Saturday, November 28

समाचार

साउन १५: खीर खाएर मनाइँदै
समाचार, समाज

साउन १५: खीर खाएर मनाइँदै

नेपालअखबार,काठमाडौँ । साउन १५ गते आज नेपाली समाजमा खीर खाएर मनाइँदै छ। वर्षा ऋतुका बेला असार १५ गते दही च्यूरा र साउन १५ मा खीर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ। साउने झरी पर्ने बेलामा दूधमा मरमसलालगायत चीजबीज हालेर बनाइने खीरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यस्तो परम्परा बसेको जानकारहरू बताउँछन्। संस्कृत भाषामा ‘पायस’ भनिने खीर सात्विक आहारमध्येमा उत्तम मानिने भएकाले पितृ एवं देव कार्यमा पनि महत्त्वपूर्ण वस्तुका रूपमा वैदिकशास्त्रमा वर्णन गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्राडा रामचन्द्र गौतम बताउँछन्। 'साउन महिनामा गाउँघरमा पनि खेतीपातीको काम सकिन्छ। हरियाली बढी हुने भएकाले घाँस बढी पाइन्छ। धेरै घाँस पाइने बेलामा गाई–भैँसीले पनि धेरै दूध दिन्छन्। दूध धेरै भएपछि इष्टमित्र र चेलबेटीलाई घरमा बोलाएर खीर खाने चलन चलेको हो। यो स्वास्थ्...
आज ५ संसदीय समितिका बैठक बस्दै
राजनीति, समाचार

आज ५ संसदीय समितिका बैठक बस्दै

नेपालअखबार, काठमाडौं । आज संघीय संसद्का विभिन्न पाँच संसदीय समितिका बैठक बस्दैछन् । प्रतिनिधिसभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बिहान ११ बजेर ३० मिनेटमा बस्दैछ । बैठकमा भूमिसम्बन्धी केही नेपाललाई संशोधन गर्न बनेको विधेयक, २०८२ माथि छलफल हुने कार्यसूची छ । जहाँ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारी, भूमि आयोगका पदाधिकारी, भूमि, वन तथा कानुन क्षेत्रका विज्ञसँग छलफल हुनेछ । यस्तै, कानुन, न्याय तथा मानवअधिकार समिति तथा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक  दिउँसो १ बजे बस्दैछ । मानवअधिकार समितिमा मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजनासम्बन्धी सुझावको मस्यौदा र नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ मा समेत छलफल हुने कार्यसूची छ । यस्तै, राष्ट्रियसभाअन्तर्गतको विधान व्यवस्थापन समिति, विकास, आर्थिक मामिला ...
सांसदहरू मतदाताहरूको जनप्रतिनिधि मात्रै होइनन् : सभामुख घिमिरे
राजनीति, समाचार

सांसदहरू मतदाताहरूको जनप्रतिनिधि मात्रै होइनन् : सभामुख घिमिरे

नेपालअखबार,काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संसद् र सांसदहरू मतदाताहरूको जनप्रतिनिधि मात्र नभई अन्तर्राष्ट्रिय सहकार्यलाई सुदृढ पार्ने साधन पनि भएको बताएका छन् । स्विट्जरल्याण्डको जेनेभामा संसद्का सभामुखहरूको छैटौँ विश्व सम्मेलनमा धारणा राख्दै सभामुख घिमिरेले संसदीय प्रक्रियाका माध्यमबाट सरोकारवाला पक्षहरूको दृष्टिकोणहरूलाई समेत निर्णय प्रक्रियामा समेटेर अझ गतिशील विश्व निर्माणमा सहयोग पुर्याउन सम्भव रहेको बताए । अन्तर व्यवस्थापिका सङ्घ (आईपीयु) र संयुक्त राष्ट्रसङ्घ (युएन)को आयोजनामा भएको “शान्ति, न्याय र समृद्धिका लागि संसदीय सहकार्य तथा बहुपक्षीयता” विषयक सम्मेलनमा उनले सम्मेलनले अन्तर्राष्ट्रिय सहकार्यको भूमिकालाई यथार्थपरक ढङ्गले प्रतिबिम्बित गरेको बताए । अहिलेको विश्व समुदायलाई बढ्दो द्वन्द्व, व्यापार तनाव, आर्थिक तथा सामाजिक असमानता, जलवायु परिवर्तनले निम्त...
संसदीय दल नेता फेर्न संख्या छैन: शेखर कोइराला
राजनीति, समाचार

संसदीय दल नेता फेर्न संख्या छैन: शेखर कोइराला

नेपालअखबार,काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले संसदीय दल नेता फेर्न आफू नलागेको बताएका छन्। संसदीय दल नेता फेर्नका लागि सांसदहरूको संख्या आवश्यक पर्ने उल्लेख गर्दै कोइरालाले त्यो सम्भावना अहिले नरहेको पनि बताए। ‘संसदीय दल नेता फेर्न संख्या चाहिन्छ, त्यसै त हुँदैन,’ विराटनगरमा बुधबार पत्रकारहरूसँग कुराकानी गर्दै उनले भने, ‘यो कुरा सभापतिजीले पनि बुझ्नुभएको छ, चिन्ता गर्नुपर्दैन।’ कोइरालाले कांग्रेस-एमाले समीकरणको अहिलेको संघीय सरकारले राम्रोसँग काम गर्न नसकेको टिप्पणी पनि गरेका छन्। ‘यो समीकरण र सरकार २०८४ सम्म नै जाओस्,’ उनले भने, ‘तर सरकार राम्रोसँग चलाउनुपर्‍यो, अहिले राम्रोसँग चलेको छैन।’ उनले कांग्रेस र एमालेबीच भएका ७ बुँदे सहमति कार्यान्वयनतर्फ लैजानुपर्नेमा जोड दिए। हालै नेता शेखर कोइरालाले प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पक...
स्वीडेनमा भएको चीन-अमेरिका वार्ता निष्कर्षविहीन
विश्व, समाचार

स्वीडेनमा भएको चीन-अमेरिका वार्ता निष्कर्षविहीन

नेपालअखबार,काठमाडौं । अमेरिका र चीनबीच भन्सार युद्धविरामका लागि स्वीडेनमा भएको वार्ता बिना कुनै निष्कर्ष टुंगिएको छ। विश्वका सबभन्दा ठूला अर्थतन्त्र भएका यी दुई देशले एकअर्कालाई लगाएको उच्च भन्सार ९० दिनका लागि थाँती राखेका छन्। सो समय अगस्ट १२ मा सकिँदैछ। त्यसअघि नै त्यसलाई लम्ब्याउन दुई देशले वार्ता गरिरहेका छन्। यस क्रममा स्वीडेनको राजधानी स्टकहोममा दुई दिनसम्म चलेको वार्ता बिना कुनै निष्कर्ष टुंगिएको हो। दुई देश युद्धविराम लम्ब्याउन सहमत भए पनि कति समयका लागि लम्ब्याउने भन्नेमा सहमति हुन नसकेको हङकङबाट प्रकाशित हुने साउथ चाइना मर्निङ पोस्टले लेखेको छ। अमेरिकी वार्ता टोलीको नेतृत्व गरेका अर्थमन्त्री स्कट बेसेन्टले वार्ता रचनात्मक भएको बताएको द न्युयोर्क टाइम्सले उल्लेख गरेको छ। यद्यपि, युद्धविराम तन्काउने अन्तिम निर्णय भने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गर्ने उनले जानकारी ...
रञ्जिताले विधानविपरीत कार्यवाहक अध्यक्ष तोकिन्ः रेशम चौधरी
राजनीति, समाचार

रञ्जिताले विधानविपरीत कार्यवाहक अध्यक्ष तोकिन्ः रेशम चौधरी

नेपालअखबार,काठमाडौं ।  नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीले पत्नी रञ्जिता श्रेष्ठलाई हटाएर बाबु लालवीरलाई अध्यक्ष बनाउने संकेत गरेका छन्। नाउपाको राष्ट्रिय भेला बुधबारबाट सुरू भएको छ। बैठकले रञ्जितालाई अध्यक्ष हटाएर नयाँ तोक्ने पत्रकारहरूलाई बताएका थिए। आफू बाबु लालवीरलाई नै अध्यक्ष तोक्नुपर्छ भन्ने पक्षमा नरहेको भन्दै सदस्यहरूले यसमा धारणा राख्न बाँकी रहेको बताएका थिए। ‘अध्यक्ष यो हो, यो हुनुपर्छ भनेर निर्णय गर्न बैठक राखेका हौं। आजको अवस्था आउनुको पछाडि को, किन, कसरी जिम्मेवार छन् भनेर सबैलाई थाहा छ। राजनीतिक दलमा यस्तो उथलपुथल भइरहन्छ। विषयहरू आइरहन्छन्। सबै पार्टीमा उथलपुथल छ। यही  राजनीति हो,’ उनले भने, ‘बुवालाई अध्यक्ष बनाउने नबनाउने कुरा सदस्य साथीहरूले धारणा व्यक्त गरेपछि थाहा हुने कुरा हो। मेरो व्यक्तिगत धारणा बुवालाई बनाउने भन्ने होइन।’ अध्यक्ष रञ्ज...
पूर्वप्रमुख राजेश अहिराजलाई थुनामा पठाउने आदेश
अपराध, प्रशासन, समाचार

पूर्वप्रमुख राजेश अहिराजलाई थुनामा पठाउने आदेश

नेपालअखबार,काठमाडौं । मधेश प्रदेशका पूर्वप्रमुख राजेश अहिराजलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश पिताम्बर शर्माको इजलासले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरेको हो । उनलाई डिल्लीबजार कारागार चलान गरिएको छ । उनीविरुद्ध एक महिलाले बलात्कार आरोपमा मुद्दा दर्ता गरेकी थिइन् । ४ साउनमा पक्राउ परेका झालाई ९ दिनमै प्रहरीको अनुसन्धान प्रतिवेदनको आधारमा सरकारी वकिल कार्यालय काठमाडौंले काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको थियो । आफूलाई ४ जेठ २०८१ मा काठमाडौंको नयाँ बानेश्वरस्थित आफ्नै डेरामा अहिराजले बलात्कार गरेको आरोप अहिराजमाथि लागेको थियो । अहिराजले भने आफूलाई बलात्कारको जाहेरी दिने युवतीविरुद्ध मुद्दा हालेका थिए ।...
घर भत्किँदा ६ वर्षीय बालकको मृत्यु
समाचार, समाज

घर भत्किँदा ६ वर्षीय बालकको मृत्यु

नेपालअखबार,सर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपालिकामा मंगलबार दिउँसो पुरानो घर भत्किँदा आँगनमा खेलिरहेका एक बालकको च्यापिएर मृत्यु भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा स्थानीय गौतम माझीका ६ वर्षीय छोरा अरुण माझी रहेका छन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार चन्द्रनगर गाउँपालिका-६ कामद टोलस्थित नबिन सिंहको दुईतले पुरानो पक्की घर मंगलबार अपराह्न करिब साढे ४ बजे अचानक भत्किएको थियो । सोही घरको आँगनमा खेलिरहेका बालक अरुण माझीलाई भत्किएको घरले पुरेको थियो । जसका कारण उनको घटनास्थलमै मृत्यु भएको हो । घटनाको जानकारी पाउनासाथ नजिकैको प्रहरी चौकी नाढीमन र इलाका प्रहरी कार्यालय केशरगंजबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो । इलाका प्रहरी कार्यालय केशरगंजका प्रहरी निरीक्षक उमाकान्त जोशीको नेतृत्वमा जेसीबीसहित उद्धार टोली परिचालन गरिएको थियो । प्रहरीले भत्किएको संरचना हटाउने र अन...
जिल्ला प्रहरी परिसर काठमाडौँमा प्रधानमन्त्री ओलीसहित १६ जनाविरूद्ध उजुरी
राजनीति, समाचार

जिल्ला प्रहरी परिसर काठमाडौँमा प्रधानमन्त्री ओलीसहित १६ जनाविरूद्ध उजुरी

नेपालअखबार,काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसहित १६ जनाविरुद्ध प्रहरीमा उजुरी परेको छ । सिन्धुलीका युवराज पौडेल ‍'सफल' ले जिल्ला प्रहरी परिसर काठमाडौँमा हुलाकमार्फत उजुरी पठाएका हुन् । पौडेलले प्रधानमन्त्री ओलीसहित आरोपित विभिन्न व्यक्तिहरूले पदमा रहँदा शक्तिको दुरुपयोग गर्दै मानव तस्करी गरेको उजुरीमा जनाएका छन् । साथै उनले प्रधानमन्त्रीसहित गृहमन्त्री रमेश लेखक तथा पूर्वगृहमन्त्रीसहितलाई पक्राउ गरी अनुसन्धान गर्न माग गरेका छन् । पौडेलले प्रधानमन्त्री ओली तथा गृहमन्त्री रमेश लेखकसहित उपसभामुख इन्दिरा राना, पूर्व गृहमन्त्रीहरू बामवदेव गौतम, कृष्ण सिटौला, भीम रावल,विजयकुमार गच्छदार,शक्तिबहादुर बस्नेत,विमलेन्द्र निधी,बालकृष्ण खाण, रवि लामिछाने, रामबहादुर थापा, नारायणकाजी श्रेष्ठ र पूर्व श्रममन्त्री डोलप्रसाद अर्यालमाथि अनुसन्धान गर्न माग गरेका छन् । यसअघि पौडेलले प्रधानमन्...
राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण
राजनीति, समाचार

राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण

नेपालअखबार,काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बुधवार एक विधेयक प्रमाणीकरण गरेका छन् । राष्ट्रपति पौडेलले बुधवार केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । ‘राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई प्रमणीकरणको लागि पेस हुन आएको विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम प्रमाणीकरण गर्नुभएको छ’, विज्ञप्तिमा लेखिएको छ ।...