नियमित उडान खुलेसँगै हवाइ भाडा घट्ने
नेपाल अखबार, एजेन्सि। भदौ १७ देखि नियमित उडान हुने भएपछि भाडादरमा केही हेरफेर हुने भएको छ। एकतर्फी मात्रै यात्रु हुने भएकाले चार्टर्ड उडानको तुलनामा धेरै नघटे पनि केही हेरफेर हुनसक्ने कम्पनीहरुले जनाएका छन्।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भदौ १७ देखि नियमित दुई र एक चार्टर्ड उडान गर्ने तालिका सार्वजनिक गरिसकेको छ।
‘१७ गतेदेखि नियमित उडान भने पनि एकतर्फी मात्रै यात्रु हुन्छन्’, नेपाल वायुसेवा निगमकी प्रवक्ता अर्चना खड्काले भनिन्, ‘अब एयरलाइन्सबीच प्रतिस्पर्धा भए पनि धेरै घट्ने सम्भावना छैन।’
उनले अहिले पनि एयरलाइन्सले धेरै भाडा नलिएको भन्दै आफ्नो खर्चअनुसार भाडा तय हुने बताइन्। दुईतर्फी यात्रु आवागमन हुनथाले स्वतः भाडा घट्दै जाने खड्काको भनाइ छ।
‘पहिलेजस्तो सामान्य अवस्थाकै भाडादर फर्किन त समय लाग्छ’, उनले भनिन्, ‘दुवैतर्फ यात्रु आउजाउ बढेपछि मात्रै पुरानो अवस्थामा फर्कि...
