Wednesday, August 12

समाज

च्याङ्ग्रा व्यापारीको यात्रा : रारादेखि फेवा तालसम्म
कृषि, समाचार, समाज

च्याङ्ग्रा व्यापारीको यात्रा : रारादेखि फेवा तालसम्म

नेपालअखबार ,ढोरपाटन (बागलुङ) । उपल्लो मुस्ताङदेखि च्याङ्ग्रा लिएर पोखरा झर्दै गरेका मुगुका छिरिङ छोर्वे लामा शुक्रबार दिउँसो लुम्लेमा भेटिए । साढे दुई सय च्याङ्ग्रा लिएर आफू आठ दिनअघि उपल्लो मुस्ताङबाट हिँडेको सुनाए । मुस्ताङ, म्याग्दी, पर्वत हुँदै लुम्ले आइपुगेका उनका साथमा दुई साथी पनि थिए । लामो यात्राले थकित शरीरलाई ठाउँठाउँमा विश्राम दिँदै उनी दशैंको मुखमा च्याङ्ग्रा बेच्न लुम्ले आइपुगेका छन् । च्याङ्ग्रा बिक्री गर्दै आइतबार बिहानसम्म पोखरा पुग्ने उनको योजना छ । लामाले दशैंमा च्याङ्ग्रा बेच्न यो मार्गमा यसरी हिँडेको पहिलो पटक भने होइन । विगत एक दशकदेखि नियमित जसो च्याङ्ग्राको व्यापार गर्न उनी मुगुबाट यहाँ आउँछन् । ‘यसपालि दुई महिनाअघि मुगुको राराबाट हिँडेको थिए, मुगुबाट नेपालगञ्ज जहाज र त्यहाँदेखि पोखरा हुँदै गाडीको यात्रामा मुस्ताङ पुगेको थिएँ’, उनले भने । लामो समयदेखि यह...
उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खानले साना व्यापारीहरुको गुनासो सुन्दै
राजनीति, समाचार, समाज

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खानले साना व्यापारीहरुको गुनासो सुन्दै

नेपालअखबार ,काठमाडौं।  जनमत पार्टीका उपाध्यक्ष, पूर्वमन्त्री एवम् उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति खानले साना तथा खुद्रा व्यापारीहरूको वास्तविक अवस्था साथै उहाँहरूको दैनिकी र व्यापार व्यवसायको अवस्था बुझ्ने कार्यमा तीव्रता दिनु भएको छ । अहिले प्राय व्यापारीहरूले आफ्नो व्यापार नभएको सामान्य रुपमा पनि परिवार चलाउन गाह्रो भएको गुनासो सुनाउँदै आएको सभापति खानले बताउनु भयो । तर आफ्नै हातमा सीप र मेहनत गर्ने व्यक्तिका लागि सानो होस् या ठूलो व्यापारमा कहिले घाटा नहुने सभापति खानले बताउनु हुन्छ । सभापति खानले  विभिन्न क्षेत्रका गुनासो सुन्ने क्रममा काठमाडौँको मिन भवन अवस्थित भट्टराई परेठा पसलमा पुग्नुभएको थियो । भट्टराई परेठा पसलका सञ्चालक सीता पौडेलसँग उहाँले कुराकानी गर्नुभयो । सञ्चालक पौडेलले करिब आठ वर्षदेखि आफ्नो सानो व्यवसाय सञ्चालन गर्दै आएको बताउनुभएको छ । पौ...
छोराछोरी विदेश पठाउने २१.७% ज्येष्ठ नागरिकमा भावनात्मक र सामाजिक एक्लोपना – शोधवृत्ति अध्ययन
समाचार, समाज

छोराछोरी विदेश पठाउने २१.७% ज्येष्ठ नागरिकमा भावनात्मक र सामाजिक एक्लोपना – शोधवृत्ति अध्ययन

नेपालअखबार, काठमाडौँ । विदेशमा छोराछोरी भएका ज्येष्ठ वयस्कहरुका विचमा काठमाडौँ महानगरपालिकाले गरेको सर्वेक्षणमा २१.७% व्यक्तिमा गम्भीर र धेरै गम्भीर भावनात्मक एक्लोपना भएको पाइएको छ । ६२.३% मा मध्यम खालको एक्लोपना देखियो । १५% मा कुनै पनि खालको भावनात्मक एक्लोपना देखिएन । यस्तै सामाजिक एक्लोपनाका कोणबाट ४८% उच्च एक्लोपना, २८.३% मा मध्यम र २३.७% मा शून्य देखियो । हेरचाह, जीवन व्यवस्थापन, सुविधाको पहुँच, सामाजिकीकरण, शारीरिक गतिविधि, सही सूचनामा पहुँच जस्ता पक्षमा उहाँहरुले हीनता बोध गर्नुभएको हो । यसैकारण उहाँहरुमा एक्लोपना र निराशा देखिएको, अध्ययनले देखाएको छ । महानगर अनुसन्धान शोधवृत्ति (मेट्रोपोलिटन रिसर्च फेलोसिप — एमआरएफ) को तेस्रो संस्करणमा ‘ज्येष्ठ नागरिकहरुको मानसिक स्वास्थ्यका लागि महानगरपालिकाको जिम्मेवारी’ विषयमा प्रल्हाद अधिकारीले गर्नुभएको अध्ययनले यस्तो अवस्था देखाएको हो । ...
जलस्रोतको सदुपयोगमा जुटौँ : कृषि मन्त्री श्रेष्ठ
राजनीति, समाचार, समाज

जलस्रोतको सदुपयोगमा जुटौँ : कृषि मन्त्री श्रेष्ठ

नेपालअखबार, ,नवलपुर । गण्डकी प्रदेशकी कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री पद्मा जिसी श्रेष्ठले मुलुकको समृद्धिमा जलस्रोतको महत्वपूर्ण भूमिका रहेको बताएकी छिन् । नवलपुरको कावासोती स्थित कावासोती खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको २४औँ वार्षिक साधारण सभामा बोल्दै उनले उपलब्ध जलस्रोतलाई पुर्ण रुपमा उपयोग गर्न सके देश विकासमा टेवा पुग्ने बताएकी हुन् । शुक्रबार संस्थामा आयोजित कार्यक्रममा उनले भनिन्‘, नेपाल जलस्रोतको धनी देश, यसको उपयोगिता बृहत छ । यसलाई पूर्ण रुपमा उपयोग गर्न सके सुखी नेपाली समृद्ध देश निर्माणकोे साझा संकल्पलाई थप अघि बढाउन टेवा पुग्ने छ ।’ कावासोती क्षेत्रका जनताले विगतमा भोग्नुपरेको खानेपानीको समस्या स्मरण गर्दै मन्त्री श्रेष्ठले संस्थाकै अग्रसरताको परिणाम स्वरुप अहिले सहज स्थिती आएको बताइन् । कावासोती खानेपानी संस्थाले स्थापनाकालदेखि नै आफुलाई अब्बल सावित गर्दै आइर...
नेशनल किड्स अफ दि इयरमा ४ विजेता घोषित
समाचार, समाज

नेशनल किड्स अफ दि इयरमा ४ विजेता घोषित

नेपालअखबार, काठमाडौँ । एउटै स्टेजमा एकसाथ ४ विजेता छानिएका छन् । छैटौँ ‘नेशनल किड्स अफ दि इयर २०२४’ मा सिनियर र जुनियर गरेर एकसाथ ४ विजेता घोषित गरिएको हो । बिहीबार राष्ट्रिय नाचघरमा अबेर साँझ सम्पन्न प्रतियोगितामा सिनियर केटी तर्फ क्यारिङ दोङ विजेता बन्दा केटातर्फ उत्सर्ग भट्टराई विजेता बने । दोङ एनआइसी एकडेकी कक्षा ५ मा अध्ययनरत छिन् भने भट्टराई ग्यालेक्सी स्कुलमा कक्षा ७ मा अध्ययनरत छन् । त्यस्तै, जुनियर क्याटवरीमा केटीतर्फ प्रान्भी आचार्यले शीर्ष उपाधि चुम्दा कोटातर्फ प्रणय मानन्धर विजेता घोषित भए । आचार्य माछापुच्छ्रे आभी स्कुल कक्षा ३ मा अध्ययनरत छिन् भने मानन्धर रोजबर्ड स्कुल कक्षा २ मा अध्ययनरत छन् । शीर्ष विजेता ४ जनाले नै थाइल्यान्डमा आयोजना हुने अन्तर्राष्ट्रिय प्रतियोगिता इन्टरनेशनल किड्समा सहभागी हुनेछन् । विजेता सबैले विभिन्न गिफ्ट ह्याम्परको अलवा होलिडे ट्रिट नेपालक...
तुइन र फड्केले जोडियो तातोपानी नाका
प्रशासन, समाचार, समाज

तुइन र फड्केले जोडियो तातोपानी नाका

नेपालअखबार,चौतारा। अविरल वर्षासँगैको बाढीले भोटेकोशीको लार्चास्थित ‘बेलिब्रिज’ बगाएपछि तातोपानी नाका सडक सम्पर्कबाट टुटेको छ । भोटेकोशी गाउँपालिका–२ बाट चीन जोड्ने कोदारी राजमार्गको लार्चामा बेलिब्रिज थियो । उक्त बेलिब्रिजले सीमा गाउँ लिपिङ जोडिएको थियो। त्यही बेलिब्रिज भोटेकोशीले बगाएपछि सीमाक्षेत्रलाई राजधानीसँग जोड्ने सडक सम्पर्क टुटेको हो । पुल बगेपछि ठप्प बनेको तातोपानी नाका जाने सडकको लार्चामा तुइन र फड्के राखिएको छ । भोटेकोशी गाउँपालिका–२ का अध्यक्ष कुमार श्रेष्ठका अनुसार गाउँपालिकाको खर्चमा सडक डिभिजन र गाउँपालिकाको दुई एक्स्काभेटर र टिपर प्रयोग गरी ह्युम पाइप राखेर अस्थायी रुपमा खोला तार्ने संरचना निर्माण भइरहेको छ । ‘तत्काललाई तुइनबाट आउजाउ भइरहेको छ, तुइन दीर्घकालीन नहुने र जोखिमपूर्ण भएकाले अस्थायी गाडी तार्ने फड्के हाल्ने काम अन्तिम चरणमा पुगेको छ’, वडाध्यक्ष श्रेष्ठल...
सरकारले प्रशोधित भैँसीको मासु चीन निर्यात गर्ने
प्रशासन, समाचार, समाज

सरकारले प्रशोधित भैँसीको मासु चीन निर्यात गर्ने

नेपालअखबार,काठमाडौं । सरकारले प्रशोधित भैँसीको मासु चीन निर्यात गर्ने विषयमा द्विपक्षीय सम्झौताको तयारी गरेको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले दुई मुलुकबीच सम्झौताका लागि आवश्यक पत्र तयार गरी चिनियाँ सरकारलाई पत्राचार गरेको मन्त्रालयका सहप्रवक्ता डा तपेन्द्र बोहराले जानकारी दिए। मन्त्रालयले गृहकार्य पूरागरी तयार गरिएको ‘सम्झौतापत्र’ मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरिसकेको सो पत्र चीनलाई पठाइसकेको जनाएको छ। चीन सरकारले मिति तय गरेपछि दुई देशबीच निर्यातसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर हुनेछ। स्वीकृत सम्झौतापत्र प्रस्तावका रुपमा परराष्ट्र मन्त्रालयले कूटनीतिक माध्यमबाट चीनलाई पठाइसकेकाले चीनको जवाफ प्राप्त हुनासाथ औपचारिक रूपमा द्विपक्षीय सम्झौता हुने सहप्रवक्ता बोहराले बताए। सहप्रवक्ता बोहराका अनुसार गत वर्ष असोजमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीन भ...
नेपाल र भारतले तटबन्ध नगर्दा सुस्ता डुबानमा
समाचार, समाज

नेपाल र भारतले तटबन्ध नगर्दा सुस्ता डुबानमा

नेपालअखबार, सुस्ता । भारत र नेपालले तार र ढुङ्गाले तटबन्ध नगरेका कारण नवलपरासीक  सुस्ता गाउँपालिका–५ नरायणीपारि सुस्तागाउँ डुबानमा पर्दै आएको छ। नेपाल र भारत दुबै देशले ध्यान नदिँदा सुस्ताबासीले बर्खामा बाढीको चपेटा खेप्नु परेको हो। सुस्तालाई नेपालबाट टुक्र्याउने भारतको नीतिगत योजना रहेकाले नेपालीलाई दुःख दिनकै लागि आफ्नो क्षेत्रमा तटबन्ध नबनाएको सुस्ता गाउँपालिकाका अध्यक्ष टेकनरायण उपाध्यायले दाबी गरे। उनका अनुसार सुस्तालाई भारतले तीनतिरबाट घेरेको छ । भारतले आफ्नो क्षेत्रका नदीमा तटबन्ध नगर्दा बर्सेनि सुस्ता गाउँ डुबान पर्ने गरेको अध्यक्ष उपाध्यायले स्पष्ट पारे। अविरल वर्षा हुँदा नरायणी नदीको पानी सुस्ता गाउँमा पसेपछि सुस्ता डुबानमा परेको हो। भारतले तटबन्ध गर्यो भने सुस्तामा बाढी नआउने अध्यक्ष उपाध्यायले बताए। सुस्ताको भूमिको विषयलाई लिएर बारम्बार भारतीय सुरक्षाकर्मीसँग विवाद हुन...
बाढीले पुस्तक बगायो, स्कुल डुबायो, पढ्ने कसरी ?
शिक्षा, समाचार, समाज, हाइलाइट-समाचार

बाढीले पुस्तक बगायो, स्कुल डुबायो, पढ्ने कसरी ?

नेपालअखबार, सर्लाही। गत शनिबार अविरल वर्षापछि गएको बाढीले पुस्तक बगाएपछि सर्लाहीको रामनगर गाउँपालिका–२ ध्रुवा टोलका ९ वर्षीय रामकुमार महतो चिन्तित छन्। श्री प्राथमिक विद्यालयमा पढ्छन् उनी। उनी पढ्ने विद्यालय पनि शनिबारकै बाढीमा डुबेको थियो। विद्यालयले दिएको नयाँ किताबलाई अत्यन्त जतन गरेर राखेका थिए उनले। बाढीले बगाइदिएपछि फेरि नयाँ किताब पाइन्छ कि पाइँदैन भन्ने चिन्ता पर्न थालेको उनी बताउँछन्। 'स्कुलले दिएको पुस्तक नयाँ नै थियो, बाढीले बगाएर लग्यो। अब फेरि स्कुलले दिने हो कि होइन?,' उनले भने। विपन्न परिवारका महतोलाई किताब किनेर दिन सक्ने अवस्थामा परिवार छैनन्। बाढी र डुबानले घरमा पनि पूर्ण क्षति पुर्‍याएको छ। रामकुमारसँगै अध्ययन गर्ने साथी वीरेन्द्रले पनि विद्यालयको कापी किताब बगाएको गुनासो गरे। 'मेरो त स्कुलको पोसाकसमेत बाढीले लगेछ,' उनले भने, 'अब स्कुल कसरी जाने ? बुबाआमास...
हात्तीको आक्रमणबाट माउतेको मृत्यु
समाचार, समाज

हात्तीको आक्रमणबाट माउतेको मृत्यु

नेपालअखबार,भरतपुर । चितवन राष्ट्रिय निकुञ्जको हात्तीको आक्रमणबाट एक जना माउतेको मृत्यु भएको छ । पसलबाट सामान लिएर सौराहास्थित हात्ती प्रजनन केन्द्र जाने क्रममा बिहीबार साँझ हात्तीको आक्रमणबाट हरिपुर नगरपालिका–६ सर्लाहीका ३४ वर्षीय जग्दु सिंहको मृत्यु भएको हो । “खोरसोर नजिकको पुल क्रस गरेर आउँदै हुनुहुँदोरहेछ । सिमलको रुखमुनि बसेको हात्तीले आक्रमण गर्दा उहाँको मत्यु भयो”, निकुञ्जका प्रमुख डिलबहादुर पुनमगरले भने । जग्दुका साथमा रहेका  एक जना भने भागेर बाँच्न सफल भएको मगरले जानकारी दिए ।...