विपदमा जीविकोपार्जनका माध्यम गुमाएकालाई न राहत न क्षतिपूर्ति
नेपालअखबार,पाँचथर। प्राकृतिक विपद्मा जीविकोपार्जनका माध्यम गुमाएका सर्वसाधारणले सरकारबाट राहत वा क्षतिपूर्ति केही नपाउँदा दैनिकी चलाउन मुस्किल परेको गुनासो गरेका छन्।
विगत तीन वर्षदेखि निरन्तर बाढीपहिराको सामना गर्दै आएका यहाँका नागरिकले खेती लगाइएको जमिन, बालीनाली, पशुचौपाया तथा पशुपक्षी गुमाउनुपरेको छ।
जीविकोपार्जनका माध्यम नै बाढीपहिराले नष्ट गरेपछि समस्यामा परेका सर्वसाधारण सरकारले सहयोग गर्ने अपेक्षामा बसिरहेका छन्।
याङवरक गाउँपालिका–१ खोलाघारीमा जन्मे हुर्केका पञ्चध्वज राईको परिवारको बसोबास भने नजिकैको च्याङथापू बजारमा छ। खोलाघारीका दुई स्थानमा सात रोपनी जमिनमा रहेको अलैँची बगान राईको परिवार चलाउने आधार थियो। गत वर्ष अलैँचीमा रोग कीराको खासै समस्या पनि थिएन।
अलैँचीको मूल्य उकालो लाग्दै थियो। तर बगान नजिकै रहेको मेवाखोलामा विसं २०८० असार २ गते आएको बाढीले राईको अलैँची बगान...










