Thursday, November 26

समाचार

कोरला नाकामा व्यापारिक चहलपहल बढेपछि बेसीमा झरेनन् माथिल्लो मुस्ताङी
समाचार, समाज

कोरला नाकामा व्यापारिक चहलपहल बढेपछि बेसीमा झरेनन् माथिल्लो मुस्ताङी

नेपालअखबार,काठमाडौं । अघिल्लो वर्षसम्म यतिबेला माथिल्लो मुस्ताङ लगभग मानवविहीन अवस्थामा हुन्थ्यो। हिउँदयामको कात्तिकअगावै माथिल्लो मुस्ताङका अधिकांश नागरिक जाडो छल्न र घुम्ती व्यापार–व्यवसाय चलाउन बेँसीमा झर्दथे। माथिल्लो मुस्ताङका अधिकांश नागरिक हिउँदयाममा जाडो छल्न र घुम्ती व्यवसाय चलाउन बेँसी झर्ने परम्परा सदिँयौदेखि चल्दै आइरहेको छ। नेपाल–चीन सीमावर्ती लोमान्थाङ र लोघेकर दामोदरकुुण्ड गाउँपालिकाका अधिकांश नागरिक बर्खे अन्नबाली घरमा भित्र्याएपछि बेँसी झर्थे। अत्यधिक चिसो सिरेटो चल्ने, हिमपातको जोखिमका साथै माथिल्लो मुस्ताङको दैनिक जनजीवन निकै कष्टकर हुन्थ्यो। अत्यधिक चिसोका कारण माथिल्लो मुस्ताङमा खानेपानीका धारा, शौचालयको सेफ्टीट्यांकी र सिँचाई कुलोसमेत बरफ बनेर जम्ने गर्छ। यसरी हिउँदयाममा अत्यधिक चिसो र हिमपातले जनजीवन कष्टकर हुने र हिउँदयाममा कुनै काम गर्न नसकिने भएकाले त्यहाँका...
बेनी–पाखापानी सडक : किराखोर–नेप्टेचौर खण्डमा कालोपत्र हुँदै
समाचार, समाज

बेनी–पाखापानी सडक : किराखोर–नेप्टेचौर खण्डमा कालोपत्र हुँदै

नेपालअखबार, म्याग्दी । बेनी–पाखापानी सडकअन्तर्गत किराखोर–नेप्टेचौर खण्डमा कालोपत्र गर्न थालिएको छ । बेनी नगरपालिका–९ किराखोरदेखि नेप्टेचौरस्थित वडा कार्यालयसम्मको दुई किलोमिटर सडक ‘प्रिमिक्स’ प्रविधिको कालोपत्र थालिएको हो । बेनी नगरपालिका–९ का वडाध्यक्ष चक्र केसीका अनुसार सात मिटर चौडा सडक कालोपत्र हुनेछ । नेप्टेचौर–तोरीपानी खण्डमा थप दुई किलोमिटर ग्राभेल पनि गरिने छ । वर्षा यामको पानीको निकासका निम्ति नाला र टेवा पर्खाललगायत सडक संरक्षणका संरचना पनि धमाधम निर्माण भइरहेका छन् । यो सडक कालोपत्र गर्न रु १० करोड १६ लाख एक हजार ३६४ मा निर्माण कम्पनीसँग सम्झौता भएको छ ।...
माडी–ठोरी सडकखण्डमा निर्माणाधीन पुलको ठेक्का तोडियो
प्रशासन, समाचार

माडी–ठोरी सडकखण्डमा निर्माणाधीन पुलको ठेक्का तोडियो

नेपालअखबार,काठमाडौँ । चितवनको माडी–ठोरी सडकखण्ड अन्तर्गत पटारी खोलामा निर्माणाधीन पुलको ठेक्का तोडिएको छ । वर्षौँदेखि पुल निर्माण अलपत्र पारेको भन्दै सरकारले ठेक्का तोडेको हो । हुलाकी राजमार्ग निर्देशनालयको योजना कार्यालय वीरगन्जले आज सार्वजनिक सूचना जारी गर्दै काम अलपत्र पारेर ठेकेदार कम्पनी सम्पर्कमा नआएकाले ठेक्का तोडिएको जनाएको छ । निर्माण व्यवसायीलाई ठेक्का किन नतोड्ने भनेर १५ दिनभित्र स्पष्टीकरण मागिएको थियो । तर स्पष्टीकरण नबुझाएको, काम सुरु नगरेको र निर्माण व्यवसायीका प्रतिनिधि पनि सम्पर्कमा नआएकाले ठेक्का तोडिएको हो ।...
मधेशका मुख्यमन्त्री यादवविरुद्धको रिटमा आज सुनुवाइ
प्रशासन, समाचार

मधेशका मुख्यमन्त्री यादवविरुद्धको रिटमा आज सुनुवाइ

नेपालअखबार,काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवविरुद्धको रिटमा आज शुक्रबार पनि सुनुवाइ हुँदै छ । न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र नित्यान्द पाण्डेको संयुक्त इजलासमा सो मुद्दामा सुनुवाइ हुँदै आएको छ । विहीबार यो मुद्दामा सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखिएको थियो । मधेश प्रदेश कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवसहितका ७४ सांसदहरुले मुख्यमन्त्री यादवको नियुक्ति असंवैधानिक भएको जिकिर गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । मुख्यमन्त्री यादवविरुद्ध रकीप्रसाद यादव लगायतले दायर गरेको अर्को एक रिटमा न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले मधेश सरकारलाई दीर्घकालीन प्रभाव पार्ने खालका कुनै काम नगर्न आदेश दिएको थियो । संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त भएका लोसपा नेता जितेन्द्र सोनलले विश्वासको मत पाउने स्थिति नदेखेर कात्तिक २२ गते प्रदेश सभामा ...
हङकङमा आगलागी : मृतकको संख्या ९४ पुग्यो
विदेश, समाचार, समाज

हङकङमा आगलागी : मृतकको संख्या ९४ पुग्यो

नेपालअखबार,काठमाडौं । हङकङमा बुधबार राति लागेको भीषण आगलागीमा परी मृत्यु हुनेको संख्या ९४ पुगेको छ । केही मानिसहरुको अवस्था अझै अज्ञात छ । सुरक्षाकर्मीका अनुसार मृतकमध्ये धेरैजसो सुतिरहेको समयमा धुवाँमा निसास्सिएर ज्यान गुमाएका हुन् । सम्बन्धित अधिकारीहरूले प्रारम्भिक अनुमानमा विद्युत् सर्टका कारण आगो लागेको आशंका गरेका छन्, तर एकिन कारण पत्ता लगाउन विस्तृत अनुसन्धान सुरु गरिएको छ । आगलागी शहरको घना जनसंख्या भएको क्षेत्रमा रहेका आवासीय भवनमा बुधबार मध्यराततिर सुरु भएको थियो । आगलागी भएका ती बहुतले भवनहरुमा विदेशी कामदारदेखि स्थानीयसम्म दर्जनौं परिवार बसोबास गर्दै आएका थिए । घटनास्थलमा उद्धार कार्य अझै जारी छ । घाइतेहरूलाई विभिन्न अस्पतालमा भर्ना गरिएको छ । घाइतेहरुमध्ये धेरैको अवस्था गम्भीर रहेको बताइएको छ । आगलागीबाट विस्थापित सयौं मानिसका लागि अस्थायी बसोबासका व्यवस्था पनि नगर प्रशा...
पूर्वी नाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
अर्थ, कृषि, समाचार

पूर्वी नाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात

नेपालअखबार,झापा । पूर्वी नाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको निर्यात भएकाे छ । मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँका अनुसार समीक्षा अवधिमा ४६ लाख ८८ हजार ९३२ किलोग्राम चिया भारततर्फ निर्यात भयो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो ३७ प्रतिशतले कम छ । गत आवको उक्त अवधिमा रु दुई अर्ब २० करोड ४८ लाख ४० हजार बराबरको चिया निर्यात भएको थियाे । यो चालु आर्थिक वर्षमा रु ८३ करोड १७ लाख ६२ हजारले कम निर्यात भएकाे हाे ।...
ह्वाइट हाउस नजिक भएको गोलीकाण्डमा घाइते सुरक्षाकर्मीको उपचार क्रममा मृत्यु
विदेश, समाचार, समाज

ह्वाइट हाउस नजिक भएको गोलीकाण्डमा घाइते सुरक्षाकर्मीको उपचार क्रममा मृत्यु

नेपालअखबार,काठमाडौं । अमेरिकाको वाशिङ्टन डिसीको गोलीकाण्डमा घाइते भएका दुईमध्ये एक सुरक्षाकर्मीको उपचार क्रममा मृत्यु भएको छ। बुधबार ह्वाइट हाउस नजिकैको मेट्रो स्टेसन तैनाथ नेसनल गार्डका दुई सुरक्षाकर्मीमाथि बुधबार गोली प्रहार भएको थियो। गोली प्रहारबाट दुवै गम्भीर घाइते भएका थिए। उपचाररमध्ये २० वर्षीया सारा बेकस्ट्रमको बिहीबार निधन भएको हो। अर्का सुरक्षाकर्मी २४ वर्षीय एन्ड्र्यू वोल्फ जीवनसँग लडिरहेको भनेर अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ। घटनाको अनुसन्धान एफबिआईले गरिरहेको छ। सारा २०२३ को जुनमा नेसनल गार्डमा भर्ती भएकी थिइन्। उनलाई ८६३ औं सैन्य प्रहरी कम्पनीमा खटाइएको थियो। जुन वेस्ट भर्जिनिया आर्मी नेसनल गार्ड भित्रको १११ औं इन्जिनियर ब्रिगेडको हिस्सा हो। उनको मृत्यु भएपछि उनी अध्ययन गरेको हाइ स्कुलले शोक वक्तव्य जारी गरेको छ। अमेरिकी राष्ट्रपति डो...
मुस्लिम समुदायले ध्यानाकर्षण पत्र बुझायो  प्रधानमन्त्रीलाई
समाचार, समाज

मुस्लिम समुदायले ध्यानाकर्षण पत्र बुझायो प्रधानमन्त्रीलाई

नेपालअखबार,काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीको अभिव्यक्तिलाई लिएर यतिबेला मुस्लिम समुदाय आन्दोलित बनेको छ। गत मंगलबार लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान शुभारम्भ गर्दै प्रधानमन्त्री कार्कीले मुस्लिम महिला लक्षित दिएको अभिव्यक्तिलाई लिएर देशभर मुस्लिम समुदाय आन्दोलित बनेको हो। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयसमेत सम्हालेकी प्रधानमन्त्री कार्कीले मुस्लिम समुदायका महिलाप्रति गलत र भ्रामक अभिव्यक्ति दिएको मुस्लिम अगुवा एवं कांग्रेस नेता डा. अबुल हुसेन अन्सारीले बताए। ‘मुस्लिमहरूको प्रवृत्ति-व्यवहार हेर्दा यति अन्यायपूर्ण देखिन्छ। जिउँदै लगेर महिलालाई गाड्ने, तान्ने, कतिपय मुस्लिम देशमा महिलालाई आजादी नदिने, पढ्न नदिने पनि देखिएको छ। कतिमा उद्धार पनि छ,’ प्रधानमन्त्री कार्कीले भनेकी थिइन्। उनी त्यत्तिमै रोकिइनन्। अगाडि पथिन्, ‘पहिलेको अरेबियनकालका मुस्लिम देशहरू हेर्नुहुन...
समाजवादको यात्रा अघि बढाउने विषयमा आफूहरू जेनजी युवाभन्दा कम छैनौं : प्रचण्ड
राजनीति, विचार, समाचार

समाजवादको यात्रा अघि बढाउने विषयमा आफूहरू जेनजी युवाभन्दा कम छैनौं : प्रचण्ड

नेपालअखबार,काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा भएका शीर्ष नेताहरू उमेरका हिसाबले करिब उत्तरार्धतिरै भएको स्वीकार गरेका छन् । बिहीबार राष्ट्रिय सभागृहमा आयोजित एकता सभालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । आफूहरू उत्तरार्धतिर रहेको भए पनि जेनजीभन्दा कम नभएको पनि बताए । राष्ट्रप्रतिको जिम्मेवारी, राष्ट्र बचाउनुपर्छ भन्ने कुरामा, समाजवादको यात्रा अघि बढाउने विषयमा आफूहरू जेनजी युवाभन्दा कम नभएको उनको भनाइ थियो । ‘हुन त उमेरका हिसाबले हामी यहाँ जति नेता छौं, उत्तरार्धतिर छौं । तर राष्ट्रप्रतिको जिम्मेवारी, राष्ट्र बचाउनुपर्छ भन्ने कुरामा, समाजवादको यात्रा जसरी पनि अघि बढाउनुपर्छ भन्ने कुरामा हामी कुनै जेनजी युवाभन्दा कम पनि छैनौं,’ प्रचण्डले भने, ‘अन्तिम अवस्थासम्म हामी त्यो अभिभावकीय पूरा गर्न चाहन्छौं । जेनजी युवाहरूको असली अभिभावक बन...
हङकङको अपार्टमेन्टमा २० घन्टादेखि लागेको बीभत्स आगो
विदेश, समाचार, समाज

हङकङको अपार्टमेन्टमा २० घन्टादेखि लागेको बीभत्स आगो

नेपालअखबार,काठमाडौं । हङकङको ताइ पो जिल्लाको वाङ फुक कोर्ट भनिने आवासीय क्षेत्रमा लागेको आगो अहिलेसम्म निभेको छैन। बुधबार दिउँसो २:५१ बजे  एउटा ३२ तले अपार्टमेन्ट भवनबाट सुरू भएको आगलागीले वरपरका थप भवन पनि सल्काएको थियो। अन्तर्राष्ट्रिय समाचार संस्था एशोशियटेड प्रेसका अनुसार आवासीय क्षेत्रको ८ ठूला भवनमध्ये सात वटामा आगो लागेको छ। आगो लागेको २० घन्टाभन्दा बढी समय बितिसक्दा पनि पूर्ण रूपमा नियन्त्रणमा आउन सकेको छैन। ती आवासीय भवनहरूमा २ हजार भन्दा बडी अपार्टमेन्ट रहेको र ४ हजार ८ सय जनाभन्दा बढी मानिसहरूको बसोबास रहेको एपीले जनाएको छ। आगलागीमा ४४ जनाको मृत्यु भइसकेको छ। ६२ जनाभन्दा बढी घाइते छन् भने २७९ जना सम्पर्कविहीन रहेको त्यहाँका अधिकारीहरूले बताएका छन्। बिहीबार बिहानसम्म पनि त्यो आवासीय क्षेत्रको आकाश धुवैधुवाँले ढाकेको छ। भवनमा आगो बलिरहेको र बाक्लो धुवाँका मुस्लोहरू ...