Friday, September 11

समाचार

फेरि आन्दोलनको तयारीमा शिक्षक महासंघ
शिक्षा, समाचार, समाज

फेरि आन्दोलनको तयारीमा शिक्षक महासंघ

नेपालअखबार,काठमाडौँ । पटक-पटक आन्दोलन गरी सरकारसँग सहमति गरे पनि विद्यालय शिक्षा ऐन जारी हुन नसकेको भन्दै नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले फेरि आन्दोलन गर्ने तयारी गरेको छ। विगतमा धेरै आन्दोलन गरे पनि शिक्षकहरूको हातमा परिणाम नआएको निष्कर्षमा पुगेको शिक्षक महासंघले छिट्टै आन्दोलन गर्ने गरी तयारी गरेको हो। नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले अब आन्दोलन गरिने बताए। नेपाल शिक्षक महासंघ तेस्रो राष्ट्रिय परिषदको काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले परिणाम आउने गरी आन्दोलन गर्नुपर्नेमा जोड दिएका हुन्। आफू भदौ १८ देखि निवृत्त हुन लागेको सुनाएका उनले त्यसअघि नै आन्दोलन गर्ने संकेत गरेका छन्। ‘आन्दोलन अब एक मात्र विकल्प भएको छ। साथीहरू आन्दोलनले के परिणाम दियो भन्नुहुन्छ- हाम्रो हातमा आन्दोलन मात्र छ, परिणाम हाम्रो हातमा छैन, परिणाम राज्य र त्यस...
राष्ट्रियसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची
राजनीति, समाचार

राष्ट्रियसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची

नेपालअखबार,काठमाडौँ । राष्ट्रियसभाको बैठक आज बस्दैछ। आज दिउँसो १:१५ बस्ने बैठकमा प्रधानमन्त्री बालेन शाहले ‘मधेसी आयोगको आर्थिक वर्ष, २०८१/८२ को वार्षिक प्रतिवेदन’ सभासमक्ष पेस गर्ने कार्यसूची छ। यस्तै, बैठकमा विकास आर्थिक मामिला तथा सुशासन समितिका सभापति कृष्णप्रसाद पौडेलले ‘मधेस प्रदेशमा खानेपानी, सरसफाइ तथा जलस्रोत व्यवस्थापनसम्बन्धी अध्ययन प्रतिवेदन, २०८३’ लाई सभासमक्ष पेस गर्नेछन्। यस्तै, आजै चारवटा संसदीय समितिको बैठक बस्दैछ। संघीय संसद् सचिवालयका अनुसार अर्थ समिति, महिला तथा सामाजिक मामिला समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र लेखा समितिको बैठक बस्दैछ। अपराह्न २ बजे बस्ने लेखा समितिको बैठकमा प्राप्त उजुरीउपर छलफल गर्ने कार्यक्रम छ। शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ सम...
वार्तामा प्रगति भएको भन्दै ट्रम्पले रोके इरानमाथि नयाँ आक्रमण
राजनीति, विश्व, समाचार

वार्तामा प्रगति भएको भन्दै ट्रम्पले रोके इरानमाथि नयाँ आक्रमण

नेपालअखबार,काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान र अन्य मध्यपूर्वी देशले वार्तामा प्रगति भएको भनेपछि इरान विरुद्ध नयाँ आक्रमण स्थगित गरेका छन्। आफ्नो सामाजिक संजाल ट्रुथ सोसलमा पोस्ट गर्दै द्रुत गतिमा सम्झौता हुने सर्तमा इरान विरुद्ध आक्रमण स्थगित गरेको उनले जनाएका छन्। 'भविष्यमा हुने विश्वको हित र एक सफल तथा समृद्ध इरानको अस्तित्वका लागि, छिट्टै सम्झौता गर्न सक्ने सर्तमा, मैले आक्रमण रद्द गर्न सहमति जनाएको छु,' उनले पोस्ट गरेका छन्। इरान र अन्य मध्यपूर्वी देशहरूले सम्झौताको मोटामोटी खाकामा सहमति जुटिसकेको हुनाले अमेरिकालाई आक्रमण रोक्न आग्रह गरेको ट्रम्पले दाबी गरेका छन्। 'यसमा स्ट्रेट अफ हर्मुजको तत्काल, पूर्ण र खुला सञ्चालन, र इरानको आणविक खतराको अन्त्य समावेश हुनेछ,' उनले थपे। यसअघि इरानलाई वार्तामा अमेरिकी सर्तहरू मान्न बाध्य पार्नका लागि इरानी पूर्वाधारमा...
सर्लाहीमा १०९ किलो गाँजासहित २ भारतीय पक्राउ
प्रशासन, समाचार

सर्लाहीमा १०९ किलो गाँजासहित २ भारतीय पक्राउ

नेपालअखबार,सर्लाही । सर्लाहीमा १०९ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ परेका छन् । जिल्लाको लालबन्दी नगरपालिका–१ स्थित पूर्वपश्चिम राजमार्गमा सोमबार बिहान गरिएको सवारी जाँचका क्रममा ठूलो परिमाणमा गाँजा बरामद भएको हो । जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डीएसपी वेदप्रसाद गौतमका अनुसार बिहान करिब ५ः३० बजे इलाका प्रहरी कार्यालय नवलपुर र जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरको संयुक्त टोलीले बागमतीबाट जनकपुरतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको कारलाई रोकेर जाँच गरेको थियो । जाँचका क्रममा बीआर ०९ एम ३७६६ नम्बरको कारको डिक्कीमा लुकाइछिपाइ राखिएको २३ वटा पोकाबाट करिब १०९ किलो गाँजा फेला परेको प्रहरीले जनाएको छ । गाँजासहित कार चालक भारतको बिहार राज्य अन्तर्गत सितामढी जिल्ला, समुद्र थाना क्षेत्रका २६ वर्षीय दीपक कुमार महतो र कारमा सवार सोही स्थानका २५ वर्षीय अमन कुमारलाई पक्र...
दुर्गा प्रसाईको पक्राउको धवलशम्सेर राणाद्वारा निन्दा, तत्काल रिहाइको माग
समाचार, समाज

दुर्गा प्रसाईको पक्राउको धवलशम्सेर राणाद्वारा निन्दा, तत्काल रिहाइको माग

नेपालअखबार,काठमाडौं । राजावादी नेता डा. धवलशम्सेर राणाले आफ्ना सहकर्मी दुर्गा प्रसाईको पक्राउको निन्दा गर्दै तत्काल रिहाइको माग गरेका छन्। सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै राणाले आलोचना, फरक मत तथा मत–अभिमत लोकतान्त्रिक पद्धतिका आधारस्तम्भ भएको उल्लेख गरेका छन्। नागरिकप्रति सरकारको जवाफदेहिता, प्रजातान्त्रिक सन्तुलन तथा समाजको उन्नति–प्रगतिका लागि विचार तथा अभिव्यक्ति स्वतन्त्रता आधारभूत अधिकार भएको उनको भनाइ छ। ‘सरकारको आलोचना गर्नै नपाइने हो भने त्यस्तो शासन प्रणाली लोकतान्त्रिक रहन सक्दैन,’ विज्ञप्तिमा उल्लेख छ। राणाले विविध आस्था, धर्म, संस्कृति र परम्पराबीचको सद्भाव, सम्मान र सहअस्तित्व नेपाली समाजको मौलिक विशेषता भएको उल्लेख गर्दै पछिल्ला दिन देशका केही क्षेत्रमा देखिएको आपसी द्वन्द्व, झडप, आगजनी र जनधनको क्षतिप्रति चिन्ता व्यक्त गरेका छन्। उनले यस्तो संवेदनशील अवस्था...
कांग्रेस संसदीय दलको बैठक बस्दै
राजनीति, समाचार

कांग्रेस संसदीय दलको बैठक बस्दै

नेपालअखबार,काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै छ । बैठक दिउँसो साढे ३ बजे संसदीय दलको कार्यालय सिंहदरबारमा बस्न लागेको हो । बैठकमा संसदमा उठाउनुपर्ने विषय लगायतका समसामयिक विषयमा छलफल हुने कांग्रेसले जनाएको छ ।
तुलसीलाल र भीमदत्तको किसान आन्दोलनको विरासतलाई थप उचाइमा पुर्‍याउन ओलीको आह्वान
राजनीति, समाचार

तुलसीलाल र भीमदत्तको किसान आन्दोलनको विरासतलाई थप उचाइमा पुर्‍याउन ओलीको आह्वान

नेपालअखबार, काठमाडाैँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको कम्युनिस्ट तथा किसान आन्दोलनका अग्रणी व्यक्तित्वहरू तुलसीलाल अमात्य र शहीद भीमदत्त पन्तले स्थापित गरेको किसान आन्दोलनको विरासतलाई थप उचाइमा पुर्‍याउन आह्वान गरेका छन्। नेता अमात्य र शहीद पन्तको स्मृति दिवसका अवसरमा आइतबार वक्तव्य जारी गर्दै अध्यक्ष ओलीले यस्तो आह्वान गरेका हुन्। उनले नेपाल कम्युनिस्ट पार्टीको तेस्रो महाधिवेशनबाट निर्वाचित महासचिव तुलसीलाल अमात्यले किसान आन्दोलनलाई वैचारिक तथा साङ्गठनिक रूपमा सुदृढ बनाउन खेलेको भूमिकाको स्मरण गरेका छन्। सामन्तवादी भू-स्वामित्वको युगमा अमात्यले जसको जोत, उसको पोत भन्ने  नाराका साथ किसानहरूलाई आफ्नो हक-अधिकारका लागि संगठित हुन प्रेरित गरेको ओलीले उल्लेख गरेका छन्। साथै, निरङ्कुशताविरुद्धको सङ्घर्ष र वामपन्थी आन्दोलनमा अमात्यको योगदान नेपा...
गाजामा रातभर इजरायली आक्रमण, ८ जनाको मृत्यु
राजनीति, विश्व, समाचार

गाजामा रातभर इजरायली आक्रमण, ८ जनाको मृत्यु

नेपालअखबार,काठमाडाैँ । युद्ध अन्त्य गर्ने सम्भावित सम्झौतामा हमासले सहमति जनाएको दाबी गरे पनि गाजामा इजरायली आक्रमण जारी रहेको छ । शनिबार रातभर भएका आक्रमणमा कम्तीमा ८ जनाको मृत्यु भएको स्थानीय अधिकारीले बताएका छन् । हमासले शुक्रबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रस्ताव गरेको योजनामा सहमति जनाएको थियो । उक्त योजनामा हतियार हस्तान्तरण तथा गाजा क्षेत्रबाट इजरायली सेनाको क्रमिक फिर्तीसम्बन्धी प्रावधान समावेश छन् । यद्यपि, इजरायलले यसबारे औपचारिक प्रतिक्रिया दिएको छैन । इजरायली राजनीतिक स्रोतलाई उद्धृत गर्दै एएफपीले हमासको ‘पूर्ण निशस्त्रीकरण’ नभएसम्म सेनाको कुनै पनि प्रकारको फिर्ती नहुने जनाएको छ । गाजाको नागरिक सुरक्षा निकायका अनुसार रातभर भएका आक्रमणमा विभिन्न आवासीय भवनहरू निशानामा परेका थिए । मध्य गाजा क्षेत्रमा इजरायली सैन्य हेलिकप्टरले एउटा अपार्टमेन्टमा गरेको आक्रमणमा ए...
कुमारी बैंकको मोबाइल बैंकिङबाटै अन्तर्राष्ट्रिय ई-सिम र आडीपी सेवा पाइने
कर्पोरेट, बैंक-बिमा, समाचार

कुमारी बैंकको मोबाइल बैंकिङबाटै अन्तर्राष्ट्रिय ई-सिम र आडीपी सेवा पाइने

नेपालअखबार,काठमाडौँ । कुमारी बैंक लिमिटेड र डिजिटल ट्राभल सेवा प्रदायक कम्पनी निम्बजबीच रणनीतिक सहकार्य भएको छ। यस सम्झौतासँगै अब कुमारी बैंकका ग्राहकहरूले बैंकको मोबाइल बैंकिङ एपमार्फत नै अन्तर्राष्ट्रिय eSIM र इन्टरनेशनल ड्राइभिङ पर्मिट (IDP) सेवा सहजै प्राप्त गर्न सक्नेछन्। यो सुविधामार्फत विदेश यात्रामा जाने ग्राहकहरूले भौतिक सिम कार्ड परिवर्तन नगरी विभिन्न देशहरूमा मोबाइल डेटा प्रयोग गर्न पाउनेछन्। साथै, अन्तर्राष्ट्रिय ड्राइभिङ अनुमति प्राप्त गर्ने प्रक्रियालाई पनि डिजिटल माध्यमबाट सरल र व्यवस्थित बनाइएको छ। ग्राहकले विदेश जानुअघि विभिन्न प्लेटफर्म धाउनुपर्ने झन्झटलाई अन्त्य गर्दै एउटै बैंकिङ एपबाट यी सेवाहरू उपलब्ध गराइएको बैंकले जनाएको छ। बैंकिङ सेवालाई डिजिटल जीवनशैलीसँग जोड्ने उद्देश्यले गरिएको यस सहकार्यले अन्तर्राष्ट्रिय यात्रालाई थप सहज, सुरक्षित र प्रविधिमैत्री बनाउन...
काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात
अर्थ, समाचार

काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात

नेपालअखबार,झापा । काँकडभिट्टाबाट गत आर्थिक वर्षमा रु २४ अर्ब ५० करोड ६७ लाख ४४ हजार बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । उक्त अवधिमा पेट्रोल, डिजेल र ‘लिक्विफाइड पेट्रोलियम ग्यास’ (एलपिजी) गरी तीन प्रकारका पेट्रोलियम पदार्थ आयात भएको हो । काँकडभिट्टा भन्सार कार्यालयका अनुसार रु १२ अर्ब १८ करोड सात लाख ६४ हजार बराबरको पेट्रोल आयात भएको छ भने डिजेल रु नौ अर्ब ५५ करोड ४९ लाख सात हजार र एलपिजी रु दुई अर्ब ७७ करोड १० लाख ७३ हजार बराबरको आयात भएको छ । आर्थिक वर्ष २०८१-८२ मा पेट्रोल रु आठ अर्ब ९२ करोड ८५ लाख २६ हजार र डिजेल रु सात अर्ब तीन करोड ३२ लाख १९ हजार बराबरको आयात भएको थियो । उक्त कार्यालयका प्रमुख शिवलाल न्यौपानेका अनुसार पेट्रोलियम पदार्थ आयात गरी गत आवमा पेट्रोलबाट रु पाँच अर्ब ८५ करोड ३७ लाख ५० हजार र डिजेलबाट रु दुई अर्ब ९३ करोड २२ लाख ३९ हजार राजस्व सङ्कलन भएको छ ।...