Sunday, November 29

समाचार

नागढुंगा–नौबिसे सडक थप पाँच दिन दिउँसो बन्द हुने
प्रशासन, समाचार, समाज

नागढुंगा–नौबिसे सडक थप पाँच दिन दिउँसो बन्द हुने

नेपालअखबार,काठमाडौँ । त्रिभुवन राजपथको नागढुंगा–नौबिसे सडकखण्ड निर्माण सुधारका लागि थप पाँच दिन दिउँसो बन्द हुने भएको छ। जेठ २६ गतेदेखि बिहान साढे १० बजेदेखि दिउँसो ३ बजेसम्म थप बन्द हुने सडक विभागले शनिबार सूचना जारी गरेको छ। यसअघि जेठ १० देखि २५ गतेसम्म दिउँसो बन्द गरिएको थियो। निर्माणको काम नसकिएकाले थप ५ दिन थपिएको विभागले जारी गरेको सूचनामा उल्लेख गरिएको छ। साना सवारीसाधनलाई वैकल्पिक बाटो प्रयोग गर्न सुझाव दिइएको छ। सीतापाईला-रामकोट -धार्के सडक र सामाखुसी-टोखा-छहरे-त्रिशुली (विदुर)-गल्छी सडक वैकल्पिक रूट दिइएको छ।...
नेताहरूको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक: देउवा
राजनीति, समाचार

नेताहरूको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक: देउवा

नेपालअखबार,काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले नेताहरूको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक रहेको बताएका छन् । शहीद राधेश्याम जोन्छे स्मृति प्रतिष्ठानले आइतबार भक्तपुरमा आयोजना गरेको राधेश्याम जोन्छेको पूर्णकदको शालिक अनावरण तथा प्रतिष्ठानको भवन उद्घाटन गर्दै नेताहरूको योगदानका बारेमा किताबहरूमा प्रकाशन गरेर प्रचार प्रसार गर्न आवश्यक रहेको बताएका हुन् । राधेश्याम जोन्छे जुझारु नेताको रूपमा परिचित रहेको उनले स्मरण गरे । उनले नेताहरूको स्मृतिमा प्रतिष्ठान बनाएर समाजसेवाको काम अघि बढाउन सकारात्मक भएको जिकिर गरे । त्यस्तै कांग्रेस नेता बिमलेन्द्र निधिले मुलुकलाई अघि बढाउनका लागि एकताबद्ध हुनुपर्ने धारणा राखे । उनले संसद अवरोध गर्ने काम उचित नभएको भन्दै सहज रूपमा सदन चल्ने वातावरण बनाउन माओवादीलाई आग्रह गरे ।  भिजिट भिसा प्रकरणमा अख्तियारले गरेको अनुसन्धानलाई ...
विना अनुमति रुख काटेको आरोपमा दरौंदी हाइड्रोका अधिकृत पक्राउ
प्रशासन, समाचार

विना अनुमति रुख काटेको आरोपमा दरौंदी हाइड्रोका अधिकृत पक्राउ

नेपालअखबार, गोरखा । विना अनुमति राष्ट्रिय वन क्षेत्रको रुख कटान गरेको आरोपमा बारपाक दरौंदी हाइड्रो प्रालिका जनसम्पर्क अधिकृत कृष्ण पन्थी पक्राउ परेका छन् । बारपाक सुलिकोट गाउँपालिका–२ बल्फेस्थित राष्ट्रिय वन क्षेत्रको रुख अनुमति बेगर कटान गरेकाले पक्राउ गरिएको डिभिजन वन कार्यालय गोरखाले जनाएको छ । ‘हाइड्रोबाट उत्पादित बिजुली सम्बन्धित ठाउँमा जोड्नका लागि प्रसारण लाइनमा पर्ने रुखहरू कटान गरेका रहेछन्,’ कार्यालयका एक अधिकृतले भने, ‘निजी जग्गाका रुखहरु काट्ने क्रममा राष्ट्रिय वन क्षेत्रका केही रुखहरू पनि  काटेछन् ।’ सूचना पाएलगतै स्थलगत अनुगमन गर्दा राष्ट्रिय वन क्षेत्रमा पर्ने साल, चिलाउने लगायतका जातका रुख काटेको पाइएको उनले बताए ।उनका अनुसार पन्थीलाई २१ जेठमा पक्राउ गरिएको हो । उनीविरुद्ध वन पैदावार हानि नोक्सानी शीर्षकमा मुद्दा दर्ता गरी वन ऐन २०७६ अनुसार कानुनी कारबाही प्रक्रिया...
अमेरिकाबाट थप ५० नेपाली डिपोर्ट, ४ बजे काठमाडौँ आइपुग्दै
समाचार, समाज

अमेरिकाबाट थप ५० नेपाली डिपोर्ट, ४ बजे काठमाडौँ आइपुग्दै

नेपालअखबार,काठमाडौँ । अवैध रूपमा अमेरिका पुगेका थप ५० जना नेपालीलाई अमेरिकाले डिपोर्ट गरेको छ । उनीहरूलाई चार्टर्ड विमान मार्फत नेपाल फिर्ता पठाएको छ । आज दिउँसो ४ बजे उनीहरु नेपाल आईपुग्ने त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका एकजना अधिकृतले  बताए । राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासन नीति लागु गरेपछि अवैध रूपमा अमेरिका बस्दै आएका नेपालीहरू निष्कासनमा पर्ने गरेका छन् । यसअघि २०८१ फागुनमा अमेरिकाको टेक्सास राज्यबाट ९ जना नेपालीलाई अमेरिकाले डिपोर्ट गरेको थियो । ट्रम्पले शासन सम्हालेपछि मात्रै अमेरिकाबाट डिपोर्ट हुने नेपालीको संख्या १ सय पुगेको छ । अध्यागमनका ती अधिकृतले भने, ‘आज कति जना आउँछनु, उनीहरूलाई जोड्दा डिपोर्ट हुनेको संख्या बढेर करिब डेढ सय पुग्छ ।’...
प्रचण्डले बोलाए विपक्षी दलको बैठक
राजनीति, समाचार

प्रचण्डले बोलाए विपक्षी दलको बैठक

नेपालअखबार,काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विपक्षी दलहरूको बैठक बोलाएका छन् । प्रतिनिधि सभाको बैठक नियमित कार्यसूचीमा प्रवेश गर्न नसकिरहेका बेला प्रचण्डले विपक्षी दलको बैठक बोलाएर छलफल गर्न लागेका हुन् । बैठक मध्याह्न १२ बजे संसद् भवन नयाँ वानेश्वरमा बस्ने माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए । विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा छानबिन समिति गठनको माग गरिरहेका छन् । तर, सत्तापक्ष तयार भएको छैन । यो विषय प्रवेश गरेसँगै यही जेठ १३ गतेदेखि प्रतिनिधि सभाको बैठक प्रभावित छ । जेठ १५ गते पवपक्षी दलहरूले बजेट ल्याउन प्रतिनिधि सभाको बैठकमा अवरोध गरेका थिएनन् । त्यसयता बजेटमाथिको छलफल प्रतिनिधि सभामा हुन सकेको छैन । संसद्को अवरोध खुलाउने विषयमा शनिवार सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवाद...
दिल्लीमा खानाभन्दा महँगो पानी भयो
समाचार, समाज

दिल्लीमा खानाभन्दा महँगो पानी भयो

नेपालअखबार,दिल्ली । ६५ वर्षीया शकुन्तला देवी आधा घण्टा मोटर चलाउँदा पनि घरमा पानी नआएपछि सिँढीबाट तल ओर्लेर अरूको घरमा पानी आएको छ कि छैन भनी हेर्न गइन् । पानी नआएकोमा निराश भइन् । शकुन्तला देवी भन्छिन्, ‘म हरेक दिन एक पटक आधा घण्टा मोटर चलाउँछु, तर मुस्किलले एक गिलास पानी आउँछ ।’ शकुन्तला देवी उत्तर पश्चिम दिल्लीको रोहिणी क्षेत्रको सेक्टर ३४ मा भाडामा बस्छिन् । शकुन्तला भन्छिन्, ‘थाहा छ पानी आउँदैन, तैपनि आइहाल्छ कि आशमा मोटर चलाउँछु, यदि पानी आयो र मैले मोटर नचलाएको बेला पर्यो भने, पानी आएको थियो, मैले भरिनँ भने पछुतो लाग्छ ।’ ‘पेन्सनभन्दा बढी खर्च पानीमा’ शकुन्तला देवी । दिल्लीको रोहिणी क्षेत्रको सेक्टर ३४ मा बस्ने अन्यले जस्तै शकुन्तलाले पनि पिउने पानी किन्छिन् । कयौं पटक दिनमै दुई जार पानी सकिन्छ । शकुन्तला भन्छिन्, ‘वृद्धभत्ताले जीविको चलिरहेको छ, जति मैले भत्ता पाउँछु ...
संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै
राजनीति, समाचार

संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै

नेपालअखबार,काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे बस्ने गरी समय निर्धारण गरिएको छ । प्रमुख विपक्षीलगायतका प्रतिपक्षी दलको निरन्तर अवरोधका कारण संसद्को बैठक पछिल्ला दिनहरूमा नियमित कार्यसूचीमा प्रवेश गर्न सकेको छैन । ‘भिजिट भिसा’ प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायतका विपक्षी दलहरूले लगातार संसद बैठक अवरुद्ध गर्दै आएका छन् । सोही कारण बैठक नियमित कार्यसूचीमा प्रवेश गर्न नसकेको हो । संसद अवरोध खुलाउने प्रयासमा दलहरुबीच छलफल भइरहे पनि निकास निस्किएको छैन । यदि आज अवरोध खुल्न सके उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने र सो प्रस्तावमाथ...
मोदीलाई जी–७ मा सहभागी हुने दिइएको निम्तो बारे क्यानडामा उठ्यो प्रश्न
राजनीति, विश्व, समाचार, हाइलाइट-समाचार

मोदीलाई जी–७ मा सहभागी हुने दिइएको निम्तो बारे क्यानडामा उठ्यो प्रश्न

नेपालअखबार,काठमाडौँ । क्यानडामा आयोजना हुन लागेको जी–७ (सात राष्ट्रहरूको समूह) सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई निम्ता गरिएको विषयमा क्यानडामा प्रश्न उठेको छ । शुक्रबार मात्रै क्यानडका प्रधानमन्त्री मार्क कार्नीले भारतीय प्रधानमन्त्री मोदी जी– ७ सम्मेलनमा निम्ता गरेको विषयमा क्यानडाको राजनीतिक दल एनडीपी, विश्व सिख संगठनले प्रश्न उठाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बीबीसीले जनाएको छ। भारत विश्वको पाँचौँ ठुलो अर्थतन्त्र, सबैभन्दा बढी जनसङ्ख्या भएको देश र विश्वव्यापी आपूर्ति शृङ्खलाको केन्द्र रहेको बताउँदै कार्नीले साझेदारहरूसँगको छलफलमा, ऊर्जा, खनिजहरू जस्ता महत्त्वपूर्ण मुद्दाहरूमा छलफल गर्न आमन्त्रित गरिएको बताए । एक पत्रकार सम्मेलनमा उनले भने, ‘हामी द्विपक्षीय स्तरमा कानूनको कार्यान्वयनको बारेमा छलफल गर्ने सहमतिमा पुगेका छौं र यस दिशामा वार्ता अलि अगाडि बढेको छ। जब...
शहरी विकास मन्त्रालयमा ३२ अर्ब जतिको चलखेल देखिन्छ : पुन
राजनीति, समाचार

शहरी विकास मन्त्रालयमा ३२ अर्ब जतिको चलखेल देखिन्छ : पुन

नेपालअखबार,काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले सरकारले दुई लाखसम्मका योजना पनि संघीय सरकारअन्तर्गत राखिएको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उपमहासचिव पुनले संघीय सरकारअन्तर्गत २ लाखसम्मका आयोजना राखिएको बताए । सरकारले ३ करोड भन्दा कम बजेटका आयोजनाहरु संघअन्तर्गत नराखिएको दाबी गरिरहेको तर शहरी विकास मन्त्रालयको विनियोजित बजेटमा २ लाखसम्मका आयोजना रहेको पाएको दाबी उनले गरे । ‘यस पटक हिजो शहरी विकास मन्त्रालयको विनियोजित बजेट आयो । गत वर्ष ९२ अर्ब थियो । यस पटक १ खर्ब १८ अर्ब पुगेको छ । २६ अर्ब त यसै पनि बढ्यो । तर उसको शिलिङ झन्डै ७२ अर्ब मात्रै थियो । त्यहाँ मन्त्री नै आफैँ आश्चर्य कहाँ बढ्यो थाहै नपाउने,’ पुनले भने, ‘हिजो मन्त्रालयको विनियोजन आएको छ । मन्त्रालयको विनियोजनमा दुई लाखका योजनाहरू रहेछन् ।...
कास्कीमा सशस्त्र प्रहरीद्वारा विपद् स्वयंसेवक तालिम सञ्चालन
प्रशासन, समाचार

कास्कीमा सशस्त्र प्रहरीद्वारा विपद् स्वयंसेवक तालिम सञ्चालन

नेपालअखबार,कास्की । कास्कीस्थित सशस्त्र प्रहरी बल, नेपालको नं २४ गणले ‘समुदाय विपद् स्वयंसेवक तालिम’ सञ्चालन गरेको छ । पोखरा महानगरपालिकासँगको समन्वयमा भइरहेको तालिम आगामी असार १० गतेसम्म सञ्चालन हुनेछ । गणका गणपति एवं सशत्र प्रहरी उपरीक्षक सूर्यप्रसाद तिमिल्सेनाले महानगरभित्रका सबै वडाको प्रतिनिधित्व हुने गरी ५० जना प्रशिक्षार्थीलाई विपद् वयवस्थापन तथा पूर्वतयारीसम्बन्धी तालिम प्रदान गरिने जानकारी दिए । उनका अनुसार यही जेठ २१ गतेदेखि सुरू भएको तालिममा प्रशिक्षार्थीलाई नेपालमा विपद् व्यवस्थापन प्रणाली, बाढीपहिरो तथा डुवान, अग्नी नियन्त्रण, वन डढेलोलगायत विपद्मा डोरीद्वारा गरिने उद्धार, भुकम्पीय जोखिम न्यूनीकरण, सडक दुर्घटना र जोखिम न्यूनीकरण, उद्धार सामग्रीको प्रयोगलगायत विषयमा तालिम दिइने छ । पानीमा हुने उद्धार अभ्यास पनि सञ्चालन गरिने गणपति तिमिल्सेनाले बताए । ‘विपद्को समयमा स्थ...