फिनाममा खानेपानीले ल्याएको खुसी
मोहसिन अलि मियाँगोरखा । गोरखा नगरपालिका ४ फिनामकी विन्दा घर्ति मगरलाई बर्षौदेखि खानेपानी कै पिरलो थियो । झण्डै आधा घण्टा उकालो ओरालो बाटो हिडेर पहरेपानी खोला पुगेर पानी ल्याउनुुपर्ने बाध्यता उनको दैनिकी थियो । तर अहिले उनको दैनिकी फेरिएको छ । केहिदिन यता घरमै पानी आउन थालेपछि उनमा खुसीको सिमा छैन ।
‘अहिलेसम्म भिरको बाटो हिडेर खोलाबाट पानी ल्याएर खादै आएका थियौ’ उनले भनिन् ‘अहिले घरमै पानी आउछ, बल्ल सुखको सास फेर्न पाएका छौ ।’
खोलाको किनारसंगै खोचमा रहेको धाराबाट फिनामको पुतली बगैचाका स्थानीयले पानी उपभोग गर्दै आएका थिए । खानदेखि बस्तुभाउ र नुहाइधुवाईलाई समेत खोलाकै भर पर्नुपर्ने उनिहरुको बाध्यता थियो । तर हाल फिनामका बिभिन्न गाउँलाई लक्षित गर्दै निर्माण भएको दुई खानेपानी आयोजना सम्पन्न भएपछि उनिहरुको समस्या हटेको हो ।
‘५०/६० घरले गाउँमा भएको एउटा धाराको भर पर्नुपर्ने बाध्यता थियो’ ...
