Friday, November 20

समाचार

गण्डकीमा १० नयाँ संक्रमित थपिए
प्रदेश ४, समाचार, स्वास्थ्य

गण्डकीमा १० नयाँ संक्रमित थपिए

नेपाल अखबार, पोखरा ।  गण्डकी प्रदेशमा कोरोनाका १० नयाँ संक्रमित थपिएका छन् । प्रदेशका ४ जिल्लामा गरि १० संक्रमित थपिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । निर्देशनालयका अनुसार कास्की, लमजुङ, बागलुङ र तनहूँका १० जनामा संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमितमध्ये कास्कीको अन्नपूर्ण गाउँपालिकामा एक जना पुरुष र एक जना महिला छन् । यसैगरी, पोखरा महानगरपालिकामा ३ पुरुष रहेका छन् । लमजुङको क्होलासोथर, मध्यनेपाल र बेशिँसहरमा एक, एक गरि ३ जना संक्रमित थपिएका छन् । बागलुङको तमानखोला र तनहूँको शुक्लागण्डकीमा एक एक जना पुरुष संक्रमित थपिएका छन् । संक्रमित व्यक्तिलाई सम्बन्धित जिल्लाको आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर विनोद विन्दु शर्माले जानकारी दिए । प्रदेशको कुल संक्रमित संख्या १३६० पुगेको छ ।...
सार्वजनिक सवारी त चले, तर यात्रु भएनन्
समाचार, हाइलाइट-समाचार

सार्वजनिक सवारी त चले, तर यात्रु भएनन्

नेपाल अखबार, काठमाडौँ ।  यातायात व्यवसायी र मजदूर सङ्गठनले निर्णय गरेर सार्वजनिक सवारी साधन सञ्चालन गरे पनि काठमाडौँ उपत्यकामा न्यून सङ्ख्यामा मात्रै सवारी साधन सञ्चालन भएका छन् ।  यस्ता सवारी साधनमा यात्रु भने कमै मात्रमा चढ्ने गरेका  छन् । केही व्यवसायीले गत सातादेखि नै सवारी साधन सञ्चालन गरिरहेकामा बुधबारदेखि बन्दाबन्दी अन्त्य गर्ने सरकारको निर्णयसँगै सडकमा चाप केही बढेको थियो । त्यसमा व्यवसायी र मजदूर सङ्गठनले बिहीबारदेखि सवारी साधन सञ्चालन गर्न थाले पनि त्यो चाप थोरै बढेको छ । आमनागरिकले सोचेजस्तै ह्वात्तै सडक व्यस्त भने भइसकेको छैन । बिहीबार उपत्यकाका विभिन्न स्थानमा पुग्दा सवारी साधन सडकमा  सवारी साधनको सङ्ख्या पनि कम देखिन्थ्यो । त्यसो त सामान्य अवस्थामा खचाखच देखिने सुन्धारा, शहीदगेट, बबरमहल, नयाँबानेश्वर, कोटेश्वरलगायतका प्रतीक्षालयमा कार्यालय समयमा पनि थोरै मात्रै यात्रु देखिन्थ...
नारायणीमा जलस्तर सर्तकता तहसम्म पुग्ने : यस्तो छ आजको बाढी पूर्वानुमान
समाचार, समाज

नारायणीमा जलस्तर सर्तकता तहसम्म पुग्ने : यस्तो छ आजको बाढी पूर्वानुमान

नेपाल अखबार, काठमाडाैं। शुक्रबार बिहानको मापनअनुसार कन्काई, कमला, बागमती, नारायणी र यसका सहायक नदीमा बहाव सामान्य बढ्दो क्रममा छ । जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाका अनुसार पश्चिम राप्ती, बबई, कर्णाली र महाकाली नदीमा बहाव स्थिर छ तथा सबैमा बहाव सतर्कता तहभन्दा तलै छ । आज नारायणीमा बहाव बढेर सतर्कता तहसम्म पुग्नसक्ने तर खतरा आसपास हुने सम्भावन रहेको छ । त्यसैले चितवन र नवलपरासीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । आगामी ३ दिन कन्काई, कमला, बागमती, तिनाउ, पश्चिम राप्ती र बबईका केहि सहायक नदीमा आकस्मिक बहाव हुन सक्ने सम्भावना रहेको छ ।...
पालुङ–नौबिसे सडक खण्ड अवरुद्ध
समाचार

पालुङ–नौबिसे सडक खण्ड अवरुद्ध

नेपाल अखबार, काठमाडाैं। त्रिभुवन राजपथ अन्तर्गत पालुङ–नौबिसे सडक खण्ड अवरुद्ध भएको छ । सो सडकखण्डको सातघुम्तीमा माथिबाट पहिरो खस्दा विहानदेखि राजपथ अवरुद्ध भएको इलाका प्रहरी कार्यालय खानीखोलाका प्रहरी निरीक्षक रुकबहादुर खड्काले जानकारी दिए । सडक अवरुद्ध भएपछि सयौँ सवारी साधनबीचमै रोकिएका छन् । पृथ्वी राजमार्गको नौबिसे–मुग्लिनखण्ड र काठमाडौँ–हेटौँडा जोड्ने छोटो दूरीको भीमफेदी–फाखेलखण्डको सडक अवरुद्ध भएपछि सवारी साधन त्रिभुवन राजपथ भएर सञ्चालनमा रहेका थिए । अहिले सातघुम्तीको पहिरो हटाउने काम भइरहेको र  दिउँसोसम्ममा सडक पुनः सञ्चालन हुनसक्ने प्रहरीले जनाएको छ ।...
नारायणगढ–मुग्लिन सडक फेरि अवरुद्ध
समाचार

नारायणगढ–मुग्लिन सडक फेरि अवरुद्ध

नेपाल अखबार, चितवन । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–६ चारकिलोमा शुक्रबार बिहान पुनः पहिरो खसेर बाटो अवरुद्ध भएको छ । बिहीबार खसेको पहिरो पन्छाएर एकतर्फी सवारी सञ्चालन भएको केही समयमा नै पुनः सोही स्थानमा पहिरो खसेको हो । पहिरो खस्ने क्रम जारी रहेको प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए । पहिरो ठूलो भएकाले कतिखेर पन्छाएर सकिन्छ भन्न नसकिने उनले बताए । सोही स्थानमा गत सोमबार पनि पहिरो खसेको थियो । सो पहिरो ३६ घण्टामा पन्छाइएको थियो ।...
डब्ल्यूएचओका प्रमुखद्वारा अमेरिकी विदेशमन्त्रीको आरोप खण्डन
विश्व, समाचार

डब्ल्यूएचओका प्रमुखद्वारा अमेरिकी विदेशमन्त्रीको आरोप खण्डन

नेपाल अखबार, एजेन्सि। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का प्रमुख डा. टेड्रोस एडनाम गेब्रियेससले अमेरिकी विदेशमन्त्री माइक पोम्पियाको आरोप खारेज गरेका छन् । अमेरिकी विदेशमन्त्रीले मंगलबार लण्डनमा चीनका कारण टेड्रोस गेब्रियेसस विश्व स्वास्थ्य संगठनका प्रमुख बनेको आरोप लगाएका थिए । बिहिबार जिनेवमा पत्रकारसँगको कुराकानीमा विश्व स्वास्थ्य संगठनका प्रमुखले भने, ‘उनको बयान गलत, अस्विकार्य र आधारहीन छ । यतिबेला संगठनको सबै ध्यान मानिसहरुको ध्यान कसरी बचाउने हो भन्नेमा केन्द्रीत छ । यस्तो प्रकारको टिप्पणीले संगठनको ध्यान विचलित हुनेछैन ।’ स्रोतः बीबीसी...
पृथ्वी राजमार्ग पुनः अवरुद्ध
समाचार, हाइलाइट-समाचार

पृथ्वी राजमार्ग पुनः अवरुद्ध

नेपाल अखबार,  तनहुँ। पृथ्वी राजमार्गअन्तर्गत दमौली डुम्रे सडकखण्ड पुनः अवरुद्ध भएको छ । राजमार्गको सडक भाँसिएपछि बनाइएको वैकल्पिक मार्गमा  सवारी साधन फसेर पृथ्वी राजमार्ग पुनः अवरुद्ध भएको हो । अविरल वर्षा पछि बन्दीपुर गाउँपालिका–१ स्थित नालामा सडक नै भाँसिएर पहिरो गएपछि यसअघि पनि राजमार्ग अवरुद्ध भएको थियो । यही साउन ४ र ५ गते पनि उक्त राजमार्ग अवरुद्ध भएपछि लामो समय लगाएर सञ्चालनमा ल्याइएको थियो । पहिरोले राजमार्गको सडक नै बगाएपछि वैकल्पिक मार्ग बनाइएको थियो । उक्त वैकल्पिक मार्गमा ग्राबेल नगरेका कारण हिलो हुँदा सवारी साधन फसेपछि राजमार्ग अवरुद्ध भएको बन्दीपुर–१ का वडाध्यक्ष भानुभक्त पोख्रेलले जानकारी दिए । उनले सवारी सञ्चालनमा ल्याउन कम्तीमा पाँच छ घण्टा लाग्ने अनुमान रहेको बताउनुभयो । तनहुँमा बिहीबार साँझदेखि अविरलरुपमा पानी परे पनि पृथ्वी राजमार्गको अन्य क्षेत्रमा अवरुद्ध नरहेको जिल्ल...
वीरगञ्जमा ३२ जनामा कोरोना संक्रमण पुष्टि
समाचार, स्वास्थ्य

वीरगञ्जमा ३२ जनामा कोरोना संक्रमण पुष्टि

इफानअलि,  वीरगञ्ज। वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा ५ जना थुनुवासहित ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय पर्साका निरीक्षक जयमोद ठाकुरकाअनुसार संक्रमित हुनेहरुमा २५ जना पुरूष र ७ जना महिला रहेका छन् । संक्रमित हुनेमा ९ महिनाका बालकदेखि ६० वर्षकी बृद्ध महिला समेत रहेकी छिन । वडा प्रहरी कार्यलय श्रीपुर वीरगञ्जको थुनुवा कक्षमा रहेका ५ जना थुनुवा पनि संक्रमित भएको निरीक्षक ठाकुरले जानकारी दिए । उनका अनुसार २६ जना पर्सा, १ जना बारा  र ५ जना भारतीयहरू रहेको ठाकुरले जानकारी दिए । मंगलबार र बुधबार स्वाब संकलन गरी अस्पतालको प्रयोगशालमा परीक्षण गर्दा संक्रमण पुष्टि भएको नारायणी अस्पतालका डा.उदयनारायण सिंहले रातोपाटीलाई जानकारी दिए । संक्रमितहरुलाई नारायणी अस्पताल अस्थायी विषेश कोरोना अस्पताल गण्डकको आइसोलेसन वार्डमा ल्याउने तयारी भइरहेको छ ।...
गोरखामा पहिरोबाट ६९ घरपरिवार विस्थापित, ६ विद्यालयमा क्षति
समाचार, समाज

गोरखामा पहिरोबाट ६९ घरपरिवार विस्थापित, ६ विद्यालयमा क्षति

नेपाल अखबार, गोरखा।  बारपाक सुलिकोट गाउँपालिकामा केही दिनदेखि परेको अविरल वर्षापछि आएको पहिराका कारण ६९ घरपरिवार विस्थाापित भएका छन् । गाउँपालिकाको वडा नं १ र २ बाहेकका सबै वडाका गरी पहिराका कारण ६९ घरपरिवार विस्थापित भएका गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भट्टले जानकारी दिए । लगातारको वर्षापछि आएको पहिरो वडा नं ३ को चित्रे भञ्ज्याङ, चिसापानी, काफलडाँडाका चार घरपरिवार विस्थापित भएको उहाँले जानकारी दिए । त्यस्तै वडा नं ४ को जौवारी, जेडाँडा र अर्चलेकालगायतका स्थानका १० घरपरिवार पहिराका कारण विस्थापित भएका अध्यक्ष भट्टको भनाइ छ । पहिराका कारण वडा नं ५ को पतेनाबारी र डुम्रेका चार घरपरिवार, वडा नं ६ को मसार र डाँडाका १४ घरपरिवार, वडा नं ७ को च्याजी पोखरी र डुम्रे र बालुवाका गरी १८ घरपरिवार विस्थापित भएका उनले जानकारी दिए। गाउँपालिका अध्यक्ष भट्टका अनुसार वडा नं ८ को तिनखण्डे, जराङलगायतका स्थानका ...
नेपालमा पछिल्लो २४ घन्टामा थपिए १ सय ४७ कोरोना संक्रमित, १ को मृत्यु
समाचार, स्वास्थ्य

नेपालमा पछिल्लो २४ घन्टामा थपिए १ सय ४७ कोरोना संक्रमित, १ को मृत्यु

नेपाल अखबार, पोखरा । नेपालमा पछिल्लो २४ घन्टामा थप १ सय ४७ जनामा कोरोना पुष्टि भएको छ भने २ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा बिहीबार १ सय ४७ जना संक्रमित भेटिएको जानकारी दिएका हुन् । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १८ हजार २ सय ४१ पुगेको छ । त्यस्तै कोरोनाका कारण नेपालमा थप १ जनाको मृत्यु भएको छ । वीरगञ्जस्थित गण्डक अस्पतालमा वीरगञ्ज निवासी ७० वर्षीय वृद्धको मृत्यु भए संगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४३ पुगेको छ । नेपालमा संक्रमित मध्ये १२ हजार ८ सय ४० जना निको भएर घर फर्किसकेका छन् । जसमध्ये पछिल्लो २४ घन्टामा १ सय ५६ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।...