Thursday, November 26

समाचार

झोलुंगे पुल बनेपछि अन्त्य भयो पुस्तौंदेखिको समस्या
समाचार, समाज

झोलुंगे पुल बनेपछि अन्त्य भयो पुस्तौंदेखिको समस्या

नेपालअखबार,भोजपुर। ज्यानको जोखिम मोलेर काठको फड्केबाट खकुवाखोला तर्दै आएका यहाँका स्थानीयलाई झोलुङ्गे पुल बनेपछि सहजता भएको छ। षडानन्द नगरपालिका–७ र ११ लाई जोडने यो  खोलामा ८० मिटर लामो पुल निर्माण भएपछि स्थानीयको वर्षौँको समस्या अन्त्य भएको हो। बर्खाको समयमा खोला ठूलो हुँदा तर्न नसकेर कतिपय समयमा खेतमा नै बास बस्नुपर्ने अवस्थामा पुल निर्माणले राहत मिलेको स्थानीयवासी चतुरमाया मगरले बताइन्। विगतमा खेत आउँदा उर्लिँदो भेल तरेर जानुपर्ने समस्या रहेको उनको भनाइ छ। अब भने जोखिम मोलेर काठको फड्केबाट खोला तर्नुपर्ने अवस्थाको अन्त्य भएको उनले बताइन्। 'खकुवाखोलामा झोलुङ्गे पुल बनेपछि हाम्रो पुस्तौँदेखिको समस्या अन्त्य भएको छ,' उनले भनिन्, 'दैनिकजसो खेतीमा आउँदा यो खोला तर्नुपर्थ्यो। खोलापारि जान काठको फड्के थियो। त्यो फड्के पनि ठूलो खोला हुँदा बगाउथ्यो, पुल बनेपछि सहज छ।' यो खोलामा...
हात्तीको बथान झापा प्रवेश, सुरक्षित रहन आग्रह
समाचार, समाज

हात्तीको बथान झापा प्रवेश, सुरक्षित रहन आग्रह

नेपालअखबार,काठमाडौं ।  डिभिजन वन कार्यालय झापाले पूर्व–पश्चिम राजमार्गको उत्तर क्षेत्रमा हात्तीको बथान जिल्लामा प्रवेश गरेकाले सवाधान रहन सर्वसाधारणलाई आग्रह गरेको छ। गस्ती र माइकिङ गरेर सर्वसाधारणलाई सचेत बनाउनुका साथै सावधानी अपनाउन आग्रह गरिएको कार्यालयले जनाएको छ। मोरङबाट २५ देखि ३० को सङ्ख्यामा हुल बाँधेर बच्चासहित हात्तीको बथान झापा प्रवेश गरेकाले स्थानीयवासीलाई सोबारे जानकारी दिँदै सचेतना अपनाउन माइकिङ गरेर आग्रह गरिएको डिभिजन वन कार्यालयका प्रमुख भरतबाबु श्रेष्ठले बताए। 'डेढ वर्षअघि बाहुनडाँगीको प्रसाद गौँडा हुँदै ५०–६० हात्तीको बथान नेपाल प्रवेश गरेका थिए। सोमध्ये करिब एक वर्षअघि ३० वटा हात्ती भारततर्फ फर्किएको र बाँकी मोरङ र सुनसरीका वन क्षेत्रमा रहेका थिए। तिनै हात्ती भारततर्फ फर्कने क्रममा झापा आइपुगेकाले सर्वसाधारणलाई सावधानी अपनाउन आग्रह गरेका हौं,' उनले भने। उनका...
केन्द्रीय सुरक्षा समिति बैठक : एकीकृत निर्वाचन सुरक्षा योजना पारित, सेना परिचालन गर्न सिफारिस
प्रशासन, समाचार

केन्द्रीय सुरक्षा समिति बैठक : एकीकृत निर्वाचन सुरक्षा योजना पारित, सेना परिचालन गर्न सिफारिस

नेपालअखबार,काठमाडौं । गृह मन्त्रालयमा करिब ३ घण्टा लामो समय बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले एकीकृत निर्वाचन सुरक्षा योजना २०८२ पारित परेको छ । गृहमन्त्रालयका प्रवक्ता तथा सहसचिव आनन्द काफ्लेका अनुसार बैठकले उक्त निर्णय पारित गरेको हो । । मुख्यत: निर्वाचनको तयारीमा केन्द्रित रहेको केन्द्रीय सुरक्षा समितिले पारित गर्दै निर्वाचन सुरक्षामा ध्यान दिएको छ । यसअघि ९ असोजको केन्द्रीय सुरक्षा समिति बैठकले गृहमन्त्रालयका सहसचिवको संयोजकत्वमा एकीकृत निर्वाचन सुरक्षा योजना २०८२ तर्जुमा गर्नका लागि कार्यदल गठन गरेको थियो । यो कार्यदलमा सुरक्षा निकायमा प्रतिनिधिहरू समेत थिए । यसको संयोजक सहसचिव काफ्ले थिए । काफ्लेले बुझाएको उक्त प्रतिवेदन गृहमन्त्री ओमप्रकाश अर्याल संयोजक रहेको केन्द्रीय सुरक्षा समितिले पास गरेको हो । यो सुरक्षा योजनामा निर्वाचनको अवधिमा सुरक्षा निकायहरू कसरी परिचालन हुने...
थाइल्याण्ड र म्यानमारमा बन्धक बनेका नेपालीको उद्धार
राजनीति, विदेश, समाचार

थाइल्याण्ड र म्यानमारमा बन्धक बनेका नेपालीको उद्धार

नेपालअखबार,काठमाडौँ । गैरकानुनी ढंगले थाइल्याण्ड, म्यानमारलगायत देशमा पुगेर अलपत्र अवस्थामा रहेका नेपालीहरुलाई सरकारले फर्काउन थालेको छ । नेपालीहरुलाई गैरकानुनी ढंगबाट कम्बोडिया लाओस, म्यानमार, थाइल्याण्ड लगायत मुलुकमा पुर्‍याउने र बन्धक बनाएर अनलाइन जुवा र स्क्यामका काममा लगाउने गरेको पाइएको छ । थाइल्याण्डस्थित नेपाली दूतावासले २०० जना नेपालीलाई उद्धार गरेको छ । त्यसमध्ये १५० जनालाई थाइल्याण्ड र अरुलाई म्यानमारबाट उद्धार गरिएको हो । १५० जनालाई नेपाल फर्काइसकिएको छ । थाइल्याण्ड र म्यानमारबाट उद्धार गरिएका ३९ जना नेपालीलाई सरकारले मंसिर ३ गते नेपाल एयरलाइन्सबाट फर्काउने तयारी गरेको छ । पछिल्लो समय थाइल्याण्ड र म्यानमारमा सूचना प्रविधि (आईटी) क्षेत्रमा आकर्षक रोजगारी र सुविधाको प्रलोभन देखाएर नेपालीलाई म्यानमारको कायिन प्रान्तको म्यावडी लगेर बन्धक बनाई अवैध काम गर्न बाध्य बनाइएको देखिन...
२०० बढी हमास लडाकू फसे गजाको भूमिगत सुरूङमा
राजनीति, विश्व, समाचार

२०० बढी हमास लडाकू फसे गजाको भूमिगत सुरूङमा

नेपालअखबार,काठमाडौं । गजामा इसराइली सेनाले नियन्त्रण कायम राखेको भूमिगत सूरूङमा एक महिनाभन्दा लामो समयदेखि हमासका लडाकू फसेको खुलेको छ। युद्धविराम भएयता पहेँलो नियन्त्रण रेखा कायम गरी  पूर्वमा इसराइली सेना र पश्चिममा हमासले आफ्नो नियन्त्रण कायम राखेका छन्। दुवै सेना एक अर्काको क्षेत्रमा प्रवेश गर्न पाउँदैनन्। इसराइली सेनाले नियन्त्रण कायम राखेको पूर्वी भूभागको भूमिगत सुरूङमा २०० भन्दा बढी हमास लडाकू फसेको खुलेको अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनले जनाएको छ। हमासको केन्द्रीय कमाण्डबाट सम्पर्कविच्छेद भएका यो समूह युद्धविराम सुरू हुनुपूर्व नै त्यस क्षेत्रमा आफ्नो गतिविधि चलाइरहेका थिए। सुरूङबाहिर निस्किएको खण्डमा इसराइली सेनाबाट मारिन सक्ने खतरा छ। इसराइलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले नै यी लडाकुहरूलाई सुरुङबाट निस्केर हमास-नियन्त्रित क्षेत्रमा जान दिने मनशाय नरहेको स्पष्...
प्रदीप ज्ञवाली भने एमाले लयमा फर्कियो
राजनीति, समाचार

प्रदीप ज्ञवाली भने एमाले लयमा फर्कियो

नेपालअखबार,काठमाडौँ । नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले पार्टीको सङ्गठनात्मक पङ्क्ति लयमा फर्किएको बताएका छन् । काठमाडौँमा आइतबार जनसङ्गठन समन्वय संयन्त्रको आयोजनामा भएको पार्टीको बागमती प्रदेशका पदाधिकारी, उपत्यका विशेष, जनसङ्गठन, सम्पर्क समन्वय कमिटीसहितको विशेष बैठकलाई सम्बोधन गर्दै ज्ञवालीले अन्य राजनीतिक दलहरू अलमल र दिशाविहीन अवस्थामा फसेको बेला एमाले मात्र जनताको बीचमा पुगेर वास्तविक जनभावना सुन्न सफल भएको बताए । ज्ञवालीले जनपरिचालन अभियानमार्फत वडा, पालिका र जिल्लास्तरका जनप्रदर्शन र सभामार्फत एमालेको निरन्तर जनसमर्थन मजबुत बन्दै गएको बताए । जनस्तरमा एमालेप्रति देखिएको उत्साहले पार्टी सङ्गठन थप ऊर्जावान बनेको उनले बताए । बैठकमा जनसङ्गठन समन्वय संयन्त्रका संयोजक तथा स्थायी कमिटी सदस्य भानुभक्त ढकाल, बागमती प्रदेश इञ्चार्ज डा. राजन भट्टराई, सम्पर्क समन्वय कमिटी इञ...
सातै प्रदेशमा सन्देश सभा नेपाली कम्युनिस्ट पार्टीले आयोजना गर्ने
राजनीति, समाचार

सातै प्रदेशमा सन्देश सभा नेपाली कम्युनिस्ट पार्टीले आयोजना गर्ने

नेपालअखबार,काठमाडौं । नवगठित नेपाली कम्युनिस्ट पार्टीले सातै प्रदेशमा सन्देश सभा आयोजना गर्ने भएको छ । पेरिसडाँडामा बसेको विभिन्न घटक मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टीका पूर्वपदाधिकारीहरूको बैठकले सातै प्रदेशमा सन्देश सभा गर्ने आयोजना भएको हो । पार्टीका नेता राजेन्द्रप्रसाद पाण्डेले सातै प्रदेशमा सन्देश सभा आयोजना गर्न लागिएको बताए । यद्यपि कुन प्रदेशमा कहिले सभा गर्ने भन्नेबारे निर्णय लिन बाँकी रहेको उनले बताए । भोलि (सोमबार) बेलुकीसम्ममा कहाँ कहिले सभा गर्ने भन्नेबारे निर्णय लिइने उनले बताए । ‘सातै प्रदेशमा सन्देश सभा गर्नका लागि हामी सबै पार्टीका नेताहरू समेत बसेर छलफल भएको छ । कहाँ कहाँ कहिले कहिले गर्ने भन्ने केही सुझाव आएका छन्,’ उनले भने, ‘९ गतेदेखि २०/२१ गतेसम्म प्रदेश, महत्त्वपूर्ण स्थान, जिल्लामा सन्देश सभाहरू गर्छौं । आज त्यही विषयमा छलफल भएको हो ।’ त्यस्तै, अर्का नेपा ब...
आयोगले बढायो नयाँ दल दर्ताको समय, मंसिर ६ सम्म निवेदन दिन सकिने
प्रशासन, समाचार

आयोगले बढायो नयाँ दल दर्ताको समय, मंसिर ६ सम्म निवेदन दिन सकिने

नेपालअखबार,काठमाडौं । निर्वाचन आयोगले कात्तिक ३० गतेसम्मको नयाँ दल दर्ताको निवेदन दिने समयावधि बढाएको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार मंसिर ६ गतेसम्म पनि नयाँ दल दर्ताको निवेदन दिन सकिनेछ । यसअघि आयोगले कात्तिक ३० गतेसम्म नयाँ दल दर्ताका लागि निवेदन दिएर प्रमाणपत्र लिइसक्न भनेको थियो । साथै, आयोगले मंसिर १ देखि ७ गतेसम्म आगामी फागुन २१ को निर्वाचन प्रयोजनका लागि दल दर्ता गराउन भनेको थियो । ‘मंसिर १ गतेबाट निर्वाचन प्रयोजनका लागि दल दर्ताको समय छ’, भट्टराईले भने, ‘नयाँ दल दर्ता गर्नेहरुको हकमा पनि मंसिर ६ गतेसम्म प्रक्रिया पुर्‍याएर आएका निवेदन लिने र चुनावका लागि पुन: ७ गतेभित्र दर्ता गर्नुपर्ने छ ।’ आयोगले आइतबारसम्म १२२ वटा राजनीतिक दल कायम रहेको जनाएको छ । प्रवक्ता भट्टराईले सरकारले चुनाव घोषणा गरेपछि ७ वटा नयाँ राजनीतिक दल दर्ता भएका र ७ वटा नै यसअघि कायम भएका द...
पाकिस्तानी राष्ट्रपतिद्वारा संविधान संशोधन स्वीकृत
राजनीति, विदेश, समाचार

पाकिस्तानी राष्ट्रपतिद्वारा संविधान संशोधन स्वीकृत

नेपालअखबार,काठमाडौँ । पाकिस्तानी राष्ट्रपति आसिफ अली जरदारीले २७ औँ संवैधानिक संशोधनलाई स्वीकृति दिएका छन् । जसले गर्दा विधेयकलाई औपचारिक रूपमा कानुनमा परिणत गरिएको हो । संसद्को वेबसाइटमा रहेको संवैधानिक मस्यौदाअनुसार संशोधनले न्यायपालिका र प्रमुख संवैधानिक कार्यालयहरू सम्बन्धी संविधानमा परिणामात्मक परिवर्तनहरूको शृङ्खला बनाएको छ । जसमा सङ्घीय संवैधानिक अदालतको स्थापना पनि समावेश छ । संशोधनले न्यायिक वरिष्ठतालाई पनि परिभाषित गरेको छ । संवैधानिक खारेजी रोक्न, शपथ ग्रहण संरचना र संस्थागत निरन्तरता जोगाउन र संवैधानिक र सामान्य पुनरावेदन क्षेत्राधिकारको पृथकीकरणलाई बलियो बनाउन धारा ६ लाई बलियो बनाएको छ । देशको संसद्को माथिल्लो र तल्लो सदन, सिनेट र राष्ट्रिय सभाले क्रमशः यस हप्ताको सुरुमा दुई तिहाइ बहुमतले संशोधन विधेयक पारित गरेको छ । संविधानको धारा २४३ मा गरिएका संशोधनहरूले पाकिस्तान...
तोलामा ६ हजार ९ सय रुपैयाँ घट्यो सुन
अर्थ, समाचार

तोलामा ६ हजार ९ सय रुपैयाँ घट्यो सुन

नेपालअखबार,काठमाडौं । आइतबार सुनको भाउ एकैदिन तोलामा ६ हजार ९ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ४२ हजार ८ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ४९ हजार ७ सय रुपैयाँ थियो । अन्तर्राष्ट्रिय बजारमा शुक्रबार सुनको भाउ घटेसँगै नेपाली बजारमा प्रभाव देखिएको हो । यसअघि असोज ३१ गते सुनको भाउ नेपालमा हालसम्मकै उच्च प्रतितोला २ लाख ५८ हजार रुपैयाँसम्म पुगेको रेकर्ड छ। चाँदीको भाउ पनि तोलामा १५० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला ३ हजार २८५ रुपैयाँ रहेको चाँदी यस दिन ३ हजार १३५ रुपैयाँ छ । असोज ३१ गते नै चाँदी हालसम्मकै उच्च ३ हजार ३५० रुपैयाँ पुगेको रेकर्ड छ ।...