जिल्ला अस्पतालमा बेतिथी, सरकारी एम्बुलेन्स नै ठेक्कामा
मोहसिन अलि मियाँ
गोरखा । गोरखा अस्पतालले सञ्चालन गरेका दुई मध्ये एउटा एम्बुलेन्स ब्यक्तिलाई ठेक्कामा दिएर सञ्चालन गरिरहेको खुलेको छ । केहि महिनाअघिदेखि मासिक ५ हजार भाडा लिनेगरी अस्पताल ब्यवस्थापन समितिले ब्यक्तिलाई एम्बुलेन्स भाडामा दिएको पाइएको हो ।
सरकारी साधान भाडामा दिन नपाउने कानुनमा उल्लेख भएपनि त्यसको उल्लंघन गर्दै समितिले ब्यक्तिलाई ठेक्कामा दिएर सञ्चालन गरेको हो । केहि महिनाअघि मात्रै प्रमुख जिल्ला अधिकारी संयोजक रहेको जिल्ला एम्बुलेन्स समन्वय समितिले जिल्लाका कुनै पनि संघसंस्थाले एम्बुलेन्स भाडामा दिन नपाउने गरी रोक लगाएको थियो । तर सरकारी अस्पतालकै एम्बुलेन्स भाडामा सञ्चालनमा रहेको खुल्न आएको छ ।
झण्डै १५ बर्षअघि जापानको सिनोन नामक संस्थाबाट सहयोग प्राप्त ग १ च २४०६ नम्बरको एम्बुलेन्सलाई समितिले चालक समेत रहेका हरिशरण गोदार थापालाई भाडामा दिएको हो । ‘यो म आउनुअघि नै भएको निर्ण...
