Saturday, August 8

समाज

तीन तलामाथिबाट खसेर वृद्धाको मृत्यु
समाचार, समाज

तीन तलामाथिबाट खसेर वृद्धाको मृत्यु

नेपालअखबार,बागलुङ । बागलुङ नगरपालिका–४  श्रीनटोलमा  तीनतलामाथि बाट खसेर एक जना वृद्धाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख तिलक भारतीका अनुसार आज बिहान ४ः४५ बजे तेस्रो तलाको झ्यालबाट खसेर ९१ वर्षीया ज्ञानमाया खड्काको घटनास्थलमै मृत्यु भएको हो । शव परीक्षणका लागि लागि धवलागिरि प्रादेशिक अस्पतालमा राखिएको छ ।...
पूर्वमन्त्री प्रदीप नेपालको निधन
समाचार, समाज

पूर्वमन्त्री प्रदीप नेपालको निधन

नेपालअखबार,काठमाडौं । वामपन्थी नेता प्रदीप नेपालको निधन भएको छ । ७१ वर्षको उमेरमा उनको मंगलबार दिउँसो नर्भिक अस्पतालमा निधन भएको हो । उनी पार्किन्सन रोगबाट पीडित थिए । पछिल्लो समय भने नेपाल राजनीतिबाट निष्क्रिय थिए । केहीदिन अघि अस्पताल भर्ना भएका उनलाई हिजो (सोमबार) आईसीयूमा राखिएको थियो ।उनी पूर्व शिक्षामन्त्री, सञ्चार, सूचना तथा प्रविधिमन्त्री पनि बनेका थिए । नेपाल नेकपा एमालेका पूर्व स्थायी कमिटी सदस्य समेत थिए । पछिल्लो समय नेकपा एमाले विभाजन हुँदा माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीका सल्लाहकार थिए । नेपाली भाषाका साहित्यकार समेत रहेका नेपालले पञ्चायतकालमा सञ्जय थापाको नामबाट प्रगतिशील साहित्य लेख्ने गरेका थिए ।...
सान डिएगोमा डुङ्गा पल्टिँदा तीन जनाको मृत्यु, नौ जना बेपत्ता
विदेश, समाचार, समाज

सान डिएगोमा डुङ्गा पल्टिँदा तीन जनाको मृत्यु, नौ जना बेपत्ता

नेपालअखबार,वासिङ्टन डीसी । अमेरिकामा फेरि एकपटक ठुलो दुर्घटना भएको छ । सोमबार बिहान सान डिएगोको तटमा उच्च छालका कारण एउटा सानो डुङ्गा पल्टिएको हाे । दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । अरू नौ जना बेपत्ता भएको भनिएको छ । दुर्घटनामा एक भारतीय परिवार पनि प्रभावित भएको छ, जसमा एक दम्पती अस्पतालमा उपचाररत छन् भने उनीहरूका दुई बच्चाहरू हराइरहेका छन् । बेपत्ता व्यक्तिहरूको खोजी गरिरहेको यस मामिलासँग सम्बन्धित अधिकारीहरूले अमेरिकी तटरक्षक दलका जहाज र हेलिकप्टरहरूले बताएका छन् । चार जना घाइतेलाई अस्पताल पठाइएको छ ।१२ फिटको सो डुङ्गा पल्टनुअघि कहाँबाट आउँदै थियो भन्ने कुरा थाहा नभएको तटरक्षक दलका अधिकारीहरूले बताएका छन् । टोरे पाइन्स स्टेट बीचमा पैदल यात्रीहरू र अन्यले बिहान ६ः३० बजेतिर किनार नजिकै एउटा डुङ्गा पल्टिएको देखेको सान डिएगो शेरिफ विभागका लेफ्टिनेन्ट न...
पत्रकार तारानाथ दाहाललाई ‘विनय कसजु उत्कृष्ट सूचना अभियन्ता पुरस्कार’ प्रदान
समाचार, समाज

पत्रकार तारानाथ दाहाललाई ‘विनय कसजु उत्कृष्ट सूचना अभियन्ता पुरस्कार’ प्रदान

नेपालअखबार,काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वरिष्ठ पत्रकार एवं सूचनाको हकका अभियन्ता तारानाथ दाहाललाई सम्मान गरेका छन्। सूचनाको हकको कार्यान्वयन, प्रवर्द्धन र पैरवी गर्न महत्त्वपूर्ण योगदान पुर्‍याएको भन्दै वरिष्ठ पत्रकार दाहाललाई ‘विनय कसजु उत्कृष्ट सूचना अभियन्ता पुरस्कार’बाट सम्मान गरिएको हो। राष्ट्रपति पौडेलले राष्ट्रिय सूचना आयोगको १८ औं वार्षिकोत्सवका अवसरमा सोमबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक समारोहकाबीच पत्रकार दाहाललाई रु ५५ हजार राशिको सर्वाेत्कृष्ट सूचना अभियन्ता पुरस्कारसहित कदरपत्रबाट सम्मानित गरेका हुन्। आयोगले सूचनाको हकका क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएबापत ११ वर्षअघि उनलाई ‘वरिष्ठ अभियन्ता’ बाट सम्मान गरेको थियो। सो अवसरमा अभियन्ता दाहालले मुलुकमा सूचनाको हकको कार्यान्वयनको अवस्था अझै पनि सन्तोषजनक नरहेको बताए। विकास र सुशासनका पक्षमा सूच...
वर्षाका कारण दाउन्ने सडक अवरुद्ध
समाचार, समाज

वर्षाका कारण दाउन्ने सडक अवरुद्ध

नेपालअखबार,नवलपुर । नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–२ स्थित दाउन्ने विश्वकर्मा मन्दिर क्षेत्र नजिकैको सडक खण्ड आज बिहान अचानक परेको वर्षाका कारण अवरुद्ध भएको छ। वर्षाले सडक सतह चिप्लो र हिलो बनेपछि बुटवल–नारायणगढ खण्डअन्तर्गत दाउन्ने सडकमा साना तथा ठूला सवारीसाधन चल्न नसकेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख प्रहरी उपरीक्षक यादव ढकालले जानकारी दिए। ढकालका अनुसार, “सडक अत्यधिक चिप्लो भएकोले सवारी चलाउन सकिने अवस्था छैन। बस, ट्रक लगायतका सवारीसाधनहरू राजमार्गमै रोकिएका छन्।” जोखिमपूर्ण अवस्थाका कारण सवारी सञ्चालन पूर्णरूपमा निषेध गरिएको प्रहरीले जनाएको छ। ढकालका अनुसार सडक सामान्य बनाउने प्रयासस्वरूप आवश्यकताअनुसार डोजर प्रयोग गरी बालुवा छर्ने कार्य भइरहेको छ। तर मौसम अनुकूल नभएसम्म सुधार हुन समय लाग्ने देखिएको छ। प्रहरीका अनुसार सुरक्षाकर्मीहरू घटनास्थलमा खटिइसकेका छ...
अझै दुई दिन वर्षा हुने,अहिले नेपालको मौसममा विभिन्न पानी पार्ने प्रणाली सक्रिय
समाचार, समाज

अझै दुई दिन वर्षा हुने,अहिले नेपालको मौसममा विभिन्न पानी पार्ने प्रणाली सक्रिय

नेपालअखबार,काठमाडौँ ।  जल तथा मौसम विज्ञान विभागले अझै दुई दिन वर्षाको प्रक्षेपण गरेको छ। अहिले नेपालको मौसममा विभिन्न पानी पार्ने प्रणाली सक्रिय छन्। पछिल्लो समय बंगालको खाडीबाट उच्च जलवाष्पयुक्त हावा आइरहेको छ। त्यस्तै अरब सागरबाट पनि जलवाष्पयुक्त हावा आइरहेको मौसमविद् गोविन्द झाले जानकारी दिए। त्यसका अतिरिक्त पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु पनि सक्रिय छन्। त्यसैको प्रभावले ६–७ घन्टादेखि देशका पूर्वी र मध्य भागमा वर्षा भइरहेको छ। विशेषतः कोशी र मधेस प्रदेशमा उल्लेख्य वर्षा भयो। अहिले पनि कोशी, मधेस र लुम्बिनी प्रदेशका विभिन्न भागमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। पछिल्लो एक घन्टामा दाङको पदमपुर क्षेत्रमा ८.२ मिलिमिटर वर्षा भएको छ। आज देशका अधिकांश भूभागमा वर्षा हुने प्रक्षेपण मौसम विभागले गरेको छ। मौसमविद् गोविन्द झाले कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका के...
जुम्लामा असिनापानीले स्याउका बिरुवामा क्षति
कृषि, समाचार, समाज

जुम्लामा असिनापानीले स्याउका बिरुवामा क्षति

नेपालअखबार,जुम्ला ।  असिनापानीले जुम्लाको स्याउखेतीमा क्षति पुर्याएको छ । गुठीचौर  गाउँपालिकाको पूर्वी क्षेत्रमा असिनाले सबैभन्दा बढी स्याउका बिरुवामा क्षति गरेको हो । स्याउको चिचिला लाग्ने बेला परेको असिनापानीले क्षति गरेको गुठीचौर –३ का किसान दीपक बुढाले बताए । जिल्लामा चार हजार २५० हेक्टरमा स्याउखेती भइरहेको छ । सोह्र हजार घरपरिवार स्याउखेतीमा निर्भर छन् । गत वर्ष रु ६१ करोड ४१ लाख स्याउ बिक्रीबाट भित्रिएको कृषि विकास कार्यालयका निमित्त प्रमुख रामभक्त अधिकारीले जानकारी दिए । असिनाले स्याउमा गरेको क्षतिको विवरण स्थानीय तहका कृषि शाखासँग समन्वय गरेर तथ्याङ्क सङ्कलन भइरहेको  कार्यालयले जनाएको छ । असिनाले करिब १० लाख जतिको स्याउमा क्षति भएको अनुमान गरिएको छ । किसान नुर्बु लामाले लामाले भने, “गत वर्ष स्याउबाट रु आठ लाख कमाएको र यस वर्ष स्याउ राम्रो फल्ने बेला असिनापानी क्षति गरेको छ । ...
डोल्पामा जेठ ५ गतेदेखि यार्सा संकलन खुल्ने
समाचार, समाज

डोल्पामा जेठ ५ गतेदेखि यार्सा संकलन खुल्ने

नेपालअखबार,सुर्खेत । यार्सागुम्बा संकलनका लागि डोल्पालाका पाटनहरू आगामी जेठ ५ गतेदेखि खुला गरिने भएको छ । डोल्पाको सदरमुकाम दुनैमा बसेको सर्वपक्षीय बैठकले आगामी जेठ ५ गतेदेखि सबै पाटनहरू खुला गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी दिए । ‘गत वर्षभन्दा यो पटक अलि छिटो पाटनहरू खुल्ला गर्ने निर्णय भएको छ’, प्रजिअ महतले भने, ‘समयमै पानी र हिमपात भएपछि एक महिनाका लागि पाटन खुल्ला गर्ने सर्वपक्षीय सहमति भएको छ ।’ उनका अनुसार यार्चागुम्बा संकलनका लागि शे-फोक्सुन्डो राष्ट्रिय निकुञ्ज क्षेत्र र डिभिजन वनको क्षेत्रमा पर्ने सम्पूर्ण पाटन आम मान्छेहरूका लागि खुल्ला गरिने छ । यार्सा टिप्न पाटन जानेहरूका लागि तीन प्रकारका प्रवेश अनुमति पत्रको व्यवस्था गरिएको छ । जसअनुसार मध्यवर्ती क्षेत्रभित्रका बासिन्दालाई एक हजार, डोल्पा जिल्लाभित्रकालाई दुई हजार र जिल्ला बाहिरकाला...
फेवातालमा हावाहुरीका कारण फसेका ८ जनाको उद्धार
समाचार, समाज

फेवातालमा हावाहुरीका कारण फसेका ८ जनाको उद्धार

नेपालअखबार, पोखरा। पोखराको फेवातालमा फसेका आठ जनाको उद्धार भएको छ। सोमबार दिउँसो फेवातालमा एक्कासि हावाहुरी चलेपछि डुंगा/कायाकमा सवारहरू फसेका थिए। फसेका ८ जनाको उद्धार भएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता एवं‌ डिएसपी शैलेन्द्र थापाले जानकारी दिए। बोटिङ गर्ने क्रममा चितवन भरतपुर महानगरपालिका–५ बस्ने २१ वर्षीय रेशम थापा फेवातालमा डुबेका थिए। उनको सशस्त्र प्रहरी बल नेपाल फेवाताल रेस्क्यु टावरमा तैनाथ गोताखोर सहितको विपद् उद्वार टोलीले उद्धार गरेको छ। तालमा हावाहुरीका कारण अन्य कायाक बोटमा बोटिङ गरिरहेका एक जना र डु‌ंगामा रहेका ६ जना गरी समेतको सकुशल उद्वार भएको छ।...
मलेसिया र दुबईबाट फर्केर गाईपालन, मासिक एक लाख आम्दानी
अर्थ, कृषि, समाचार, समाज

मलेसिया र दुबईबाट फर्केर गाईपालन, मासिक एक लाख आम्दानी

नेपालअखबार, दाङ । वैदेशिक रोजगारीबाट फर्किएर घोराही उपमहानगरपालिका–१ सुकाखोलाका बोमबहादुर थापाले गाईपालन व्यवसायबाट मनग्य आम्दानी गरेका छन् । उनले करिब ११ वर्ष वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया र दुबईमा काम गरेका थिए । उनले भने, “विदेशमा १८ घण्टा काम गर्छौँ, कमाइ भएको देख्छौँ, स्वदेशमा काम आठ घण्टा पनि गर्दैनौँ कमाइ चाहिँ धेरै खोज्छौँ, अनि जति कमाए पनि कमै देख्छौँ ।” बिहानै ४ बजे उठेर गाई दुहुने र गाउँका अन्य किसानकोसमेत दूध लिएर घोराही बजारको डेरीमा पुर्‍याउने अनि घर फर्केर फेरि गाईको हेरचाह गर्ने यसरी नै बित्छ थापाको दैनिकी । उसो त थापाका लागि कामको चाप भने विदेशको जस्तै छ । थापाले विगत पाँच वर्षदेखि एक दिन पनि यो काम छुटाएका छैनन् । थापालाई लाग्छ म एक दिन बिरामी भएँ भने यो दूध अर्को दिन कहाँ लगेर बेचुँ । गाईलाई दानापानीको काम परिवारका अन्य सदस्यले गरे पनि दूध बजारसम्म पुर्...