गएनन् शिक्षकहरू शिक्षा मन्त्रीले बोलाएको वार्तामा
नेपालअखबार,काठमाडौं । सर्वोच्च अदालतले तीन दिनभित्र शिक्षकहरूका माग सम्बोधन गर्न आदेश दिएसँगै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले आन्दोलनरत नेपाल शिक्षक महासंघलाई वार्तामा आउन आह्वान गरे।
नवनियुक्त शिक्षा मन्त्री पन्तले शुक्रबार दिउँसो विज्ञप्ति निकालेर वार्ताका लागि आह्वान गरेका थिए। उक्त आह्वानप्रति शिक्षक महासंघ सकारात्मक थियो। वार्ताका लागि भनेर महासंघका केही नेताहरू शिक्षा मन्त्रालय जाँदै थिए।
तर प्रहरीले पासको कारण देखाएर सिंहदरबारको दक्षिणी गेटमै शिक्षक महासंघका नेताहरूलाई रोकिदियो। त्यसबेला शिक्षा मन्त्री पन्त महासंघका वार्ताकारहरूलाई कुर्दै मन्त्रालयमै बसिरहेका थिए।
सिंहदरबार छिर्ने पासका लागि सहजीकरण गर्न शिक्षा मन्त्रीले मन्त्रालयका सहसचिव कृष्णप्रसाद काफ्ले लगायतलाई आग्रह पनि गरेका थिए।
तर शिक्षक महासंघका वार्ता टोली मन्त्रालय पुगेन, वार्ता हुन सकेन।
...










