कास्कीका किसानले पाएनन् दुधको भुक्तानी
नेपालअखबार,पोखरा ।‘एक किलो दानालाई ६३ रुपैयाँ पर्छ । हामीले ६४ रुपैयाँमा दुध बेच्छौँ । २ रुपैयाँमा घरबार चल्छ ?,’ लाहाचोकका व्यावसायिक दुध किसान कृष्णप्रसाद अधिकारीले सरकारसँग प्रश्न गरे ।
उनले उत्पादन लागतभन्दा कम मूल्यमा दुध बेच्न बाध्य भएको गुनासो गरेका छन् । मूल्यको समस्या पनि उत्तिकै चर्को छ । किसानले प्रतिलिटर ६५ रुपैयाँमा बेच्ने दुध उपभोक्ताले १ सय ४० रुपैयाँसम्म तिरेर किन्नुपर्ने अवस्था छ । ‘हामी ६५ रुपैयाँमा बेच्छौँ । बिचौलियाले ठुलो नाफा खाएको छ । उपभोक्ताले त्यही दुधलाई १ सय ४० रुपैयाँसम्म तिर्छन्,’ उनले भने, ‘किसान र उपभोक्ता दुवै मारमा परेका छौँ । बिचौलिया मोटाएका छन् ।’
अर्का किसान कृष्णप्रसाद अधिकारीले विक्री भएको दुधको भुक्तानी ठुला डेरी उद्योगले महिनौँसम्म नदिँदा पलायन हुनुपर्ने अवस्था आएको बताए ।‘हामीले उद्योगलाई दुध दिन्छौँ । तर उनीहरूले तीन–चार महिनासम्म भुक्तान...










