Monday, November 23

समाचार

समुदायमा कोरोना देखिएपछि गाउँपालिका एक साताका लागि सिल
प्रदेश ४, प्रशासन, समाचार

समुदायमा कोरोना देखिएपछि गाउँपालिका एक साताका लागि सिल

नेपाल अखबार, तनहुँ । तनहुँको देवघाट गाउँपालिकाका दुई जना समुदायका व्यक्तिमा कोरोना पुष्टि भएपछि गाउँपालिका एक साताका लागि सिल गरिएको छ । कोरोनाको जोखिम न्यूनीकरणका लागि गाउँपालिकाले आजदेखि गाउँपालिका सिल गर्ने निर्णय गरेको हो । भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा देवघाट गाउँपालिका–५ का ५४ र ३० वर्षीय पुरुषमा कोरोना पुष्टि भएको थियो । सङ्क्रमित व्यक्ति धेरैको सम्पर्कमा रहेकाले एक हप्ताका लागि गाउँपालिका सिल गर्ने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापाले जानकारी दिए । “सङ्क्रमित धार्मिक व्यक्तित्व हुनुहुन्छ । धेरै जनासँग सम्पर्कमा रहेको पाइयो, स्थिति भयावह आउने आँकलन गरेर सिल गर्ने निर्णय गरिएको हो”, थापाले भने । थापाका अनुसार एक साता गाउँपालिका र वडा कार्यालयबाट प्रवाह हुने सेवा पनि बन्द हुने भएको छ । सङ्क्रमित व्यक्तिले मङ्गलबारसम्म पनि विभिन्न व्यक्तिसँग भेट...
खुलेको दुई सातामै सौराहाका होटल बन्द
अर्थ, समाचार, हाइलाइट-समाचार

खुलेको दुई सातामै सौराहाका होटल बन्द

नेपालअखबार, चितवन । चितवन राष्ट्रिय निकुञ्जको मुख्य प्रवेशद्वार सौराहाका होटल खुलेको दुई सातामा नै पुनः बन्द भएका छन् । साउन १५ गतेदेखि खुलेका होटल बुधबारबाट बन्द भएका हुन् । क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष दीपक भट्टराईका अनुसार सरकारले होटल बन्द गर्ने भनेसँगै पुनः बन्द भएका हुन् । त्यसअघि चैत ११ गतेबाट बन्द भएका होटल चार महिनापछि सञ्चालनमा आएका थिए । कर्मचारी बोलाएर सरसफाइ, मर्मतसम्भार, रङरोगन, इन्टरनेट जडानलगायत काम सकिन नपाउँदै पुनः होटल बन्द भएको उनको गुनासो छ । उनले भने, “हामीले कति दुःख पाउने कर्मचारी बोलायौँ, खर्च ग¥यौँ, फेरि बन्द गर्नुप¥यो ।” रोगको सङ्क्रमणका कारण बन्द गर्नु बाध्यता भए पनि खोल्ने र बन्द गर्ने गर्नुपर्दा नोक्सान बढी भएको उनको भनाइ छ । सङ्घका निवर्तमान अध्यक्ष सुमन घिमिरे आउँदो दशैँअघि होटल खोल्नुको औचित्य नहुने बताउँछन् । सङ्क्रमण बढ्दै गएकाले जिल्ला लकडाउनसँगै...
धानखोला नजिक पहिरो, पूर्व–पश्चिम राजमार्ग अवरुद्ध
प्रदेश ५, समाचार

धानखोला नजिक पहिरो, पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

नेपाल अखबार, बुटवल  । भारी वर्षाका कारण कपिलवस्तुमा पहिरो जाँदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको छ । प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार कपिलवस्तुको धानखोला नजिकै दोबाटामा पहिरो खस्दा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको हो ।बिहान ५ बजेदेखि अवरुद्ध सडक खुल्न अझै केही घण्टा लाग्ने प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।...
आजदेखि ७७ वटै जिल्लाबाट सवारी पास वितरण बन्द
प्रशासन, समाचार

आजदेखि ७७ वटै जिल्लाबाट सवारी पास वितरण बन्द

नेपाल अखबार, काठमाडौं ।  आजदेखि ७७ वटै  जिल्लाबाट सवारी पास वितरण बन्द भएको छ । बुधबार गृह मन्त्रालयले निर्देशन जारी गर्दै ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई सवारी पास वितरण बन्द गर्न निर्देशन दिएको हो । मन्त्रिपरिषद्का विभिन्न निर्णय र गृह मन्त्रालयको निर्देशनका आधारमा जारी सवारी पास बन्द गर्ने गृह मन्त्रालयले ७७ वटै जिल्लाका प्रमुख जिल्ला प्रमुख जिल्ला अधिकारीहरूलाई परिपत्र जारी गर्दै अर्को व्यवस्था नभएसम्मका लागि साउन २९ गतेबाट लागू हुने गरी सवारी पास वितरण नगर्न भनेको हो । कोरोना संक्रमणको उच्च जोखिमलाई मध्यनजर गरी अर्को व्यवस्था नभएसम्मका लागि पास वितरण बन्द गर्ने विज्ञप्तिमा उल्लेख छ ।  ...
गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाले फेरि निशुल्क खाधन्न वितरण
विदेश, समाचार

गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाले फेरि निशुल्क खाधन्न वितरण

नेपाल अखबार, एजेन्सि।  गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाले कोभिड १९ को महामारी सुरु भए लगत्तै समुदायलाई स्वस्थ र पोषिलो खानामा पहुँच दिलाउने उद्धेश्यले आफै वितरण गर्दै आएको निशुल्क खाधन्न वितरण कार्यक्रम बाह्रौँ र अन्तिम पटक जुन २३, २०२० बेलुका भव्यताका साथ सम्पन्न गरेको हामी सबैलाई थाहा नै छ। तर यस फाउण्डेशनको कृयाकलाब अथवा गतिविधिहरु न्युयोर्क शहरको मेयर कार्यालय, ब्रुक्लीनबोरो प्रेसिडेन्टको कार्यालय, क्वीन्सबोरो प्रेसिडेन्टको कार्यालय, न्युयोर्क राज्यका सेनेटरहरु, न्युयोर्क राज्यका ऐसेमब्लीमेम्बरहरु र न्युयोर्क शहरका सिटी काउन्सील मेम्बरहरुले प्रत्यक्ष अवलोकन गर्नु भएको जानकारीका साथ वहाँहरुकै अनुरोधमा फाउण्डेशनले फेरि निशुल्क खाधन्न वितरण कार्यक्रम अगस्ट ११, २०२० वाट फेरि सुरु गरेको छ। सेवा नै धर्म हो भन्ने नारा का साथ फाउण्डेशन ले विभिन्न समुदायका ६००० जना भन्दा बढी मा सेवा पुरा...
धनगढीमा रहेकाे सीमा प्रहरी चौकीभित्रै मृत फेला
समाचार

धनगढीमा रहेकाे सीमा प्रहरी चौकीभित्रै मृत फेला

नेपाल अखबार, कैलाली । धनगढी उपमहानगरपालिका फुलबारीमा रहेको सीमा प्रहरी चौकी बौलियामा १ जनाको मुत्यु भएको छ । मृत्यु हुनेमा १४ फुलबारीका अन्दाजी वर्ष ४६ का अमरबहादुर चन्द रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले  जानकारी दिए ।  उनलाई मदिरा सेवन गरि बन्चरो र हसिया लिएर गाउँलेलाई तर्साउने गरेको सूचनाको आधारमा पक्राउ गरि प्रहरी चौकी बौलियामा ल्याएको विष्टले बताए  । आज दिउँसो १२ः४० बजे पिसाब फेर्न जाने भन्दै टवाईलेट गएका उनलाई मृत भेटिएको उनले बताए । उनको साथमा बिलेट भेटिएको र  मुखबाट रगत आइरहेको समेत उनले बताए । आजै उनलाई पोस्टमार्टमका लागी सेति प्रादेशिक अस्पतालमा लगिएको विष्टको भनाई छ ।...
मुस्ताङमा एक बालक मृत्यु
समाचार, समाज

मुस्ताङमा एक बालक मृत्यु

नेपाल अखबार, मुस्ताङ । मुस्ताङमा १७ महिनाको  बालक मृत्यु भएकाे छ ।बुधबार बिहान करिब १० बजे धनुषा बतेश्वर गाउँपालिका-१ का किरण थापाको १७ महिने छोरा कृष्ण थापाको जोमसोम अस्पतालमा मृत्यु भएको हो । मोटरसाइकलमा प्रयोग हुने कार्बुरेटर चुसेर बिरामी परेका बालकलाई जोमसोम जिल्ला अस्पताल लगिएकोमा उपचारका क्रममा मृत्यु भएको थियो । मुस्ताङ घरपझोङ गाउँपालिका-३ जोमसोम स्थित त्रिशुला मोटरसाईकल वर्कशप सञ्चालन गर्दै आएका थापाले आफ्नै वर्कशप सञ्चालन गर्दै अाएकाछन् । यस खबर प्राप्त भए लगतै घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।...
युएईमा ५ महिनाभित्र १ सय १० नेपालीको ज्यान गयो
विदेश, समाचार, हाइलाइट-समाचार

युएईमा ५ महिनाभित्र १ सय १० नेपालीको ज्यान गयो

नेपाल अखबार, एजेन्सि । संयुक्त अरब एमिरेट्स (युएई) मा गत पाँच महिनाभित्र विविध कारणले १ सय १० जना नेपालीको ज्यान गएको छ। गएको पाँच महिनामा विभिन्न कारणले १ सय १० जना नेपालीको ज्यान गएको युएईस्थित नेपाली दूतावासले जनाएको हो । मृत्यु हुनेमा ५ महिला र १ सय ५ जना पुरुष रहेका छन् । त्यसमध्ये ३६ जनाको कोरोनाका कारणले ज्यान गएको छ । कोरोनाका कारण मृत्यु हुनेमध्ये १ महिला र बाँकी पुरुष छन् । कोरोनाको कारण मृत्यु भएका ३६ जनासहित ६९ जनाको शव यूएईमै अन्त्येष्टि गरिएको नेपाली दूतावास आबुधावीले जनाएको छ ।  शवको अन्त्येष्टि गर्न दूतावासले ‘नो अब्जेक्सन’ जारी गरेको थियो । बाँकी ४१ जनामध्ये २६ जनाको शव चार्टर उडान मार्फत नेपाल पठाइएको छ । ४ जनाको शव नेपाल फर्काउने तयारी छ भने ११ जनाको शव अनुसन्धानका लागि विभिन्न अस्पतालका शवगृहमा राखिएको दूतावासको भनाई छ । हवाई उडान समयमा नहुँदा युएईमा ज्यान गुमाउनेको शव ...
साँखुमा भेटिए ३ कोरोना सङ्क्रमित
समाचार, स्वास्थ्य

साँखुमा भेटिए ३ कोरोना सङ्क्रमित

नेपाल अखबार, काठमाडौं । शङ्खरापुर नगरपालिकामा तीन जना कोरोना भाइरसका सङ्क्रमित भेटिएका छन् । नगरपालिका– ९ मा दुई  र वडा नं ७ मा एक गरी तीन जनामा कोरोना भाइरस भेटिएको हो । वडा नं ९ मा एकै परिवारका आमा र छोराको पिसिआर रिपोर्ट पोजेटिभ आएको वडाध्यक्ष घनश्याम थापाले बताए । सङ्क्रमितको अहिले पाटन अस्पतालमा उपचार भइरहेको जनाइएको छ  । त्यसै शङ्खरापुर– ७ नगरपालिका भवन नजीकै एक जना सङ्क्रमित भएको पुष्टि भएको छ । बारा जिल्ला घर भएका उनी वर्कसपमा काम गर्दै आएका थिए । बारामा पिसिआर परीक्षण गरी दुई दिनअघि मात्रै शङ्खरापुर आएका उनलाई उपचारका लागि टेकु पठाइएको र टेकुले कीर्तिपुर पठाएको अस्पतालले जानकारी दिएको छ ।...
काठमाडौं उपत्यकामा १३८ जना संक्रमित थपिए
समाचार, स्वास्थ्य

काठमाडौं उपत्यकामा १३८ जना संक्रमित थपिए

नेपाल अखबार, काठमाडौं । काठमाडौं उपत्यकामा थप १३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा ललितपुरमा २१ र भक्तपुरमा ८ जना छन् भने बाँकी  १०९ जना काठमाडौंका रहेका छन् । यसैगरी आज देशभर ४८४ जना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बुधबारको नियमित प्रेस ब्रिफिङमा कोरोना संक्रमितको कुल संख्या २४ हजार ४३२ पुगेको जानकारी दिए । यस्तै हालसम्म निको हुनेको कुल संख्या १६ हजार ७२८ पुगेको छ । हालसम्म कोरोनाबाट मृत्यु  हुनेको संख्या ९१ रहेको छ ।...