Monday, August 10

समाज

कवाड व्यवसायी संघर्ष समितिले काठमाडौँ महानगरपालिका घेराउ गर्ने
समाचार, समाज

कवाड व्यवसायी संघर्ष समितिले काठमाडौँ महानगरपालिका घेराउ गर्ने

नेपालअखबार,काठमाडौँ । कवाड व्यवसायी संघर्ष समितिले काठमाडौँ महानगरपालिका घेराउ गर्ने भएको छ । समितिले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महानगरले व्यवसायबाट विस्थापित गराउन अनावश्यक दुःख दिएको भन्दै आगामी पुस १४ गते महानगरको कार्यालय घेर्ने जनाएको हो । पत्रकार सम्मेलनमा  कवाड व्यवसायी संघर्ष समितिका संयोजक राम केवल गुप्ताले अब आफूहरु काठमाडौँ महानगरविरुद्ध आन्दोलनमा जान लागेको जानकारी दिए । साथै, काठमाडौँ महानगर प्रहरीहरूले कवाड व्यवसायीलाई दुःख दिएको, हातपात गरेको, कुटपिट गरेको र गाली बेइनजती गरेको उनले बताए । उनले अदाललते कवाड नहटाउन आदेश दिएपनि महानगरले त्यसको विपरीत काम गरिरहेको उल्लेख गरे ।...
तेह्रथुमको चोत्लुङ ‘पार्क’ लिम्बू संस्कृति अध्ययन केन्द्र बन्दै
पर्यटन, समाचार, समाज

तेह्रथुमको चोत्लुङ ‘पार्क’ लिम्बू संस्कृति अध्ययन केन्द्र बन्दै

नेपालअखबार,तेह्रथुम। लालीगुराँस नगरपालिका–३ वसन्तपुरमा निर्मित चोत्लुङ ‘पार्क’ पर्यटनसँगै याक्थुङ (लिम्बू) संस्कृति अध्ययनको केन्द्रका रूपमा विकसित भएको छ। प्रकृति, संस्कृति र इतिहासको सम्मिश्रण चोत्लुङ पार्कमा परम्परागत वास्तु शैलीमा निर्मित घरहरू, ढुंगा बिछ्याएर बनाइएका फलैँचा र बिसौनीले लिम्बू संस्कृति मात्र झल्काउँदैन पार्क पुग्ने पर्यटकको मन पनि लोभ्याउँछ। गुराँसे जंगलको बीचमा रहेको पार्कमा फुन्जिङ्बा (पैंयूँ, सिङ्चांगथो याम्चांगो (धसिंगरे), ते लासे (केरा), लि सिङ्फा (मलिबाँस) जस्ता मुन्धुममा वर्णित वनस्पति रोपिएका छन्। मुन्धुममा वर्णन गरिएजस्तो अग्लाअग्ला ढुंगा गाडिएका छन् र तीनको फेदमा दुबो रोपिएको छ। पार्कमा मुन्धुमी सभ्यता प्रतिविम्बित भएको अनुभूत हुने चोत्लुङ पार्कमा घुम्दै भेटिएका इलामका पर्यटक चञ्चल लिम्बूले बताए। युट्युब र फेसबुकमा चोत्लुङ पार्क देखेर घुम्न आएको उनले ...
विपद् प्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी किट’
समाचार, समाज

विपद् प्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी किट’

नेपालअखबार, काभ्रे। विपद् प्रभावित महिला तथा किशोरीलाई नेपाल रेडक्रस सोसाइटी काभ्रेले ‘डिग्निटी किट’ वितरण गरेको छ । गत असोज १० देखि १२ को अविरल वर्षापछिको बाढी तथा पहिरो प्रभावित काभ्रेका महिला तथा किशोरीका लागि रेडक्रस काभ्रेले ‘डिग्निटी किट’ वितरण गरेको हो । संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (युनएफपिए) र रेडक्रसको अन्तराष्ट्रिय समिति (आइसिआरसी) को सहयोगमा नेपाल रेडक्रस सोसाइटी केन्द्रीय समितिमार्फत प्राप्त ७ हजार ५४२ थान ‘डिग्निटी किट’ काभ्रे शाखाले बेथानचोक, रोशी गाउँपालिका र पनौती नगरपालिकामा वितरण गरिरहेको हो । बाढी तथा पहिरो प्रतिकार्य कार्यक्रम अन्तर्गत पनौती र रोशीमा २ हजार ५०० थान र रोशीमा २ हजार ५४२ थान ‘डिग्निटी किट’ वितरण गरिएको कार्यक्रम संयोजक रघुनाथ हुमागाईले जानकारी दिए । ‘डिग्निटी किट’ मा महिला तथा किशोरीले प्रयोग गर्ने कपडाका साथै सरसफाईका सामाग्री छन् । कार्यक्...
मासु र मदिरा नचल्ने माङ्सेबुङ गाउँ
समाचार, समाज

मासु र मदिरा नचल्ने माङ्सेबुङ गाउँ

नेपालअखबार,मङ्गलवारे । इलाममा यस्तो गाउँ छ जहाँ मासु र मदिरा सेवन प्रतिबन्ध छ । लिम्बु समुदाय बाहुल्यता रहेको माङ्सेबुङमा शाकाहारी भोजन मात्रै चल्छ । चुरोट, बिडी, खैनी र मदिराको सेवन निषेध छ । यो स्थानीय सरकारले बनाएको कानुन भने होइन, स्थानीय आफैले यसको पालना गरिरहेका छन् । “कसैले बाहिर गएर खायो भने उनीहरू नै जानुन् तर गाउँमा भने चल्दैन”, स्थानीय अग्रज  केहेरसिंह योङहाङले सुनाए । उनका अनुसार यहाँका होटल तथा रेष्टुरेन्टमा पनि मासु पाक्दैन र मदिरा बिक्रीका लागि राखिँदैन । माङ्सेबुङ गाउँपालिका ३ र ५ नम्बर वडामा पर्ने सो गाउँका मानिसले बाहिर जाँदा समेत निषेधित वस्तु सेवन नगर्ने गरेको स्थानीयको दाबी छ । करिब एक हजार पाँच सय परिवार बसोबास गर्ने सो क्षेत्रमा उनीहरुले कहिल्यै पनि मदिरा र मासु सेवन गर्दैनन् । यहाँका मानिसले किरात धर्म मान्छन् । सो धर्म मानेपछि हत्या, हिंसा र फटाई गर्न नहुने म...
चाडपर्वले राष्ट्रिय एकतालाई मजबुत बनाउन महत्त्वपूर्ण योगदान दिएका छन् : अध्यक्ष नेपाल
धर्म/संस्कृति, राजनीति, समाचार, समाज

चाडपर्वले राष्ट्रिय एकतालाई मजबुत बनाउन महत्त्वपूर्ण योगदान दिएका छन् : अध्यक्ष नेपाल

नेपालअखबार,काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले  इसाई धर्मावलम्बीहरूको महत्त्वपूर्ण पर्व 'क्रिसमस डे'को उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्णमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, आपसी सद्भाव, एकता, भ्रातृत्व एवं उत्तरोत्तर प्रगतिको कामना गरेका छन् । बहुधार्मिक, बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक एवं भौगोलिक विविधताले भरिपूर्ण हाम्रो देश संविधानतः धर्मनिरपेक्ष राष्ट्र घोषणा भएको सन्दर्भमा यस्ता विविधतायुक्त धार्मिक एवं सांस्कृतिक चाडपर्वले सामाजिक एकता, सद्भाव र धार्मिक सहिष्णुता कायम राख्दै राष्ट्रिय एकतालाई अझै मजबुत बनाउन महत्त्वपूर्ण योगदान दिएको उनले शुभकामनामा उल्लेख गरेका छन् । शुभकामना सन्देशमार्फत उनले क्रिसमस पर्वले आपसी सद्भाव, सहिष्णुता र एकतालाई प्रबलीकरण गर्न सघाउ पुर्याउने विश्वास आफूले लिएको उल्लेख गरेका छन् ।...
मंगोलियाले आधा शताब्दीपछिको सबैभन्दा कठोर जाडो सामना
समाचार, समाज

मंगोलियाले आधा शताब्दीपछिको सबैभन्दा कठोर जाडो सामना

नेपालअखबार,काठमाडौं । मंगोलियाले आधा शताब्दीपछिको सबैभन्दा कठोर जाडो सामना गरिरहेको छ। चिसो अचाक्लि बढ्दा गत हिउँदमा ४७ लाखभन्दा बढी पशु मरेका थिए । त्यतिबेलै चिसोले हजारौं मानिसको जीविका र खाद्य आपूर्तिमा खतरा उत्पन्न गर्ने अन्तर्राष्ट्रिय रेडक्रसले चेतावनी दिएको थियो । त्यहाँको मौसम विज्ञान तथा वातावरणीय राष्ट्रिय एजेन्सीले सोमबार बिहानसम्म देशका २१ मध्ये पाँच प्रदेशमा हिमपात जारी रहेको जनाएको छ । योसँगै मंगोलियाको ६४ प्रतिशत भूभाग हाल हिउँले ढाकिएको छ । गत हिउँदमा मंगोलियामा पाँच दशक यताकै सबैभन्दा ठूलो हिमपात भएको थियो, जसका कारण ठूलो बाढी आउँदा र लाखौं पशुधनको क्षति भएको थियो । यस हिउँदमा, एसियाली देशका अधिकांश भागहरूमा दीर्घकालीन औसतभन्दा चिसो बढ्ने मौसमविद्ले जनाएका छन् । मंगोलियाको राष्ट्रिय आपतकालीन व्यवस्थापन एजेन्सीले देशका केही क्षेत्रमा कडा मौसमको चेतावनी जारी ग...
मुगुमा १२ घण्टामा ३० भन्दा बढी याक र चौंरी मरे
समाचार, समाज

मुगुमा १२ घण्टामा ३० भन्दा बढी याक र चौंरी मरे

नेपालअखबार,काठमाडौं । मुगुको उच्च हिमाली क्षेत्र मुगुम कार्मारोङ्ग गाउँपालिकामा ३० भन्दा बढी याक र चौंरीहरु १२ घण्टाको अवधिमा मरेका छन् । गाउँपालिकाको वडा नम्बर २ स्थित कार्मारोङ्गमा चौंरी र याकमा श्वासप्रश्वासमा समस्या देखिने र पहिलो लक्षण देखिएको १२ घण्टाभित्र मृत्यु हुने गरेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार ‘नाकबाट रगत निस्कने, श्लेष्माजन्य स्राव, जसमा खाना कण पनि मिसिएको पाइएको छ । केही केसहरूमा रगतसहितको श्लेष्माजन्य दिसा देखिएको छ,’ मन्त्रालयले भनेको छ । उक्त क्षेत्रमा करिब ५ सय याक र चौंरीहरु रहेको अनुमान गरिएको छ । मन्त्रालयका अनुसार पशु अस्पताल तथा पशु सेवा कार्यालय मुगुका प्रमुख भीमचन्द्र बुढा नेतृत्वको एउटा टोली प्रभावित क्षेत्रमा जाँदै छ । तर, हिमपातका कारण टोली हालसम्म उक्त क्षेत्रमा पुग्न सकेको छैन ।टोली दुई दिनअघि मुगु सदरमुकाम गमग...
वर्ल्डलिंकको आयोजनामा पोखरामा ‘वर्ल्डलिंक कार्निभल’ हुने
समाचार, समाज

वर्ल्डलिंकको आयोजनामा पोखरामा ‘वर्ल्डलिंक कार्निभल’ हुने

नेपालअखबार,पोखरा । नेपालकै अग्रणी इन्टनेट सेवा प्रदायक कम्पनी, वर्ल्डलिंकले पोखरामा ‘कार्निभल’को आयोजना गर्ने भएको छ । सो कार्निभलमा विभिन्न प्रकारका फुड स्टलहरु, बाल‍बालबालिकाको लागि खेलहरु साथै विभिन्न प्रकारमा रमाइला खेलहरु रहने वर्ल्डलिंकले जनाएको छ । पोखराको, पामे, चङ्खपुरमा यहि १३ गते २८ डिसेम्बर अर्थात शनिबार हुने भएको छ । अङ्ग्रेजी नयाँ वर्षको पूर्वसन्ध्यामा आयोजित कार्यक्रम सो दिन बिहान ९ बजेबाट कार्निभल सुरु भइ बेलुकी ५ बजेसम्म संचालन हुने भएको छ । कार्निभलको मुख्य आकर्षणको रुपमा, ‘द इलिमेन्टस्’ ब्यान्डको प्रस्तुती रहने तथा त्यसका साथै विभिन्न स्थानिय कलाकारहरुको प्रस्तुती समेत रहने छ । भने, चर्चित डिजे ‘डिजे एमी’को प्रस्तुतिसमेत रहने आयोजकले जनाएको छ । कार्यक्रममा विभिन्न प्रकारका मनोरञ्जनात्मक खेलहरु, ‘पबजी प्रतियोगिताका साथै यसै कार्यक्रममा, ‘बिट द स्पीड’ को प्रति...
उत्तराधिकारीको चर्चा बढ्दै जाँदा दलाई लामाले भने– म ११० वर्ष बाँच्नेछु
विदेश, समाचार, समाज

उत्तराधिकारीको चर्चा बढ्दै जाँदा दलाई लामाले भने– म ११० वर्ष बाँच्नेछु

नेपालअखबार,नयाँ दिल्ली । तिब्बती धर्मगुरु दलाई लामाको बुढा हुँदै गएका छन् । उनको उत्तराधिकारी को बन्छ भन्नेमा चर्को बहस भइरहेको छ । यही चिन्ताहरू बिच दलाई लामाले आफू ११० वर्षसम्म बाँच्ने बताएका छन् । ८९ वर्षीय लामा गएको जुनमा आफ्नो घुँडाको शल्यक्रियाका लागि न्यूयोर्क गएका थिए । उनी नहुँदाको स्थितिमा तिब्बती बौद्ध धर्मावलम्बीहरूको भविष्यबारे पनि चर्चा भइरहेको छ । यस्तोमा लामाले आफ्नो स्वास्थ्यमा चिन्ता लिनुपर्ने कुरा नभएको बताएका छन् । समाचार एजेन्सी रोयटर्सलाई दिएको अन्तरवार्तामा लामालाई उनको स्वास्थ्यबारे सोधिएको थियो । यसको उत्तरमा उनले ‘मेरो सपनामा म सायद ११० वर्ष बाँच्नेछु ।’ भनेर भनेका थिए । आफ्नो घुँडा पनि निको भइरहेको उनले बताए । ‘यो कुनै गम्भीर समस्या होइन ।’ उनले भनेका थिए । यी कुरा उनले सहयोगीहरूको मद्दतले बिस्तारै हिँड्दै गरेका थिए । लामो दूरीको लागि उसले गल्फ कार्ट प्रयोग...
जग्गाको सदुपयोग गर्ने प्रमुख माध्यम बन्दै किबीखेती, बागलुङमा उत्पादन, बुटबलमा खपत
कृषि, समाचार, समाज

जग्गाको सदुपयोग गर्ने प्रमुख माध्यम बन्दै किबीखेती, बागलुङमा उत्पादन, बुटबलमा खपत

नेपालअखबार,बागलुङ । बागलुङमा उत्पादित बहुगुणी फल किबी अन्य जिल्लामा खपत हुन थालेको छ । अन्य जिल्लामा किबीले बजार र मूल्य नपाएको किसानले गुनासो गरिरहेको बेला यहाँको भकुण्डे, बिहुँ, बडिगाड, ढोरपाटन, निसीखोला र दुदिलाभाटीलगायत स्थानमा उत्पादन भएको किबी अन्यत्र निर्यात हुन थालेको छ । मूल्यमा गिरावट आए पनि किबी अन्यत्रबाट माग आइरहेको किसानको भनाइ छ । जिल्लामा उत्पादन भएको किबी बुटवल,काठमाडौँ र पोखरालगायत स्थानमा बिक्री भइरहेको छ । विदेशमा समेत प्रशस्त उत्पादन हुने किबी बहुगुणी फलमध्येमा पर्छ । काठेखोला गाउँपालिका–५ बिहुँका खिमानद कँडेलले उत्पादन गरेको किबी बुटवल र काठमाडौँसम्म लैजान थालिएको छ । उनले किबी बिक्री गर्न थालेको दुई वर्ष भएको छ । कँडेलको १२ रोपनी क्षेत्रफलमा किबीखेती छ । यस्तै काठेखोला–७ का वडाध्यक्ष प्रेम लामिछाने, बागलुङ नगरपालिका–९ का वडाध्यक्ष राजु थापाले समेत यस वर्ष किबी ...