रौतहटमा सद्भाव र्याली निकाल्ने सर्वदलीय बैठकको निर्णय
नेपालअखबार,रौतहट । रौतहटको गौरमा दुई समुदायबीचको द्वन्द्व समाधानका लागि सद्भाव र्याली निकालिने भएको छ । प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले आह्वान गरेको सर्वदलीय बैठकले सद्भाव र्याली निकाल्ने निर्णय गरेको हो ।
भुसालका अनुसार सद्भाव र्याली सोमबार बिहान साढे ७ बजे निस्किने छ । धार्मिक-सामाजिक-सांस्कृतिक सद्भाव र शान्तिको सन्देश दिने गरी नागरिक समाजका अगुवाहरूको सहभागितामा सद्भाव र्याली निकाल्ने सहमति भएको प्रशासनले जनाएको छ ।
यस्ता छन् बैठकका ५ निर्णय
१. गौर नगरपालिका वडा नं. ६ को सबगढा गाउँमा मिति २०८२ फागुन ७ गते राति ९:४५ बजे सुरु भएको विवाद सामान्य रूपले नै समाधान भइसके पनि पुनः मिति २०८२ फागुन ८ गतेदेखि उग्र रूप लिएको हुँदा स्थानीयवासी प्रतिनिधि तथा अगुवा बसेर छबुँदे सहमति भएको बेहोरा अवगत भयो। तथापि मिति २०८२ फागुन ९ गते बिहानैदेखि परिस्थिति जटिल भएको अवस्था सिर्जना भ...









