एमसीसी निर्धारित मितिमा सुरु नहुने पक्का
नेपाल अखबार, काठमाडौं । बहुचर्चित अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) पूर्व निर्धारित मितिमा सुरु नहुने निश्चित भएको छ । प्रतिनिधिसभाको बैठक १७ असार मध्यान्हसम्मका लागि स्थगित भएकैसँगै एमसीसी निर्धारित मितिमा सुरु नहुने पक्का भएको हो ।
एमसीसी व्यवस्थापन, कार्यान्वयन र अनुगमनका लागि गठित मिलेनियम च्यालेञ्च एकाउन्ट (एमसीए) नेपालका अनुसार २०२० जुन (१६ असार) सम्म सम्पूर्ण तयारी सक्नु पर्ने भनिएको थियो । निर्धारित मितिमा तयारी सकिएको भए १७ असारदेखि एमसीसी कार्यान्वयनमा जाने तयारी थियो ।
कार्यन्वयनमा सुरु भएको पाँच वर्षभित्रै एमसीसी अन्तर्गतका सम्पूर्ण आयोजना सम्पन्न हुनुपर्ने बाध्यकारी व्यवस्था सम्झौतामा छ । एमसीसी कम्प्याक्ट (सम्झौता) संसदबाट अनुमोदन गर्ने एमसीसीको शर्त छ । कम्प्याक्टमा उल्लेखित कतिपय प्रावधान आपत्तिजनक रहेको आलोचकहरूले बताउँदै आएका छन् ।
सत्तारुढ नेपा...
