कांग्रेस नेता शशांकले भने ८० वर्ष पुरानो कोइराला निवास जल्यो ?
नेपालअखबार,काठमाडाैँ । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले जेनजी पुस्ताको आन्दोलनमा घुसपैठ भएको टिप्पणी गरेका छन् ।
संविधान दिवसको अवसरमा शुक्रबार काठमाडौँमा आयोजित ‘मौजुदा संविधान र यसका चुनौती’ विषयक विषयक अन्तरसंवाद कार्यक्रममा बोल्दै उनले जेनजीको शान्तिपूर्ण आन्दोलनमा घुसपैठ हुँदा हिंस्रक हुन पुगेको टिप्पणी गरेका हुन् ।
उनले वास्तविक जेनजी को हो ? भनेर ठम्याउनुपर्ने वेला भएको उनको भनाइ छ । उनले जेनजी पुस्ताले भ्रष्टाचार नियन्त्रण, सुशासन र सामाजिक सञ्जालको विरोधमा आन्दोलन गरेको उल्लेख गर्दै आन्दोलनमा घुसपैठ भएकै कारण राज्य संरचना खरानी भएको बताए । उनले आफूले कहिल्लै भ्रष्टाचार नगरेको र मन्त्री समेत नभएको भएपनि घर जलाइएकोमा आपत्ति जनाए ।
उनले भने, ‘म त अचम्ममा परेँ । कल्पना नै नगरिएको तोडफोड भयो, जल्यो, लुटपाट भयो । मान्छेहरू मरे । भनिन्छ एक्सपर्टले गोली हानेको छ । टाउको...










