Friday, November 20

समाचार

पूर्वी नवलपरासीको बुलिङटारमा पहिरोले घर पुर्दा दुईजना वेपत्ता
समाचार

पूर्वी नवलपरासीको बुलिङटारमा पहिरोले घर पुर्दा दुईजना वेपत्ता

नेपाल अखबार,  नवलपरासी। पूर्वी नवलपरासीको बुलिङटारमा पहिरोले घर पुरिँदा दुई जना सम्पर्कविहीन भएका छन् । पहिरोले बुलिङटार गाउँपालिका–२ डाँडाझेरीका ७० वर्षीय शेरबहादुर सार्की र उनकी श्रीमती बेपत्ता भएका गाउँपालिकाका अध्यक्ष शशिकिरण बस्ताकोटीले जानकारी दिए । घरमा सुतिरहेका बेला उनीहरुलाई मंगलबार बिहान करिब तीन बजेतिर आएको पहिरोले घरसँगै पुरेको थियो । पहिरोले बाख्रा र कुखुरा पनि पुरेको छ । जिल्ला प्रहरी प्रमुख एसपी दीपक रेग्मीले भने घटनाको विस्तृत विवरण आउन बाँकी रहेको बताए । ‘बाटो अवरुद्ध छ, टेलिफोन सम्पर्क पनि स्थापित हुन सकिरहेको छैन,’ एसपी रेग्मीले भने, ‘त्यसैले घटनाको विस्तृत विवरण आइसकेको छैन ।’ घटनास्थलमा प्रहरी पुग्न सकेको छैन । स्थानीयवासी र जनप्रतिनिधि उद्धारमा खटिएका छन् । यसैबीच विनय त्रिवेणी गाउँपालिकाको भित्री सडकमा लु २ च ६१७१ नम्बरको पिकअप भ्यानलाई खहरे खोलाले बगाएको छ ।...
नारायणी नदी खतराको तहभन्दा माथि, ३० परिवारलाई सुरक्षित स्थानमा सारियो
समाचार

नारायणी नदी खतराको तहभन्दा माथि, ३० परिवारलाई सुरक्षित स्थानमा सारियो

नेपाल अखबार,  चितवन । चितवनका दुई ठूला नदीहरुमा पानीको सतह निकै बढेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार नारायणी नदीले खतराको तह पार गरेको छ भने, राप्ती नदी चेतावनीको तहभन्दा माथि पुगेको छ । नारायणी नदीको जलसतह ८ मिटरभन्दा माथि पुग्यो भने खतराको तह मानिन्छ । तर देवघाट क्षेत्रमा गरिएको मापनमा अहिले जलसतह ९.८१ मिटर पुगेको छ । जल सतह अझै बढ्ने क्रममा रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । नारायणी नदी बढ्दा भरतपुर महानगरपालिका वडा नं. २६ का विभिन्न स्थानमा कटान र डुबान हुन थालेको छ । वडाध्यक्ष ज्ञानप्रसाद खनालका अनुसार वडाको कोइला, सिसैँ, भगडि भन्ने ठाउँ सबैभन्दा बढी जोखिममा छन् । सो ठाउँका झण्डै ३० घर परिवारलाई राति नै सुरक्षित स्थानमा सारिएको वडाध्यक्ष खनालले बताए । उनले जुनसुकै बेला पनि कटान गरेर नदी बस्तीमा पस्ने खतरा रहेको बताए । वडा नंं. २७ को न्यूरेचोक पनि उत्तिकै जोखिममा छ । ...
पोखरा–बागलुङ सडकखण्ड खुलाउने प्रयास जारी
समाचार

पोखरा–बागलुङ सडकखण्ड खुलाउने प्रयास जारी

नेपाल अखबार,  पर्वत । पर्वतको कुश्मा नगरपालिका–२, नयाँ पुलमा अबरुद्ध सडक प्रहरीको संयोजनमा खुलाउने प्रयास भइरहेको छ ।   गएराति पोखरा–बागलुङ सडकखण्डमा ठूलो ढुंगा खस्दा सडक पूर्ण रुपमा अबरुद्ध भएको थियो । अबरुद्ध बाटोलाई जिल्ला प्रहरी कार्यालय, पर्वतबाट ५ जनाको टोली समेत खटाएर स्काभेटरको प्रयोगबाट खुलाउने प्रयास भइरहेको छ । प्रहरीका अनुसार हाल बाटोको केही अंश खुलिसकेको छ र साना सवारीसाधन सूचारु भएका छन् । बाटो पूर्ण रुपमा खुलाउन पहल भइरहेको प्रहरीले जनाएको छ ।...
गण्डकीमा थप ९ जनामा कोरोना पुष्टि
प्रदेश ४, समाचार, स्वास्थ्य

गण्डकीमा थप ९ जनामा कोरोना पुष्टि

नेपाल अखबार, पोखरा । गण्डकीमा थप ९ जना कोरोना संक्रमित भेटिएका छन् । यो सँगै प्रदेशमा कुल संक्रमितको संख्या १३२९ पुगेको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार म्याग्दी, बागलुङ र स्याङ्जामा गरि ९ संक्रमित थपिएका हुन् । आज थपिएका संक्रमितमध्ये म्याग्दीको अन्नपूर्णमा २ र बेनीमा १ पुरुष संक्रमित थपिएका छन् । यसैगरी, स्याङ्जाको फेदीखोलामा र बागलुङको ताराखोलामा ३, ३ जना संक्रमित थपिएका छन् । संक्रमितमध्ये १ हजार २० जनाले कोरोना जितेर घर फर्कि सकेका छन् । ४ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् ।...
भोजपुरमा पहिरोको कारण  क्षति
प्रदेश १, समाचार

भोजपुरमा पहिरोको कारण क्षति

नेपालअखबार, भोजपुर। लगातारको वर्षाका कारण पहिरो जाँदा भोजपुर जिल्लाका विभिन्न ठाउँमा क्षति भएको छ । पहिरोका कारण पौवादुङमा गाउँपालिका–५ सानोदुम्मा टीकाराम तामाङको घर पूर्णरुपमा क्षति भएको छ भने सोही वडाका चौहानबारीका जङ्गबहादुर तामाङको भान्साघर पुरिएको प्रहरीले जनाएको छ । टीकारामको घरको गाह्रो भत्किँदा तामाङको पाँच कुखुरा मरेका छन् । घर भत्किएपछि उनको परिवार स्थानीय गजेन्द्र तामाङको घरमा गई बसेको जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी प्रहरी निरीक्षक प्रदीप लामाले जानकारी दिए । यस्तै वर्षाका कारण आम्चोक गाउँपालिका–१० पाङ्चामा रहेको लक्ष्मी माध्यमिक विद्यालयको पर्खाल भत्किँदा विद्यालयको शौचालयको सेफ्टीट्याङ्की पूर्णरूपमा क्षति भएको छ । त्यस्तै रामप्रसादराई गाउँपालिका–६ वैकुण्ठेमा रहेको स्वास्थ्यचौकीको पनि पर्खाल लडेको छ । पर्खाल लडेपछि प्रहरी चौकी वैकुण्ठे जाने भित्री सडक अवरुद्ध भएक...
पूर्वी पहाडका विद्युत् उत्पादनमा समस्या
प्रदेश १, प्रविधि, समाचार

पूर्वी पहाडका विद्युत् उत्पादनमा समस्या

आइतबारदेखि निरन्तर परेको वर्षाका कारण पूर्वी पहाडी जिल्लामा सञ्चालित केही आयोजनाबाट बिजुली उत्पादन बन्द भएको छ । अविरल वर्षापछि खोलामा आएको बाढीका कारण इलामसहित पाँचथर र ताप्लेजुङबाट सञ्चालित अधिकांश जलविद्युत् आयोजनाबाट बिजुली उत्पादन ठप्प भएको हो । जम्मा भएर आएको भेलका कारण कतै विद्युत् उत्पादनगृहभित्र नै पानी पसेर समस्या आएको छ भने कतै पहिरोका कारण पाइपमा समेत क्षति पुगेको काबेली करिडोर प्रसारण लाइन आयोजनाले जानकारी दिएको छ । कतिपय आयोजनाबाट विद्युत् उत्पादन बन्द भएको र केही आयोजनाको कम मात्रै बिजुली उत्पादन हुन थालेको छ । इलामको पुवाखोला जलविद्युत् आयोजनामा सबै पानी पसेर समस्या भएको छ । त्यस्तै पाँचथरमा सञ्चालित विभिन्न आयोजनाबाट उत्पादन भएको बिजुली घटेको छ । पाँचथरमा ३७ मेगावाट विद्युत् उत्पादन हुँदै आएको थियो तर हाल घटेर करिब आठ मेगावाट मात्रै उत्पादन भएको काबेली करिडोरले जानकारी दिए...
प्रदेश १ः इलाममा बाढीमा फसेका दुईको नेपाली सेनाद्वारा उद्धार
प्रदेश १, समाचार

प्रदेश १ः इलाममा बाढीमा फसेका दुईको नेपाली सेनाद्वारा उद्धार

नेपाल अखबार, इलाम। गएराति माईखोलामा आएको बाढीमा फसेका दुई जनालाई नेपाली सेनाले उद्धार गरेको छ । इलाम सदरमुकामस्थित पशुपतिप्रसाद गणबाट खटेको नेपाली सेनाको टोलीले माइजोगमाईका दुई जनाको उद्धार गरेको हो । माइजोगमाई गाउँपालिका–५ का ६५ वर्षीय लोकबहादुर नेम्वाङ र ३० वर्षीय जोजो लिम्बूलाई नेपाली सेनाको टोलीले गएराति उद्धार गरेको हो ।माइजोगमाईको सिरिसे र इलाम नगरापालिका–५ जोड्ने झोलुङगे पुलभन्दा केही माथि रहेको गोठमा दुवैतिरबाट बाढी आएपछि दुवै जना फस्नुभएको थियो । सो खबर पाएलगत्तै पुगेको नेपाली सेनाले उनीहरुको सकुशल उद्धार गरेको थियो । भङ्गालो फाटिएर दुईतिर भएपछि बीचमा रहेको गोठमा उाीहरु आपतमा परेका थिए । साँझमा बाढीमा फसेका उनीहरुलाई राति सकुशल उद्धार गरिएको थियो ।...
मुग्लिन–नौबिसे सडकखण्डमा २०० भन्दा बढी पहिरो : पृथ्वी राजमार्ग खोल्न दुई दिन लाग्ने
समाचार, हाइलाइट-समाचार

मुग्लिन–नौबिसे सडकखण्डमा २०० भन्दा बढी पहिरो : पृथ्वी राजमार्ग खोल्न दुई दिन लाग्ने

नेपाल अखबार, चितवन। पृथ्वी राजमार्गको मुग्लिन–नौबिसे सडकखण्डमा साना–ठूला २०० भन्दा बढी पहिरो खसेका छन् । चितवन र धादिङ जोड्ने मौवाखोलाको पुल र सडक जोड्ने भाग नै बगाएको छ । सो खण्ड डिभिजन सडक कार्यालय भरतपुरले हेर्ने गर्दछ । कार्यालयका प्रमुख ई कृष्णराज अधिकारीका अनुसार आज पनि ठाउँठाउँमा पहिरो खस्ने क्रम जारी छ । बिहान मात्र जोगिमारामा ठूलो पहिरो खसेको छ । उनले भने, “मुग्लिन–नौबिसे सडकखण्डमा मात्र साना–ठूला २०० भन्दा बढी पहिरो खसेका छन् । सबैभन्दा बढी समस्या मौवाखोलामा रहेको छ ।” मौवाखोलामा पानीको बहाव घटेमा ग्याविन जालीमा ढुङ्गा भर्ने तयारीमा रहेको उनले बताए । यसका लागि नुवाकोटबाट जाली मगाइएको छ । बाटो अवरोध भएकाले आइपुग्न समय लाग्ने छ । बेलिब्रिजभन्दा यो सहज र छिटो हुने उनले बताए । स्थानीय प्रशासन, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीलगायतसँग आज बिहान छलफल गरी काम अघि बढाइने उनले जान...
जाजरकोटमा पहिरोबाट विस्थापितलाई शिविरमा राखिने
समाचार, समाज

जाजरकोटमा पहिरोबाट विस्थापितलाई शिविरमा राखिने

नेपाल अखबार, जाजरकाेट। गत असार २५ गते आएको पहिरोमा परी विस्थापित भएका एक हजार १५५ घरधुरीलाई व्यवस्थापनका लागि बारेकोट गाउँपालिकाले शिविरमा राख्ने निर्णय गरेको छ । गाउँपालिकाले तीन वटा मापदण्डका आधारमा विस्थापितलाई व्यवस्थापन गर्न लागेको छ । घर पूर्णरूपमा क्षति भएर विस्थापित भएको रातो (क), घर भत्किएर आंशिक क्षति भई विस्थापित भएकालाई पहेँलो (ख) र घर भत्किएर आंशिक क्षति भई जोखिममा नरहेकालाई हरियो (ग) मा विभाजन गरी राहतको प्याकेज घोषणा गरिएको छ । सोही आधारमा उत्पादनशील जमीनमा भएको क्षतिको विषयमा राहतको घोषणा गरिएको छ । मृतकका परिवार र पूर्ण वा आंशिक घर क्षति भई विस्थापित भएका घर परिवारलाई गाउँपालिकाको तर्फबाट खानेपानी, धारा, शौचालय, ट्याङ्की, काठेपुल तथा घट्ट  निर्माणका लागि गाउँपालिकाले तत्काल काम अगाडि बढाउने भएको छ । गाउँपालिकाले विस्थापितलाई पर्ने स्वास्थ्य समस्याका विषयमा शिविर सञ्चालन गर...
नेकपा स्थायी समिति बैठक बस्दै
राजनीति, समाचार

नेकपा स्थायी समिति बैठक बस्दै

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक मङ्गलबार आज बस्दैछ । बिहान ११ बजे प्रधानमन्त्रीनिवास बालुवाटारमा बैठक बस्ने तय भएको नेकपा केन्द्रीय कार्यालयका सचिव ईश्वरी रिजालले जानकारी दिए । नेकपामा आन्तरिक किचलो बढेपछि स्थायी समिति बैठक पटक पटक स्थगित हुदै आएको छ । अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने माग उठेपछि पार्टीभित्रको आन्तरिक किचलो बढ्दै गएको हो । समस्या समाधानका लागि पटकपटक भएका प्रयाससमेत निश्कर्षमा नपुगेपछि एकपक्षले अर्को पक्षलाई दोष देखाइरहेको छ । यसैबीच आजको बैठक पनि अन्तिम समयमा आएर स्थगित हुनसक्ने हो कि भन्ने आशंका नेताहरुलाई लागेको छ । नेताहरुमा सहमति नजुटेकाले त्यस्तो आशंका गर्न सकिने एक स्थायी समिति सदस्यले बताए ।...