गुगललाई युरोपेली सङ्घद्वारा झन्डै ३ अर्ब युरो जरिवाना
नेपालअखबार,जुरिच । युरोपेली सङ्घ (ईयू) ले गुगललाई विज्ञापन प्रविधि (एड टेक) क्षेत्रमा वर्चस्व दुरुपयोग गरेको आरोपमा २.९५ अर्ब युरो जरिवाना गरेको छ।
युरोपेली आयोगले शुक्रबार गरेको निर्णयअनुसार गुगलले आफ्नै विज्ञापन प्रविधिलाई प्राथमिकता दिँदै प्रतिद्वन्द्वी कम्पनीहरूको पहुँचलाई कमजोर बनाएको र यसले प्रतिस्पर्धा कानुन उल्लङ्घन गरेको ठहर गरेको हो।
गुगलले भने आयोगको निर्णयलाई ‘गलत’ भन्दै अपिल गर्ने जनाएको छ। कम्पनीकी नियामक मामिला प्रमुख ली–एन मुलहोल्याण्डले भनिन्, ‘यो जरिवाना अन्यायपूर्ण छ। यसले हजारौँ युरोपेली व्यवसायलाई प्रभावित पार्छ, जसले उनीहरूको आम्दानी घटाउँछ।’
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले समेत युरोपेली संघको निर्णयलाई ‘धेरै अन्यायपूर्ण’ भन्दै सामाजिक सञ्जालमा कडा प्रतिक्रिया दिएका छन्। उनले यसविरुद्ध अमेरिकी प्रशासनले अनुसन्धान सुरु गर्न सक्ने र युरोपेली सामानमा नया...










