‘ढुंगाका आकृति बोल्लान् झैं लाग्यो’
नेपालअखबार, दमौली (तनहुँ) । नुवाकोटको विदुर नगरपालिका–११ वासुदेव अवस्थीलाई पहिलोपटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो । मुक्तिनाथ जान हिँडेका ४० जनाको टोलीले तनहुँको आँबुखैरेनी गाउँपालिका–२ स्थित ऐनापहराको एक घण्टा अवलोकन गरेको थियो ।
‘ढुंगामा आकृति बनाएर पर्यटकीयस्थल बनाउने गाउँपालिकाको योजना निकै राम्रो लाग्यो’, अवस्थीले भने, ‘ढुंगामा खोपिएका आकृति हेर्दा मान्छेसँग बोल्लान् झै लाग्ने खालको रहेछ ।’
पहिलो पटक आउँदा नै यस ठाउँले मोहित बनाएको भन्दै उनले घर फर्किसकेपछि आफन्त तथा साथीभाइलाई यस ठाउँको बारेमा जानकारी गराउने बताए ।
‘राजमार्गमा यात्रा गर्दा थकाइ मार्ने स्थानको रुपमा विकास भइरहेको रहेछ’, अवस्थीले भने, ‘यस ठाउँको अझ प्रचारप्रसार गर्नका लागि सबैले सहयोग गर्नुपर्छ ।’ प्राकृतिक रुपमा रहेका ढुंगालाई कालीगढले मेहनत गरेर आकृति बनाउँदा यस ठाउँकोस्वरुप नै बद्लिएको उनको भनाइ छ ।
...










