Saturday, November 21

समाचार

वीरगञ्जमा कोरोना संक्रमित सुरक्षाकर्मी राख्न ४० बेड क्षमताको आइसोलेसन
समाचार, स्वास्थ्य

वीरगञ्जमा कोरोना संक्रमित सुरक्षाकर्मी राख्न ४० बेड क्षमताको आइसोलेसन

नेपाल अखबार, वीरगञ्ज । सानो पाइलाले वीरगञ्जमा ४० बेड क्षमताको आइसोलेसन सेन्टर सञ्चालनमा ल्याएको छ । फ्रन्ट लाईनमा खटिएका सुरक्षाकर्मीलाई राख्ने उद्देश्यले आइसोलेसन सेन्टर सञ्चालनमा ल्याइएको हो । नारायणी अस्पताल, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयको प्रत्यक्ष निगरानीमा रहनेगरि आइसोलेसन केन्द्रमा अग्रपंक्तिमा रहेर काम गर्दै गर्दा संक्रमित भएका प्रहरी र सेनाका जवानहरुलाई राखिने छ । पर्सामा चण्डीप्रसाद गणमा कार्यरत ११ जना नेपाली सेना र वीरगञ्ज कारागारमा खटिएका ३ र जिल्ला प्रहरी कार्यालय पर्सा तथा मातहतका युनिटका ५ जना गरी ८ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भइसकेको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक मनोजीत कुँवरले फ्रन्टलाइनमा खटिएको सुरक्षाकर्मीका लागि छुट्टै आइसोलेसन सेन्टर बनाइएको र सानो पाइलाले त्यसको सञ्चालनको जिम्मा लिएको जानकारी दिए । स्थानीय...
प्रधानमन्त्रीलाई देउवाकाे प्रश्न
राजनीति, विचार, समाचार

प्रधानमन्त्रीलाई देउवाकाे प्रश्न

नेपाल अखबार, काठमाडौ । काँग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री केपी ओलीले बोलाएको विज्ञहरुको बैठकबाट बाहिरिएका छन् । छोटो समय बसेर आफ्नो धारणा राखेका देउवाले कोरोना नियन्त्रणमा सरकारले आफूहरुले दिएको सुझाव अनुसार काम नगर्दा भयाबह स्थिति आउन लागेको भन्दै सरकारका कामकारवाही प्रभावकारी हुन नसकेको बताएका थिए । बैठकपछि बालुवाटारमा सञ्चारकर्मीहरुसँग छोटो प्रतिक्रिया दिँदै सभापति देउवाले काम गर्ने सरकारले नै भएको बताए । ‘हामीले सुझाव दिएकै छौँ । हामीले दिएको सुझाव नमान्ने । अनि फेरि सुझाव लिन किन बोलाउनुपर्यो ?’, देउवाको भनाइ छ । उनले सरकार कोरोना र बाढीपहिरो नियन्त्रण तथा राहत र उद्दारमा खटिनुको साटो सत्ताको खिचातानीमा मात्रै रमाउने गरेको बताए । ‘कुरा कसैको नुसुन्ने । यो यो गर्नुस् भनेर भनेकै छौँ । थप सुझाव के दिनु केही छैन । दिएको सुझाव कार्यान्वयन गर्नुुस् भनेर भनेँ’, देउवाको भनाइ छ । बै...
जनताको जीउ धनको सुरक्षा गर्ने जिम्मा सरकारको: मुख्यमन्त्री गुरुङ
प्रदेश ४, समाचार

जनताको जीउ धनको सुरक्षा गर्ने जिम्मा सरकारको: मुख्यमन्त्री गुरुङ

नेपाल अखबार, लमजुङ। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले बाढीपहिरो प्रभावित गाउँको स्थलगत निरीक्षण गरेका छन । बाढीपहिरो प्रभावित क्षेत्र लमजुङस्थित दोर्दी गाउँपालिका–८ दुवार गाउँमा सोमबार साँझ स्थलगत निरीक्षण गरेका हुन । मुख्यमन्त्री गुरुङले बाढीपहिरोले नागरिकलाई बनाएको समस्याको समाधानतर्फ प्रदेश सरकार लागिरहेको बताउँदै बस्तीका लागि आवश्यक सहयोग गरिने बताए । जनताको जीउ धनको सुरक्षा गर्ने जिम्मा सरकारको रहेको भन्दै प्रदेश सरकार सधै जनताको साथमा रहेको उनले प्रस्ट पारे । प्रदेशका मुस्ताङ र मनाङबाहेक नौ वटै जिल्लामा बाढीपहिराले करिब ५ सय घरमा क्षति पुर्याएकाले प्रदेश सरकारले तिनको पुनःनिर्माण गरिदिने उनको भनाइ छ । दुवार गाउँका बाढीपहिराबाट प्रभावित वासिन्दाले मुख्यमन्त्री गुरुङसँग गाउँमा बस्न उच्च जोखिम रहेको र उचित स्थानमा पुनःस्थापना गरिदिन आग्रह गरेका थिए । पहिरोको जोखिम रहे पन...
आज गाईजात्रा पर्व
धर्म/संस्कृति, समाचार, समाज

आज गाईजात्रा पर्व

नेपाल अखबार, पाेखरा। आज गाईजात्रा पर्व। काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा हर्षोल्लासकासाथ यो पर्व मनाइँदै छ। गाईजात्रा पर्वको मुख्य दिन आज भए पनि भदौ कृष्ण प्रतिपदादेखि अष्टमीसम्म यो पर्व मनाउने प्रचलन छ। गाईजात्राका अवसरमा सरकारले आज काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ। राजा प्रताप मल्लको पालादेखि गाईजात्रा पर्व सुरु भएको मानिन्छ। पुत्रशोकमा रहेकी आफ्नी रानीलाई सान्त्वना दिन उनले यो पर्वका थालनी गरेको किम्बदन्ती छ। गाईजात्रामा एक वर्षभित्र दिवंगत भएका आफन्तको सम्झना गरिन्छ। यस पर्वमा गाई वा मानिसलाई गाईका रूपमा सिँगारेर झाँकी र नाचगानसहित सहर परिक्रमा गराउने परंपरा छ। यसरी नगर परिक्रमा गराउँदा मृतकको आत्मा गाईको पुच्छर समाएर वैतरणी पार हुन्छ भन्ने धार्मिक विश्वास छ। विशेषगरी नेवार समुदायको बसोबास धेरै रहेका सहरमा गाईजात्रा पर्व विशेष रुपमा मनाइन्छ। तर, यस वर्ष कोरोना संक्रमण...
जनकपुरमा आजदेखि एक साताका लागि कर्फ्यु
प्रदेश २, प्रशासन, समाचार

जनकपुरमा आजदेखि एक साताका लागि कर्फ्यु

नेपाल अखबार, एजेन्सि। कोरोना संक्रमितको संख्या बढ्न थालेपछि धनुषाको जनकपुर र क्षिरेश्वरनगरपालिका क्षेत्रमा आज (मंगलबार)देखि कर्फ्यु जारी गरिएको छ। कोरोनाको जोखिम न्युनिकरण गर्न जिल्ला प्रशासन कार्यालय धनुषाले आजदेखि एक साताका लागि कर्फ्यु जारी गरेको हो। सोमबार राति १२ बजेदेखि नै कर्फ्यु लागू भएको छ। पूर्वमा जनकपुरको कपिलेश्वर बस पार्क, उत्तरमा क्षिरेश्वरनाथ नगरपालिकाको जनकपुर ढल्केबर सडक खण्डमा पर्ने औरही खोलाको पुल, पश्चिममा कुर्था जाने बाटो र बसबिट्टी जानेबाटोको दुधमती नदिको पुल, दक्षिमा बनौली मोड, बसहिया रोडको सोनासति मन्दिर, प्रदेशसभा जाने मोडबीचको क्षेत्र भित्र प्रशासनले मानिसहरुको आवतजावतमा निषेध गरेको छ। संक्रामक रोग ऐन, २०२० को दफा २ तथा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३) बमोजिम धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले साउन २५ गते राति १२ बजेसम्मका लागि कर्फ्यु जारी ग...
रूपन्देहीमा क्वारेन्टिनमा गार्ड बसेका युवकले आफ्नो जीउमा आफैंले आगो लगाए
समाचार, समाज

रूपन्देहीमा क्वारेन्टिनमा गार्ड बसेका युवकले आफ्नो जीउमा आफैंले आगो लगाए

नेपाल अखबार, रूपन्देही। रूपन्देहीको देवदहस्थित क्वारेन्टिनमा गार्ड बसेका एक युवकले आफ्नै जिउमा आगो लगाएका छन्। देवदह नगरपालिका वडा नम्बर ७, शीतलनगरस्थित नेपाल मगर संघको नगर भवनस्थित क्वारेन्टिनमा गार्ड बसेका २४ वर्षीय विपिन बस्यालले आफ्नो शरीरमा आफैंले मट्टितेल खन्याएर आगो लगाएका हुन्। वडाध्यक्ष पदमबहादुर थापाका अनुसार मंगलबार बिहान साढे ३ बजे आसपास घटना भएको हो। ‘मलाई बिहान ३ बजेर २७ मिनेट जाँदा फोन आएको थियो, क्वारेन्टिनबाहिर आगो लगाएर एकजना मान्छे मरिसक्यो भन्ने खबर आयो,’ उनले भने, ‘त्यही भएर मैले पहिले प्रहरी, नगरप्रमुखलाई खबर गरें, तर मानिस मरिसकेको होइन रहेछ, अवस्था अत्यन्त नाजुक भइसकेको पाइयो, शरीर धेरै जलेको छ।’ वडाध्यक्ष थापाका अनुसार उनलाई हतारहतार देवदह मेडिकल कलेज लगिएको छ। ‘तर त्यहाँबाट पाल्पा लाने कुरा भएको थियाे, त्यसपछिकाे जानकारी मैले पाउन सकेकाे छैन,’ उनले भने। वडाध्यक्ष ...
लम्जुङमा तुइन चुँडिएर एक महिला बेपत्ता
समाचार

लम्जुङमा तुइन चुँडिएर एक महिला बेपत्ता

नेपाल अखबार, लम्जुङ । लम्जुङमा तुइन चुँडिएर एक महिला दोर्दी खोलामा बेपत्ता भएकी छन् । दोर्दी खोलामाथिको तुइनको डोरी चुँडिएर दोर्दी–६ सिमी घर भई कीर्तिपुरबेंसी बस्ने २५ वर्षीया फूलमाया गुरुङ बेपत्ता भएकी हुन् । उनलाई अझै फेला पार्न नसकिएको लम्जुङका डीएसपी गंगाबहादुर थापाले जानकारी दिए । ‘दुईवटा प्रहरी चौकीबाट खोजी टोली परिचालित भएको छ, तर अहिलेसम्म फेला पार्न सकिएको छैन,’ डीएसपी थापाले भने । उनले आज पनि खोजी कार्य जारी राखिएको बताए । स्थानीयले तुइन चुँडिएको स्थानबाट करिब पाँच सय मिटर तलसम्म महिलालाई बगेको देखेको बताएका थिए । फूलमायासँगै तुइनमा चढेका १७ वर्षीय विकास घले भने चुडिएको डोरी समातेर जोगिएका छन् । उनीहरु जनैपूर्णिमाको दिन जलकन्यादेवी मन्दिरमा पूजा गर्न जाँदै थिए । यो घटना सोमबार मध्याह्नतिरको हो । सरकारले दुई वर्षभित्र देशभरबाट तुइन बिस्थापित गर्ने घोषणा गरे पनि अझैसम्म विस्थापित भ...
सुदूरपश्चिममा सक्रिय संक्रमितको संख्या १ हजार ३७३
प्रदेश ७, समाचार, स्वास्थ्य

सुदूरपश्चिममा सक्रिय संक्रमितको संख्या १ हजार ३७३

नेपाल अखबार, कैलाली ।  सुदुरपश्चिम प्रदेशमा कोरोना सक्रिय संक्रमित संख्या १ हजार ३७३ पुगेको छ । सोमबार गरिएको परिक्षणबाट थप ६६ जनामा कोरोना संक्रमण पुष्टि भएपछि सकृय संक्रमित १ हजार ३७३ पुगेको हो । सेती प्रादेशिक अस्पताल धनगढीबाट  २० , डडेल्धुरा अस्पतालबाट ,२ र रास्ट्यि जनस्वास्थ्य प्रयोगशालाबाट गरिएको परिक्षणमा ४४ जनामा संक्रमण पुष्टि भएको स्वास्थय निर्देशनालय डोटीले मिडिया ब्रिफिङ्गमा जानकारी दिएको छ । कैलालीका २२ पुरुष, २४ महिला,कंचनपुरका १४ पुरुष, १ महिला,  बझाङ्ग १ पुरुष र  अछाम २ पुरुष र २ महिलामा सक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको हो । यसअघि नै  ३ हजार २७६ जना निको भएर घर गइसकेका छन् भने ९ जना संक्रमितको मृत्यु भइसकेको सामाजिक बिकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह काक्रीले रातोपाटीलाई जानकारी दिए । प्रदेशमा हालसम्म ३६ हजार ५५७ जनाको पीसीआर बिधिबाट जाँच गरिएको ...
कोरोना संक्रमण बढेपछि प्रधानमन्त्रीले विज्ञहरुलाई छलफल गर्ने तयारी
राजनीति, समाचार

कोरोना संक्रमण बढेपछि प्रधानमन्त्रीले विज्ञहरुलाई छलफल गर्ने तयारी

नेपाल अखबार, काठमाडौँ । लकडाउन खुलेसँगै काठमाडौंँसहित देशभर कोरोना संक्रमण बढेपछि सर्वसाधारणमा त्रास थपिएको छ भने सरकार यसको नियन्त्रण कसरी गर्ने भन्ने उपायको खोजीमा जुटेको छ । पछिल्लो समय कोरोना सक्रमण दर बढेपछि देशका प्रमुख शहरहरुमा निषेधाज्ञा, कर्फ्यु लगायतका उपाय लगाएपनि कोरोना संक्रमणको मिटर बढ्दो छ । यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार ११ बजे कोरोना नियन्त्रणका लागि विज्ञहरुसँग सामूहिक परामर्श गर्दै छन् । भयावह स्थिति आउनसक्ने चिन्ता बढेपछि सरकारले नियन्त्रणका लागि अपनाउनुपर्ने उपायबारे छलफल गर्दै रणनीति तय गर्न प्रधानमन्त्री ओलीले मंगलबार छलफल गर्न लागेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । सल्लाहकार थापाले कुन–कुन क्षेत्रका विज्ञहरुसँग छलफल गर्न लागेको भन्नेबारेमा अहिलेसम्म नखुलाइएको भन्दै २० भन्दा बढीको सहभागीता रहनसक्ने बताए । सरकारले गत चैत ११ बा...
चितवनमा होम क्वारेन्टिनमा बसेका एक पुरुषको मृत्यु
प्रदेश ३, समाचार, स्वास्थ्य

चितवनमा होम क्वारेन्टिनमा बसेका एक पुरुषको मृत्यु

नेपाल अखबार,  चितवन । पूर्वी चितवनको खैरहनीमा होम क्वारेन्टिनमा बसेका एक पुरुषको मृत्यु भएको छ । खैरहनी नगरपालिका–६ स्थित एक बोरा उद्योगमा काम गर्ने ३५ वर्षका एक पुरुषको गएराति मृत्यु भएको हो । बाराबाट १३ दिन अगाडि चितवन आएका ती पुरुषले साथीहरुलाई एक्कासी छाती दुखेको र त्यसपछि ढल्दा मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु भएका पुरुष खैरहनी–६ पुरानो पर्सामा रहेको केसी बोरा उद्योगमा काम गर्ने मजदुर रहेको इलाका प्रहरी कार्यालय खैरहनीका प्रमुख ऋषिराम घर्तीमगरले जानकारी दिए । उनीसँगै बाराबाट आएर होम क्वारेन्टाइनमा बस्दै आएका अन्य ५ जनामा हालसम्म कुनै समस्या देखिएको छैन । मृतक पुरुषको स्वाब संकलन गरी पीसीआर बिधिबाट कोरोना टेष्टको तयारी गरिएको छ । मृतक कलैया नगरपालिकाका स्थायी बासिन्दा हुन् । उनको शव के गर्ने भन्ने विषयमा स्वास्थ्यकर्मीहरुसँग छलफल भइरहेको इलाका प्रहरी कार्यालय खैरहनीका प्रहरी निरी...