जम्मू-कश्मिरमा भीषण वर्षापछि आएको बाढीमा परी ४६ जनाको मृत्यु
नेपालअखबार,काठमाडौं । भारतको जम्मू-कश्मिरको किस्तवाडमा भीषण वर्षापछि आएको बाढीमा परी ४६ जनाको मृत्यु भएको छ।
बिहिबार दिउँसो बादल फाटेर भीषण वर्षा (क्लाउडब्रस्ट) भएपछि किस्तवाडको दुर्गम गाउँ चसोतीमा आएको बाढीमा कम्तिमा ४६ जनाको मृत्यु भएको हिन्दुस्तान टाइम्सले जनाएको छ।
मृत्यु हुनेमा दुई जना केन्द्रीय औद्योगिक सुरक्षा बल (सिआइएसएफ)का जवानसमेत छन्।
दिउँसो करिब १ बजे चसोतीमा अकास्मात आएको बाढीले त्यहाँ रहेका घर, पसल, एक सुरक्षा चौकी र तीर्थयात्रीहरूका लागि बनाइएको 'लंगर' (सामुदायिक भान्सा) बगाएको हिन्दुस्तान टाइम्सले जनाएको छ।
चसोती हुँदै प्रसिद्ध धार्मिक तीर्थस्थल मचैल माता मन्दिर जाने धेरै तीर्थयात्रीहरू बाढीमा परेका छन्। यसपालि जुलाई २५ देखि मचैल माता यात्रा वार्षिक तीर्थयात्रा चलिरहेकाले त्यस क्षेत्रमा ठूलो संख्यामा तीर्थयात्रीहरूको भीड थियो।
बाढी पहिरोमा परेका १६७ जनाको उ...









