Tuesday, August 11

समाज

सौराहामा हात्तीलाई वनभोज खुवाइयो
समाचार, समाज

सौराहामा हात्तीलाई वनभोज खुवाइयो

नेपालअखबार ,चितवन । चितवनको सौराहामा जारी १८ औ हात्ती तथा पर्यटन महोत्सव अन्तर्गत हात्तीलाई वनभोज खुवाइएको छ । सधैँ जंगल सफारीमा व्यस्त रहने हात्तीहरूलाई शनिवार वनभोज खुवाइएको हो । वनभोजमा हात्तीलाई मन पर्ने उखु, गुलियो भात, ड्रागन फ्रुट, हरियो मकै, खरबुजा, फर्सी, कुची लगायतको विभिन्न परिकारहरू दिइएको महोत्सवका संयोजक रामकुमार अर्यालले बताए । हात्ती महोत्सवमा हात्ती मैत्री खेलका साथ साथै हात्तीलाई मनोरञ्जन गराउन वनभोजको आयोजना गरिएको संयोजक अर्यालले बताए । वनभोजमा ३५ वटा निजी हात्तीहरूलाई सहभागी गराइएको थियो । महोत्सवमा हात्तीले वनभोज खाएको हेर्न दर्शकहरूको घुइँचो लागेको थियो । हात्तीको वनभोज महोत्सवको मुख्य आकर्षण रहेको छ । क्रिसमस र अङ्ग्रेजी नयाँ वर्षको अवसरमा चितवनमा पर्यटकहरूको बसाई लम्बाउने उद्देश्यले हात्ती महोत्सव आयोजना गरिएको हो ।...
भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको शनिबार राजकीय सम्मानका साथ अन्त्येष्टि
राजनीति, विदेश, समाचार, समाज

भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको शनिबार राजकीय सम्मानका साथ अन्त्येष्टि

नेपालअखबार ,काठमाडौं । भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको शनिबार राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । ९२ वर्षको उमेरमा बिहीबार राति निधन भएका सिंहको नयाँ दिल्लीको निगमघाटमा अन्तिम संस्कार गरिएको हो । उनको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली दिन भारतीय राष्ट्रपति द्रौपदी मुर्मू, प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमिल शाह, कांग्रेस अध्यक्ष मल्लिकार्जुन खर्गे, नेता राहुल गान्धीलगायत पुगेका थिए । त्यसअघि सिंहको पार्थिव शरीरलाई उनको निवासबाट बिहान कांग्रेस मुख्यालयमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको थियो । पूर्वप्रधानमन्त्री सिंहको निधनमा भारत सरकारले सात दिने राष्ट्रिय शोकको घोषणा गरेको छ भने कांग्रेसले सातै दिन आफ्ना सबै कार्यक्रम स्थगित गरेको छ ।...
हुम्लामा हिमपात
समाचार, समाज

हुम्लामा हिमपात

नेपालअखबार ,सिमकोट। हिमाली जिल्ला हुम्लासहित कर्णालीका उच्च जिल्लामा शुक्रबार रातिदेखि हिमपात भइरहेको छ। शुक्रबार दिउँसो घाम नलागेर मौसममा आएको फेरबदलले बाक्लो बादल लागेका कारण रातिदेखि हिमपात भएको हो। शनिबार बिहान सदरमुकाम सिमकोटमा चार इञ्च हिउँ जमेको छ भने उत्तरी नाम्खा गाउँपालिकामा दुई फिटसम्म हिउँ परेको बताइएको छ। हुम्लामा तेस्रो पटक हिमपात हुँदा किसानलाई राहत मिलेको स्थानीय गौगोरा बोहराले बताए। यतिबेला परेको हिउँले जेठासी बालीको उत्पादन राम्रो हुने हुम्लाका किसानको भनाइ छ। यस्तै सदरमुकाम सिमकोटसहित उत्तरी नाम्खा गाउँपालिकामा जनजीवन प्रभावित बनाएको छ। शनिबार बिहान हिमपात भइरहेकाले यहाँका स्थानीय चिसोले घर बाहिर निस्कन नसकेको बताइएको छ। हिमपात हुँदा यहाँको तापक्रम माइनसमा झरेको छ । यस्तै अन्तर जिल्ला जोड्ने एकमात्रै हवाई सेवा अवरुद्ध भएको छ। हिमपात भइरहेकाले हवाई सेवा अवर...
काठमाडौंसहित आज देशभरको मौसम बदली, सामान्य वर्षा  हुने
समाचार, समाज

काठमाडौंसहित आज देशभरको मौसम बदली, सामान्य वर्षा हुने

नेपालअखबार ,काठमाडौँ । काठमाडौंसहित आज देशभरको मौसम बदली भएको छ। उपत्यकामा धुम्म बादल लागेको छ । देशमा पश्चिमी वायुको साथै पश्चिमी न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेकाले मौसम बदली भएको हो। कतिपय स्थानमा दिउँसोतिर सामान्य वर्षासमेत हुने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मौसमविद् सञ्जीव अधिकारीका अनुसार हाल सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश तथा बागमती प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ। उनका अनुसार हिजो साँझ पश्चिम नेपालबाट बदली सुरू भई आज अधिकांश क्षेत्रमा फैलिएको हो। सुदूरपश्चिम प्रदेश तथा कर्णाली प्रदेशका थोरै स्थानमा हल्का वर्षा समेत भइरहेको महाशाखाले आज बिहान जारी गरेको बुलेटिनमा उल्लेख छ। सुदूरपश्चिम प्रदेश तथा कर्णाली प्रदेशका उच्च पहाडी त...
सर्वोच्च अदालतका पूर्वन्यायाधीश वस्तीको निधन
समाचार, समाज

सर्वोच्च अदालतका पूर्वन्यायाधीश वस्तीको निधन

नेपालअखबार ,काठमाडौं । सर्वोच्च अदालतका पूर्वन्यायाधीश प्रकाश वस्तीको निधन भएको छ । पारिवारिक एवं अस्पताल स्रोतका अनुसार, हृदयघातका कारण शुक्रबार राति उनको निधन भएको हो । हृदयघातपछि उनलाई थापाथलीस्थित नर्भीक अस्पतालमा लगिएको थियो । उनी करिब ६ वर्ष सर्वोच्च अदालतको अतिरिक्त न्यायाधीश थिए । २२ भदौं २०६५ मा नियुक्त भएका उनी पदावधि नथपिएपछि २९ चैत, २०७० मा अस्थाथी न्यायाधीशबाटै अवकाश भएका थिए । सर्वोच्च अदालतबाट अवकाश भएपछि उनी ६ वर्ष मानव अधिकार आयोगको सदस्य बने । पूर्वप्रधानन्यायाधीश अनुपराज शर्मा नेतृत्वको आयोगमा उनी २ कात्तिक २०७१ देखि १ कात्तिक २०७७ सम्म सदस्यको रुपमा काम गरेका थिए । त्यसपछि अवकाशयुक्त जीवन बिताइरहेका उनी न्याय र कानूनको क्षेत्रमा अध्ययन, अनुसन्धान एवं पुस्तक लेखनमा संलग्न थिए । २०६४ सालमा सर्वोच्च अदालत बार एशोसिएसनले गठन गरेको ‘न्यायपालिका जनआस्था अभिवृद्धि अध्...
सर्लाहीका किसानलाई तरुल खन्न भ्याइ नभ्याइ
कृषि, समाचार, समाज

सर्लाहीका किसानलाई तरुल खन्न भ्याइ नभ्याइ

नेपालअखबार ,सर्लाही । सर्लाहीको बागमती नगरपालिका–५, टेकानीका दलबहादुर लुङ्गेलीलाई हिजोआज तरूल खन्न भ्याइनभ्याइ छ । उनले बागमती बगरमा पाँच कट्ठा खेतमा तरूल लगाएका हुन् । चाडबाडको मुखमा मूल्यसमेत राम्रो पाइने भएकाले पुसको तेस्रो सातासम्म तरूल बेचिसक्ने उनको योजना छ। ‘तरूलको मूल्य माघेसङ्क्रान्तिमा राम्रो पाइन्छ’, उनले भने, ‘त्यसकारण पुस २५/२६ सम्म बेचिसक्ने योजना छ।’ तरूल स्वस्थ्यका दृष्टिले चिसो मौसममा उपयोगी मानिने भएकाले यसबेला मूल्य बढ्ने गरेको छ। दलबहादुरझैँ यहाँका किसानहरुलाई माघेसङ्क्रान्ति नजिकिएसँगै तरूल खन्न भ्याइनभ्याइ छ । बागमती नगरपालिका–५ स्थित बागमती नदी उकास जमिनमा किसानले ठूलो क्षेत्रफलमा तरूल खेती गर्ने गरेका छन् । बालुवा तथा खोलाको पाँगो माटो भएका जग्गामा तरूल उत्पादन राम्रो हुने गरेको स्थानीय किसान हिरालाल मण्डलको भनाइ छ। ‘बगरको खेती सुन जस्तै बनेको छ’, उनले भने,...
२६ औँ पोखरा सडक महोत्सवको सम्पूर्ण तयारी पुरा
अर्थ, समाचार, समाज

२६ औँ पोखरा सडक महोत्सवको सम्पूर्ण तयारी पुरा

नेपालअखबार ,पोखरा । रेवान पोखराको आयोजनामा शनिबारदेखि पोखरामा शुरु हुने २६ औँ पोखरा सडक महोत्सवको सम्पूर्ण तयारी पुरा भएको छ । महोत्सवको नेपाल सरकारका प्रवक्ता समेत रहेका सञ्चार मन्त्री पृथ्वीसुब्बा गुरुङ्गले उद्घाटन् गर्ने आयोजक रेवान पोखराले जनाएको छ । कोमागाने पार्कमा हुने उद्घाटन समारोह अघि खहरेबाट विभिन्न जातजाती, ६० बढी आमा समुह, पर्यटन सम्बद्ध विभिन्न संघसंस्था लगायतको उपस्थितीमा साँस्कृतीक झाँकी सहित ¥याली निस्कने छ महोत्सव संयोजक विकास भट्टराईले जानकारी दिए । आयोजक समितिका अध्यक्ष विश्वराज पौडेलका अनुसार महोत्सव सफल पार्न गठित विभिन्न समिति, उप–समितिले आ–आफ्नों तयारी पुरा गरेका छन् । महोत्सव तयारीका लागि रेवान पोखराले सुरक्षा परिषद् बैठक, स्वास्थ्य समितिको बैठक, सांस्कृतिक समूहको बैठक, लगायतका बैठकहरू सम्पन्न गरेको थियो । कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, जिल्ला ...
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडानका लागि निरन्तर पहल
समाचार, समाज

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडानका लागि निरन्तर पहल

नेपालअखबार ,पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन भएको दुई वर्ष पुग्न लागेको छ । सन् २०२३ जनवरी १ मा सञ्चालनमा आएको विमानस्थलमा अझै नियमित अन्तर्राष्ट्रिय उडान भने हुन सकेको छैन ।  पर्यटन राजधानीका रूपमा रहेको पोखरास्थित यो विमानस्थल सञ्चालनमा ल्याउन सके पर्यटन प्रर्द्धनमा उल्लेख्य टेवा पुग्ने भन्दै यहाँका सरोकार भएकाहरूले निरन्तर चासो दिँदै आएका छन् । विशेष गरी स्थानीय पर्यटन व्यवसायीहरू सरोकार भएका निकायसँगको छलफल तथा प्रवर्द्धनात्मक उडानमार्फत नियमित र व्यावसायिक रूपमा सञ्चालनका लागि ध्यानाकर्षण गराइरहेका छन् ।  नेपाल एसोसिएसन अफ टुर्स एन्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) गण्डकीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणका पदाधिकारीहरूसँग छलफल गर्दै प्रवद्र्धनात्मक उडानमार्फत पहल गरिरहेको छ । यसैबीच, पोखरामा हुन लागेको ड्रागन बोट रेस...
रवि लामिछानेको बयान सकियो
प्रशासन, समाचार, समाज

रवि लामिछानेको बयान सकियो

नेपालअखबार ,पोखरा । पोखराको सूर्यदर्शन सहकारी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बयान सकिएको छ । दुई दिन लगाएर लिइएको रविको बयान शुक्रबारबाट सकिएको अदालतका स्रेस्तेदार राजन खनालले जानकारी दिए। जिल्ला न्यायाधीश नीतिज राईको इजलासमा लामिछानेको बयान लिइएको थियो । उनका अनुसार अहिलेसम्म छविलाल जोशी, लिला पछाईं र रविको बयान सकिएको छ । अब नेचर हर्ब्सका सञ्चालक रामबहादुर खनाल, पूर्व सांसद मीना गुरूङ, पूर्व कोषाध्यक्ष आरती गुरूङ, पूर्वसञ्चालक ललितबहादुर गुरूङ, पूर्व सञ्चालक कृष्णबहादुर गुरूङको बयान बाँकी छ । कृष्णबहादुर बिरामी परेकाले उनको बयान अदालतमा नहुनसक्ने प्रहरी स्रोतले जानकारी दिएको छ । सबै प्रतिवादीहरूको बयान सकिएपछि मात्र थुनछेकको बहस र आदेश हुने अदालतले जनाइएको छ । गत आइतबार जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीले सहकारीको रकम अपचलनको आरोपमा...
महासचिव वैद्य अस्पताल भर्ना
राजनीति, समाचार, समाज

महासचिव वैद्य अस्पताल भर्ना

नेपालअखबार ,काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मोहन वैद्य अस्वस्थ भएका छन् । एक्कासि दम बढेपछि वैद्यलाई महाराजगन्जस्थित टिचिङ अस्पताल भर्ना गरिएको सो पार्टीका एक नेताले जानकारी दिए । बिहीबार १३२ औँ माओ दिवसको अवसरमा कृष्णसेन ‘इच्छुक’ प्रतिष्ठानमा पार्टीले राखेको कार्यक्रम सहभागी भएका थिए । कार्यक्रममै उनी अस्वस्थ भएपछि राति नै अस्पताल भर्ना गरिएको उनले जानकारी दिए । उनकाअनुसार वैद्यको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ ।...