कार्यालय प्रमुख जानकारीविनै राजधानी हिँडेपछि…
नेपाल अखबार, अर्घाखाँची । शीतगङ्गा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतले जानकारीविना नै कार्यालय छाडेपछि कार्यालयको काम प्रभावित भएको छ । प्रशासकीय अधिकृत अर्जुन गौतम नगरपालिकामा कुनै जानकारीसमेत नदिई हिँडेपछि नगरपालिकाको कार्यपालिका बैठकसमेत प्रभावित भएको छ ।
गौतमले यही साउन २६ गते कार्यपालिकाको बैठकका लागि सबै कार्यपालिका सदस्यलाई सूचना गरेर आफू अघिल्लो दिन नै कसैलाई निमित्तसमते नदिई कार्यालय छाडेर हिँडेपछि बैठक नै बस्न नसकेको नगर प्रमुख सूर्यप्रसाद अधिकारीले बताए ।
वर्षात्का समयमा गाडी नचल्ने बाटामा पैदल हिँडेर कार्यपालिका बैठकमा भाग लिन नगरपालिका पुगेका कार्यपालिकाका सदस्य बैठक नबसेकामा दुखित भएको वडा नं ७ का वडाध्यक्ष मोहन पन्थीले बताए । भौगोलिक हिसाबले नेपालकै सबैभन्दा ठूलो नगरपालिकामा गोरुसिंँगे–सन्धिखर्क सडकबाहेकका अन्य अधिकांश सडक पहिराले अवरुद्ध बनेका छन् ।
कार्यालय प्रमुख कार्...
