Tuesday, September 15

समाचार

आज विभिन्न मुलुकबाट १२ सय नेपाली आउँदै
विदेश, समाचार

आज विभिन्न मुलुकबाट १२ सय नेपाली आउँदै

नेपाल अखबार, काठमाडौं । विदेशमा अलपत्र नेपाली नागरिकको उद्दार गर्ने क्रममा शुक्रबार एक हजार दुई सय नेपाली काठमाडौं आउँदैछन् । बहराइन, युएई, कुवेत र मलेसियामा समस्यामा परेका नेपाली आउन लागेका हुन् । क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) का एक अधिकृतका अनुसार कुवेतबाहेक सबै मुलुकबाट शुक्रबार दुई/दुई वटा उडान हुँदैछन् । बहराइनको दुवै र मलेसियाको एउटा उडान नेपाल एयरलाइन्सको जहाजमार्फत हुँदैछ । युएईको हिमालयन र एयर अरेविया, कुवेतको जजिरा एयरलाइन्स र मलेसियाको एउटा उडान हिमालय एयरलाइन्सबाट हुँदैछ । उनीहरुलाई नेपाल ल्याएर काठमाडौं, भक्तपुर र ललितपुरमा राखिएका होल्डिङ सेन्टरमा लगिनेछ । त्यहाँ सेनाको व्यवस्थापनमा उनीहरुको सामान्य स्वाथ्य जाँच र विवरण लिने कार्य हुनेछ । त्यसपछि सम्बन्धित प्रदेशमा क्वारेन्टिनमा बस्ने गरी पठाइनेछ । विदेशबाट आउने नागरिकले पीसीआर रिपोर्ट ल्याएको खण्डमा उनीहरुले होम क...
क्वारेन्टिनबाट ओढ्ने ओछ्याउने चोरी
समाचार, हाइलाइट-समाचार

क्वारेन्टिनबाट ओढ्ने ओछ्याउने चोरी

नेपाल अखबार,  बाजुरा । बाजुराको त्रिवेणी नगरपालिका–६ पन्धारास्थित पुष्पलाल आधारभूत विद्यालयको क्वारेन्टिनमा चोरी भएको छ । क्वारेन्टिनमा बस्नेका लागि प्रयोग हुने ओढ्ने ओछ्याउनेदेखि खानका लागि प्रयोग हुने सामग्री चोरी भएको नगर प्रवक्ता प्रेमबहादुर थापाले बताए । असार ५ गतेदेखि खाली रहेको क्वारेन्टिनको ढोका फोडेरभित्र रहेका सम्पूर्ण सामग्री चोरी भएको थापाले जानकारी दिए । क्वारेन्टिनबाट कचौरा ३४ थान, थाल ३४ थान, गिलास ३७ थान, चम्चा ३९ थान, कुकुर पाँच लिटर एक थान, फराइबीन दुई थान कराइ एक थान, पुन्यूउ एक थान चोरी भएको छ । यस्तै क्वारेन्टिनमा बस्नेका लागि खरिद गरिएका र यसअघि बस्नेले प्रयोग गरेका गद्दा ३६ थान, तन्ना चार थान, सिरक २६ थान र पिफर्म तीन वटा चोरी भएको छ । चोरी गरेको थाह पाएलगत्तै प्रहरी प्रतिवेदन तयारी पारेर खोजी कार्य थालिएको नगरपालिकाले बताएको छ । पिसिआरको रिपोर्ट नआउँदै घर जिल्लाको ब...
कैलालीका इन्सपेक्टर ५० हजार घुससहित पक्राउ
प्रशासन, समाचार

कैलालीका इन्सपेक्टर ५० हजार घुससहित पक्राउ

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक प्रकाशसिंह कार्की र कानुन व्यवसायी हिमालय विक्रम विष्ट घुससहित रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरको टोलीले उनीहरुलाई ५० हजार रुपैयाँ घुससहित बिहीबार रंगेहात पक्राउ गरेको हो । अख्तियारको टोलीले प्रहरी निरीक्षक कार्की र कानुन व्यवसायी विष्टलाई धनगढी उपमहानगरपालिका वडा नं. १ स्थित लिगल एडभोकेट सर्भिस सेन्टरबाट पक्राउ गरेको हो । उनीहरुमाथि अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीप कुमार कोइरालाले जानकारी दिए । प्रहरी कार्यालयमा परेको मुद्दामा सहजीकरण गरिदिने भन्दै कानुन व्यवसायी विष्टमार्फत सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचनाका आधारमा अख्तियारको टोलीले प्रहरी निरीक्षक कार्कीमाथि निगरानी बढाएको थियो । यसैबीच लागूऔषध कारोबारमा संलग्न रहेको आशंकामा ललितपुर प्रहरी ...
काभ्रेमा बुद्धचित्त लुटपाट गर्ने क्रममा गोली चल्यो, ५ जना घाइते
समाचार

काभ्रेमा बुद्धचित्त लुटपाट गर्ने क्रममा गोली चल्यो, ५ जना घाइते

नेपाल अखबार, काठमाडौँ । काभ्रेको रोशी गाँउपालिकामा गोली चलेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार बुद्धचित्तको माला लुटपाट गर्न आएको समू्हले गोली चलाएको हो । बुद्धचित्त लुटपाट गर्ने क्रममा गोली चल्दा पाँच जना घाइते भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका एसपी रवि पौडेलले बताए । उनले भने, ‘घाइतेहरुको धुलिखेल अस्पतालमा उपचार हुँदैछ ।’ एसपी पौडेलका अनुसार काभ्रेको रोशी गाउँपालिका सिपालीमा सोमरानी तामाङ र विरबहादुर लामाको बुद्धचित्त लुटपाट गर्ने क्रममा गोली चलेको हो । काभ्रेका डीएसपी कुमार विक्रम थापाले बम राखेर बाटो अवरोध रहेको कारण प्रहरी घटनास्थलमा नपुगेको बताए । उनले भने, ‘अवरोध रहेको बाटो पन्छाउँदै घटनास्थल जाँदैछु । करिब एक घण्टा लाग्छ ।’ मध्यराति भएका घटनामा संलग्न केहीको पहिचान भइसकेको प्रहरकिो दावी छ । थप विवरण आउन बाँकी ।...
गण्डकी कोरोना अपडेटः २५ जना थपिए, ९ जना निको भएर घर फर्के
प्रदेश ४, समाचार, स्वास्थ्य

गण्डकी कोरोना अपडेटः २५ जना थपिए, ९ जना निको भएर घर फर्के

नेपाल अखबार, पोखरा । शुक्रबार गण्डकी प्रदेशमा कोरोनाभाइरसका २५ नयाँ संक्रमित थपिएका छन् भने ९ जना निको भएर घर फर्केका छन् । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार प्रदेशका ४ जिल्लामा २५ नयाँ संक्रमित थपिएका हुन् । तनहूँमा २, स्याङ्जामा १, बागलुङमा १ र नवलपुरमा २१ गरि २५ नयाँ संक्रमित थपिएको निर्देशनालयले जनाएको छ । आज थपिएका संक्रमितमध्ये तनहूँको ब्यास नगरपालिकामा २ पुरुष, स्याङ्जाको कालिगण्डकी गाउँपालिकामा २८ वर्षीय एक पुरुष र बागलुङको बरेङ गाउँपालिकामा २३ वर्षीय एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । यसैगरि, नवलपुरको गैडाकोटमा ७ पुरुष, कावासोतीमा १२ पुरुष र २ महिलामा कोरोना पुष्टि भएको छ । यो सँगै गण्डकी प्रदेशमा कुल संक्रमितको संख्या ७९२ पुगेको छ । आज मात्रै ९ संक्रमित निको भएर घर फर्केका छन् । गोरखाको गण्डकी गाउँपालिका र गोरखा नगरपालिकामा गरि ९ संक्रमित निको भएर घर फर्केको निर्देशनाल...
आइसोलेशन कक्षमै जन्मियो शिशु
समाचार, हाइलाइट-समाचार

आइसोलेशन कक्षमै जन्मियो शिशु

नेपाल अखबार,  बाग्लुङ। धौलागिरी अस्पताल बाग्लुङको आइसोलेशन कक्षमा उपचाररत कोरोना सङ्क्रमित एक महिलाले छोरा जन्माएकी छन् । ढोरपाटन नगरपालिका–८ की १९ वर्षीय महिलाले आज बिहान आइसोलेशन कक्षमै छोरा जन्माएकी हुन् । धौलागिरी अस्पताल बाग्लुङको आइसोलेशन कक्षमा उपचाररत कोरोना सङ्क्रमित एक महिलाले छोरा जन्माएकी छन् । ढोरपाटन नगरपालिका–८ की १९ वर्षीय महिलाले आज बिहान आइसोलेशन कक्षमै छोरा जन्माएकी हुन् । धौलागिरि अञ्चल अस्पतालका अनुसार असार ७ गते आइसोलेशन कक्षमा भर्ना भएकी ती महिलालाई चिकित्सकले शल्यक्रियामार्फत् बच्चा जन्माउन सल्लाह दिएपनि पछि सामान्य प्रकारले सुत्केरी हुनुभएको थियो । धौलागिरी अञ्चल अस्पताल बाग्लुङका मेडिकल सुपरिटेण्डेन्ट डा शैलेन्द्र बी पोखरेलका अनुसार आमा र शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको छ । रासस...
कर्णालीमा थप ७२ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या १४ सय नाघ्यो
समाचार, स्वास्थ्य

कर्णालीमा थप ७२ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या १४ सय नाघ्यो

नेपाल अखबार, काठमाडौं । पछिल्लो २४ घण्टामा कर्णालीमा ७२ जना कोरोना संक्रमित थपिएका छन् । सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा गरिएको परीक्षणमा ७२ जनामा संक्रमण पुष्टि भएको हो । बिहीबार पुष्टि भएका मध्ये ३६ जना संक्रमित कर्णालीभित्रका जिल्लाका होइनन् । उनीहरु देशका विभिन्न जिल्लाका रहेको प्रदेशको समाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ । महाशाखा प्रमुख डाक्टर लक्षमीनारायण तिवारीका अनुसार सुर्खेतमा भएको परीक्षणबाट ४५ जनामा कोरोना पुष्टि भएको हो । जसमा १८ जना दैलेख, १२ जना सुर्खेत, ३ जना कालीकोटका रहेका छन् । यस्तै सुर्खेतमै भएको परीक्षणबाट बझाङका २ जना, जुम्ला, सल्यान, लमजुङ, कैलाली, दार्चुला, बाँके, धादिङ, कास्की, बैतडी, इलामका एक/एक जना रहेका छन् । जुम्लामा भएको परीक्षणबाट २७ जनामा कोरोना पुष्टि भए...
कोरोनाबाट मृत्यु हुनेको संख्या २६ पुग्यो
समाचार

कोरोनाबाट मृत्यु हुनेको संख्या २६ पुग्यो

नेपाल अखबार, काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट मृत्यु हुनेको संख्या २६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा स्याङ्जाका १ र ललितपुरका १ जना गरी २ दुई जनाको मृत्यु भएसँगै मृतकको संख्या २६ पुगेको हो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मधुमेहका विरामी स्याङ्जाको आँधिखोला १ का ५५ वर्षय पुरुषमा असार ८ गते कोरोना पोजेटिभ देखिएको थियो । कोरोना पोजेटिभ देखिएको ती पुरुषको पश्चिमाञ्चल क्षेत्रिय अस्पतालको आइसीयुमा उपचारकै क्रममा हिजो मृत्यु भएको हो । यस्तै ललितपुरको महालक्ष्मी ५ का ५० वर्षिय पुरुषको आज विहान मृत्यु भएको हो । ५ महिनाअघि मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा मृगौला प्रत्यारोपण गरेका पुरुषको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका थिए । नर्भिक अस्पतालमा उपचारका क्रममा कोरोना पोजेटिभ देखिएपछि उनलाई पाटन अस्पताल भर्ना गर...
वीरगञ्ज कारागारका एक थुनुवाको मृत्यु
समाचार

वीरगञ्ज कारागारका एक थुनुवाको मृत्यु

नेपाल अखबार, वीरगञ्ज । वीरगञ्ज कारागारका एक जना थुनुवा बन्दीको मृत्यु भएको छ । वीरगञ्ज महानरपालिका–२ घर भएका ६३ बर्षका बसिर आलम भन्ने बसिर अहमदको मृत्यु भएको हो । ठगी मुद्धामा साढे ४ महिनाअघि उनलाई पुर्पक्षका लागि कारागारमा राखिएको थियो । मधुमेह र उच्च रक्तचापको समस्याका कारण उनलाई १६ दिनअघि नेशनल मेडिकल कलेजमा भर्ना गरिएको थियो ।बिहीबार बिहान २ बजेतिर अस्पतालले उनलाई मृत घोषित गरेको वीरगञ्ज कारागारका प्रमुख श्रवण पोखरेलले जानकारी दिए । उनको शव पोष्टमार्टमका लागि नारायणी अस्पतालमा लगिएको छ ।...
स्याङ्जाका कोरोना संक्रमित मृतक किराना पसलका संचालक थिए
समाचार

स्याङ्जाका कोरोना संक्रमित मृतक किराना पसलका संचालक थिए

नेपाल अखबार, पोखरा । कोरोना संक्रमणका कारण मृत्यु भएका स्याङ्जा, सिरुबारीका ५५ वर्षीय पुरुष किराना पसले रहेको तथ्य प्रकाशमा आएको छ । स्याङ्जाका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले कोरोना संक्रमणका कारण मृत्यु भएका पुरुष किराना पसलका सञ्चालक रहेको बताए । क्षेत्रीका अनुसार मृतकले स्याङ्जाको आँधीखोला–१, पञ्चमुलमा किराना पसल संचालन गर्दै आएका थिए । ज्वरो र श्वास प्रश्वासमा समस्या भएको उनलाई स्याङ्जाबाट पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा रिफर गरिएको क्षेत्रीले बताए । असार ८ गतेबाट उनलाई पश्चिमाञ्चल अस्पतालको आइसोलेसन वार्डमा राखिएको अस्पतालका निर्देशक डा. अर्जुन आचार्यको भनाइ छ । मृतकको कुनै पनि ट्राभल हिस्ट्री नदेखिएको प्रमुख जिल्ला अधिकारी क्षेत्रीले बताए । क्षेत्रीका अनुसार उनको मृत्युपछि उनको कन्ट्याक टे«सिङ गर्न अप्ठ्यारो भएको छ । किराना पसलका व्याप...