Saturday, August 8

समाज

आवासीय चिकित्सक पनि सडकमा
समाचार, समाज

आवासीय चिकित्सक पनि सडकमा

नेपालअखबार,काठमाडौं ।  सरकारले तोकेअनुसार न्यूनतम पारिश्रमिक नदिएर श्रम शोषण भएको भन्दै आन्दोलनरत चिकित्सकहरूले स्वास्थ्य मन्त्रालय घेराउको प्रयास गरेका छन् । आवासीय डाक्टरलाई सेवा सुविधा दिने निर्णय मन्त्रिपरिषद्बाटै भएपनि कार्यान्वयन नभएको भन्दै उनीहरूले बिहीबार स्वास्थ्य मन्त्रालय घेराउको प्रयास गरेका हुन् । माइतीघरबाट प्रदर्शनसहित स्वास्थ्य मन्त्रालय जान खोजका आन्दोलनरत चिकित्सकहरूलाई प्रहरीले रोकेको थियो । सो क्रममा केहिबेर प्रहरी र आन्दोलनरत चिकित्सकबीच धकेलाधकेल समेत भएको थियो । उनीहरूले चिकित्सा आयोगद्वारा निर्धारित आठौँ तहको तलब संरचना कार्यान्वयन र शैक्षिक प्रगतिको संरक्षणका लागि पहल गर्न सरकारसँग माग गरेका छन् । नेपाल चिकित्सक संघका अध्यक्ष डा. अनिलविक्रम कार्कीले आफ्ना माग लिएर स्वास्थ्य मन्त्रालय जान खोज्दा प्रहरी खटाएर रोक्ने काम भएको बताए । आवासीय चिकित्सकलाई सरकारी आठ...
भारतीय ऊर्जामन्त्रीद्वारा मुक्तिनाथमा पूजार्चना
समाचार, समाज

भारतीय ऊर्जामन्त्रीद्वारा मुक्तिनाथमा पूजार्चना

नेपालअखबार,मुस्ताङ । भारतका ऊर्जा तथा आवासमन्त्री मनोहरलाल खट्टरले आज बिहान मुक्तिनाथ मन्दिरमा पूजार्चना गरेका छन् । उनका साथ ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले पनि मुक्तिनाथको पूजार्चना गरे । मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालका अनुसार दुवै देशका ऊर्जामन्त्रीका साथ नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तव र  १६ सदस्यीय टोली मुस्ताङ आएको हो । टोलीलाई मुक्तिनाथका पुजारी कृष्णप्रसाद सुवेदीले टीका र प्रसाद प्रदान गरेका थिए । त्यसअघि उक्त टोलीलाई प्रमुख जिल्ला अधिकारी भुसालसहित जिल्लास्थित सुरक्षा निकायका प्रमुख तथा जनप्रतिनिधिहरूले स्वागत गरेका थिए ।...
जम्मू–कश्मिरको पहलगममा आतंकवादी हमला, कम्तीमा २६ जनाको मृत्यु
विदेश, समाचार, समाज

जम्मू–कश्मिरको पहलगममा आतंकवादी हमला, कम्तीमा २६ जनाको मृत्यु

नेपालअखबार, काठमाडौं । जम्मू–कश्मिरको पहलगममा आतंकवादी हमला हुँदा कम्तीमा २६ जनाको मृत्यु भएको छ। भारतीय सञ्चार माध्यम टाइम्स अफ इन्डियाका अनुसार मंगलबार दिउँसो पहलगमको बाइसरन उपत्यकामा बन्दुकधारी आतंकवादी समूहले आक्रमण गर्दा कम्तीमा २६ जनाको मृत्यु भएको हो। मृतकमध्ये अहिलेसम्म दुई जना विदेशी नागरिक, एक नौसेना जवान र दुई जना स्थानीयको पहिचान खुलेको सञ्चार माध्यमहरूले जनाएका छन्। गोली चलेको आवाज सुनेपछि सुरक्षाकर्मीहरू पहलगम पुगेका थिए। मिनी स्विट्जरल्यान्ड भनेर चिनिने पर्यटकीय क्षेत्र पहलगम श्रीनगरबाट करिब ९० किलोमिटर टाढा पर्छ। यो पर्यटकहरूबीच लोकप्रिय गन्तव्यस्थल हो। घटनास्थलसम्म हिँडेर वा घोडाबाट मात्र जान मिल्ने भएकाले उद्धार काम कठिन भएको अधिकारीहरूले बताएका छन्। घटनामा घाइते भएका कम्तीमा १२ जना अस्पतालमा भर्ना भएको र उनीहरूको अवस्था सामान्य रहेको स्थानीय डाक्टरले बताएका छ...
दाउन्नेमा सुक्खा पहिरो खस्दा यातायात अवरुद्ध
समाचार, समाज

दाउन्नेमा सुक्खा पहिरो खस्दा यातायात अवरुद्ध

नेपालअखबार,दाउन्ने । सुक्खा पहिरोका कारण नारायणगढ–बुटवल सडकखण्ड अन्तरगतको दाउन्ने क्षेत्रमा सवारी आवागमन अवरुद्ध भएको छ । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्ने क्षेत्रमा सडकको बायाँतर्फ सुक्खा पहिरो खसिरहेकाले यातायात सेवा अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक यादव ढकालका अनुसार अहिले उक्त क्षेत्रमा दुवैतर्फ यातायात सेवा पूर्णरूपमा अवरुद्ध छ । पहिरो हटाएर सडक खुलाउने प्रयास भइरहेको उनले बताए । अहिले दाउन्ने क्षेत्रमा सयौँ सवारीसाधन जाममा परेका छन् । पहिरो खसिरहेकाले भित्ता काटेर सडक बनाउनुपर्ने अवस्थादाउन्ने क्षेत्रमा कालोपत्र सडक खनेर विस्तार गर्ने कार्य भइरहेको थियो । त्यसैमाथि आज सुक्खा पहिरो खसेको हो । दाउन्ने खण्डमा हाल सडक विस्तारका लागि दैनिक राति ११ बजेदेखि बिहान ५ बजेसम्म आवागमन रोकेर काम गर्ने गरिएको छ । रहेको जिल्ला ...
सिंहदरबारभित्र मेलम्ची पानी जडान गरिने
समाचार, समाज

सिंहदरबारभित्र मेलम्ची पानी जडान गरिने

नेपालअखबार, काठमाडौं । सिंहदरबार भित्रका सबै मन्त्रालयमा मेलम्चीको पानी जडान गरिने भएको छ । सोमबार बसेको सचिव बैठकले यस्तो निर्णय गरेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार खानेपानी मन्त्रालयले सिंहदरबारस्थित सबै मन्त्रालय/निकायमा मेलम्ची पानी जडान गर्न यथाशीघ्र काम कारबाही अगाडि बढाउने निर्णय गरेको हो ।यसअघि सिंहदरबारभित्र उद्घाटन क्रममा खोलिएका धारामा समेत मेलम्ची पानी आउँदैन ।...
कञ्चनपुरमा जलेको अवस्थामा शव फेला
समाचार, समाज

कञ्चनपुरमा जलेको अवस्थामा शव फेला

नेपालअखबार,काठमाडौँ । कञ्चनपुरमा एक जनाको शव फेला परेको छ। मंगलबार बिहान बेलौरी नगरपालिका-११ शिवनगरस्थित बारीमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी चक्रराज जोशीले जानकारी दिए। उनका अनुसार मोटरसाइकल र शव जलेको अवस्थामा फेला परेको हो। मृतक हरिकृष्ण राना नाम गरेका व्यक्ति छन्। प्रहरीले घटनास्थलमा पुगेर अनुसन्धान अघि बढाएको छ।...
विष सेवनबाट तीन बालबालिकाको मृत्यु भएको छ भने आमा गम्भीर अवस्थामा
समाचार, समाज

विष सेवनबाट तीन बालबालिकाको मृत्यु भएको छ भने आमा गम्भीर अवस्थामा

नेपालअखबार,जनकपुरधाम । धनुषामा विष सेवनबाट तीन बालबालिकाको मृत्यु भएको छ भने आमा गम्भीर अवस्थामा छन् । धनुषाको शहीदनगर नगरपालिका-५ यदुकोहाका सुशील साहका ६ वर्षीय छोरा आदित्य साह, ४ वर्षीया छोरी आकृति साह र २ वर्षीया आरुसी साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक (इन्स्पेक्टर) संजीव यादवले बताए । इन्स्पेक्टर यादवका अनुसार सुशीलकी श्रमती ३० वर्षीया पविता साह गम्भीर अवस्थामा छिन् । उनको उपचार प्रादेशिक अस्पतालको भेन्टिलेटरमा भइरहेको छ । प्रहरीका अनुसार सोमबार साँझ ६ :४० बजेको समयमा घरमै आमासहित सन्तानहरु विष सेवन गरेको अवस्थामा फेला परेका थिए । स्थानीयले तत्कालै उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरमा पठाएको थियो । अस्पताल लैजाँदा तीनैजनाको मृत्यु भइसकेको थियो । राति पौनै ९ बजे मात्र प्रहरीलाई खबर आएपछि घटनाबारे अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनु...
मुस्लिम इत्तेहाद संगठन सुनसरीले जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र वुझाए
समाचार, समाज

मुस्लिम इत्तेहाद संगठन सुनसरीले जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र वुझाए

नेपालअखबार,सुनसरी। नेपाल मुस्लिम इत्तेहाद संगठन सुनसरीले जिल्ला प्रशासन कार्यालय सुनसरी मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र वुझाएकाे छ । उक्त ज्ञापनपत्र सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रलाई हस्तान्तरण गर्दै हिन्दू सम्राट सेना नेपालका केन्द्रीय उपाध्यक्ष कृष्ण कुमार यादवले मुस्लिम समुदाय बिरुद्द आपत्तिजनक अभिव्यक्ति दिएकोमा नेपाल मुस्लिम इत्तेहाद संगठन सुनसरीले कार्वाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय सुनसरी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । समाजमा वितृष्णा पैदा गर्ने, सामाजिक सद्भाव बिथाेल्ने, खुलेआम मारकाट गर्छु भन्ने र समाजलाई अशान्त पार्ने कुनै पनि व्यक्ति, समूह वा गिराेहलाई सरकारले कानूनी दायरामा ल्याई कारवाही नगर्दा गृह प्रशासनकाे काम कारवाही प्रति प्रश्न चिन्ह खडा भएकाे छ । भनेर जिल्ला प्रशासन सुनसरी मार्फत गृह मन्त्रालयलाई कार्वा...
विवादित कृष्णालाई कार्वाही गर्न गृहमन्त्रीलाई ज्ञापनपत्र
समाचार, समाज

विवादित कृष्णालाई कार्वाही गर्न गृहमन्त्रीलाई ज्ञापनपत्र

नेपालअखबार, सुनसरी । नेपाली काङ्ग्रेसका भातृ संगठन नेपाल मुस्लिम संघ सुनसरीले हिन्दू सम्राट सेना नेपालका केन्द्रीय उपाध्यक्ष कृष्णा सनातनीलाई कार्वाहीको माग गर्नुभएको छ । मुस्लिम समुदायलाई लक्षित गर्दै उपाध्यक्ष सनातनीले नेपाली मुस्लिमलाई सखाप पार्ने दिएको धम्कीपुर्ण अभिव्यक्तिप्रति संघले आपत्ति प्रकट गर्दै गृहमन्त्रीको ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र बुझाएको छ। नेपाल मुस्लिम संघ सुनसरीका सभापति हारुन अन्सारीको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय सुनसरी मार्फत गृह मन्त्रालयमा बुझाइएको ज्ञापनपत्रमा धार्मिक सद्भाव खल्बल्याउने प्रयासप्रति चिन्ता व्यक्त गर्दै सरकारसँग कार्वाहीको माग गरेका छन् । जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रलाई ज्ञापनपत्र बुझाउदै नेमुसंघका सभापति हारुन अन्सारीले धार्मिक भावना भड्काउने, अरू धर्मप्रति घृणा फैलाउने वा आत्मसम्मानमा...
पर्यटकको रोजाइमा ‘स्वर्ग जाने बाटो’ भनिने विचित्र गुफा
पर्यटन, समाचार, समाज

पर्यटकको रोजाइमा ‘स्वर्ग जाने बाटो’ भनिने विचित्र गुफा

नेपालअखबार,गुल्मी । धुर्कोट गाउँपालिका–५ स्थित  विचित्र गुफा यतिबेला आन्तरिक एवं वाह्य पर्यटकको आकर्षणको केन्द्र बनेको छ । जिल्ला सदरमुकाम तम्घासदेखि पाँच कोष उत्तरमा विचित्र गुफा रहेको छ । विसं २०४५ मा बाँदर लखेट्ने क्रममा स्थानीय जनार्दन भण्डारीले पहिलो पटक उक्त गुफा पत्ता लगाउनुभएको थियो । पहिले विचित्र गुफा हेर्न आन्तरिक पर्यटकमात्र पुग्ने गर्दथे । पछिल्लो समय विदेशमा पनि विचित्र गुफाको प्रचारप्रसार हुन थालेपछि विदेशी पर्यटकसमेत आउन थालेका छन् । हाल फ्रान्स जर्मनी र बेलायतका पर्यटक गुफा हेर्न आउने गरेको धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोख्रेलले बताए । धेरै विदेशी नागरिक अरबिन्द्र आश्रममा योग साधनाका लागि आउने गरेको र सोही अवसरमा गुफाको अवलोकन गरेर फर्कने गरेको उनले बताए । उक्त गुफा १८५ मिटर लम्बाई र ३५० मिटर चौडाइमा फैलिएको छ । स्थानीय जनार्दन भण्डारीले बारीमा मकै खान आएका बा...