Wednesday, August 12

समाज

पोखरामा रोकिएन डेंगु सङ्क्रमण, एक महिनामा ६ गुणाले वृद्धि
समाचार, समाज, स्वास्थ्य

पोखरामा रोकिएन डेंगु सङ्क्रमण, एक महिनामा ६ गुणाले वृद्धि

नेपालअखबार,पोखरा । कास्कीको पोखरा महानगरपालिकामा गत भदौ पहिलो सातायता डेंगु सङ्क्रमण ६ गुणाले बढेको छ । भदौ पहिलो साता डेङ्गी सङ्क्रमितको सङ्ख्या सात सयको आसपास रहेकोमा महिनादिनमा बढेर चार हजार चार सय ३३ पुगेको हो । महानगरको स्वास्थ्य महाशाखाका अनुसार सङ्क्रमितको उक्त कुल सङ्ख्या गत पुसयताको हो । गतवर्ष पोखरा महानगरपालिकाका ती हजार तीन सय ७० जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको थियो । कात्तिक महिनासम्म सङ्क्रमणको जोखिम रहने भएकाले यो वर्ष सङ्क्रमितको सङ्ख्या अझै बढ्नसक्ने देखिएको जनस्वास्थ्य निरीक्षक रेग्मीले बताए । उनका अनुसार डेङ्गी सङ्क्रमणबाट पोखरामा तीन जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका–५ का ५२ वर्षीया महिला, १२ का ४० वर्षीय र १० का ८० वर्षीय पुरुषको डेंगुका कारण मृत्यु भएको उनले जानकारी दिए । पोखरा महानगरपालिका–नं ५, ८ लगायतका वडा डेंगुबाट बढी प्रभावित भएको स्वास्थ्य महाशाख...
घरमा सुरुङ बनाइ चोरी गर्ने एक युवक पक्राउ
अपराध, समाचार, समाज

घरमा सुरुङ बनाइ चोरी गर्ने एक युवक पक्राउ

नेपालअखबार,वीरगन्ज । दुई महिना अघि घरमा सुरुङ बनाएर चोरी गरेको आरोपमा रौतहटबाट एक युवक पक्राउ परेका छन् । असार २४ गते राति जिल्लको दुर्गा भगवती गाउँपालिका–५ बडहर्वा टोलका ३ जनाको घरमा सुरुङ बनाएर चोरी गर्ने ग्याङ्ग्का एकजनालाइ रौतहट प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा जिल्लाको गरुडा नगरपालिका वडा नम्बर ९ बिर्ति श्रीपुर बस्ने ३० वर्षीय जिआउल हक रहेका छन् ।  उनी नेतृत्वको समूहले गाउँपालिका–५ बडहर्वा टोल निवासी चन्देश्वर दास तत्मा, लक्ष्मी दास र रामनारायण साहको घरमा चोरी गरेका थिए । साे समूहले सुरुङ बनाई घरमा रहेका गरगहना, लत्ताकपडा, नगद तथा मोबाइल लगायतका सामानहरु चोरी गरेको प्रहरी नायब उपरीक्षक डीएसपी एलिजा गिरीले बताइन् । घटनापश्चात् प्रहरीले गरेको सूक्ष्म अनुसन्धानका क्रममा चोरीमा जिआउलको संलग्नता भएको पाइएपछि उनलाई पक्राउ गरिएको प्रहरीको दाबी छ । उनलाई बडहर्वा पुल नजिक घुम...
मुक्तिनाथमा दर्शनार्थीको घुइँचो
धर्म/संस्कृति, समाचार, समाज

मुक्तिनाथमा दर्शनार्थीको घुइँचो

नेपालअखबार,मुस्ताङ । प्रसिद्ध तीर्थस्थल मुक्तिनाथमा  केही दिनयता चहलपहल बढ्दै गएको छ । विशेषतः प्रत्येक वर्षको पितृ पक्ष (सोह्र श्राद्ध)का समयमा नेपालका विभिन्न स्थानका साथै भारतबाट यहाँ दर्शनार्थी आउने गर्दछन् । यस वर्ष सोह्र श्राद्ध सुरु भएयता मुक्तिनाथमा आउने दर्शनार्थीको संख्यामा बृद्धि भएको  मन्दिरका पूजारी कृष्णप्रसाद सुवेदीले जानकारी दिए । “सोह्र श्राद्ध सुरु भए यता देशका विभिन्न स्थानबाट आउने दर्शनार्थीहरू बढ्दै गएका छन्”, उनले भने, “पितृ पक्ष अवधिभर नै यहाँ दर्शनार्थी आउने गर्दछन् ।” मुस्ताङ आएका दर्शनार्थी कागबेनीमा श्राद्ध गरी मुक्तिनाथको दर्शन गरेमा पितृ मोक्ष हुने र भावी सन्ततिलाई सुख, समृद्धि हासिल हुने विश्वास रहीआएको मन्दिरका पूजारी कृष्णप्रसाद सुवेदीले बताए । प्रत्येक वर्ष सोह्र श्राद्धका समयमा देशका विभिन्न स्थानबाट दर्शनार्थी मुक्तिनाथ आउने गरेको उनले बताउँदै उनले ...
‘एउटै नाउरको सिकार गर्न २३ लाख’
अर्थ, प्रशासन, समाचार, समाज

‘एउटै नाउरको सिकार गर्न २३ लाख’

नेपालअखबार, काठमाडौँ । नेपालको एकमात्र ‘ढोरपाटन सिकार आरक्ष’ पेसेवर विदेशी सिकारीहरूका लागि विश्वमै प्रख्यात छ। यहाँ लिखित अनुमति लिएर तोकिएको समय र क्षेत्रमा नाउर, झारल, रतुवा र बँदेलको सिकार गर्न पाइन्छ। यो आरक्ष यिनै वन्यजन्तुको सिकार गर्नका लागि विश्वमै एक प्रमुख गन्तव्यकै रूपमा चिनिएको छ। साहसिक सिकार खेलका लागि यो प्रसिद्ध मानिन्छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले सिकार गर्नका लागि न्यूनतम राजस्व निर्धारण गर्ने गरेको छ। हाल नाउरको एक लाख ५० हजार र झारलको ७५ हजार न्यूनतम राजस्व तोकिएको छ। बोलपत्र बढाबढमा सिकार गर्ने कम्पनीले न्यूनतमभन्दा धेरै मूल्य बोलकबोल गर्ने गरेको आरक्ष कार्यालयका वरिष्ठ संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलले बताए। गत वर्षको ‘सिजन’मा बोलपत्र बढाबढमा अधिकतम एक नाउरको सिकार गर्न रु २३ लाखसम्म कबोल गरिएको उनले जानकारी दिए। त्यस्तै, झारलको हालस...
हिन्दू सम्राट सेनाको ताण्डव जबर्जस्ती मस्जिदमा घुस्ने प्रयास गर्दै र मुस्लिम समुदायका व्यक्तिहरूलाई कुटपिट गरे
समाचार, समाज, हाइलाइट-समाचार

हिन्दू सम्राट सेनाको ताण्डव जबर्जस्ती मस्जिदमा घुस्ने प्रयास गर्दै र मुस्लिम समुदायका व्यक्तिहरूलाई कुटपिट गरे

नेपालअखबार, धनुषा । धनुषा जिल्ला मुखियापट्टी मुसहरनिया गाउपालिका वडा नं ३ तुलसीयाही जब्दीमा असोज २ गते विश्वकर्मा पुजाको बिसर्जनका दिन हिन्दू सम्राट सेनाको तुलसीयाही जब्दीमा ताण्डव जबर्जस्ती मस्जिदमा घुस्ने प्रयास गरे र मुस्लिम समुदायका व्यक्तिहरूलाई कुटपिट  समेत गरेका छन् । स्थानियकाे  प्रशासन भने मौन आरोप रहेको छ । धनुषा  प्रशासनले दङ्गा नियन्त्रण गर्न नसक्दा मुसहरनियाका मुस्लिम समुदयले सुरक्षित महसुस गर्न सकि रहेका छैनन् स्थानिय जाहिद  राइन बताए ।  राइनका अनुसार विश्वकर्मा पूजाको दिन हिन्दू अतिवादी समूहका केही व्यक्तिहरूले आनी महस्जिदका अगाडि करिब तिन घण्टा बाजा बजाउँदै नित्य गर्न थालेका थिए।  केहि व्यक्तिले  महस्जिद  भित्र समेत अविर पर्ने गरी अविर छर्ने कार्य  थाले पछि  मस्जिदबाट निस्किएका केहि व्यक्तिहरुले यसरी मस्जिद अगाडि नित्य नगर्न  अनुरोध गर्दै अविरजात्रा रोक्न आग्रह गरेका थिए। ...
घान्द्रुक पदमार्गको हब बन्न सक्छः एक्याप प्रमुख कडरिया
समाचार, समाज

घान्द्रुक पदमार्गको हब बन्न सक्छः एक्याप प्रमुख कडरिया

नेपालअखबार,पोखरा । अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) पोखराका प्रमुख डा. रविन कडरियाले घान्द्रुक पदमार्गको हब बन्न सक्ने बताएका छन् । कास्कीको अन्नपूर्ण गाउँपालिका–१०÷११ स्थित घान्द्रुक पर्यटन व्यवस्थापन समितिको दोस्रो वार्षिक साधारण सभाको उद्घाटनपछि बोल्दै एक्याप पोखराका प्रमुख कडरियाले घान्द्रुकबाट पदमार्गको गन्तव्य सुरु हुने भएकाले हब बन्ने सक्ने बताए । ‘घान्द्रुक आन्तरिक तथा बाह्य पर्यटकहरुको लागि रोजाईको गन्तव्य बन्दै गइरहेको छ, घान्द्रुकलाई सास्कृतिक गाउँको रुपमा विकास गर्न सके अझै यसको महत्व बढ्न सक्छ’, कडरियाले भने, ‘घान्द्रुकबाट अन्नपूर्ण पदमार्ग, मुल्डे,हिडन लेक, म्याग्दीको घोडेपानी, खोर्पा, पुनहिल पदमार्गमा पर्यटकको रोजाईमा पर्छन् जसको कारण घान्द्रुक पदमार्गको हव बन्न सक्छ ।’ एक्याप प्रमुख कडरियाले घान्द्रुकमा पर्यटकको संख्या र बसाई लम्बाउन नयाँनयाँ पर्यटकीय गन्तव्यसँगै वन्यज...
मध्यविन्दु नकुहिने ७९ प्रतिशत फोहोर बेच्छ, कुहिनेबाट बनाउँछ जैविक मल
समाचार, समाज

मध्यविन्दु नकुहिने ७९ प्रतिशत फोहोर बेच्छ, कुहिनेबाट बनाउँछ जैविक मल

नेपालअखबार,  नवलपरासी।  सहरी क्षेत्रमा फोहरमैला व्यवस्थापन चुनौती बन्दै जाँदा नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को मध्यविन्दु नगरपालिकाले फोहरबाट जैविक मल उत्पादन थालेको छ। मध्यविन्दु वडा नम्बर ११ कुसुण्डेमा फोहर व्यवस्थापन तथा जैविक मल उत्पादन केन्द्र स्थापना गरी जैविक मल उत्पादन सुरु गरिएको हो। नगरपालिकाले घरबाट निस्कने फोहरको अनिवार्य वर्गिकरण गरी कुहिने र नकुहिने गरी सङ्कलन र व्यवस्थापन थालेको नगरप्रमुख भीमलाल अधिकारीले बताए। उनका अनुसार नकुहिने फोहरबाट पुनः प्रयोगमा आउने छुट्टाएर बिक्री गर्ने र कुहिने फोहरबाट जैविक मल उत्पादन सुरु गरिएको हो। फोहरलाई कसरी पुनः अधिकतम प्रयोग गर्न सकिन्छ भन्नेतर्फ नगरपालिकाले योजनाबद्ध रूपमा काम गरिरहेको नगरप्रमुख अधिकारीले बताए। दिगो रुपमा नगरभित्रको फोहरमैला व्यवस्थापनलाई अघि बढाउन फोहरसँगै आम्दानीलाई जोडेर व्यवस्थापन थालिएको उनले उल्लेख गरे। ‘हा...
पत्रकार महासङ्घको निर्वाचन स्थगित
समाचार, समाज

पत्रकार महासङ्घको निर्वाचन स्थगित

नेपालअखबार, काठमाडौँ । नेपाल पत्रकार महासङ्घको निर्वाचन अन्तर्गत आजको लागि तय भएको उम्मेदवार मनोनयन कार्यक्रम अन्तिम समयमा आएर स्थगित गरिएको छ । निर्वाचन समितिले अर्को सूचना नआएसम्म उम्मेदवार मनोनयन कार्यक्रम स्थगित भएको जनाकारी दिएको हो । समितिले एक सूचना जारी गर्दै भनेको छ– नेपाल पत्रकार महासङ्घको केन्द्रीय समिति, प्रदेश समिति, जिल्ला शाखा, प्रतिष्ठान शाखा, संस्थागत शाखाको २०८१ साल असोज १२ गते तोकिएको निर्वाचन सम्पन्न गर्नको लागि निर्वाचन कार्यक्रम प्रकाशन गरिएको विदितै छ । निर्वाचनको कार्यक्रम अन्तरगत उम्मेदवारको मनोनयन दर्ता गर्नको लागि २०८१ असोज ०४ गते मिति तोकिएकोमा नेपाल पत्रकार महासङ्घबाट प्राप्त पत्र अनुसार २०८१ असोज ०४ गतेको उम्मेदवारको मनोनयन दर्ता लगायतका कार्य तालिकामा समावेश कार्यक्रम अर्को सूचना जारी नभए सम्मको लागि स्थगित गरिएको जानकारी गराइन्छ । नेपाल पत्रकार महासङ्घ...
बागलुङका स्वास्थ्य संस्थामा डेङ्गी परीक्षण किट अभाव
समाचार, समाज, स्वास्थ्य

बागलुङका स्वास्थ्य संस्थामा डेङ्गी परीक्षण किट अभाव

नेपालअखबार, बागलुङ । धौलागिरी अस्पताल, गलकोट र बुर्तिवाङका प्राथमिक स्वास्थ्य केन्द्रमा डेंगी परीक्षण गर्ने किट अभाव भएको छ। धौलागिरि अस्पतालकी सूचना अधिकारी शान्ति शर्माका अनुसार दैनिक ५० देखि सय जनासम्म ज्वरोका बिरामी आइरहेको तथा उनीहरूको स्वास्थ्य परीक्षण गर्न किट अभाव भएको छ। केही दिनदेखि किट अभावसँगै रक्त परीक्षणमा पनि समस्या भएको छ। अस्पतालले गण्डकी प्रदेश सरकारसँग किट उपलब्ध गराउन माग गरेको छ । स्वास्थ्य कार्यालयकी मलेरिया निरीक्षक कमला थापाले प्रादेशिक अस्पतालले प्रदेश सरकारबाटै माग्न सक्ने भएकोले ग्रामीण क्षेत्रका प्राथमिक स्वास्थ्य केन्द्र र नगर अस्पताललाई मात्र किट प्रदान गरिएको बताइन्। बुर्तिवाङ, बडिगाड र गलकोट क्षेत्रमा पनि डेङ्गीका बिरामी बढेका जनस्वास्थ्य निरीक्षक लक्ष्मी शर्माले बताइन्। उनले खोज र नष्ट गर अभियान चलाएर सङ्क्रमण रोक्ने प्रयास जारी रहेको बताइन्।...
सहुलियत मूल्य पसल : हुम्लामा खाद्यान्नमा प्रतिकेजी रु पाँच छुट
समाचार, समाज

सहुलियत मूल्य पसल : हुम्लामा खाद्यान्नमा प्रतिकेजी रु पाँच छुट

नेपालअखबार, सिमकोट । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय हुम्लाले असोज ६ गतेदेखि प्रतिकेजी रु पाँच छुटमा खाद्यान्न बिक्री गर्ने भएको छ । हिन्दुहरूको महान् चाडपर्व दशैँ, तिहारलाई लक्षित गरी सहुलियत मूल्यमा खाद्यान्न बिक्री गर्न लागिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालयका निमित्त प्रमुख नवीनप्रसाद आचार्यले बताए । कार्यालयले यहाँका नागरिकलाई २५ केजीका छ किसिमका चामल बिक्री गर्दै आएको छ भने तोरी तेल र सूर्यमुखी तेलमा पनि प्रतिलिटर रु सात छुटमा बिक्री हुने भएको निमित्त प्रमुख आचार्यले बताए। अरुवा मोटा चामलको रु एक हजार पाँच सय २५, अरुवा सोना मन्सुली रु एक हजार सात सय २५, स्टिम जिरामसिनो रु दुई हजार दुई सय ५० मा बिक्री गरिने भएको व्यापार कम्पनीले जनाएको छ । यसअघि अरुवा मोटा चामलको रु एक हजार छ सय ५०, अरुवा सोना मन्सुली एक हजार आठ सय ५०, स्टिम जीरा ...