Thursday, August 13

समाज

यंसि (इन्द्रजात्राका लागि लिङ्गो) लिन मानन्धर समुदायका अगुवा बन प्रस्थान
समाचार, समाज

यंसि (इन्द्रजात्राका लागि लिङ्गो) लिन मानन्धर समुदायका अगुवा बन प्रस्थान

नेपालअखबार, काठमाडौं । इन्द्रजात्राका अवसरमा बसन्तपुर क्षेत्रमा गाडिने यसिं (इन्द्रध्वज) लिन मानन्धर समुदायका अगुवा आज बन प्रस्थान गरेका छन् । बिहान १० बजेर ४७ मिनेटको साइतमा उनीहरु हनुमानढोकाबाट गुर्जुको पल्टनसहित बन प्रस्थान गरेका हुन् । यसरी यसिं ल्याउने बन (भक्तपुरको चित्तपोल) बाट रुख ल्याउनका लागि होली पूर्णिमापछि गुंला सुरु हुनु अघि क्षमा पूजा गरेर रुख कटान गर्न स्वीकृत माग्ने चलन रहेको, केन्द्रीय मानन्धर संघका सचिव गजेन्द्र मानन्धर बताउनुहुन्छ । येँया जात्राका अवसरमा हुने सांस्कृतिक तथा सामाजिक गतिविधिमा मानन्धरहरुको विभिन्न दायित्व छन् । यी दायित्वमध्ये यसिं ल्याउने, उठाउने, दागिंका दिन बौमता निकाल्ने, यसिं पतन गराउने जस्ता क्रियाकलाप मुख्य हुन् ।   यसिं लिन उनीहरु भक्तपुरको चित्तपोल पुग्नेछन् । केन्द्रीय मानन्धर संघबाट इन्द्रजात्राका लागि संयोजकका रुपमा प्रतिनिधित्व ...
गुडिरहेको नेपाली सेनाको ट्रकमा आगलागी
समाचार, समाज

गुडिरहेको नेपाली सेनाको ट्रकमा आगलागी

नेपालअखबार, हेटौंडा । मकवानपुरको उत्तरी क्षेत्रस्थित थाहा नगरपालिकामा गुडिरहेको नेपाली सेनाको ट्रकमा आगलागी भएको छ । ७ नम्बर बाहिनी चितवनबाट तालिमको लागि रेकी गर्न सिम्भञ्ज्याङतर्फ जाँदै गरेको नेपाली सेनाको बा १ ग ३४३६ नम्बरको ट्रकमा आज मध्यान्ह आगलागी भएको हो। त्रिभुवन राजपथको दामन-शिखरकोट सडक खण्ड अन्तर्गत थाहा नगरपालिका-४ कुर्सी मोडमा भएको आगलागीबाट ट्रक पूर्ण रूपमा क्षति भएको इलाका प्रहरी कार्यालय पालुङले जानकारी दिएको छ । ट्रकको सापट भाच्चिएपछि ट्रकलाई सडक छेउ लगाउने क्रममा अचानक आगो लागेको घटनास्थलमा रहेका सेनाले जानकारी गराएका छन् । सापट भाच्चिएर डिजल ट्याङ्कीमा लागेर डिजल चुहिएपछि आगोलागी भएको अनुमान ट्रकमा सवार सेनाहरूले गरेको घटनास्थलमा रहेका स्थानीय शम्भु अधिकारीले बताए । ट्रकमा १८ जना सवार थिए । आगलागीबाट मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । थाहा नगरपालिकाको दम...
पशुपतिनाथमा तिजको तयारी पूरा
धर्म/संस्कृति, समाचार, समाज

पशुपतिनाथमा तिजको तयारी पूरा

नेपालअखबार,काठमाडौँ । हरितालिका तिजको तयारी अन्तिम चरणमा पुगेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । शुक्रवार नेपालीहरु महिलाहरुले हर्षोल्लासपूर्वक तिज पर्व मनाउने गर्दछन् । जसका लागि महादेव पशुपतिनाथको मन्दिरमा तयारी अन्तिम चरणमा पुगेको क्षेत्र विकास कोसले जनाएको छ । पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा.मिलनकुमार थापाले तिजका लागि आवश्यक पर्ने सुरक्षा, स्वयंसेवा, चन्दन प्रसादको व्यवस्था, दर्शन मागको व्यवस्थापन अन्तिम चरणमा पुगेको बिहीवार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । उनले भगवान श्रीपशुपतिनाथको दर्शन गर्न आउने दर्शनार्थीहरुको सुविधाका गौरीघाट–उमाकुण्ड–दक्षिणामूर्ति–रुद्रगाडेश्वर–वानकी हुँदै उत्तरढोकाबाट मन्दिर प्राङ्गण प्रवेश गरी पश्चिम मुल ढोकाबाट बाहिरी निस्किएर कैलाश दक्षिण वृत्ता चप्पलकक्षबाट जत्ता–चप्पल लिई फर्कने व्यवस्था व्यवस्था मिलाइएको बताए। त्यस्तै मित्र...
रेस्टुरेन्टमा बिल नतिर्ने नयाँ काइदा : खानामा आफै साङ्लो हाल्ने
विदेश, समाचार, समाज

रेस्टुरेन्टमा बिल नतिर्ने नयाँ काइदा : खानामा आफै साङ्लो हाल्ने

नेपालअखबार,मेक्सिको । मानिसहरू ठगी गर्न पनि नयाँ–नयाँ उपायहरू निकाली रहन्छन् । मेक्सिकोमा एक परिवारले रेस्टुरेन्टमा खाएको बिल नतिर्न नयाँ जुक्ति निकालेका हुन्– खानामा आफै साङ्ला हाल्ने । उनीहरुको हर्कत क्यामेरामा कैद भएपछि ठगीको यो नयाँ काइदा पर्दाफास भएको हो । मेक्सिकोको गुआडालाजारामा रहेको द पुएर्टो चेल रेस्टुरेन्टले हालै सामाजिक सञ्जालमा उक्त भिडियो सेयर गरेका हुन् । ती परिवारले आफूले मगाएको खानामा साङ्ला भेटिएको दाबी गर्दै रेस्टुरेन्टको बिल नतिर्ने भन्दै विवाद गरेका थिए । यसबारे थप विवाद खडा नहोस् भनेर रेस्टुरेन्टले उनीहरूको माग स्वीकार पनि गरेको थियो । तर, सरसफाइ र खाद्य सुरक्षामा कडाइ गरिने रेस्टुरेन्टमा कसरी यस्तो घटना भयो भनेर त्यहाँको व्यवस्थापनले यसको अनुसन्धान गर्ने निर्णय गर्‍यो । परिवार रेस्टुरेन्टबाट हिँडेपछि सीसीटिभी फुटेज अध्ययन गर्दा परिवारले नियोजित रूपमा यो घटना घट...
ललितपुरको च्यासलबाट बागमतीमा हामफालेकी युवतीको शव मकवानपुरमा भेटियो
समाचार, समाज

ललितपुरको च्यासलबाट बागमतीमा हामफालेकी युवतीको शव मकवानपुरमा भेटियो

नेपालअखबार,  काठमाडौं। ललितपुर महानगरपालिका-९ च्यासलबाट बागमती नदीमा हामफालेकी युवतीको शव मकवानपुरमा भेटिएको छ। १६ भदौको साँझ बागमती नदीमा हामफालेकी रुकुम घर भएकी युवती अन्जली शर्माको शव भेटिएको हो। उनको शव मकवानपुरको बागमती गाउँपालिका–९ गैरिगंगास्थित बागमती नदी किनारमा भेटिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता नरेशराज सुवेदीले जानकारी दिए। मृतकका आफन्तले शव सनाखत समेत गरिसकेको उनले बताए । च्यासबाट बागमती नदीमा हामफालेकी युवती खोजी गर्ने क्रममा पुलमुनि अन्जली शर्मा, घर रुकुम मुसिकोट लेखिएको नोटसहितको झोला र मोबाइल भेटिएको थियो।...
बिक्री हुन छाड्यो ऊन, चिन्तित छन् किसान
अर्थ, कृषि, समाचार, समाज

बिक्री हुन छाड्यो ऊन, चिन्तित छन् किसान

नेपालअखबार, भोजपुर । व्यावसायिक भेडापालनमा लागेका भोजपुरका किसान ऊन बिक्री नभएपछि चिन्तामा परेका छन्। किसानको राम्रो आम्दानीको स्रोतका रूपमा रहेको ऊन बिक्री नभएपछि उनीहरू चिन्तामा परेका हुन्। गाउँघरमा परम्परगत रूपमा गरिँदै आएको राडीपाखी बुन्ने पेशा लोप हुन थालेपछि उत्पादन भएको ऊन बिक्री हुन छाडेको टेम्केमैयुङ–२ का भेडापालक किसान गोविन्द कठेतले जानकारी दिए। मैयुङ क्षेत्रका भेडापालक किसानसँग रहेको गत वर्षकै करिब एक सय धार्नी ऊन बिक्री नभएको उनको भनाइ छ। ‘पछिल्लो समय भेडाको ऊन बिक्री हुन छाडेको छ,’ किसान कठेतले भने, ‘गाउँघरमा राडीपाखी बुन्ने चलन हराउँदै गएसँगै ऊन बिक्री हुन छाडेको छ। ऊन नै बिक्री हुन छाडेपछि चिन्ता थपिएको छ।’ विगतका वर्षहरूमा ऊन गोठबाट नै प्रतिधार्नी सात सयमा बिक्री हुने गरेको थियो। अहिले छिमेकी जिल्ला खोटाङ पुर्‍याएका मुस्किलले प्रतिकेजी १५० मा बिक्री हुने उनको भ...
बागलुङको लेकमा उत्पादित कपडा विदेश निर्यात
अर्थ, समाचार, समाज

बागलुङको लेकमा उत्पादित कपडा विदेश निर्यात

नेपालअखबार, ढोरपाटन । बागलुङको निसी, भूजी र तमान क्षेत्रका अधिकांश स्थानीय पुस्तौँदेखि पशुपालनमा आवद्ध छन् । उच्च पहाडी क्षेत्र भएकाले भेडापालनमा यहाँका किसान सक्रिय छन् । भेडाबाट मासुसँगै ऊनको कपडासमेत बिक्री हुँदा किसान उत्साहित हुँदै आएका हुन् । दशक अगाडिसम्म भेडाको ऊनबाट बनेका कपडा गोठालाले बढी प्रयोग गर्ने गरेकामा अहिले विदेशमा पुग्ने गरेको छ । विदेशबाट माग बढ्न थालेपछि भेडापालक किसान उत्साहित बनेका छन् । भेडाको ऊनबाट बन्ने काम्लो, बख्खु, घुमलगायत कपडाले घाम पानी छेक्ने, वर्षौँ टिक्ने र न्यानो हुने भएकाले माग बढेको किसान बताउँछन् । यहाँका अधिकांश स्थानीयले सयौँको सङ्ख्यामा भेडापालन गर्छन् । काम्लो, बख्खु, घुमलाई गोठालाको कपडा भन्ने गरिन्छ । एउटै परिवारले पाँच सयदेखि एक हजार पाँच सयसम्म भेडाबाख्रा पाल्ने गरेका ढोरपाटन नगरपालिका–९ का बिर्खबहादुर पुनले बताए। ‘भेडाबाख्राको सङ्ख्या ब...
बिहीबारदेखि सुकिलुम्बा विमानस्थलबाट हवाई उडान पुनः सञ्चालन हुने
समाचार, समाज

बिहीबारदेखि सुकिलुम्बा विमानस्थलबाट हवाई उडान पुनः सञ्चालन हुने

नेपालअखबार, काठमाडौँ । तीन महिनादेखि बन्द रहेको इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थल बिहीबारदेखि सञ्चालनमा आउने भएको छ। बर्खा सुरु भएसँगै खराब मौसमका कारण बन्द विमानस्थलबाट हवाई उडान पुनः सुरु हुन लागेको सुकिलुम्बा विमानस्थल इलामका स्टेसन इन्चार्ज दिनेश सुन्दासले बताए। गत जेठ १३ गते नेपाल एयरलाइन्सको जहाजले उडान भरेयता उडान हुन सकेको छैन। त्यस्तै गत जेठ १७ गते काठमाडौंबाट इलामका लागि उडेको जहाज खराब मौसमका कारण अवतरण गर्न नसकेर पुनः काठमाडौं नै फर्केको थियो। गत बिहीबार पनि उडान गर्ने भनिए पनि यात्रु नभएपछि उडान हुन सकेको थिएन। इन्चार्ज सुन्दासले मौसममा सुधार नआउन्जेलसम्म उडान नहुने जानकारी दिँदै साताको प्रत्येक बिहीबार उडान गर्ने योजना रहेको बताए। नेपाल एयरलाइन्सले २०७९ माघ १ गतेदेखि काठमाडौं–इलाम–काठमाडौं उडान भर्दै आएको थियो। यसअघि नेपाल एयरलाइन्सले सातामा आइतबार र बिहीब...
पर्वत अस्पतालमा करोडौँ मूल्यका अत्याधुनिक भेन्टिलेटर र आईसीयू प्रयोगविहीन
समाचार, समाज

पर्वत अस्पतालमा करोडौँ मूल्यका अत्याधुनिक भेन्टिलेटर र आईसीयू प्रयोगविहीन

नेपालअखबार,पर्वत । पर्वत अस्पतालमा आवश्यक दक्ष जनशक्ति अभावमा करोडौँ मूल्यका अत्याधुनिक भेन्टिलेटर र आईसीयू प्रयोगविहीन बनेका छन्। अस्पतालमा पाँच शय्या आईसीयू र सातवटा भेन्टिलेटर  छन्। तर भेन्टिलेटर आवश्यक परेको बिरामी अस्पतालमा आएमा बिरामीले त्यो सेवा उपभोग गर्न पाउँदैनन्। तत्कालीन कोभिड–१९ को सङ्क्रमण वेला भित्र्याइएका ती भेन्टिलेटर अहिलेसम्म पनि प्रयोगमा आउन नसकेका हुन्। लामो समयसम्म प्रयोगमा नआउँदा उपकरण कामै नलाग्ने अवस्थामा पुगेका छन्। गण्डकी प्रदेश सरकारको एक करोड ६९ लाख रुपैयाँ लगानीमा आईसीयू र भेन्टिलेटर तयार पारिएको थियो। यसबाहेक लायन्स क्लबदेखि अन्तर्राष्ट्रिय सहयोगबाट आएका भेन्टिलेटरको सङ्ख्या अहिलेसम्म सात पुगेको छ। तर ती भेन्टिलेटरमा अहिलेसम्म पनि एकजना बिरामीको उपचार गर्न पाइएको छैन। पाँच वर्षअघि अस्पतालको पुरानो भवनमा आईसीयू कक्ष निर्माण गरिएको थियो। तीन डाक्टर र तीन ...
बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा, एक पुरुष पक्राउ
अपराध, समाचार, समाज

बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा, एक पुरुष पक्राउ

नेपालअखबार, सङ्खुवासभा । १५वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले सङ्खुवासभाबाट एक जनालाई पक्राउ गरेको छ । १५वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा जिल्लाको धर्मदेवी नगरपालिका–८ बैरेनी टोल बस्ने ४७ वर्षीय हरि बहादुर श्रेष्ठलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । हरि बहादुरले ती बालिकालाई सोमबार दिउँसो जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी चौकी केवाबेशीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।...