Wednesday, August 12

समाज

एकीकृत सरकारी कर्मचारी सङ्गठनले तिहारपछि रिले अनसन बस्ने
समाचार, समाज

एकीकृत सरकारी कर्मचारी सङ्गठनले तिहारपछि रिले अनसन बस्ने

नेपालअखबार,काठमाडौँ । एकीकृत सरकारी कर्मचारी सङ्गठनले तिहारपछि रिले अनसन बस्ने घोषणा गरेको छ । सङ्गठनको केन्द्रीय कार्यसमितिको चौथो पूर्ण बैठकले सङ्घीय निजामती ऐन जारी गराउन दबाब दिन दसैँ तिहारपछि रिले अनसन गर्ने निर्णय गरेको हो । संघीयता कार्यान्वयनको ९ वर्ष पुग्दा पनि सङ्घीय निजामती सेवा ऐन जारी हुन नसकेको भन्दै सङ्गठनले दबाब दिन तिहार लगायतको पर्वहरू सकिएपछि प्रत्येक हप्ताको शनिवार रिले अनसन गर्ने निर्णय गरेको हो । सेवाग्राही र कर्मचारीमैत्री ऐन प्राप्त नभएसम्म रिले अनसन लगायतको अभियान निरन्तर गर्ने सङ्गठनले जनाएको छ । आवश्यकता अनुसार अन्य कार्यक्रमहरू पनि सञ्चालन गर्ने निर्णय सर्वसम्मत रूपमा  भएको सङ्गठनले जनाएको छ । भदौ महिनामा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको सरुवा पूर्वाग्रही, हचुवा, विधि विपरीत भएकाले मापदण्ड विपरीतका सरुवा संशोधन एवम् बदर गर्न माग गर...
खैरो रंगको पछाडी भिर्ने झोलामा नगद रु. २ लाख फेला
समाचार, समाज

खैरो रंगको पछाडी भिर्ने झोलामा नगद रु. २ लाख फेला

नेपालअखबार, पोखरा। पोखरा महानगरपालिका वडा नं. १३मा  नगद रु. २ लाख सहितको झोला फेला  परेकाे छ। गत ६ गते का दिन किरब ५ :०० बजेको समयमा जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. १३  वडा कार्यालयको भवन भित्र कोठा नं. १ वडा सचिव अन्जु गुरुङको कार्यालयको सोफामा खैरो रंगको पछाडी भिर्ने झोला अपरिचित व्याक्तिले छाडी गएकोमा थियाे । हालसम्म कोही कसैले दाबी गर्न नआएको पछि वडा नं. १३ कार्यालयले  वडा प्रहरी कार्यालय रामबजारलाई जान्कारी गराएकाे थियाे । वडा प्रहरी कार्यालय रामबजारबाट  खटिएको प्रहरी टोलिले सुरक्षित साथ वडा सदस्यको रोहबरमा खोली हेर्दा निम्न अनुसारको नगद तथा जिन्सि सामानहरु फेला परेको थियाे ।   उक्त सामान वडा प्रहरी कार्यालय रामबजारमा ल्याई राखिएको छ ।  उक्त सामान कोही कसैको हुनसक्ने हुँदा प्रमाण लाग्ने कागजात सहित वडा प्रहरी कार्यालय रामबजारमा सम्पर्क गर्नु हुन अनुरोध गरेकाे छ । निम्न साम...
विद्युतीय धराप थापेर मारिएको अवस्थामा हात्ती फेला
समाचार, समाज

विद्युतीय धराप थापेर मारिएको अवस्थामा हात्ती फेला

नेपालअखबार,बारा। बारामा करेन्ट लगाएर मारिएको अवस्थामा हात्ती फेला परेको छ। कोल्हबी नगरपालिका– २ भलुयाहीखोरमा आइतबार करिब १५ वर्षको जङ्गलीहात्ती मृतावस्थामा फेला परेको कोल्हबी सबडिभिजन वन कार्यालयका प्रमुख अब्दुल करिमले जानकारी दिए। स्थानीय रमेश जिसीको धान खेतमा हात्ती मृतावस्थामा फेला परेको हो । हात्तीको घाँटीमा बिजुलीको तार बेरिएको अवस्थामा फेला परेको हो। जंगलमा करेन्ट के उद्देश्यले, कसले, किन लगाएको हो भन्ने कुरा अनुसन्धान भइरहेको र चाँडै विद्युतीय धराप थाप्ने व्यक्तिलाई पक्राउ गर्ने सबडिभिजन वन कार्यालयले जनाएको छ। यसअघि विसं २०८० फागुनमा समेत सोही स्थानमा करिब तीन वर्षको पोथी बाघ मृतावस्थामा फेला परेको थियो।...
टपरी र चकटी बुन्न सिक्दैछन् तनहुँका विद्यार्थी
शिक्षा, समाचार, समाज

टपरी र चकटी बुन्न सिक्दैछन् तनहुँका विद्यार्थी

नेपालअखबार, तनहुँ । तनहुँका केही विद्यालयले विद्यार्थीलाई सीपमूलक सीप सिकाउन थालेका छन् । भानु नगरपालिकास्थित सामुदायिक विद्यालयले विद्यार्थीलाई टपरी र चकटी बनाउने प्रयोगात्मक सीप सिकाउन थालेका हुन् । पढाइसँगै जीवनपयोगी सीपलाई जोड्ने भानु नगरपालिका–८ स्थित मनोहर माध्यमिक विद्यालयले विद्यार्थीलाई टपरी बुन्ने सीप सिकाउन थालेको प्रधानाध्यापक हरिमा नेपालीले जानकारी दिइन् । पुरानो पुस्ताबाट नयाँ पुस्तामा सीप हस्तान्तरण गर्ने उद्देश्यसहित विद्यार्थीलाई दुना, टपरी बनाउने सीप प्रदान गरिएको नेपालीको भनाइ छ । पछिल्लो समय आल्मुनियम कागज प्लेटको प्रयोग बढेपछि दुना टपरीको चलन लोप हुँदै गएको छ । अहिलेका कतिपय युवापुस्तालाई सालको पातबाट बनाइने दुना टपरीको ज्ञान पनि नभएको नेपालीको भनाइ छ । त्यस्तै भानु नगरपालिका–६ सिम्पानीस्थित प्रभात आधारभूत विद्यालयले मकैको खोस्टाबाट विद्यार्थीलाई चकटी बनाउने स...
मुस्ताङको सुन्दरतामा पर्यटक आकर्षित
पर्यटन, समाचार, समाज

मुस्ताङको सुन्दरतामा पर्यटक आकर्षित

नेपालअखबार,मुस्ताङ। ऐतिहासिक र धार्मिक महत्त्वको मुस्ताङको पृथक भू–बनोट, प्राकृतिक, भौगोलिक, सांस्कृतिक, जैविक विविधताले विश्वभरका पर्यटक आकर्षित हुँदै आएका छन्। शरद् यामसँगै खुल्न थालेको मौसम मुस्ताङ घुम्नका लागि उपयुक्त मानिन्छ। उजाड खैरो र रातो रङका पहाडमा चित्रकारले कोरेर बनाएका जस्ता देखिने कलाकृति। प्राचीनकालीन मानव सभ्यताको झल्को दिने पहाडभित्र रहेका गुफाहरु। जता फर्किए पनि पृष्ठभूमिमा देखिने सेताम्मे हिमाल र नीलो आकाश। माटोका छाना भएका मौलिक घरहरुसँगै बस्ती वरिपरि देखिने हरियाली। पहाड छिचोलेर बगिरहेका कालीगण्डकी र सहायक नदीहरु । निलो रङका मनमोहक ताल। पाखामा रमाउँदै गरेका भेटिने नाउर, बनखरायोका बथान। चरन खर्कमा भेडाच्यांग्रा, घोडा र याकका गोठ। लटरम्म पाकेर मगमग बास्न आउने स्याउ बगैंचा। बस्तीपिच्छे ऐतिहासिक दरबार र धार्मिक महत्त्वका गुम्बा तथा तिब्बती रहनसहन र जीवनशैली। हिन्दू ...
विदेशिए गोठाला, हराए गोठ
समाचार, समाज

विदेशिए गोठाला, हराए गोठ

नेपालअखबार,म्याग्दी । मुस्ताङको थासाङ गाउँपालिका-१ टुकुचेको बतासे डाँडाको लेकमा दुई दशक अघिसम्म बर्खाको तीन महिना ४० देखि ५० भेडी गोठ हुन्थे । म्याग्दीको रघुगङ्गा, अन्नपूर्ण र मुस्ताङको थासाङ गाउँपालिकाको चरनक्षेत्र बतासेमा यसपालि १५ वटा मात्र गोठ थिए । बतासेको खर्कबाट गत हप्ता थासाङ-३ लेतेमा भेडागोठ झारेका म्याग्दीको रघुगङ्गा गाउँपालिका-२ भगवतीका नन्दबहादुर भण्डारीले बढ्दो विदेश र सहरमोहले घुम्ती गोठमा भेडाबाख्रा र गाईभैंसी पाल्ने चलन हराउन थालेको बताए । ६८ वर्षीय भण्डारीले ५४ वर्षदेखि घुम्ती गोठमा भेडापालन गर्दै आएका छन् । पाँच सयभन्दा बढी भेडाबाख्राको बथान लिएर बर्खामा लेक र हिउँदमा बेँसी गर्ने उनी आफ्नो पुस्तासँगै गोठ बस्ने चलन पनि हराउने चिन्तामा छन् । ‘देशभित्र काम गर्न लाज मान्ने तर विदेशमा अर्काको नोकर हुन तयार हुने संस्कारको विकासले गर्दा बूढापाकासँगै गोठहरू हराउन थालेका ...
बारा जङ्गल छेउमा वयस्क हात्ती मृत फेला
समाचार, समाज

बारा जङ्गल छेउमा वयस्क हात्ती मृत फेला

नेपालअखबार, बारा। बारा स्थित राष्ट्रिय जङ्गल नजिक वयस्क हात्ती मृत फेला पारेको छ। स्थानीय कोल्हबी नगरपालिका–२ भलुवाही खोर जङ्गल छेउमा जङ्गली हात्ती मृत फेला परेको हो। अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी र डिभिजन बन कार्यालय बाराको टोली घटनास्थलमा पुगेको छ। घटनास्थल पुगेका इलाका प्रहरी कार्यालय कोल्हवीका प्रमुख इन्स्पेक्टर किशन बस्नेतले घटनाको पुष्टि गरे। इन्स्पेक्टर बस्नेतका अनुसार हात्तीको सुडमा सामान्य खतसँगै केही रगतको टाटा देखिएको छ। माथिबाट देखिएको हात्तीको शरीरमा कुनै घाउ खत देखिएको छैन। अर्को तर्फ पल्टाउन जेसिवी मगाईदै छ। जेसीवीले पल्टाए पछि हात्तीको शरीरमा अर्को तर्फ घाउखत छ छैन देखिने इन्स्पेक्टर बस्नेतले जानकारी दिए। घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको इलाका प्रहरी कार्यालय कोल्हबीले जनाएको छ।...
लोमान्थाङ बजारको चक्रपथ स्तरोन्नति सुरु
समाचार, समाज

लोमान्थाङ बजारको चक्रपथ स्तरोन्नति सुरु

नेपालअखबार,म्याग्दी । मुस्ताङको धार्मिक, पर्यटकीय तथा सांस्कृतिक महत्वको बस्ती लोमान्थाङ बजारको चक्रपथ सडक स्तरोन्नतिको काम थालिएको छ । पूर्वाधार विकास कार्यालय मुस्ताङले गण्डकी प्रदेश सरकारको बजेटबाट लोमान्थाङको प्रवेशद्वारदेखि माटोको पर्खालले घेरिएको सडकलाई ढलान गरेर स्तरोन्नति सुरु गरेको हो । गत साउन २९ गते रु तीन करोड २३ लाख १८ हजार पाँच सय ४४ मा ठेक्का सम्झौता गरेअनुसार निर्माण कम्पनीले सडक ढलानका लागि प्रारम्भिक चरणको काम सुरु गरेको पूर्वाधार विकास कार्यालय मुस्ताङका सूचना अधिकारी घनश्याम रोकाले जानकारी दिए । सम्झौताअनुसार विसं २०८२ माघ २८ गतेसम्म काम सक्ने गरी नाली निर्माण र दुई किलोमिटर लम्बाइ र सात मिटर चौडाइमा आरसिसी ढलान गरिने उनले बताए । आयोजनाका लागि प्रदेश सरकारले चालु आर्थिक वर्षमा रु ९६ लाख विनियोजन गरेको छ । कच्ची सडकको धुलो र हिलोले स्थानीयवासी तथा पर्यटकलाई प्रभावि...
‘दुःखीलाई दुःखले कहिल्यै नछोड्ने रहेछ’
समाचार, समाज

‘दुःखीलाई दुःखले कहिल्यै नछोड्ने रहेछ’

नेपालअखबार, काठमाडौँ । करिब दुई किलोमिटर टाढा छ गाउँ। नियमित आवतजावत पनि हुँदैन। कहिलेकाहीँ गाउँ र आफन्तहरूसँग भेट हुन पनि लामै समय कुर्नुपर्छ। लेकतिर अस्थायी गोठ भएका आफन्तबाहेक अरूसँग भेट गर्न नदिने नियति छ विष्नादेवी बुढाको। मष्टा गाउँपालिका–६ रिलुकी विष्नाको अगाडि दुःखको पहाड आइलागेको ८ वर्ष जति भयो। ७ वर्षदेखि उनी एकल महिला हुन्। भारतका विभिन्न ठाउँमा मजदुरी गरेर परिवार जीविको धानिरहेका श्रीमान् एक्कासि बिरामी भएर थला परेपछि उनका दुःखका दिन सुरु भएका थिए। ‘श्रीमान् बिरामी भएपछि धेरै ठाउँमा उपचार गर्‍यौं। आफन्तको सहयोगमा धेरै अस्पताल चहार्दा पनि केही भएन। फेरि घर ल्याएको केही समयमै उनले प्राण त्याग्नुभयो,’ यति भन्दा उनको गला अवरूद्ध भएको थियो। श्रीमान्को निधनपछि विष्नाका सबै सपना अधुरा रहे। बालबालिकाको पढ्ने चाहना पनि बाध्यताको पहाडमै थिचियो। परिवारको सहारा टुट्यो। छिमेकीको भर...
दुई माना चामलमा एउटा कुचो
समाचार, समाज

दुई माना चामलमा एउटा कुचो

नेपालअखबार, दाङ। लमही नगरपालिका–९ रिहार निवासी ५७ वर्षीया सम्झना चौधरीले कुचोबाट आफ्नो जीविकोपार्जन गर्दै आएकी छन्। उनी कुचो बनाउने र बजारमा चामलसँग साटेर घर खर्च चलाउँछिन्। 'कुचो बनाएर घोराही बजार लैजान्छु, धेरैले चामल दिनुहुन्छ,' चौधरीले भने, 'कुचो बेचेर/साटेर सङ्कलन भएको चामल तथा रकमले जीविकोपार्जन भइरहेको छ।' सिरुको कुचो बनाउने गरेको भन्दै यसको बजारमा माग पनि धेरै रहेको उनले बताइन्। बजारमा माग भएकाले पछिल्लो एक वर्षदेखि कुचो बनाएर बिक्री गर्ने, चामलसँग साट्ने गरेको चौधरीले बताइन्। 'एउटा कुचोबापत दुई मानासम्म चामल दिने गर्नुहुन्छ । नगदभन्दा चामलसँग बढी कारोबार हुने गरेको,' उनले भनिन्। चार सन्तानकी आमा सम्झनाले छोराछोरीको बिहेपछि आफू घरमा एक्लै रहेको बताइन्। एक पटकमा ५० वटासम्म कुचो बनाएर बिक्री गरेपछि त्यसबाट भएको आम्दानीले दुई महिनासम्म घर खर्च चलाउन पुग्ने उनको भनाइ छ। ...