Monday, August 10

समाज

वाइल्डलाइफ फोटोग्राफर चुङ्बा शेर्पाको निधन
समाचार, समाज

वाइल्डलाइफ फोटोग्राफर चुङ्बा शेर्पाको निधन

नेपालअखबार,काठमाडौं।  चर्चित वाइल्डलाइफ फोटोग्राफर चुङ्बा शेर्पाको निधन भएको छ। ६४ वर्षीय शेर्पाको आइतबार राती १२ः१५ बजेको समयमा ग्रान्डी अस्पतालमा उपचारको क्रममा निधन भएको हो। सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–१ लुक्ला स्थायी ठेगाना भएका शेर्पा कलेजोसम्बन्धी समस्याका कारण एक सातादेखि उपचाररत थिए। उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो। उपचारकै क्रममा शेर्पाको निधन भएको खुम्बु पासाङल्हामु गाउँपालिका–१ का वडाअध्यक्ष फुनुरु शेर्पाले पुष्टि गरे। उनका दुई छोरा र तीन छोरी छन्। लामो समयदेखि नेपाली कांग्रेसमा आबद्ध भइ राजनीतिमा समेत संलग्न शेर्पा नेपाली कांग्रेस खुम्बु पासाङल्हामु गाउँपालिकाका सभापतिसमेत थिए। पर्यटन व्यवसायमा आबद्ध उनी चौँरीखर्कको पूर्व गाविस अध्यक्षसमेत थिए। केही वर्षदेखि वाइल्डलाइफ फोटोग्राफीमा सक्रिय शेर्पा फोटोग्राफी सम्बन्धी विभिन्न राष्ट्रिय तथा अन्तर्...
सोलुखुम्बुका ९३ सामुदायिक विद्यालय बन्द
शिक्षा, समाचार, समाज

सोलुखुम्बुका ९३ सामुदायिक विद्यालय बन्द

नेपालअखबार,सोलुखुम्बु। जाडो बढेसँगै हिमाली जिल्ला सोलुखुम्बुका ९३ वटा सामुदायिक विद्यालयमा पठनपाठन बन्द गरिएको छ। चिसोका कारण पठनपाठनमा कठिनाई भएपछि सात स्थानीय तहले जाडो बिदा दिएका हुन्। शिक्षा विकास तथा समन्वय इकाई सोलुखुम्बुका सूचना अधिकारी प्रकाण्ड न्यौपानेका अनुसार गत मङ्सिर देखि विद्यालय क्रमिक रूपमा बन्द हुन थालेका हुन्। जिल्लामा दुई सय ८९ सामुदायिक विद्यालय छन्। तीमध्ये ९३ विद्यालयको पठनपाठन हालका लागि बन्द गरिएका हुन्। आठ स्थानीय तह मध्ये सोताङ गाउँपालिका बाहेक सबै स्थानीय तहले जाडो बिदा दिएको कार्यालयले जनाएको छ। जिल्लाको माथिल्लो क्षेत्रमा तापक्रम माइनस २० डिग्रीसेल्सियससम्म पुगेको छ भने सल्लेरी क्षेत्रमासमेत तापक्रम माइनसमा झरेको हावापानी मापन केन्द्र सल्लेरीका कर्मचारी नवराज पराजुलीले जानकारी दिए। चिसो अत्यधिक बढेसँगै बालबालिका विद्यालय जान नसकेको गार्माका स्थान...
भरियाले धानेको छ खुम्बु क्षेत्रको ढुवानी
समाचार, समाज, हाइलाइट-समाचार

भरियाले धानेको छ खुम्बु क्षेत्रको ढुवानी

नेपालअखबार,सोलुखुम्बु । खुम्बुको ठाडो उकालो बाटो, त्यसमाथि पिठ्युँमा सय किलोको काठ । पसिनाले निथ्रुक्क भिजेको शरिर । आकाश कुलुङको दैनिकी यसरी नै बित्ने गरेको छ । बिहान सूर्योदयसँगै सुरू हुने यात्रामा उनी पिठ्यूँमा सय किलो बढीको भारी बोकेर सुर्केबाट लुक्लातर्फ करिब पाँच घण्टाको कठिन उकालो पार गर्छन् । यो बाटो अन्य यात्रुलाई रित्तो हिँड्न पनि हम्मेहम्मे पर्दछ । तर उनका लागि यही उकालो नै परिवारको जीवन धान्ने गतिलो माध्यम बनेको छ । उमेरले २६ वर्षमात्र पुगेका कुलुङको घर सोलुखुम्बु महाकुलुङ गाउँपालिका–४ गुदेल हो । निम्नवर्गीय परिवारमा जन्मिएका उनले सानैदेखि संघर्षसँग साक्षत्कार गर्नुपर्‍यो । सानै उमेरमा आमा गुमाएका उनको घरमा अहिले बुबा, श्रीमती र दुई साना छोरा छन् । बालबच्चाको शिक्षादीक्षा र सिङ्गो परिवारको पालनपोषण गर्ने जिम्मेवारी कुलुङकै काँधमा छ । परिवारको गुजारा चलाउन र बालबच्चाको श...
युरोप पुग्नथाल्यो कर्णालीको अदुवा र बेसार
अर्थ, कृषि, समाचार, समाज

युरोप पुग्नथाल्यो कर्णालीको अदुवा र बेसार

नेपालअखबार,सुर्खेत । कर्णालीमा उत्पादित अदुवा र बेसार युरोपसम्म पुग्न थालेको छ  । सुर्खेतको भेरीगङ्गा नगरपालिका–५ कालिदमार स्थित अदुवा प्रशोधन उद्योगले ग्रामिण भेगबाट अदुवा खरिद गरेर विदेश निर्यात गर्न थालेको हो  । उद्योगका अनुसार स्वदेशमा भन्दा विदेशमा अदुवाको माग धेरै छ  । पहिले कर्णालीका किसानले उत्पादन गरेको अदुवाले बजार नपाउने समस्या थियो । कालिदमारस्थित अदुवा प्रशोधन उद्योगले अदुवा र बेसार प्रशोधन गर्न थालेपछि बजारको समस्या समाधान भएको हो । कर्णाली तथा लुम्बिनीमा उत्पादन हुने अदुवा अर्गानिक र गुणस्तरीय भएकाले पनि युरोपमा माग धेरै भएको उद्योगका प्रबन्ध निर्देशक सुलोचना श्रेष्ठले बताईन् । उनले भनिन्, ‘बिक्रीको समस्या छैन, हामीले विदेश निर्यात गर्न थालेका छौँ । किसानको उत्पादन हामी खरिद गर्छौँ, अब उत्पादन बढाउने तर्फ चाहीँ लाग्नुपर्छ ।’ उद्योगमा बर्सेनी एक हजार पाँच सय मेट्रिकट...
अझै स्तरोन्नति भएन शहीदमार्ग
समाचार, समाज

अझै स्तरोन्नति भएन शहीदमार्ग

नेपालअखबार,बागलुङ । शहीदका नाममा बनेको सडक वर्षौँ बित्दासमेत स्तरोन्नति हुन सकेको छैन । सडक स्तरीय नहुँदा सर्वसाधारण जोखिम मोलेर यात्रा गर्न बाध्य छन् । बागलुङको काठेखोला गाउँपालिका–५ रिजालचोकदेखि अमरभूमि हुँदै ताराखोला गाउँपालिकाको केन्द्रलाई जोड्ने सहीद मार्ग विस्तार तथा कालोपत्र नहुँदा जनगुनासो बढ्दै गएको छ । स्थानीय तहलाई पक्की सडकमार्फत प्रदेश राजधानीसँग जोड्ने सरकारको लक्ष्यअनुरूप उक्त सडक चार वर्ष अघि नै कालोपत्रका लागि छनोटमा परेको थियो । स्थानीय पूर्वाधार आयोजना विकास कार्यालयको आयोजना छनोट समितिले गरेको सो निर्णय कार्यान्वयनमा भने आउन नसकेको गाउँपालिका अध्यक्ष धनबहादुर विक ‘हिमाल’ले बताए । “शहीद मार्ग स्तरोन्नति र कालोपत्रका लागि गाउँपालिकाले पहल नगरेको होइन, तर हाम्रो मात्र प्रयासले सम्भव देखिएन”, उनले भने, “जनस्तरबाट व्यापक दबाब सिर्जना नगरेसम्म सरकारले हाम्रो आवाज...
सेन्टर कास्कीमा बराल
समाचार, समाज

सेन्टर कास्कीमा बराल

नेपालअखबार,पोखरा । प्रेस सेन्टर नेपाल जिल्ला समिति कास्कीको  शनिबार पोखरामा सम्पन्न  छैठौं अधिवेशनबाट  दीननाथ बराल अध्यक्षमा चुनिनु भएको छ ।  बरालको नेतृत्वमा आगामी ३ बर्षको लागि नयाँ कार्यसमिति सर्वसम्वत रुपमा चयन भएको छ । यस्तै उपाध्यक्ष (खुल्ला) मा पुष्पराज दाहाल, उपाध्यक्ष (महिला) शोभा बराल सचिवमा लिलाचन्द्र अधिकारी(सरोज), सहसचिवमा अर्जुन हिताङ, प्रतिमा अधिकारी, कोषाध्यक्षमा खगेन्द्र प्रसाद अर्याल रहनु भएको छ भने अन्य सदस्यहरुमा कोपिला सुनार, अल्चना श्रेष्ठ, बलराम तिमिल्सिना, श्रीकान्त अधिकारी,सागर गिरी, राजेन्द्र नेपाली, रमेश पोख्रेल, कविता घर्तीमगर र प्रकाश बराल चयन हुनु भएको हो । उक्त कार्यसमितिमा २ जना सदस्य पुनः थप गर्न सकिने निवर्तमान अध्यक्ष कृष्ण दवाडीले बताउनु भयो । त्यसै गरी केन्द्रिय परिषद सदस्यमा कृष्ण दवाडी, सिद्धान्त शाही (रणबहादुर),पदम रेग्मी, नारायण शाही ठकुरी, सन्तोष...
हाइकर्स क्लब नेपालको प्रथम वार्षिक साधारण सभा सम्पन्न 
समाचार, समाज

हाइकर्स क्लब नेपालको प्रथम वार्षिक साधारण सभा सम्पन्न 

नेपालअखबार,पोखरा। हाइकर्स क्लब नेपालको प्रथम वार्षिक साधारण सभा शनिबार पोखरामा सम्पन्न भएको छ । सभाको उद्घाटन गर्दै गण्डकी प्रदेश सभा सदस्य प्रकाश बरालले स्वास्थ्य र पर्यटनका लागि हाइकिङ अभियानले लामो समयको अनुभव र निरन्तरता पछि सस्ंथागत रुप पाएकोमा खुसि व्यक्त गर्दै गाउँको पुराना पदमार्गलाई पर्यटन संग जोड्दै पर्यटन प्रवद्र्घनको दुतको रुपमा  हाइकर्स क्लबको भूमिका महत्वपुर्ण  हुने बताए । कार्यक्रममा पोखरा पर्यटन परिषदका अध्यक्ष तारानाथ पहारीले पर्यटकको बसाइ लम्व्याउनका लागि र पोखरामा आउने पर्यटकलाई गाँउठाँउको रहनसहन देखाउदै भुलाउनको लागि हाइकिङ उत्तम माध्यम भएको बताउँदै हाइकर्स क्लब नेपालले हाल सम्म गरेको हाइकिङ गन्तब्यका पहिचान सहितको गाइडबुक निकालेर पोखराको पर्यटन पर्वद्घनमा थप टेवा पुग्ने बताउदै यस कार्यमा लाग्न पोखरा पर्यटन परिषदले साथ दिने बताए । सो अवसरमा पोखरा महानगरपालिकाका पर्यट...
सफलता उन्मुख लेखनाथ महोत्सव
समाचार, समाज

सफलता उन्मुख लेखनाथ महोत्सव

नेपालअखबार,लेखनाथ । पुस १८ गतेदेखी लेखनाथमा जारी २०औं संस्करणको लेखनाथ महोत्सव दर्शकहरुको साथ र सहभागिताले सफलतातर्फ उन्मुख भएको आयोजकले दावी गरेका छन् । महोत्सवको एघारौं दिनसम्म आईपुग्दा हरेक दिन दर्शकको उल्लासमय उपस्थिति र उत्साहजनक कारोबार भएको भन्दै महोत्सव सफलतातर्फ अगाडि बढेको आयोजकले दावी गरेको छ । महोत्सवमा एघारौं दिन सम्म आईपुग्दा हरेक दिन दर्शकहरुको भीडभाड उत्तिकै देखिएको भन्दै महोत्सव आयोजक मुल समितिका संयोजक विनोद श्रेष्ठले भने, “महोत्सवको एघारौं दिनसम्म आईपुग्दा महोत्सव सफलतातर्फ उन्मुख भएको देखिएको छ, दर्शकहरुको उत्साहजन सहभागिताले आयोजकलाई उत्साहित बनाएको छ ।” महोत्सव सफल पार्न यहाँका व्यापारी व्यवसायी तथा आम सर्वसाधारण र सरोकारवालाको महत्वपुर्ण भुमिका रहेको भन्दै महोत्सवमा राखिएको स्थानीय उत्पादन तथा कृषि स्टलहरुमा पनि दर्शकले निकै चासो राखेको पाईएको अध्यक्ष श्रेष्ठले बताए...
पूर्वीचितवनका सिमसारमा  ५५ प्रजातिका चरा भेटिए
समाचार, समाज, हाइलाइट-समाचार

पूर्वीचितवनका सिमसारमा ५५ प्रजातिका चरा भेटिए

नेपालअखबार,चितवन। पूर्वीचितवनका सिमसार क्षेत्रमा गरिएको गणनामा यस वर्ष ५५ प्रजातिका चरा भेटिएका छन्। बर्ड एजुकेशन सोसाइटी र नेपाल पन्छीविद् सङ्घको आयोजनामा यही पुस २२ र २३ गते चितवन राष्ट्रिय निकुञ्ज र आसपासमा फैलिएका तालतलैया र नदीनालामा गणना गरिएको थियो । गत वर्ष नभेटिएका दुई प्रजातिका चरासमेत यसपटक भेटिएका छन् । बर्ड एजुकेशन सोसाइटीका कार्यक्रम संयोजक चराविज्ञ बासु बिडारीका अनुसार यसपालि कालो टाउके गङ्गाचिल र राजा गङ्गाचिल देखिएका हुन्। गत वर्ष भेटिएका सबै प्रजातिका चरा यसपापलि पनि भेटिएको उनले बताए। गत वर्ष ५३ प्रजातिका चरा देखिएका थिए। यस वर्ष लोथरबाट दरै बोटेताल, गैडहवा (जिन्दगानी घाट)बाट सौराहाघाट, सौराहाघाटबाट कसरा पुल, तमोर ताल, लामी ताल, बीस हजार ताल र यससँग सम्बन्धित ताल भण्डारा माछापोखरी, बुढी राप्ती ढुङ्गरे खोला, पटना ताललगायत पूर्वीचितवनको सिमसारमा गरिएको थियो । ब...
आठ करोडको लगानीमा पर्वतमा चुत्रो प्रशोधन उद्योग सञ्चालन
अर्थ, समाचार, समाज

आठ करोडको लगानीमा पर्वतमा चुत्रो प्रशोधन उद्योग सञ्चालन

नेपालअखबार,पर्वत । चुत्रो प्रशोधन गरी आयुर्वेदिकऔषधि बनाउन यहाँ चुत्रो प्रशोधन उद्योग सञ्चालनमा ल्याइएको छ । चिनियाँ लगानीकर्ताको झण्डै रु आठ करोडको लगानीमा कुश्मा नगरपालिका–५ स्थित जलकेनीमा रहेको कालीण्डकी नदी किनारमा ‘एसडीएसडी’ उद्योग सञ्चालन गरिएको हो । दैनिक २० टन जडीबुटी प्रशोधन क्षमता रहेको प्रशोधन केन्द्र गत सातादेखि सञ्चालनमा आएको छ । चीनको छिफु वायोटेक्नोलोजी प्रालिले चुत्रो प्रशोधन केन्द्र स्थापना गरेको  कम्पनीका प्रतिनिधि दीपेन्द्रबहादुर भण्डारीले जानकारी दिए ।पर्वतलगायत आसपासका जिल्लामा प्रशस्त मात्रामा पाइने गैरकाष्ठ वन पैदावारअन्तर्गत पर्ने चुत्रो सङ्कलन गरेर यहाँ प्रशोधन गरिने भएको छ । चुत्रो पर्वत, म्याग्दी, बागलुङ, कास्की, लमजुङ, स्याङ्जालगायत जिल्लामा प्रशस्त पाइन्छ । चुत्रोको जरा, हाँगा र डाँठलाई प्रशोधन गरी आयुर्वेदिक औषधिको कच्चा पदार्थ तयार गरिने भएको हो । यहाँ उत्...