Monday, August 10

समाज

अब विकट छैन ‘बोबाङ गाउँ’
समाचार, समाज

अब विकट छैन ‘बोबाङ गाउँ’

नेपालअखबार , बागलुङ। जिल्ला सदरमुकाम बागलुङ बजारदेखि झन्डै १०५ किलोमिटर पश्चिममा पर्छ ‘बोबाङ गाउँ’। नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटनको प्रवेशद्वारका रूपमा रहेको बोबाङ गाउँ एक दशक अगाडिसम्म निकै विकट मानिन्थ्यो। तर पछिल्लो समय विकासले गति लिन थालेपछि यस गाउँको मुहार फेरिएको छ। बाक्लो जनजाति र दलित समुदायको बस्ती रहेको बोबाङ गाउँमा स्थानीय सरकार स्थापनापछि स्वास्थ्य, शिक्षासहितको विकास पनि क्रमिक रूपमा भएको छ। ढोरपाटन नगरपालिका–८ र ९ मा पर्ने बोबाङ गाउँ विसं २०६६ मा सडकले जोडिएको थियो। त्यसभन्दा अगाडिसम्म यहाँ अधिकांश नागरिकहरूले घोडा, खच्चडमा सामान ढुवानी गरेर प्रयोग गर्थे। गाउँमा सडक पुगेको थिएन। जसले गर्दा स्थानीयको जनजीवन कष्टप्रद नै थियो। घुम्ती बसाइँ गर्ने यहाँका स्थानीय बर्खामा ढोरपाटन र हिउँदमा बोबाङ सर्छन्। कृषि र पशुपालनबाट जीविकोपार्जन गर्दै आएका उनीहरूको जीवनशैली ...
गाउँमै ‘रातो कार्ड’ पाएपछि…
प्रशासन, समाचार, समाज

गाउँमै ‘रातो कार्ड’ पाएपछि…

नेपालअखबार , झापा।  झापाको मेचीनगर नगरपालिका–१५ ज्यामिरगढीकी मीना पाहानले २६ वर्षको उमेरमा अपाङ्गतासम्बन्धी रातो परिचयपत्र पाइन्। जन्मेको छ महिनामा दुवै खुट्टा लुलो भएकी उनको कम्मरमुनिको भाग चल्दैन। अपाङ्गता भएका व्यक्तिको परिचयपत्र सरकारले वितरण गर्छ भन्ने जानकारी नहुँदा यतिका वर्षसम्म परिचयपत्र पाउनबाट बञ्चित हुनु परेको उनले बताइन्। ज्यामिरगढी स्वास्थ्य चौकीमा नगरपालिकाले आज आयोजना गरेको स्वास्थ्य शिविरमा उनले उक्त प्रमाणपत्र पाइन्। ‘ह्विलचेयर बिना एक पाइला पनि हिँड्डुल गर्न सक्दिनँ,’ पाहानले भनिन्, ‘अबदेखि मासिक भत्ता पनि दिने भन्नुभएको छ।’ नगरपालिकाले शिविरमै उनी र उनको परिवारका सदस्यहरूको निःशुल्क स्वास्थ्य बीमासमेत गरिदिएको मेचीनगरकी महिला, बालबालिका तथा समाज कल्याण शाखाप्रमुख जयन्ती खरेलले जानकारी दिइन्। सरकारले अपाङ्गता भएका व्यक्तिहरूलाई रातो, नीलोलगायत चार प्रकारका पर...
माग र उत्पादन वृद्धि भएसँगै च्याउमा व्यवसायमा चुनौती थपियो : मन्त्री अधिकारी
कृषि, समाचार, समाज

माग र उत्पादन वृद्धि भएसँगै च्याउमा व्यवसायमा चुनौती थपियो : मन्त्री अधिकारी

नेपालअखबार , काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले च्याउको माग तथा उत्पादन वृद्धि भएका कारण चुनौती थपिएको बताएका छन् । नेपाल च्याउ किसान सङ्घले आयोजना गरेको च्याउ मेलामा मन्त्री अधिकारीले माग तथा उत्पादन वृद्धि भएकै कारण चुनौतीहरू पनि थपिएको बताएका हुन् । उनले यसलाई सकारात्मक रूपमा लिई चुनौती तथा समस्या समाधान तर्फ अग्रसर हुनुपर्ने तर्क राखे । ‘नेपालीको च्याउ खाने बानी बसेको छ । माग बढ्दो छ र यसको उत्पादन पनि दिनानुदिन वृद्धि भइरहेको छ,’ उनले भने, ‘तथापि समस्या चुनौतीहरू विविध छन् । माग तथा उत्पादनकै कारण चुनौतीहरू पनि थपिएका हुन् यसलाई सकारात्मक रूपमा लिई चुनौती तथा समस्या समाधान तर्फ अग्रसर हुनुपर्छ ।’ नेपालमा व्यावसायिक रूपमा कन्ये, गोव्रे, सिताके, पराले, ग्यानोडर्मा लगायतका च्याउहरूको खेती भइरहेका छन् र बढी तापक्रम (४० डि.से.) मा पनि सहजै उत्पादन गर्न सकिने ...
नाबालिकालाई झुक्याएर विवाह गर्दा…
समाचार, समाज

नाबालिकालाई झुक्याएर विवाह गर्दा…

खोटाङ । जिल्ला प्रहरी कार्यालयले नाबालिकासँग विवाह गर्ने युवक (बेहुला)सहित दुई जनालाई पक्राउ गरेको छ । आफन्तकामा हिँडेकी १३ वर्षीया बालिकालाई बाटैमा रोकेर ललाइफकाइ विवाह गर्ने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाका २८ वर्षीय रमेश राई र बालविवाह गराउनमा संलग्न बालिकाको आफन्त कमला राईलाई प्रहरीले पक्राउ गरेको हो । यही पुस८ गते बालिकासँग विवाह गर्ने रमेशलाई पुस१२ गते र कमलालाई पुस १३ गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयको प्रवक्ता प्रहरी निरीक्षक मोहन पोखरेलले जानकारी दिए । उनका अनुसार पक्राउ परेका दुवै जनाविरुद्ध बालविवाहसम्बन्धी कसुर अन्तर्गतको मुद्दा चलाइएको छ । बालविवाहसम्बन्धी घटना भएको जानकारी पाएपछि फरक–फरक समय तथा ठाउँबाट पक्राउ परेका उनीहरू दुवै जनालाई प्रहरी हिरासतमा राखेर घटनाको विषयमा थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । अभियुक्त उनीहरू दुवै जनालाई जिल्ला अदाल...
आज तमु ल्होछार मनाइँदै
धर्म/संस्कृति, समाचार, समाज

आज तमु ल्होछार मनाइँदै

नेपालअखबार ,पोखरा। गुरुङ समुदायले नयाँ वर्षलाई स्वागत गर्दै आज तमु ल्होछार मनाउँदैछन् । ‘ल्हो’को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु ल्होसार गुरुङ समुदायले नयाँ वर्षका रुपमा भव्यरुपमा मनाउने गर्छन् । ‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ बाहुल्यता रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायतमा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको किम्वदन्ती छ । यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोवास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा यो पर्व मनाइने विश्वास गरिन्छ । पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्व रहेको बताइन्छ । तमु ल्होसारका अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको छ । यस अवसरमा टुँडिखेलमा गुरुङ समुदायले विशेष का...
होटल पौवामा नयाँ वर्ष साँझ हुँदै
समाचार, समाज

होटल पौवामा नयाँ वर्ष साँझ हुँदै

नेपालअखबार ,पोखरा। पोखरा लेकसाईडमा रहेको होटल पौवाले अंग्रेजी नयाँ वर्षको अवसरमा साँस्कृतिक कार्यक्रम गर्ने भएको छ । अंग्रेजी नयाँ वर्ष २०२५ को शुभारम्भका अवसरमा होटलले पुस १६ साँझ ७ बजेदेखि १२ बजेसम्म बृहत सांस्कृतिक कार्यक्रम गर्ने होटल पौवा पोखराका प्रबन्धक केशव भण्डारी जानकारी दिए । कार्यक्रममा गायक सुरज थापा एण्ड ब्याण्डको साँगितिक प्रस्तुति रहने उनले बताए । गायक थापासँगै रितु केसी, तबला मादल बादक रिसु नेपाली, गितारिस्ट प्रविन श्रेष्ठ र विजय बज्राचार्यका साथमा बाँसुरी बादक किरण बरालको सहभागिता रहने उनको भनाइ थियो । कार्यक्रममा प्रवेश निःशुल्क रहेको होटलले जानकारी दिएको छ । नयाँ वर्षको अवसरमा होटल पौवाका अन्य शाखामा पनि साँस्कृतिक कार्यक्रम आयोजना हुने होटल पौवा प्रालिका प्रमुख सञ्चालन अधिकृत कृष्ण गौतमले जानकारी दिए । पोखरासँगै रुपन्देही भैरहवा, दाङको भालुवाङ, दाङकै घोराही र नवरपुरक...
२५५ औं शुभप्रभातमा लियो क्लब अफ हेमजाको सहकार्य
समाचार, समाज

२५५ औं शुभप्रभातमा लियो क्लब अफ हेमजाको सहकार्य

नेपालअखबार , पोखरा । हेमजा साहित्य प्रतिष्ठान नेपालको २५५ औं शुभप्रभात काव्यमाला लियो क्लब अफ हेमजासँगको सहकार्यमा सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रज्ञा–प्रतिष्ठानका परिषद् सदस्य कृष्णप्रसाद पौडेलले वर्तमान समितिले विभिन्न संघसंस्थासँग सहकार्य गर्दै नेपाली साहित्यको श्रीवृद्धिमा उल्लेख्य योगदान पु¥याएको धारणा राखे । प्रतिष्ठानका संस्थापक सचिव कोविदशरण उपाध्यायले वर्तमान कार्यसमिति हिजो केही गर्न सक्दैनन् भन्नेहरुलाई कर्मका माध्यमबाट उत्तर दिन सफल भएको बताए । समाजसेवी ऋषिराम पौडेलले प्रतिष्ठानको वर्तमान कार्यसमितिले संस्थालाई आर्थिक भार नपारी स्रोत जुटाएर कार्यक्रम गरेकामा धन्यवाद व्यक्त गरे । प्रतिष्ठानका संरक्षक वसन्त बाँस्तोला चिन्तितले प्रतिष्ठानले रजत वर्षमा साहित्यका साथै समग्र हेमजालाई लिपिबद्ध गर्न सफल भएको बताए । शुभप्रभातमा भरतचन्द्र गौतम, डा. अनिल थापा, ऋष...
बुर्तिवाङमा बन्यो ५० शय्याको अस्पताल
समाचार, समाज, स्वास्थ्य

बुर्तिवाङमा बन्यो ५० शय्याको अस्पताल

नेपालअखबार ,ढोरपाटन। ढोरपाटन नगरपालिका–१ बुर्तिवाङमा शुक्रबारदेखि ५० शय्याको अस्पताल सञ्चालन भएको छ। यसबाट निसीखोला, तमानखोला र बडिगाड गाउँपालिकाका स्थानीय प्रत्यक्ष लाभान्वित हुनेछन्। गण्डकी प्रदेश सरकारका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले शुक्रबार अस्पतालको सेवा प्रारम्भ गर्दै ५०  शय्याको अस्पतालमा स्तरोन्नतिपछि जनशक्ति व्यवस्थापनको कामलाई अगाडि बढाइएको बताए। विसं २०२१ मा दुई कोठाबाट स्थापना भएको स्वास्थ्य संस्था ६० वर्षपछि अस्पताल बनेको हो। विसं २०६४ मा जिल्ला अस्पतालमा स्तरोन्नति गर्न ३२ करोड लागतमा भौतिक पूर्वाधार निर्माण प्रारम्भ भएको थियो। गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई ५० शय्याको प्रादेशिक अस्पतालका रूपमा सञ्चालन गरिने उल्लेख थियो। अस्पतालमा पूर्वाधार, उपकरण तथा जनशक्ति व्यवस्थापनका लागि १२ क...
अमेरिकामा घरबारविहीनको सङ्ख्या कीर्तिमानी उचाइमा
विश्व, समाचार, समाज

अमेरिकामा घरबारविहीनको सङ्ख्या कीर्तिमानी उचाइमा

नेपालअखबार ,वासिङ्टन डीसी । अमेरिकामा घरबार नहुनेको सङ्ख्या २०२४ मा यस अघि कहिले नदेखिएको स्तरमा उक्लिएको छ । घर जग्गाको भाउ आकासिएको, प्राकृतिक विपद् र ठुला सहरहरूमा आप्रवासीको सङ्ख्यामा भएको वृद्धिका कारण समीक्षा अवधिमा घर नहुने जनसङ्ख्या कीर्तिमानी स्तरमा उक्लिएको बताइएको छ । सहरी विकास मन्त्रालयले शुक्रबार जारी गरेको तथ्याङ्क अनुसार यस वर्ष आश्रयस्थल, अस्थायी घर वा आश्रय नै नभएका मानिसको सङ्ख्या ७ लाख ७० हजार पुगेको छ । गत वर्षको तुलनामा यो १२ प्रतिशत धेरै हो । यो जनसङ्ख्या सन् २००७ मा संघीय सरकारले यस्तो खालको तथ्याङ्क राख्न थाले यताकै धेरै भएको बताइएको छ । अस्थायी रूपमा परिवारका सदस्य वा साथीभाइसँग बसिरहेका मानिसहरू यसमा समावेश नगरिएकोले यो सङ्ख्या घट्न सक्ने बताइएको छ । यो तथ्याङ्क एक वर्ष पुरानो भएको र सर्वेक्षण गर्दा खेरिको तुलनामा अहिले अमेरिकी सीमामा घर भाडा र अवस्था दुवै ...
अछाममा मरेको कुखुराको मासु खाएपछि किशोरको मृत्यु
समाचार, समाज, स्वास्थ्य

अछाममा मरेको कुखुराको मासु खाएपछि किशोरको मृत्यु

नेपालअखबार ,कैलाली। अछाममा मरेको कुखुराको मासु खाएपछि बिरामी भएका एक किशोरको मृत्यु भएको छ भने परिवारका अन्य तीनजना बिरामी भएका छन् । कमलबजार नगरपालिका-३ बयलाका १५ वर्षीय कमल विकको आइतबार मृत्यु भएको अछामका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) ईश्वरीप्रसाद भण्डारीले जानकारी दिए विकले शुक्रबार स्थानीय मासु पसलबाट ल्याएको मरेको कुखुराको मासु खाएको थिए । मासु खाएपछि बिरामी भएका विकको आइतबार मृत्यु भएको भण्डारीले बताए । उनका अनुसार कुखुराको मासु खाने मृतककी हजुरआमा ७० वर्षीय नाम विक, उनकी १४ वर्षीय नातिनी सीता विक र नाति ९ वर्षीय विकास विक पनि बिरामी भएका छन् । उनीहरूको जिल्ला अस्पतालमा उपचार भइरहेको डीएसपी भण्डारीले बताए । मरेको कुखुराको मासु खाएपछि मृतक किशोरसहित परिवारका अन्य सदस्यमा पेट दु:ख्ने, बान्ता गर्ने लगायतका स्वास्थ समस्या देखिएको थियो। मृतक किशोरका आमाबुवा रोजगारीका...