Thursday, August 13

समाज

अरुणमा जलसतह बढेपछि सर्तकता अपनाउन आग्रह
समाचार, समाज

अरुणमा जलसतह बढेपछि सर्तकता अपनाउन आग्रह

नेपालअखबार, संखुवासभा । रातभरिको वर्षाले अरुण नदीमा जलसतह बढेपछि स्थानीय प्रशासनले सतर्कता अपनाउन तल्लो तटका बासिन्दालाई अनुरोध गरेको छ । साथै, स्थानीय प्रशासनले खोला, नदीमा जलसतह बढेको खण्डमा स्थानीय प्रशासन वा नजिकको प्रहरीलाई खबर गर्न आग्रह गरेको छ ।यसैबीच, निरन्तरको वर्षाले मकालु गाउँपालिकाका फ्याक्सिन्दामा निर्माणाधीन अरुण तेस्रो जलविद्युत् आयोजनाको बाँध भरिएर पानी सतहमाथिबाट बग्न थालेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।...
गुल्मीको रेसुङ्गा र मदानेमा भेटिए नयाँ प्रजातिका चरा
समाचार, समाज

गुल्मीको रेसुङ्गा र मदानेमा भेटिए नयाँ प्रजातिका चरा

नेपालअखबार, गुल्मी । गुल्मीका रेसुङ्गा र मदाने वन संरक्षित क्षेत्रमा आठ प्रकारका नयाँ प्रजातिका चरा फेला परेका नेपाल पक्षी संरक्षण सङ्घले जनाएको छ । सङ्घले गरेको सर्वेक्षणमा मदाने वन क्षेत्रमा चाकासूचक, कालोकण्ठे भुइँरोबिन, श्यामश्वेत अर्जुनक, कालो बुङ्गेचरी, आली चुइँया र हिमाली लेकचरी फेला परेका छन् । यसैगरी रेसुङ्गा वन क्षेत्रमा सानो सेतो बकुल्ला नामको नयाँ प्रजाति फेला परेको सङ्घका परियोजना अधिकृत भरत पन्थीले बताए । वर्षमा दुईपटक गुल्मीमा चराको सर्वेक्षण हुँदै आएको छ । नेपाल पक्षी संरक्षण सङ्घका अनुसार विश्वमा पाइने दुर्लभ प्रजातिका चरामध्ये गुल्मीमा मात्र ६ किसिमका चरा पाइन्छन् । गुल्मीको रेसुङ्गा र मदाने वन संरक्षण क्षेत्रमा दुर्लभ प्रजातिका चराहरुमध्ये रेसुङ्गा वन संरक्षित क्षेत्रमा चिरकालिज, रणमच्च महाचिल, डङ्गर गिद्द, सोतो गिद्द, सुन गिद्द र गोमायो महाचिल पाइन्छन् । रेसुङ्...
दुइतर्फी खुल्यो मुग्लिन–मौवाखोला सडक
समाचार, समाज

दुइतर्फी खुल्यो मुग्लिन–मौवाखोला सडक

नेपालअखबार, मुग्लिन । पृथ्वी राजमार्गको मुग्लिन–मौवाखोला सडकका विभिन्न ठाउँमा खसेका पहिरो पन्छाएपछि सडक सञ्चालनमा आएको छ। गए रातिको वर्षाका कारण उक्त सडकका विभिन्न स्थानमा पहिरो खसेको थियो। जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख  सुरेश सुवेदीले इच्छाकामना गाउँपालिका–३ चुम्लिङटार र मौवाखोलामा खसेको पहिरो हटाएसँगै बाटो खुलेको जानकारी दिए। मौवाखोलामा एकतर्फी र चुम्लिङटारमा दुईतर्फी सडक अवरुद्ध भएको थियो भने कुरिनटारमा विशाल ढुङ्गा खस्दा बाट बिहान ७ बजेदेखि अवरूद्ध थियो।  'अहिले दुवै तर्फ बाटो खुलेको छ,' इन्स्पेक्टर सुवेदीले भने।...
नारायणगढ–बुटवल सडक अवरुद्ध
समाचार, समाज

नारायणगढ–बुटवल सडक अवरुद्ध

नेपालअखबार, नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडक अवरुद्ध भएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेमा सोमबार सडक भासिएको स्थानमा गए राति लेदो खसेपछि सडक पुनः अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय बर्दघाट सुस्तापूर्वका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलका अनुसार मङ्गलबार साँझदेखि एकतर्फी रूपमा सञ्चालनमा आएको सडक गए रातिको वर्षापछि अवरुद्ध भएको हो ।  सडक सञ्चालनको प्रयास जारी रहेको उनले जानकारी दिए ।...
गर्मीको मारमा युरोप, एक वर्षमै ४७ हजारको मृत्यु
विदेश, समाचार, समाज

गर्मीको मारमा युरोप, एक वर्षमै ४७ हजारको मृत्यु

नेपालअखबार, काठमाडौँ । यही सोमबार अर्थात् अगष्ट १२ मा बेलायतको क्याम्ब्रिजको अधिकतम तापक्रम ३४.८ डिग्री सेल्सियस पुग्यो । यो तापमान यस वर्षको सबैभन्दा उच्च हो । गत वर्षको जुलाइमा त्यहाँको अधिकतम तापमान ३२ डिग्री सेल्सियससम्म पुगेको थियो । यसअघि सन् २०२२ मा त्यहाँको तापक्रम ४०.३ डिग्री सेल्सियससम्म पुगेको थियो । बेलायतमा सन् २०२२ को अगष्ट १३ यता पहिलोपटक तापक्रम यो वर्ष यति उच्च बनेको हो । बेलायतको साउथपोर्टमा त समुद्र नै सुक्दै गएको छ । त्यहाँ समुद्री तट छ तर पानी छैन ।मानिसहरु समुद्री तटमा छन् तर समुद्रका छालहरुको आनन्द लिन पाइरहेका छैनन् । मौसम विभागका अनुसार सन् १९६१ पछि तापक्रम यतिधेरै उच्च विन्दुमा पुगेको यो ११औं वर्ष हो । अझ डरलाग्दो त के भने ती ११ वर्षभन्दा ८ वर्ष त सन् २००० पछिका वर्षहरु हुन् । बेलायत तथा समग्र युरोपबासीलाई न यतिधेरै गर्मी खप्ने बानी छैन । तर, विश्व उ...
प्रचारप्रसारको अभावमा बाँकेको ‘सुतैया ताल’ ओझेलमा
समाचार, समाज

प्रचारप्रसारको अभावमा बाँकेको ‘सुतैया ताल’ ओझेलमा

जानकी । बाँकेको वैजनाथ गाउँपालिका–३ मा अवस्थित प्राकृतिक सौन्दर्यले भरिपूर्ण ‘सुतैया ताल’ ओझेलमा परेको छ । बाँके राष्ट्रिय निकुञ्जको काखमा रहेको यो ताल प्राकृतिक रूपले रमणीय र मनमोहक भए पनि आवश्यक प्रचारप्रसार तथा भौतिक पूर्वाधारको अभावमा ओझेलमा परेको स्थानीयवासीको गुनासो छ । प्रायः हिउँदमा निकुञ्ज क्षेत्रमा वन्यजन्तुहरु यहाँ पानी पिउन आउने गरेका छन् । यसरी पानी पिउन आएका वन्यजन्तुलाई घरआँगनबाट नै हेर्न पाइने भएकाले सो समय अत्यन्त मनमोहक हुने स्थानीय बताउँछन् । स्थानीय रामबहादुर थापाले निकुञ्जबाट ‘सुतैया ताल’मा पानी पिउन आउने वन्यजन्तु हेर्न पछिल्लो समय आन्तरिक पर्यटकको चहलपहल बढ्दै गए पनि प्रचारप्रसारको अभावमा सो सङ्ख्या उल्लेख्य रूपमा वृद्धि हुन नसकेको गुनासो गरे । ‘यहाँ विभिन्न प्रजातिका वन्यजन्तु पानी पिउन आउँछन् । दुर्लभ वन्यजन्तुको यहाँ सहज रूपले आवतजावत हुन्छ’, उनले भने, ‘विशे...
झापामा थप बाह्र सय हेक्टर जमिनमा सिँचाइ सुविधा
समाचार, समाज

झापामा थप बाह्र सय हेक्टर जमिनमा सिँचाइ सुविधा

नेपालअखबार,झापा। झापा भूमिगत जलसिँचाइ आयोजनाबाट जिल्लामा भूमिगत सिँचाइमार्फत सिञ्चित हुने क्षेत्रमा वृद्धि भएको छ । जिल्लामा सञ्चालित विभिन्न आयोजना मार्फत २०८०/८१ मा एक हजार दुई सय हेक्टर जमिनमा सिँचाइ सुविधा थप भएको छ । योसँगै झापामा छ सय हेक्टर जमिनमा किसानको पहुँच पुगेको हो । आयोजनाका सूचना अधिकारी ईश्वर थापाका अनुसार गत आवका लागि विनियोजित १० करोड ४५ लाखको वित्तीय प्रगति शतप्रतिशत हुनुका साथै भौतिक प्रगति एक सय ३४.१७ प्रतिशत रहेको छ । गत आवमा विनियोजित बजेटमा आयोजनाले लिएको लक्ष्यभन्दा बढी काम भएकाले भौतिक प्रगति बढेको छ । गत आवमा कृषि उत्पादन बढाउन नदी तथा नहरबाट सिँचाइ सुविधा नपुगेका खेतबारीमा भूमिगत सिँचाइ प्रणालीका माध्यमबाट सिँचाइ पुर्‍याउन १५ डिपट्युबवेल निर्माण र १७ वटा संरचाना निर्माण सम्पन्न भएको सूचना अधिकारी थापाले बताए । ‘आव २०७९/८० देखि २०८३/८४ सम्म पाँच वर्षमा स...
मोरङको बेलबारीमा हात्ती मृत फेला
समाचार, समाज

मोरङको बेलबारीमा हात्ती मृत फेला

नेपालअखबार, मोरङ । मोरङको बेलबारी–३ करमडाँडास्थित अन्दाजी तीनदेखि चार वर्षको हात्ती मृतावस्थामा भेटिएको छ । स्थानीयवासी अनिता थापा र रेखा थापाको निजी वनमा हात्तीको छावा आज विहान मृत फेलापरेको बेलबारी नगरपालिका–३ का वडाध्यक्ष योगेन्द्रप्रसाद सुवेदीले जानकारी दिए । सबडिभिजन वन कार्यालय बेलबारी, इलाका प्रहरी कार्यालय बेलबारी र सशस्त्र प्रहरी बल बेसक्याम्प लक्षीमार्गकोे टोलीले घटनास्थल पुगेर मुचुल्का उठाउन सुरु गरेको डिभिजन वन कार्यालयका निमित्त प्रमुख हेमन्त पराजुलीले जानकारी दिए । छावाको मृत्युको कारण भने खुल्न नसकेको उनले बताए । सुनसरीस्थित कोशी टप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा रहेको राष्ट्रिय प्रकृति संरक्षण कोषको टोली पनि घटनास्थलमा आउने क्रममा रहेको जनाइएको छ ।...
डेंगु सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या दुई पुग्यो
समाचार, समाज, स्वास्थ्य

डेंगु सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या दुई पुग्यो

नेपालअखबार, काठमाडौँ । डेंगु सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या दुई जना पुगेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार जनावरी यता ३ हजार ३ सय ३९ जना सङ्क्रमण पुष्टि भएकोमा २ जनाको मृत्यु भएको हो । मृत्यु भएका डेंगु सङ्क्रमितलाई अन्य रोग पनि लागेको ईडीसीडीले उल्लेख गरेको छ । देशभर ७७ मध्ये ७३ जिल्लामा डेंगु सङ्क्रमण देखिएको छ । तनहुँका ६५६ जनामा डेंगु सङ्क्रमण देखिएको छ । यो जिल्लामा मात्रै पाँच सय बढी डेंगु सङ्क्रमित छन् । साउन २५ गते ३ हजार ८४ जनामा डेंगु देखिएको थियो । ईडीसीडीले सोमबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार तीन दिनको फरकमा  २५५ जना थप सङ्क्रमित भएको पुष्टि भएको छ ।सो तथ्याङ्क अनुसार कोशी प्रदेशमा सबै भन्दा बढी ५८२ जना सङ्क्रमित छन् । यस्तै, सबैभन्दा मक डेंगु प्रभावित कर्णाली प्रदेश देखिएको छ । यहाँ ४७ जना मात्रै डेंगु सङ्क्रमित रहेको ईडीसीडीले जनाएक...
गँड्यौला पालेर मासिक दुई लाख कमाउँदै रिमाल
कृषि, समाचार, समाज

गँड्यौला पालेर मासिक दुई लाख कमाउँदै रिमाल

नेपालअखबार, नवलपुर (नवलपरासी) । गैंडाकोटका किसान गोपिचन्द्र रिमालले गँड्यौला पालनबाट मासिक दुई लाख रु पैयाँआम्दानी गर्दै आएका छन्। उनले तीन वर्षअघि गैँडाकोट–५ वैकुण्ठपथमा १२ वटा ब्याड निर्माण गरी गँड्यौला पालन सुरू गरेका हुन्। एक कठ्ठा क्षेत्रफलमा १२ वटा ब्याड निर्माण गरी तीन वर्षदेखि व्यावसायिक गँड्यौलापालन गर्दै आएको ६३ वर्षीय रिमालले बताए। पछिल्लो दुई महिनामा तीन लाख ६० हजार आम्दानी भएको उनले जानकारी दिए। एउटा ब्याडमा गँड्यौला राखेको दुई महिनामा मल तयार हुने भन्दै प्रतिब्याड ३० हजार आम्दानी भइरहेको रिमालले उल्लेख गरे। प्रतिब्याडमा दुई ट्याक्टर मल, श्रमिकको ज्याला, प्याकिङका लागि प्लास्टिकसहित करिब १५ हजार लगानी हुने जनाउँदै दुई महिनाभित्र प्रतिब्याडबाट १२ क्विन्टलसम्म मल उत्पादन हुने गरेको उनले जानकारी दिए। रिमालका अनुसार प्रतिकिलो रु २५ का दरले गँड्यौलाको मल बिक्री हुन्छ। ...