा मनिपाल कलेज अफ मेडिकल साइन्सेस्मा‘ह्वाइट कोट सेरेमनी’सम्पन्न भएको छ । कलेजमा अध्ययनरत एमबिबिएस ब्याच २०२१ का विद्यार्थीहरुलाई ‘ह्वाइट कोट‘(सेतो कोट)प्रदान गरिएको हो । आज (मंगलबार) दिपस्थितकलेज प्राङ्गणमा आयोजित सभामा डा. शिशिर गोख्ले र डा. अभिषेक मास्केले १ सय विद्यार्थीहरुलाई कोट प्रदान गरे । कोट प्रदान गर्दै उनिहरुले विद्यार्थीको उज्जवल भविष्यको कामना गरे । ह्वाइट कोटसँगै विद्यार्थीहरुमा समाजप्रतिको उत्तरदायित्व अझ बढ्ने भएकाले संवेदनशिलताका साथ अघि बढ्नुपर्ने उनिहरुको सुझाव थियो । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका पोखरेली शैक्षिक इतिहासका धरोहरजर्ज जोनले विद्यार्थीहरुलाई डाक्टरप्रति आम मानिसकोमनोविज्ञान र त्यसमाखेल्नुपर्ने भूमिकाबारे धारणा राखे । उचित समयमा डाक्टरबाट प्राप्त गरिने सल्लाह सुझावले स्वास्थ्य जिवनशैलिका लागि महत्वपुर्णहुने उनको भनाई थियो । पोख...