Saturday, August 15

समाज

मानिस जस्तै हात्तीले पनि नामले बोलाउँछन् एकअर्कालाई!
समाचार, समाज

मानिस जस्तै हात्तीले पनि नामले बोलाउँछन् एकअर्कालाई!

नेपालअखबार, काठमाडौं । मानिस जस्तै हात्तीले पनि अरू हात्तीलाई बोलाउन नाम राख्ने गर्छन् भन्ने खुलेको छ। अहिलेसम्म मानिसबाहेक अर्को कुनै जनावरले बोलाउन नाम राखेको थाहा भएको थिएन। हात्ती मानिसपछिको सबभन्दा बुद्धिमान प्राणीमध्ये पर्छ भन्ने मान्यतालाई यसले थप बल पुर्‍याएको छ। सोमबार माइकल पार्दो र अरू खोजकर्ताहरूले 'नेचर इकोलोजी एन्ड इभोल्युसन' जर्नलमा लेख्दै अफ्रिकाका हात्तीहरूले बोलाउन नाम राख्ने गर्छन् भनेर दाबी गरेका छन्। पार्दोले केन्याका दुई समूहका हात्तीहरूको वर्षौंदेखि रेकर्ड गरिएको आवाजको अध्ययन गरेर सो कुरा पत्ता लगाएका हुन् भनेर 'द इकोनोमिस्ट' ले लेखेको छ। सम्बुरू राष्ट्रिय आरक्षमा रहेका हात्तीको सन् १९९७ देखि रेकर्ड गरिएका आवाज र अम्बोसेली राष्ट्रिय निकुञ्जका हात्तीको सन् १९७२ देखि रेकर्ड गरिएका आवाजको अध्ययन गरेर पार्दोले सो कुरा पत्ता लगाएका हुन्। पार्दोले ती दुई ठाउँक...
मोरङका खोलामा पहिलो पटक भेटियो माछाको गैरदेशीय नयाँ प्रजाति, कसरी आइपुग्यो नेपाल ?
समाचार, समाज, हाइलाइट-समाचार

मोरङका खोलामा पहिलो पटक भेटियो माछाको गैरदेशीय नयाँ प्रजाति, कसरी आइपुग्यो नेपाल ?

नेपालअखबार,मोरङ । मोरङको बेलबारी र धनपालथानमा माछाको एक गैरदेशीय प्रजाति फेला परेको छ । दक्षिण अमेरिकाको अमेजन नदीमा पाइने टेरिगोप्लिक्थिस डिसजन्किटिभस वैज्ञानिक नाम रहेको उक्त माछा नेपालमा पहिलो पटक बेलबारीस्थित नदीमा चार वर्षअघि देखापरेको थियो । नयाँ प्रजातिको माछा भन्ने शङ्का लागेर त्यही समयदेखि स्थानीय अनुसन्धानकर्ताहरु जसहाङ लिम्बू, दीपक राजवंशी, अस्मित सुब्बा र लक्ष्मण खनाल यसलाई पछ्याउन थालेका थिए । पछि दुई चाइनिज अनुसन्धानकर्ताहरु जिनक्वान याङ र चेनहोङ लिको सहयोगमा उनीहरुले यो अतिमिचाहा स्वभाव भएको र नेपालका लागि नयाँ प्रजाति हो भन्ने पुष्टि गरे। यो माछाको बासस्थान, शारीरिक र आनुवंशिक बनोट  तथा आनीबानी र नेपालमा पहिलो पटक भेटिएको भन्ने पुष्टि गर्दै अनुुसन्धानकर्ताद्वारा लेखिएको एक लेख ‘बायोइन्भेजन्स् रेकर्डस्’ भन्ने विज्ञान पत्रिकाको हालैको अङ्कमा छापिएको छ । स्तरीय मानिएको (क्...
धान नबिकेपछि झापाका किसान चिन्तित
कृषि, समाचार, समाज

धान नबिकेपछि झापाका किसान चिन्तित

नेपालअखबार, बनियानी (झापा) । गत चैतमा उत्पादित चैते धान नबिकेपछि झापाको कचनकवल गाउँपालिकाका किसान चिन्तित बनेका छन् । केही समयअघि स्थानीय व्यापारीलाई किसानले प्रतिमन एक हजार ५० देखि एक हजार दुई सयसम्ममा धान बिक्री गरे पनि हाल बिक्री ठप्प भएको कचनकवल गाउँपालिका-२ का किसान दुर्गाप्रसाद थापाले बताए । ‘मिललाई धान पर्याप्त भएको हो वा किन हो थाहा भएन, दुई दिनदेखि बिक्री ठप्प छ’, उनले भने, ‘किसानले धान बाटो पछार्नुपर्ने अवस्था आइसकेको छ ।’ खेतमा धान पाकेर अलपत्र परेको उनले बताए । धान स्थान सुपरजोन समन्वय समितिका सदस्यसमेत रहेका उनले किसानलाई सरकारले प्रोत्साहन गरेकै कारण उत्पादन बढ्ने बताए । किसानले उत्पादन गरेको धानको उचित व्यवस्थापन सरकारले गर्नुपर्नेमा उनको जोड छ । गरिब तीन बिघा क्षेत्रफलमा चैते धानखेती गरेका कचनकवल-३ का अर्का किसान तोयानाथ मिश्रले यो वर्ष २५० मन धान उत्पादन हुने अ...
बेनी–जोमसोम–कोरला सडक: ८ वर्षमा ८० प्रतिशत भौतिक प्रगति
प्रशासन, समाचार, समाज

बेनी–जोमसोम–कोरला सडक: ८ वर्षमा ८० प्रतिशत भौतिक प्रगति

नेपालअखबार,  बेनी। ८ वर्षअघि निर्माण सुरु भएको राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक योजनाको ८० प्रतिशत भौतिक प्रगति भएको छ। भारतीय सिमानामा रहेको त्रिवेणी र चीनको कोरला नाकालाई जोड्ने गण्डकी प्रदेशको ‘भाग्यरेखा’ मानिएको यो सडक पूर्वाधार, आर्थिक, व्यापारिक, जलविद्युत्, पर्यटन र धार्मिक विकासका लागि महत्वपूर्ण मानिएको छ। पर्वतको मालढुङ्गादेखि म्याग्दी हुँदै मुस्ताङको कोरला नाकासम्मको २०२ किलोमिटर दूरीको सडक स्तरोन्नति र सडकमा पर्ने खोलामा पुल निर्माण गर्न विसं २०७३ देखि योजना निर्माण सुरु भएको थियो । योजनाको २०८१ जेठ अन्तिम सातासम्मको भौतिक प्रगति ८० प्रतिशत रहेको आयोजना प्रमुख ध्रुवकुमार झाले आइतबार बेनीमा आयोजना भएको कार्यक्रममा जानकारी गराए। १० अर्ब लागत अनुमान गरिएको यो सडक आर्थिक वर्ष २०७९/८० मा सम्पन्न गर्ने लक्ष्य राखिएको थियो। निर्धारित समयमा ...
मह बेचेर भोजपुरको नागीमा एक करोड बढी भित्रियो
अर्थ, कृषि, समाचार, समाज, हाइलाइट-समाचार

मह बेचेर भोजपुरको नागीमा एक करोड बढी भित्रियो

नेपालअखबार, भोजपुर । भोजपुरको नागी क्षेत्रका किसानको लागि मह राम्रो आम्दानीको स्रोत बनेको छ । व्यावसायिक मौरीपालनबाट उत्पादन भएको महबाट यो गाउँमा एक वर्षमा रु एक करोड २० लाख बढी भित्रिएको छ । टेम्केमैयुङ–४ मा पर्ने यो स्थानका अधिकांश किसानले व्यावसायिक रूपमा मौरीपालन गरिरहेका छन् । नजिकै प्रशस्त वन क्षेत्र रहेकोले यहाँका हुँगे, चोक्ला, वाकताङ लुङ्गिनलगायतका स्थान मौरीपालन हुने गरेको छ । मह आम्दानीको राम्रो स्रोत बनेको स्थानीय मौरीपालक किसान सारुहाङ राईले बताए । आफूले पालेको १८ वटा आधुनिक घारमा एक पटकमा एक सय केजीसम्म उत्पादन हुने उनले बताए । एक वर्षमा मौरीलाई दुईदेखि तीन पटकसम्म काढ्न सकिने उहाँले जानकारी दिनुभयो । स्थानीय बजारमा मह प्रतिकेजी रु एक हजार पाँच सयमा बिक्री हुने उनको भनाइ छ । “मह नागी क्षेत्रका किसानको राम्रो आम्दानीको स्रोत बनेको छ”, उनले भने, “मौरीबाट थोरै मेहनतमा राम्...
वीरगञ्जका विद्यालयमा बिहान साढे १० भित्रै पठनपाठन सक्नुपर्ने
शिक्षा, समाचार, समाज

वीरगञ्जका विद्यालयमा बिहान साढे १० भित्रै पठनपाठन सक्नुपर्ने

नेपालअखबार, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले अत्यधिक गर्मी बढेसँगै बिहानको १०ः३० बजेभित्रै पठनपाठन सकाउन सामुदायिक तथा निजी विद्यालयलाई निर्देशन दिएको छ । महानगरको आइतबार बसेको बैठकले गर्मी बढेसँगै आजदेखि विद्यालयको पठनपाठन सीमित अवधिमा मात्रै गर्न निर्देशन दिएको हो । वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराईले तराई/मधेश क्षेत्रमा गर्मी बढिरहेको र अझै केही दिन गर्मी बढ्न सक्ने मौसम विभागको पूर्वानुमानलाई मध्यनजर र बालबालिकाको स्वास्थ्यलाई ख्याल गर्दै बिहानीको समयमा कक्षा सञ्चालनको समयावधिलाई कम हुने गरी पठनपाठन गराउन निर्देशन दिएको बताए । ‘महानगरपालिकाको आइतबार बसेको बैठकले हाल शिक्षणको समयावधिमा हुने क्षतिलाई पछि मिलान गर्ने गरी शैक्षिक क्षतिलाई न्यूनीकरण गर्नका लागि अर्को सूचना जारी नभएसम्मका लागि जेठ २८ गतेदेखि बिहान १०ः३० बजेभित्र पठनपाठन सक्ने गरी कक्षा सञ...
पत्रकार महासंघलाई अमूक संगठनको छाया बनाउन खोजिएको ठहरसहित ६ संगठनको ४ बुँदे माग
समाचार, समाज

पत्रकार महासंघलाई अमूक संगठनको छाया बनाउन खोजिएको ठहरसहित ६ संगठनको ४ बुँदे माग

नेपालअखबार,काठमाडौं । पत्रकारका विभिन्न संघ संगठनले सदस्यता विवाद देखाएर पत्रकार महासंघले निर्वाचनलाई अन्योलतर्फ धकेलेको बताएका छन् । प्रेस चौतारी नेपाल, प्रेस सेन्टर नेपाल, समाजवादी प्रेस संगठन, जनपत्रकार संगठन, क्रान्तिकारी प्रेस संगठन र प्रगतिशील पत्रकार संघले संयुक्त विज्ञप्ति जारी गर्दै महासंघको निर्वाचन तोकिएको समयमा सम्पन्न गरी वैधानिकता जोगाउन ४ बुँदे मागसमेत पेस गरेका छन् । निर्वाचन समयमा हुन नसक्नुले पत्रकारहरूमा महासंघको मूल नेतृत्वको निर्णय क्षमतामाथि प्रश्न उठेसँगै महासंघलाई अमूक संगठनको छाया संस्थामा परिणत गर्न चाहेको प्रमाणित भएको यी ६ संगठनको ठहर छ । सुर्खेत साधारणसभाबाट महासंघलाई वास्तविक पत्रकारको संस्थाको रूपमा विकास गर्ने उद्देश्यका साथ शुद्धीकरण समिति गठन गरी १५ बुँदे शुद्धीकरण मापदण्ड सार्वजनिक गरिएकोमा महासंघले आफ्नो कर्तव्य पूरा नगरेको कारण अहिलेको परिस्थ...
आँबुखैरेनी–मुग्लिन सडक आज चार घण्टा बन्द हुने
प्रशासन, समाचार, समाज

आँबुखैरेनी–मुग्लिन सडक आज चार घण्टा बन्द हुने

नेपालअखबार,तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत आँबुखैरेनी–मुग्लिन सडकखण्ड चार घण्टा पूर्ण रूपमा बन्द हुने भएको छ । आँबुखैरेनी–४ स्थित डयाम नजिक पहिरो नियन्त्रणको काम भइरहेकाले बिहान १० देखि दिउँसो १ बजेसम्म सडक बन्द हुने भएको हो । हिलसाइडमा चर्किएका ढुङ्गा ‘ट्रिममिङ’ गर्नुपर्ने भएकाले बाटो बन्द गरिने जिल्ला सडक डिभिजन कार्यालयका प्रमुख पशुपति ज्ञावलीले बताए । पृथ्वीराजमार्गमा गुड्ने सवारीसाधन व्यवस्थापनमा सहजीकरण गरिदिन जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयलाई उक्त कार्यालयले अनुरोध पनि गरेको छ ।...
  प्रगतिका बालपत्रकारद्वारा आफ्नो विद्यालयको विद्यार्थीहरूका तस्बिर सार्वजनिक
शिक्षा, समाचार, समाज

  प्रगतिका बालपत्रकारद्वारा आफ्नो विद्यालयको विद्यार्थीहरूका तस्बिर सार्वजनिक

नेपालअखबार, काठमाडौँ ।  प्रगति शिक्षा सदन माध्यमिक विद्यालय बालपत्रकारद्वारा आफ्नो विद्यालयको विद्यार्थीहरूका तस्बिर सार्वजनिक गरेका छन् ।  प्रगति शिक्षा सदन माध्यमिक विद्यालयको मिडिया क्लबमा विभिन्न कक्षामा अध्ययन गर्ने  विद्यार्थीहरू रहेका छन् ।   बाल पत्रकार श्रीराम शर्मा सुभाष खड्का र श्रेष्ठले आफ्नो विद्यालयबाट लिएको तस्बिर हाे । उहाँहरू कक्षा ६ मा अध्ययन गर्छन् । उहाँहरुले बालपत्रकार द्वारा बालपत्रकारिताद्वारा आफ्नो विद्यालयका गतिविधिलाई सार्वजनिक गर्दै मिडियामा पुर्याउने काम गर्छन्।  ...
सौर्य एयरलाइन्सका अध्यक्ष दिपक कुमार पोख्रेल सम्मानित
पर्यटन, समाचार, समाज

सौर्य एयरलाइन्सका अध्यक्ष दिपक कुमार पोख्रेल सम्मानित

नेपालअखबार, भद्रपुर ।  सौर्य एयरलाइन्सका अध्यक्ष दिपक कुमार पोख्रेल सम्मानित हुनु भएकाे छ ।  प्रमुख अतिथि पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका पार्टी अध्यक्ष केपी शर्मा ओलीद्वारा सम्मानित गरिएको छ । नेपालको पर्यटन क्षेत्रमा सौर्य एयरलाइन्स नेपालको आन्तरिक उडानमा पहिलो जेट विमान रहेकाले पर्यटन प्रवर्धनका लागि सौर्य एयरलाइन्सद्वारा गरिएको अतुलनीय योगदानका लागि हस्पिटल प्रालीका भद्रपुरका अध्यक्ष  दिपक कुमार पोख्रेललाई सम्मानित गरिएको  छ । सौर्य एयरलाइन्सका अध्यक्ष पोख्रेल समाज गरिब असहायलाई सहयोग गर्दै आउनुभएको छ । नेकपा एमाले पर्यटन प्रवर्धन तथा नागरिक उद्ययन विभागद्वारा नेपालमा पर्यटनको अवस्था , चुनौती र सम्भावना नामक पुस्तक विमोचन सम्पन्न भएको छ। उक्त कार्यक्रम नेकपा एमालेका पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रमुख अतिथिमा सम्पन्न भएको थियो।   ...