Monday, August 10

समाज

२० औं लेखनाथ महोत्सव (बिहिबार)आजबाट
अर्थ, समाचार, समाज

२० औं लेखनाथ महोत्सव (बिहिबार)आजबाट

नेपालअखबार,लेखनाथ । ‘‘महोत्सव लेखनाथको संस्कृति, स्थानिय उत्पादन विकास र सम्मृद्धि’’ भन्ने मुल नाराका साथ लेखनाथमा सञ्चालन हुन गईरहेको २० औं संस्करणको लेखनाथ महोत्सवको तयारी पुरा भएको छ । लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा सञ्चालन हुने महोत्सवको शतप्रतिशत तयारी पुरा भएको र विहिबार एक समारोहका विच गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गर्ने कार्यक्रम रहेको महोत्सवका मुल संयोजक एवं लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष विनोद श्रेष्ठले जानकारी दिए । श्रेष्ठले लेखनाथ उद्योग वाणिज्य संघले २०५८ साल देखि सुन्तला प्रदर्शनीबाट सुरु गरेको महोत्सवलाई समयानुकूल परिष्कृत गर्दै २०६१ साल देखि वार्षिक रुपमा लेखनाथ महोत्सव गर्दै आएको र विभिन्न जात÷जाति भाषा÷भाषीलाई एकै थलोमा उपस्थीत गराएर लेखनाथ क्षेत्रको पहिचान गराउने उद्धेश्यले महोत्सवको आयोजना...
बाल गायक सचिन परियारको निधन
समाचार, समाज

बाल गायक सचिन परियारको निधन

नेपालअखबार,काठमाडौँ । चर्चित बालगायक सचिन परियारको निधन भएको छ । उपचारको क्रममा बिहीबार बिहान १०ः४५ बजे त्रिवि शिक्षण अस्पतालमा उनको निधन भएको अस्पतालले जनाएको छ । १३ वर्षीय सचिनको केही दिनदेखि आईसीयूमा उपचार भइरहेको थियो । अघिल्लो वर्षदेखिनै स्वास्थ्य समस्याका कारण थलिएका उनको कम्मरमुनिको भाग राम्रोसँग चल्दैन थियो । यसअघि शल्यक्रिया गरेर तंग्रिएका सचिन आफ्नै बलमा उभिन नसक्ने अवस्थामा थिए । भाइरल बालगायकका रुपमा परिचित सचिन थुप्रै गीत गाएका छन्, भने अभिनेता राजेश हमालसँग एक म्युजिक भिडियो अभिनय गरेका छन् । हास्य श्रृखला ‘मेरी बास्सै’मा पनि अभिनय गरेका उनको ‘रातो रबर एक’, ‘रुमाल खस्छकी’, ‘के छ र हजुर’, ‘बरको छाँयाले’लगायत गीत चर्चित छन् ।...
मोन्टेनेग्रोमा गोली चल्दा दुई बच्चासहित १० जनाको मृत्यु
विदेश, समाचार, समाज

मोन्टेनेग्रोमा गोली चल्दा दुई बच्चासहित १० जनाको मृत्यु

नेपालअखबार,काठमाडौं । युरोपेली देश मोन्टेनेग्रोमा गोली चल्दा दुई बच्चासहित १० जनाको मृत्यु भएको छ । चार जना गम्भीर घाइते छन् । यो घटनापछि मोन्टेनेग्रो सरकारले विहीबारदेखि तीन दिनसम्म राष्ट्रिय शोक घोषणा गरेको छ । प्रहरी अधिकारीहरुका अनुसार देशको दक्षिणी क्षेत्रको रेष्टुरेन्टमा बुधबार एक हतियारधारीले आक्रमण गरेका थिए । आक्रमणपछि उनले आफैंलाई गोली हानी आत्महत्या गरेका थिए । सरकारका गृहमन्त्रीका अनुसार बन्दुकधारीले एकै परिवारका सदस्य, रेष्टुरेन्ट मालिक र दुई बच्चाको हत्या गरेका हुन् । यो घटनालाई उनले ‘भयानक घटना’ भनेका छन् ।समाचार एजेन्सी एएफपीका अनुसार गोली लागेर चार जना घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।...
हिमाललाई नजिकबाट नियाल्ने गन्तव्य कपुचे ताल
पर्यटन, समाचार, समाज

हिमाललाई नजिकबाट नियाल्ने गन्तव्य कपुचे ताल

नेपालअखबार,कास्की। आँखै अगाडि ड्वाङड्वाङ आवाजसहित हिउँ पहिरो झर्ने कास्कीको मादी गाउँपालिका वडा नं १ स्थित कपुचे ताल नजिकबाट हिमाललाई नियाल्न सकिने गन्तव्यका रुपमा विकास भएको छ । अन्नपूर्ण दोस्रो र चौथो हिमालको बीचबाट कुनै समयमा हिमपहिरो बनेको अनुमान गरिने यस ताल समुद्री सतहबाट जम्मा दुई हजार चार सय २१ मिटर उचाइमा रहेको छ । कूल दश हजार चार सय ४० वर्गमिटर क्षेत्रफलमा फैलिएको कपुचेलाई विश्वकै कम उचाइमा भएको हिमतालका रुपमा दाबी गरिएको मादी गाउँपालिका वडा नं १ का वडाध्यक्ष देवीजङ्ग गुरुङले बताए । आँखै अगाडि हिमाल, हिमापहिरोका साथै हरियो र निलो मिश्रित रङको तालको पानीमा घामका किरणहरू पर्दाको मनोरम दृश्य नै यहाँको प्रमुख आकर्षण हो । कपुचे हिमताललाई स्थानीय गुरुङ भाषामा क्हफुचे भनिने बताउँदै वडा अध्यक्ष गुरुङले क्हको अर्थ हिउँ, फुको अर्थ डल्लो र चेको अर्थ समथर भूभाग भन्ने रहेको बताए । क्...
नेपालगञ्ज नाकाबाट ५९८ जनाको उद्धार
प्रशासन, समाचार, समाज

नेपालगञ्ज नाकाबाट ५९८ जनाको उद्धार

नेपालअखबार,नेपालगञ्ज। माइती नेपाल नेपालगञ्ज सन् २०२४ मा नेपालगञ्ज नाकाबाट जोखिमपूर्ण यात्रामा रहेका पाँच सय ९८ जनाको उद्धार गरिएको जनाएको छ। नेपाल पत्रकार महासंघ बाँके शाखाको आयोजनामा मानव बेचबिखन तथा ओसारपसारविरुद्ध सञ्चारकर्मीसँगको मंगलबार भएको अन्तरक्रियामा माइती नेपाल नेपालगञ्जका संयोजक केशव कोइरालाले सन् २०२४ मा भारतलगायत विभिन्न देशमा जोखिमपूर्ण यात्रामा निस्केका महिला तथा बालिकाको उद्धार गरिएको जानकारी दिए। उनका अनुसार काम, विवाह, घुमघाम, किनमेललगायतको बहाना बनाएर नाका पार हुन थालेका शंकास्पद व्यक्तिलाई केरकार गर्दा जोखिमपूर्ण यात्रामा रहेको पाइएपछि उनीहरूलाई नेपाल फिर्ता गरिएको हो। संयोजक कोइरालाले एक वर्षमा सात सय ७७ जनाको खोजतलासको निवेदन परेको र चार सय सात जना फेला परेको बताए। भारत तथा तेस्रो मुलुकमा पुगेकाहरू सम्पर्कमा नआएपछि आफन्तीले खोजतलासको निवेदन दिने गर्दछन्। संय...
म्याग्दीमा धान र कोदोको उत्पादन बढ्यो
कृषि, समाचार, समाज

म्याग्दीमा धान र कोदोको उत्पादन बढ्यो

नेपालअखबार,म्याग्दी । गत वर्षको तुलनामा यस वर्ष म्याग्दीमा धान र कोदोको उत्पादनमा वृद्धि भएको छ । कृषि ज्ञान केन्द्रका अनुसार यो वर्ष धान पाँच प्रतिशत र कोदो उत्पादनमा दुई प्रतिशतले वृद्धि भएको छ । साथै कोदो र अन्य तरकारी तथा फलफूल उत्पादनमा पनि विगतका वर्षहरुमा भन्दा बृद्धि भएको कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत गंगा लामिछानेले बताए । एक नगरपालिका र पाँच वटा गाउँपालिका रहेको जिल्लाको विभिन्न स्थानमा रोपिएको धानको गत वर्षको तुलनामा यस वर्ष उत्पादन बढेको हो । चालु आर्थिक वर्षमा तीन  हजार आठ सय छ हेक्टर जमिनमा धान रोपिएकामा १३ हजार छ सय ६४ मेट्रिक टन उत्पादन भएको केन्द्रले जनाएको छ । गत वर्ष सोही क्षेत्रफलमा १२ हजार नौ सय ७९ मेट्रिक टन उत्पादन भएको थियो । अनुकूल, मौसम रोगको कम प्रभाव,  रोपाइँका बेला पर्याप्त वर्षा र बालीलाई पानी आवश्यक परेका बेला पनि वर्षा भएकाले विगतको तुल...
इस्वी सनको नयाँ वर्ष २०२५ सुरू
समाचार, समाज

इस्वी सनको नयाँ वर्ष २०२५ सुरू

नेपालअखबार,काठमाडौँ ।ग्रेगोरियन पात्रोअनुसार आजदेखि नयाँ वर्ष इस्वी संवत्  २०२५ सुरू भएको छ। जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी संवतको सुरूआत भएको मान्यता छ। पोप ग्रेगोरियनले जुलियन पात्रो अनुसारको संवत्लाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई ग्रेगोरियन पात्रो अनुसारको नयाँ वर्ष भनिन्छ। जुलियन पात्रो शासक जुलियस सिजरले प्रचलनमा ल्याएका थि । विवादकै कारण यो पात्रो रसियाले २०० वर्षपछि मात्र प्रचलनमा ल्याएको पूर्वप्रशासक एवं ज्योतिषाचार्य डा खिलानाथ बस्ताकोटी बताउँछन्। विवाद भए पनि उपनिवेशकालमा विभिन्न स्थानमा यो संवत् लादेकाले हाल यसको विश्वव्यापी प्रचार छ। यो संवत् नेपालमा प्रचलनमा नभए पनि भ्रमणमा आउने विदेशीले यसको प्रयोग गर्छन्। केही वर्ष अघिदेखि नेपालका विभिन्न स्थानमा इस्वी संवत् मनाउने गरिएको छ। विदेशी पर्यटकको भीडभाड हुने काठमाडौंको ठमेल, बौद्ध, पो...
गैँडाको आक्रमणबाट एक जनाको मृत्यु, पाँच घाइते
समाचार, समाज

गैँडाको आक्रमणबाट एक जनाको मृत्यु, पाँच घाइते

नेपालअखबार,चितवन । गैँडाको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । रत्ननगर नगरपालिका–१३ जयमङ्गलामा गैँडाको आक्रमणबाट एक महिलाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार स्थानीय जङ्गलबाट गैँडा बस्तीमा प्रवेश गरेपछि घटना भएको छ । मृत्यु हुनेमा रत्ननगर–१६ बस्ने ७० वर्षीया कृष्णाकुमारी थापा रहेकी छन् । दिउँसो पौने २ बजे गैँडाको आक्रमणबाट गम्भीर घाइते भएकी थापाको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो ।गैँडाको आक्रमणबाट अन्य पाँच जना घाइते भएका छन् । घाइते हुनेमा मृतक थापाका श्रीमान् ७८ वर्षका डम्बरबहादुर थापा, रत्ननगर–१२ का ७२ वर्षका चेतनाथ चौलागाई वडा नं १२ कै ३९ वर्षीया सीता पोखरेल, २५ वर्षीया पुजन विक, रत्ननगर–१४ की ६० वर्षीया मीना गुरूङ रहेका छन् । घाइतेको भरतपुर अस्पताल र चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । उनीहरूको अवस्था ख...
राजमार्ग छेउमा मकै पोलेरै जिविका
समाचार, समाज

राजमार्ग छेउमा मकै पोलेरै जिविका

नेपालअखबार,मोरङ । बेलबारी नगरपालिका ११ लक्ष्मीमार्ग घर भएका मेघराज बस्नेतले पाँच वर्षदेखि पूर्व पश्चिम राजमार्गमा पर्ने बेलबारी–८ स्थित चिसाङ खोला छेउमा मकै पोलेर बेच्दै आएका छन् । मकै पोलेरै पाँचजनाको परिवारको जिविका चलाउँदै आएका उनले भने, “व्यापारको टुङ्गो त हुँदैन, तर औसतमा दैनिक एक हजारदेखि एक हजार पाँच सय सम्म आम्दानी हुन्छ ।” उनका अनुसार हाल रु २५ प्रतिघोगा किनेको हरियो मकै रु ४० प्रतिघोगाले बिक्री हुन्छ । बेलबारी–१० भाउन्ने घर भएका रमेश कुँवरले पनि मेघराजले झैँ सोही स्थानमा मकै पोलेर बिक्री गर्दै आएका छन् । घरमै होटल व्यवसाय सञ्चालन गरेका उनले कोरोनाका कारण व्यवसाय ठप्प भएपछि मकै पोलेर बेच्न थालेका हुन् । हाल यो पेसाप्रति सन्तुष्ट रहेको उनले बताए । कुँवरका अनुसार राजमार्गमा यात्रारत अधिकांशले यहाँ गाडी रोकेका बेला पोलेको मकै किनेर खाने गर्छन् । कानेपोखरी गाउँपालिका–५ बाट ...
किवीबाट जाम र वाइन, फल बिक्रीबाट भन्दा दोब्बर आम्दानी
अर्थ, समाचार, समाज

किवीबाट जाम र वाइन, फल बिक्रीबाट भन्दा दोब्बर आम्दानी

नेपालअखबार ,त्रिशूली। दुप्चेश्वर गाउँपालिकाले स्थानीय किसानले उत्पादन गरेको किवीको प्रशोधन गरी जाम र वाइन उत्पादन सुरु गरेको छ। गाउँपालिकाको प्राविधिक सहयोगमा उत्पादन मात्रै नभइ जाम र वाइनको बजारीकरण पनि गरिरहेको छ। दुप्चेश्वर गाउँपालिकाले ‘पोस्ट हार्भेस्ट मूल्य शृंखला अभिवृद्धि कार्यक्रम’मार्फत वडा नं. २ कडेनीका किवी प्रशोधन गरी गाउँमै जाम बनाउन सुरु गरेको गाउँपालिका अध्यक्ष शङ्करबहादुर थापाले जानकारी दिए। उनका अनुसार बजारमा फलभन्दा जाम उत्पादन गरेर बिक्री गर्दा किसानले दोब्बर बढी आम्दानी पाइरहेका छन्। किवीको बिक्रीबाट किसानले प्रतिकेजी २५० सम्म पाएका छन्। सोही परिणामको किवीको प्रशोधन गरेर तयार गरिएको जामबाट दोब्बर लाभ लिएका छन्। 'किसानले व्यावसायिक रूपमा गरेको किवी खेतीको उत्पादित फल स्थानीय बजारदेखि राजधानी काठमाडौँसम्म लगेर बिक्री गर्दा भोगिरहेको समस्या समाधानका लागि पालिका...