Sunday, November 29

समाचार

पाकिस्तानले सुरु गर्‍यो ‘बुनयान-उल-मरसूस’
विश्व, समाचार

पाकिस्तानले सुरु गर्‍यो ‘बुनयान-उल-मरसूस’

नेपालअखबार, काठमाडौं । पाकिस्तानी सेनाले भारतको ‘अपरेशन सिन्दूर’विरुद्ध जवाफी कारबाही सुरु गरेको जनाएको छ । पाकिस्तानी सेनाको मिडिया शाखा इण्टर-सर्भिसेस पब्लिक रिलेसन्स (आईएसपीआर) ले गरेको घोषणा अनुसार भारतको आक्रमणको जवाफमा पाकिस्तानले आधिकारिक रूपमा ‘बुनयान-उल-मरसूस’ को नाममा जवाफी कारबाही सुरु गरेको हो। अलजजिराले सेनासम्बन्धी स्रोतहरूलाई उद्धृत गर्दै पाकिस्तानले भारतको उधमपुर सहरस्थित एक वायुसेना बेस र पठानकोट स्थित एक एयरफिल्डलाई निशाना बनाएको उल्लेख गरेको छ । पाकिस्तानी सुरक्षा स्रोतहरूले भारतको पञ्जाब राज्यको ब्यास सहरमा रहेको ब्रह्मोस मिसाइल भण्डारणस्थल पनि पाकिस्तानको हमलाबाट प्रभावित भएको दाबी गरेको छ । यसैबीच, पाकिस्तानी सेनाका प्रवक्ता अहमद शरीफले एक टेलिभिजन सम्बोधनमार्फत भारतले पाकिस्तानका तीन वायुसेना अड्डाहरूमा मिसाइल आक्रमण गरे पनि सबै वायुसेना संरचनाहरू सुरक्षि...
नेपालमा लगानी गर्न व्यवसायीलाई अध्यक्ष ढकालको आग्रह
समाचार, समाज

नेपालमा लगानी गर्न व्यवसायीलाई अध्यक्ष ढकालको आग्रह

नेपालअखबार, काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानी गर्न विदेशी व्यवसायीलाई आग्रह गरेका छन् । नेपालस्थित चिनियाँ तथा बङ्गलादेश दूतावासका प्रतिनिधि तथा नेपाल अन्तरराष्ट्रिय व्यापार मेला २०२५ मा सहभागी हुन नेपाल आएका दुवै देशको प्रतिनिधिमण्डललाई स्वागत गर्दै महासङ्घका अध्यक्ष ढकालले नेपालको पर्यटन, जलविद्युत्, स्वच्छ ऊर्जा, कृषि र विद्युतीय सवारीसाधनजस्ता क्षेत्रमा लगानीको प्रशस्त सम्भावना रहेकाले लगानीको लागि आग्रह गरे । उनले भने,“चीन नेपालको दोस्रो ठूलो व्यापारिक साझेदार मुलुक हो । नेपालमा पर्यटन, ऊर्जा कृषि तथा आइटीजस्ता क्षेत्रमा प्रशस्त सम्भावना छ । ती क्षेत्रमा लगानी गर्न म यहाँहरूलाई आग्रह गर्दछु ।” अध्यक्ष ढकालले नेपालमा लगानीका लागि थुप्रै नीतिगत सुधारहरू भएका र लगानी गर्न चाहने व्यवसायीका लागि सहजीकरण गर्न महासङ्घ तयार रहेकोसमे...
गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन : चित्र बहादुर केसी
राजनीति, विचार, समाचार, हाइलाइट-समाचार

गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन : चित्र बहादुर केसी

नेपालअखबार, बागलुङ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले लोकतन्त्र र गणतन्त्रको विकल्प राजतन्त्र नभएको बताएका छन् । उनले राजनीतिक दलहरु सच्चिएर जनताकहाँ पुग्नुपर्ने उल्लेख गर्दै नेपालमा गणतन्त्र निर्विकल्प भएको बताए । ‘प्रतिगामी खतराविरुद्ध सङ्घर्ष गरौँ, गणतन्त्रको रक्षा गरौँ’ नाराका साथ राष्ट्रिय जनमोर्चा बागलुङले आज बागलुङ बजारमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष  केसीले लोकतन्त्र र गणतन्त्रको रक्षाका लागि सबै राजनीतिक दल एकताबद्ध हुन आवश्यक रहेको बताए । उनले नेपालका पार्टीका आ–आफ्नै विचार तथा सिद्धान्त भए पनि राष्ट्रियता नै जोखिममा पर्दा एकजुट हुन आवश्यक रहेको बताए । “सबै मिलेर पञ्चायत फालियो, राजतन्त्र फालियो, अहिले गणतन्त्रका विषयमा राजावादीले भ्रम सृजना गरे, एकपटक लोकतन्त्र र गणतन्त्रका लागि सबै राजनीतिक दल एकजुट बनौँ”, अध्यक्ष केसीले भने, “राजावादीको तीनकुने आन...
शीतलनिवासमा राष्ट्रपति-प्रचण्ड भेट
राजनीति, समाचार

शीतलनिवासमा राष्ट्रपति-प्रचण्ड भेट

नेपालअखबार, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेट भएको छ । राष्ट्रपतिलाई भेट्न प्रचण्ड राष्ट्रपतिनिवास शीतलनिवास पुगेका थिए ।भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ ।
न्यायमा नागरिकको सहज पहुँच आजको आवश्यकता हो : राष्ट्रपति
राजनीति, समाचार

न्यायमा नागरिकको सहज पहुँच आजको आवश्यकता हो : राष्ट्रपति

नेपालअखबार,काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले न्यायमा आमनागरिकको सहज पहुँच पुग्नुपर्ने बताएका छन् । छिटोछरितो न्याय सम्पादनमा पनि उनको जोड रहेको छ । कानुन दिवसको अवसरमा सर्वोच्च अदालतले शुक्रबार आयोजना गरेको कार्यक्रममा राष्ट्रपति पौडेलले यस्तो बताएका हुन् । ‘नेपालको संविधानको मर्म एवं वर्तमान आवश्यकताअनुरूप नयाँ कानुनको निर्माण र प्रचलित कानुनमा समसामयिक सुधार गरी आधुनिक पद्धति र प्रविधिसमेतको प्रयोगबाट आम नागरिकको न्यायमा सहज पहुँच स्थापित गर्नुपर्छ,’ उनले भने, ‘मुद्दाको शीघ्र व्यवस्थापनमार्फत छिटोछरितो न्याय सम्पादनमा जोड दिइनुपर्छ ।’ उनले विधिको शासन कायम गर्न तथा न्यायिक मूल्य–मान्यतामा क्षयीकरण हुन नदिन न्यायालयको जनआस्था बढाउनु पर्ने बताएका छन् । कानुन दिवसमा शुभकामना दिँदै राष्ट्रपतिले भने, ‘विधिको शासन कायम तथा न्यायिक मूल्य मान्यतामा क्षयीकरण हुन नदिई न्यायपालि...
सरकारको नीति तथा कार्यक्रममाथिको छलफल २८ गते पनि जारी रहने
राजनीति, समाचार

सरकारको नीति तथा कार्यक्रममाथिको छलफल २८ गते पनि जारी रहने

नेपालअखबार,काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १९ गते संघीय संसद्को संयुक्त सदनमा पेस गरेको नीति तथा कार्यक्रममाथिको छलफल आइतबार पनि जारी रहने भएको छ । २२ गतेबाट सुरु भएको नीति तथा कार्यक्रममाथिको छलफल आइतबार पनि जारी रहने सभामुख देवराज घिमिरेले जानकारी दिए । नीति तथा कार्यक्तममाथिको छलफल २२, २३, २४, २५ र २६ गते भइसकेको छ । नीति तथा कार्यक्रम पेस हुँदाका दिन सभामुख घिमिरेले प्रतिनिधिसभा बैठक सार्वजनिक बिदाका दिनबाहेक निरन्तर बस्ने र २८ गते पारित गर्ने कार्यतालिका सार्वजनिक गरेका थिए । उनको भनाइ अनुसार आइतबार छलफलका क्रममा सांसदहरूले उठाएको प्रश्नको सरकारका तर्फबाट जवाफ दिने कार्यक्रम पनि हुनेछ । केही सांसदहरूले छलफलमा भाग लिने र त्यसपछि सरकारका तर्फबाट जवाफ दिएर पास गर्ने कार्यक्रम आइतबार हुनेछ । प्रतिनिधिसभाको बैठक आइतबार बिहान ११ बजेका लागि बोलाइएको छ ।...
नेकपा एसका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री  नेपालको मुटुमा समस्या,एन्जिओप्लास्टी गरियो
राजनीति, समाचार, स्वास्थ्य

नेकपा एसका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री नेपालको मुटुमा समस्या,एन्जिओप्लास्टी गरियो

नेपालअखबार,काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको एन्जिओप्लास्टी गरिएको छ । बिहीबार बिहान महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा नेपालको एन्जिओप्लास्टी गरिएको हो । ‘उहाँको मुटुको एक नसा साँधुरो थियो । उक्त नसा खोलिएको छ,’ उपचारमा समलग्न चिकित्सकले  भने, ‘हिजो (बिहीबार) एन्जिओप्लास्टी गरिएको हो ।’ एन्जियोप्लास्टी भनेको रक्त नली (खासगरी मुटुको रक्त नली) मा भएको अवरोध हटाउने चिकित्सा प्रक्रिया हो । कहिलेकाहीँ रक्त नलीमा बोसो वा अन्य पदार्थ जम्मा भएर साँघुरो हुन्छ, जसले रक्त प्रवाहमा समस्या ल्याउँछ । यो समस्यालाई हल गर्न एन्जियोप्लास्टी गरिन्छ । ती चिकित्सकका अनुसार नेपालको मुटुको समस्या पहिल्लादेखि नै थियो । ‘उहाँको मुटुको नसामा पहिल्यै देखि समस्या थियो । अप्रेसनको योजनाबद्ध रूपमा गरिएको हो,’ त...
व्यावसायिक विमानलाई पाकिस्तानी रक्षामन्त्रीको सुझाव– पाकिस्तानको आकाश प्रयोग नगर्नू
राजनीति, विश्व, समाचार

व्यावसायिक विमानलाई पाकिस्तानी रक्षामन्त्रीको सुझाव– पाकिस्तानको आकाश प्रयोग नगर्नू

नेपालअखबार,इस्लामावाद । पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले व्यावसायिक विमानहरूलाई पाकिस्तानको आकाश प्रयोग नगर्न सुझाव दिएका छन् । भारत र पाकिस्तानबिच तनाव बढिरहेको समयमा पाकिस्तानी रक्षामन्त्री आसिफले व्यावसायिक विमानलाई पाकिस्तानको हवाई क्षेत्र प्रयोग नगर्न सुझाव दिएका हुन् । उनले त्यस्ता विमान कुनै पनि क्षेप्यास्त्र वा कुनै प्रकारको हवाई हमलाको चपेटामा पर्न सक्ने भन्दै सावधान हुन सचेत गराएका हुन् । भारत र पाकिस्तानबिच केही दिन यता बढ्दै गएको तनावका कारण कैयौँ अन्तर्राष्ट्रिय एयरलाइन्सले पाकिस्तानी हवाई क्षेत्र हुँदै आफ्ना उडान केही दिनका लागि रोकेको घोषणा गरिसकेका छन् ।...
पाकिस्तानसँग ड्रोन र मिसाइल हानाहान भएपछि भारतले बन्द गर्‍यो २४ विमानस्थल
विश्व, समाचार

पाकिस्तानसँग ड्रोन र मिसाइल हानाहान भएपछि भारतले बन्द गर्‍यो २४ विमानस्थल

नेपालअखबार,काठमाडौँ ।  भारत र पाकिस्तानले एक अर्कामाथि ड्रोन र मिसाइल आक्रमण गर्न थालेपछि दुवै देशले नागरिकहरूको सुरक्षामा उच्च सतर्कता अपनाएको छ। सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै बिहीबार भारतले २४ वटा विमानस्थल बन्द गरेको भारतीय पत्रिका द हिन्दुस्तान टाइम्सले जनाएको छ। बिहीबारदेखि दिल्ली विमानस्थलमा मात्रै ९० वटा उडानहरू रद्द गरिएका छन्। पाकिस्तानले भारत प्रशासित जम्मू, पन्जाब, गुजरात र राजस्थानका भूभागहरूमा हवाइ आक्रमण गर्न थालेपछि भारतको नागरिक उड्डयन प्राधिकरणले विमानस्थल बन्द गर्ने निर्णय गरेको हो। पाकिस्तानका रक्षामन्त्री खावाजा आसिफले बिहीबार भारतका २५ वटा ड्रोन झारेको बताएका थिए। पाकिस्तानी सेनाले लाहोर, रावलपिण्डी र कराँची लगायत क्षेत्रबाट ड्रोन र मिसाइल प्रयोग गरी भारतीय ड्रोन झारेको बताइएको छ। भारतले पनि एयर डिफेन्स प्रयोग गरी पाकिस्तानी ड्रोन र मिसाइल आक्रमण रोकेक...
आज सुनको मूल्य घट्यो
अर्थ, समाचार

आज सुनको मूल्य घट्यो

नेपालअखबार,काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलामा १ लाख ९२ हजार ९५५ रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य शुक्रबार घटेर तोलामा १ लाख ९० हजार ८०० रुपैयाँ कायम भएको हो ।यस्तै चाँदीको मूल्य भने बढेको छ । महासंघका अनुसार बिहीबार तोलामा १ हजार ९५५ रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार बढेर तोलामा १ हजार ९६० रुपैयाँ कायम भएको हो ।...