पत्रकार महासङ्घ भक्तपुरद्वारा वरिष्ठ पत्रकार बस्नेत,पत्रकार दुवाल, नेपाल र क्षेत्री सम्मानित
नेपालअखबार, भक्तपुर । नेपाल पत्रकार महासङ्घ, भक्तपुर शाखाको शनिवार सम्पन्न ९औँ अधिवेशन तथा साधारण सभाले वरिष्ठ पत्रकार माथवर सिंह थापा सहित ४ जना पत्रकारलाई सम्मान गरिएको छ ।
कार्यक्रममा वरिष्ठ पत्रकार माथवर सिंह बस्नेतलाई ५ हजार नगद सहित वरिष्ठ पत्रकार सम्मान दिइएको थियो । यसै गरी राजधानी दैनिकका पत्रकार तथा पत्रकारिता अध्यापक पूर्णभक्त दुवाललाई नगद रु १५ हजार रुपैयाँसहित स्व. भगवान्, राजकुमार महर्जन स्मृति पुरस्कार प्रदान गरिएको थियो ।
यसैंगरी ५–५ हजार नगदसहित चन्द्रकला क्षेत्री भगवतीलाई महिला पत्रकारिता पुरस्कार र कृष्ण प्रसाद नेपाललाई स्व. मैयाँदेवी शिल्पकार स्मृति पुरस्कारबाट सम्मान गरिएको थियो ।
भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य दुर्लभ थापाको प्रमुख आतिथ्ययतामा भएको साधारण सभामा यथाशीघ्र महाधिवेशन गरी पत्रकारहरूको साझा सङ्गठनको छवि सुधार्नुपर्ने आवाज उठेको थियो ।
सदस्यत...










