Thursday, August 13

समाज

सिन्धुपाल्चोकमा भूकम्पको धक्का
समाचार, समाज

सिन्धुपाल्चोकमा भूकम्पको धक्का

नेपालअखबार, सिन्धुपाल्चोक। सिन्धुपाल्चोकमा भूकम्प गएको छ। मेलम्ची नगरपालिका वडा नम्बर १० शिखरपुर आसपास केन्द्र भएर बिहान ६:११ बजे ४.२ म्याग्नेच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ। भूकम्पको कम्पन सिन्धुपाल्चोकको आसपासका जिल्लामा समेत महसुस गरिएको थियो।...
पर्यटकको पर्खाइमा मुस्ताङको चुङसी गुफा
पर्यटन, समाचार, समाज

पर्यटकको पर्खाइमा मुस्ताङको चुङसी गुफा

नेपालअखबार,म्याग्दी । मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिका–३ मा रहेको चुङसी गुफा पर्यटकका पर्खाइमा छ । चीन र भारत जोड्ने कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत साङबोचे नजिकै रहेको गुफाको महत्व र विषेशताका बारेमा प्रचारप्रसारको कमीले ओझेलमा परेको हो । लो–घेकर दामोदरकुण्ड–३ घिलिङका वडाध्यक्ष झब्याङ तेन्जिङ गुरुङले चुङसी गुफामा पर्यटक भित्र्याउन पहल गरिएको बताए । “गुुफासम्म पुग्ने सडक र पदमार्ग तयार भएको छ”, उनले भने, “उपल्लो मुस्ताङ भ्रमणमा आउने पर्यटकको बसाइ लम्ब्याउनका लागि चुङसी गुफाको प्रवर्द्धनमा जोड दिएका हौँ ।” साङबोचेबाट दुई किलोमिटर कच्ची सडक र एक किलोमिटर पैदलयात्रा गरेपछि चुङसी गुफामा पुगिन्छ । भेनाखोलाको किनारबाट १० मिनेट उकालो पैदलयात्रा गरेपछि पहाडको बीचमा रहेका दुईवटा ठूला गुफामा पुगिन्छ । तीनवटा तला रहेको तल्लो चुङसी गुफाभित्र विभिन्न देवीदेवताका मूर्ति, ...
बीस वर्षदेखिको जुगेपानी पहिरोको सास्ती हट्यो
समाचार, समाज

बीस वर्षदेखिको जुगेपानी पहिरोको सास्ती हट्यो

नेपालअखबार, गोरखा। गोरखा–आरूघाट सडकखण्ड अन्तर्गत पर्ने आहालेस्थित जुगेपानी पहिरोको सास्ती हटेको छ। गएको २० वर्षदेखि हरेक वर्ष बर्खाका बेला यात्रीले निकै हैरानी खेप्दै आउनुपरेको जुगेपानीको पहिरो अहिले रोकथाम गरिएपछि सवारीसाधन सञ्चालनमा सहज भएको हो। तनहुँ सडक डिभिजन कार्यालयले गत वैशाख महिनामा पहिरो रोकथामको सबै काम सम्पन्न गरेसँगै यसपटकको बर्खामा कुनै समस्या नभएको गोरखा नगरपालिकाका प्रमुख कृष्णबहादुर रानामगरले जानकारी दिए। ‘बर्खामा पानी पर्नेबित्तिकै सधैंजसो सडक भासिने, माटो बग्ने र सवारीसाधन आवागमन अवरुद्ध हुने गरेको भए पनि त्यहाँको पहिरोले यसपटक अहिलेसम्म कुनै दुःख दिएन,’ उनले भने, ‘अहिलेको अवस्थालाई हेर्दा पहिरो रोमथाममा भएको देखिन्छ, यसपालिको बर्खामा यात्रीले विगतका वर्षमा जस्तो हैरानी भोग्नुपरेको छैन।’ जुगेपानीमा करिब एक सय मिटर सडक हरेक वर्ष बर्खामा पानी परेपछि जमिन भासिने, म...
आज काठमाडौँका यी स्थानमा विद्युत् सेवा अवरुद्ध हुने
प्रविधि, समाचार, समाज

आज काठमाडौँका यी स्थानमा विद्युत् सेवा अवरुद्ध हुने

नेपालअखबार, काठमाडौँ । काठमाडौँको अनामनगरलगायत विभिन्न क्षेत्रमा मंगलबार बिहानेदेखि देखि अपराह्न ४  बजेसम्म विद्युत् अवरुद्ध हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणले रत्नपार्क वितरण केन्द्रको अनामनगर फिडरअन्तर्गत पर्ने के ३ सवस्टेसनदेखि घटेकुलो एरियामा केबल तान्ने कार्य गर्न लागिएको हुँदा मंगलबार बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म विद्युत् अवरुद्ध हुने भएको हो । अनामनगर पुर्वीगेट हुँदै हनुमान स्थान, सिंहदरबार दक्षिणगेट हुँदै न्युरो हस्पिटल अगाडी,प्रभु बैङ्क अगाडी धोवीखोलाहुदैं सेतोपुल मैतीदेवी जाली कारखाना, घटेकुलो एरिया र गोर्खा एफएम सम्मको विद्युत् सेवा अवरुद्ध हुने प्राधिकरणले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।...
बजेट अभावले ‘महभिर झरना’को भौतिक पूर्वाधार तयार भएन
समाचार, समाज

बजेट अभावले ‘महभिर झरना’को भौतिक पूर्वाधार तयार भएन

नेपालअखबार,  ढोरपाटन । चारैतिर घनाजङ्गल । अग्लो भिर । स्वच्छ हावापानी र शान्त वातावरण । त्यसमाथि चिरबिर चराचुरुङ्गीको आजाव । उसै गरी भिरको बीच भागमा छ महभिर झरना । झरना वरपर ठूलाठूला भिर छन् । उक्त भिरलाई महभिरका रुपमा चिनिन्छ । महभिरकै नामले झरना परिचित छ । बेलाबखतमा स्थानीय फाट्टफुट्ट पुग्ने गरे पनि बाहिरी पर्यटक पुग्न सकेका छैनन् । बागलुङको निसीखोला गाउँपालिका–३ स्थित महभिरमा रहेको यो झरना दूरीका हिसाबले टाढा पनि छैन । समुन्द्री सतहदेखि करिब दुई हजार पाँच सय मिटर उचाइमा रहेको छ । झरनासम्म पुग्नका लागि सहज पदमार्ग तथा सडक भने छैन । बोहोरागाउँ र याङ्म्याङको बीचमा पर्ने यो झरना क्षेत्रमा बर्सेनि स्थानीय भिर मह काढ्नका लागि पुग्ने गर्छन् । झरनासँगै यो क्षेत्र ‘हनी हन्टिङ’ अर्थात् मह सिकारका लागि निकै उपयुक्त रहेको स्थानीय बताउँछन् । स्थानीय सरकारले यसको चासो दिए पर्यटकीय गन्तव्य बन...
बेल्खुको पहिरो पन्छाइयो, पृथ्वी राजमार्ग दुईतर्फी
समाचार, समाज

बेल्खुको पहिरो पन्छाइयो, पृथ्वी राजमार्ग दुईतर्फी

नेपालअखबार, काठमाडौँ। लेदोसहितको पहिरो खस्दा धादिङको गजुरीमा अवरूद्ध भएको पृथ्वी राजमार्ग दुईतर्फी नै सञ्चालनमा आएको छ। गएराति ११ बजे गजुरी गाउँपालिका-६ बेल्खुमा लेदोसहितको पहिरो खस्दा राजमार्ग पूर्ण अवरूद्ध भएको थियो। जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक नन्दकिशोर चौहानले राति १२ बजेदेखि एकतर्फी बनाइएको र पूर्ण रूपमा पहिरो पन्छाइएपछि बिहान साढे ९ बजेदेखि दुईतर्फी नै सडक सञ्चालनमा आएको हो। सडक एकतर्फी हुँदा राजमार्गमा सवारी साधनको चाप केही बढेको थियो। दुईतर्फी सञ्चानलमा आएसँगै  सवारी साधनको चाप सामान्य भएको छ ।...
मुस्ताङको स्याउ भदौमा नै पाक्न थाल्यो
कृषि, समाचार, समाज

मुस्ताङको स्याउ भदौमा नै पाक्न थाल्यो

नेपालअखबार, म्याग्दी । विगतका वर्षमा असोज लागेपछि गुलियो पस्ने मुस्ताङको घरपझोङ गाउँपालिका–२ मार्फाका लालप्रसाद हिराचनको बगैँचामा फलेका स्याउ यसपालि भदौ दोस्रो हप्तामै खानयोग्य भएको छ । “पहिले असोज नलागी यहाँको स्याउमा स्वाद आउँदैनथ्यो”, ७९ वर्षीय हिराचनले भने, “यसपालि विगतका वर्षभन्दा धेरै गर्मी महसुस भएको छ । स्याउ पनि १५–२० दिनअघि नै पाक्न थालेको छ ।” घरपझोङ गाउँपालिका–३ स्याङका किसान कर्मा गुरुङको पनि हिराचनको जस्तै अनुभव छ । व्यावसायिक स्याउखेती गर्दै आएका हिराचन र कर्मामात्र नभएर मुस्ताङका सबैजसो किसान यसपालि विगतको तुलनामा स्याउ छिटो पाकेको बताउँछन् । तापक्रम वृद्धि र मौसम परिवर्तनका कारण स्याउ छिटो पाकेको किसान तथा कृषि प्राविधिकको भनाइ छ । मुस्ताङमा स्याउ जोन कार्यक्रम सञ्चालन गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका कार्यालयका निमित्त वरिष्ठ कृषि अधिकृत नेत्र भट्टले...
प्रकाश मोक्तानले आइतबार घरमै नागरिकता पाए
समाचार, समाज

प्रकाश मोक्तानले आइतबार घरमै नागरिकता पाए

नेपालअखबार, भोजपुर। ३५ वर्षअघि परिवारको सम्पर्कबाट टाढिएर बेपत्ता बनेका प्रकाश मोक्तानले आइतबार घरमै नागरिकता पाएका छन्। जिल्ला प्रशासन कार्यालय भोजपुरले उनलाई घरमै गएर नागरिकता दिने प्रबन्ध मिलाएको हो। षडानन्द नगरपालिका मेयर सुरेन्द्र उदासले उनलाई नागरिकता हस्तान्तरण गरेका थिए। वडा अध्यक्ष प्रेम दोर्जी शेर्पा, इलाका प्रशासन कार्यालय प्रमुख विनोद अधिकारी नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत मोहन चापागाईंको रोहबरमा उनलाई नागरिकता दिइएको हो। प्रकाश ३५ वर्षअघि काठमाडौंबाट हराएका थिए। परिवारका सदस्यसँग काठमाडौं आएका उनी एकाएक हराएका थिए। विद्या चापागाईं र कमलकुमारले निर्देशन, निर्माण गर्दै आएको हेर्ने कथा (युट्युव श्रृंखला) ले प्रकाशलाई उत्तरी गोरखाको चुम उपत्यकामा फेला पारेका थियो। प्रकाश त्यहाँ चौरी गोठालाको रूपमा थिए। हेर्ने कथाकै माध्यमबाट परिवारको सम्पर्कमा पुगेका उनलाई प्रध...
घोडेपानी आउने पर्यटकलाई सडककै समस्या
पर्यटन, समाचार, समाज

घोडेपानी आउने पर्यटकलाई सडककै समस्या

नेपालअखबार, म्याग्दी । पहिरोका कारण म्याग्दीको पोखरेबगर–घोडेपानी सडकमा दुर्घटनाको जोखिम एवं यात्रुलाई सास्ती भएको छ । सडक अन्तर्गत अन्नपूर्ण गाउँपालिका–६ को लुलिया, हल्लेखर्क र वडा नं ५ को घोप्टेखर्कको पहिरोले आवतजावतमा दुःख दिने गरेको छ । गाउँपालिकाको केन्द्र पोखरेबगरबाट घार, खिबाङ, फलाते, चित्रे हुँदै पर्यटकीयस्थल घोडेपानी जोड्ने २१ किलोमिटर दूरीको पोखरेबगर–घोडेपानी सडकमा लुलिया, हल्लेखर्क र घोप्टेखर्कको पहिरो चुनौती बनेको छ । लुलिया र हल्लेखर्कमा साँघुरिएको र ग्रेड नमिलेको सडकमा जोखिम मोलेर जिप, ट्रयाक्टर र मोटरसाइकल आवतजावत गरे पनि घोप्टेखर्कको पहिरोले घोडेपानी दुई महिनादेखि यातायात सम्पर्कबिच्छेद भएको घोडेपानीका होटल व्यवसायी डमबहादुर पुनले बताए । ‘गाडी चढेर घोडेपानी घुम्न आउने पर्यटकलाई सडकले समस्या बनाएको छ’, पुनले भने, ‘पर्यटकीययाम सुरु हुन लागे पनि होटलका लागि आवश्यक तरका...
चितवनमा भारी वर्षा
समाचार, समाज

चितवनमा भारी वर्षा

नेपालअखबार, चितवन । चितवनका विभिन्न स्थानमा भारी वर्षा भएको छ । वर्षाका कारण बाढी र डुबानको समस्या देखिएको छ । भरतपुर महानगरपालिका १० मा पर्ने स्याउली बजारमा भलले गर्दा केही घण्टासम्म बाटो बन्द भएको थियो । हाकिम चोकबाट नेपाल विद्युत् प्राधिकरणको कार्यालयतर्फ जाने बाटो जलमग्न भएको थियो । बाटो किनारका घर र पसलहरुमा पनि भेलबाढी पसेको थियो । सडकमा आउ–जाउ बन्द भएको थियो । अहिले भने त्यहाँको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । प्रहरीका अनुसार कालिका नगरपालिकाको बुई खोला किनारका केही झुप्रा घरहरुमा पनि बाढी पसेको थियो । तर त्यहाँ जोखिम नरहेको र कसैलाई पनि स्थानान्तरण गर्नुपर्ने अवस्था नरहेको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी भेषराज रिजालले जानकारी दिए । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा वर्षा गराउने बादल विकसित भएको छ । बादल पूर्वबाट पश्चिमत...