Monday, August 10

समाज

५ महिनामा १२ वटा गैंडा मृत भेटिए
समाचार, समाज

५ महिनामा १२ वटा गैंडा मृत भेटिए

नेपालअखबार,चितवन ।  चितवन राष्ट्रिय निकुञ्ज तथा यस आसपासका मध्यवर्ती क्षेत्रमा चालु आर्थिक वर्षको पाँच महिनामा बाह्रवटा गैँडा मृतावस्थामा भेटिएका छन् । निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार मृतावस्थामा भेटिएकामध्ये चार भाले र पाँच वटा पोथी रहेका छन् । तीमध्ये एउटालाई विद्युतीय करेन्ट लगाएर मारिएको अवस्थामा भेटिएको हो । मृत भेटिएका गैँडामध्ये तीन वटाको लिङ्ग पहिचान हुन नसकेको उनले बताए । यस्तै सोही अवधिमा एक वटा बाघ मृतावस्थामा भेटिएको छ । गत मङ्सिर १६ गते अमलटारी सेक्टरअन्तर्गत नन्दपुर घाटमा बाघसँग जुधेर अन्दाजी छ वर्षको बाघ मरेको उनले जानकारी दिए । यसैगरी पाँच महिनाको अवधिमा गैंडाको आक्रमणबाट दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । मृत्यु भएका दुवै जना नवलपुर बर्दघाट सुस्तापूर्वका रहेको उनले बताए । निकुञ्जभित्रको अवैध गतिविधि नियन्त्रण गर्ने क्रममा एक सय ५०...
नेपालमा पुनः देखियो मंकीपक्स संक्रमण
समाचार, समाज, स्वास्थ्य

नेपालमा पुनः देखियो मंकीपक्स संक्रमण

नेपालअखबार,काठमाडौँ । नेपालमा पुनः मंकीपक्स संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीका अनुसार तनहुँका ३६ वर्षीय एक पुरुषमा मंकीपक्स संक्रमण पुष्टि भएको हो । ‘साउदी अरबबाट बिहीबार स्वदेश आएका उहाँको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएको थियो’, उनले भने, ‘अहिले उनको अवस्था सामान्य छ ।’ उनको शुक्रराज अस्पतालमा ‘आइसोलेसन’मा राखेर उपचार भइरहेको छ । दुई वर्षअगाडि पनि नेपाल आएका एकजना विदेशीमा मंकीपक्स संक्रमण देखिएको थियो । मंकीपक्स संक्रमण देखिएपछि सीमा नाका र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेका ‘हेल्थ डेक्स’लाई सतर्कता अपनाउन सरकारले निर्देशन दिएको प्रवक्ता बुढाथोकीले बताए ।...
सडकमा फोहोर फालेको भन्दै जरिवाना
प्रशासन, समाचार, समाज

सडकमा फोहोर फालेको भन्दै जरिवाना

नेपालअखबार,काठमाडौं । काठमाडौं महनागरपालिकाले सडकमा फोहोर फालेको भन्दै एक जनालाई ५ हजार रुपैयाँ जरिवाना गरेको छ । जरिवाना पर्नेमा चाबाहिल बस्ने दास छन् । दासले महानगरपालिकाको १५ नम्बर वडास्थित चाबहिल सडकमा फोहोर फालेको भन्दैै महानगर प्रहरी बलले जरिवाना गरेको हो । यसअघि पनि काठमाडौं महानगररपालिकाले सार्वजनिक ठाउँमा फोहोर फालेको भन्दै विभिन्न संस्था तथा व्यक्तिलाई कारबाही गर्दैै आएको छ ।...
व्यवसाय विकास सेवा सम्झौतामा हस्ताक्षर
समाचार, समाज

व्यवसाय विकास सेवा सम्झौतामा हस्ताक्षर

नेपालअखबार,विराटनगर । साना, मझौला तथा सबै खाले व्यवसायलाई सहयोग पुर्‍याउने उद्देश्यले शुक्रबार विराटनगरमा ‘व्यवसाय विकास सेवा’ सम्झौतामा हस्ताक्षर गरिएको छ । नेपाल उद्योग वाणिज्य महासंघ कोशी, आध्यान्त फण्ड मेनेजमेन्ट लि. र उपाय बिजनेस सोलुशन र नेपाल उद्योग वाणिज्य महासंघ कोशी, आध्यान्त फण्ड मेनेजमेन्ट लि. र डाइनो टेक प्रा.लि. बिच दुई बेग्ला बेग्लै सम्झौता भएको हो । उपाय बिजनेस सोलुशन बिचको सम्झौतामा महासंघ कोशीका अध्यक्ष श्री राजेन्द्र राउत, आध्यान्त फण्ड मेनेजमेन्ट लि.का कार्यक्रम तथा साझेदारी प्रमुख निश्चल सिंह भण्डारी र उपाय बिजनेस सोलुशनका प्रमुख कार्यकारी अधिकृत शोभा श्रेष्ठ तथा डाइनो टेक प्रा.लि. बिचको सम्झौतामा महासंघ कोशीका अध्यक्ष राजेन्द्र राउत, आध्यान्त फण्ड मेनेजमेन्ट लि.का कार्यक्रम तथा साझेदारी प्रमुख निश्चल सिंह भण्डारी र डाइनो टेक प्रा.लि. का अध्यक्ष प्रदिप सिग्देलले हस्...
बाँके राष्ट्रिय निकुञ्जमा बाघ र आहारा प्रजातिको सर्वेक्षण सुरु
समाचार, समाज

बाँके राष्ट्रिय निकुञ्जमा बाघ र आहारा प्रजातिको सर्वेक्षण सुरु

नेपालअखबार,नेपालगन्ज । बाँके राष्ट्रिय निकुञ्जमा बाघ र बाघको आहारा प्रजातिको सर्वेक्षण सुरु भएको छ । करिब दुई महिनासम्म हुने सर्वेक्षणबाट बाघको सङ्ख्या, बसोबास क्षेत्र र आहारा प्रजातिको अवस्थाको विस्तृत जानकारी प्राप्त हुने बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वीरेन्द्र कँडेलले जानकारी दिए । “सर्वेक्षण भनेपछि गणनाको कुरा पनि आउँछ, वास्तविक रुपमा बाघ कति छन् र त्यसको आहारा प्रजातिको अवस्था कस्तो छ भनेर स्पष्ट हुन खोजिएको हो”, उनले भने । प्रमुख संरक्षण अधिकृत कँडेलले बाँकेमा सर्वेक्षण काम सकिएपछि बर्दियामा बाघ र बाघको आहारा प्रजातीको सर्वेक्षण सुरु गरिने बताए । सूचना अधिकारी मन्दीप पङ्गेनीले बाँके राष्ट्रिय निकुञ्जमा क्यामेरा ट्र्यापिङ, चिन्ह पहिचान र डिएनए परीक्षण प्रविधिको प्रयोगमार्फत सर्वेक्षण सुरु गरिएको उल्लेख गरे । उनले सर्वेक्षणबाट निकुञ्जमा रहेका बाघको सङ्ख्या, बसोब...
म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला  बिक्री
कृषि, समाचार, समाज

म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री

नेपालअखबार,म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेका प्रेम पाइजाले यस वर्ष रु सात लाख ५० हजार बराबरको  सुन्तला बिक्री गरेका छन् । तीन सय ५० बोट सुन्तला लगाएका उनले गत वर्ष रु दुई लाख ५० हजारको मात्रै सुन्तला बिक्री गरेका थिए। सुन्तला उत्पादन वृद्धि भएसँगै सुन्तलाबाट आम्दानी बढेको उनले बताए। दोसल्लेमा विगत करिब १३ वर्षदेखि सुन्तलाखेती हुन थालेको थियो । सुन्तलाबाट मनग्य नगद आम्दानी हुन थालेपछि यहाँका किसानहरु परम्परागत अन्नबाली लगाउन छाडेर सुन्तलाखेती विस्तारमा जुटेका छन् । सुन्तलाखेतीलाई विस्तार र व्यावसायिक बनाउन दोसल्ले व्यावसायिक सुन्तला जात कृषक समूह गठन गरेर यहाँका स्थानीय सुन्तलाखेतीमा लागेका छन् । समूहका अध्यक्षसमेत रहेका पाइजाले गत वर्ष गाउँबाट रु ८० लाखको सुन्तला निकासी भएकोमा यस वर्ष रु एक करोड ५० लाख बढीमा व्यवसायीले बोटबाटै सुन्तला ठेक्का लिएको जानकारी दिए । “...
मनाङको नेस्याङ केन्द्र बनाएर भूकम्पको धक्का
समाचार, समाज

मनाङको नेस्याङ केन्द्र बनाएर भूकम्पको धक्का

नेपालअखबार,काठमाडौँ । मनाङको नेस्याङलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ७ :३७ बजे मनाङको नेस्याङ केन्द्र बनाएर ४.७ म्याग्निच्युडको भूकम्प गएको हो । आसपासका जिल्लामा समेत धक्काको महसुस गरिएको थियो । यसअघि हिजो मात्र बझाङको धामेना आसपास केन्द्र बनाएर ४.१ रेक्टर स्केलको भूकम्प गएको थियो भने यही स्थानलाई केन्द्र बनाएर मंगलबार ४.३ रेक्टर स्केलको भूकम्प गएको थियो।...
आँधीखोला तर्न ४० वर्षदेखि फट्केको भर
समाचार, समाज

आँधीखोला तर्न ४० वर्षदेखि फट्केको भर

नेपालअखबार,स्याङ्जा।  स्याङ्जाको भिरकोट–५ सिम्लेस्थित आँधीखोलामा फट्के मार्फत् आवतजावत गर्न थालेको झण्डै ४० वर्ष पूरा भएको छ। स्थानीय बासिन्दा, शिक्षक, विद्यार्थीले विशेष गरेर हिउँदका समयमा फट्के प्रयोग गर्छन्। हिउँदका समयमा खोला वारपार गर्नका फट्केले सहज हुने गरेको जनप्रिय माध्यमिक विद्यालय भिरकोट–५ का शिक्षक कृष्णप्रसाद पौडेलले बताए। विद्यालयमा अध्ययनका लागि आउने विद्यार्थी तथा सिम्लेबाट गैह्राथोक बजार जान फट्के बनाउनाले खोला तर्न सहज भएको उनले जानकारी दिए। 'जाडोको समयमा खोला तर्दा चिसो हुने, जुत्ता मोजा खोल्नुपर्ने, कहिलकाहीँ खोलाले बगाउनेसमेत गर्थ्यो,' उनले भने, 'खोलामा पस्नै नपरीकन वारपार गर्न फट्केले सहज भएको छ ।' स्थानीयवासी, शिक्षक, विद्यार्थी सबै मिलेर बर्सेनि बनाउँदै आएको फट्केले यस वर्ष पनि निरन्तरता पाएको उनले बताए। बाँस काटेर सातदेखि नौवटा किला बनाउने र त्यसल...
तीन करोड ६४ लाख लागतमा बन्दैछ गलकोटमा अस्पताल
समाचार, समाज, स्वास्थ्य

तीन करोड ६४ लाख लागतमा बन्दैछ गलकोटमा अस्पताल

नेपालअखबार,बागलुङ।  संघीय सरकारको विशेष अनुदानमा बागलुङको काठेखोला गाउँपालिकाको रेशमा पाँच शय्याको आधारभूत अस्पताल निर्माण गरिएको छ। तीन करोड ६४ लाख ६५ हजारको लागतमा  गत वर्षदेखि अस्पताल भवन निर्माण सुरु गरिएको थियो। काठेखोला – ७ स्थित रेश वडा कार्यालय नजिकै उक्त अस्पताल निर्माण गरिएको हो। गाउँपालिकाले अन्य दुई स्थानमा आधारभूत अस्पताल निर्माण गरेको छ। बिहुँमा बनाएको बिहुकोट आधारभूत अस्पताल उद्घाटन भइसकेको छभने रेशमा पाँच शय्याको अस्पताल भवनलगत्तै सेवा दिनेगरी निर्माण गरिएको काठेखोला–७ का वडाध्यक्ष प्रेम लामिछानेले जानकारी दिए। नागरिकलाई जटिल प्रकारको स्वास्थ्य समस्या देखिए बागलुङ बजार लैजानुपर्ने बाध्यताको अन्त्य गर्न अस्पताल बनाइएको उनले बताए । गाउँपालिकाले प्रत्येक वडामा स्वास्थ्य संस्था, पायक पर्ने टाढाका रहेका गाउँ नागरिकलाई लक्षित गरी रेशमा अस्पताल बनाएपछि सहज हुने छ भने त...
स्रोत नखुलेको ६८ लाखसहित काठमाडौंबाट ४ जना पक्राउ
प्रशासन, समाचार, समाज

स्रोत नखुलेको ६८ लाखसहित काठमाडौंबाट ४ जना पक्राउ

नेपालअखबार,काठमाडौं ।  काठमाडौंमा स्रोत नखुलेको ६८ लाख रूपैयाँसहित ४ जना पक्राउ परेका छन्। काठमाडौं महानगरपालिका-३२ दोभानपुल बस्ने ४६ वर्षीय राजकुमार माली, महानगरपालिका-१० का १८ वर्षीय एक किशोर,  महानगरपालिका-७ का ३२ वर्षीय प्रवेशकुमार पौडेल र  र झापा बिर्तामोड नगरपालिका-५ घर भएका २७ वर्षीय युवराज सुवेदी पक्राउ परेका हुन्। उनीहरूलाई मंगलबार राति प्रहरी वृत गौशलाबाट खटिएको प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए। उनका अनुसार प्रदेश.३-०१-०२२ च १९७२ नम्बरको कारमा सवार रहेका उनीहरूको साथबाट स्रोत नखुलेको रकम भेटिएपछि नियन्त्रणमा लिएको हो। उनीहरूको साथबाट रकम उल्लेख गरिएको ५ थान चेक, ५ थान मोबाइल बरामद गरिएको छ। यस घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको उनले जानकारी दिए।...