Monday, August 17

समाज

पूर्व प्रधानमन्त्री खनाल र किरात धर्मगुरु आत्मानन्दबिच भेटवार्ता
समाचार, समाज

पूर्व प्रधानमन्त्री खनाल र किरात धर्मगुरु आत्मानन्दबिच भेटवार्ता

नेपालअखबार, काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादी पार्टीका वरिष्ठ नेता झलनाथ खनाल र किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङसँग भेटवार्ता भएको छ । शुक्रबार इलामको माङसेबुङ ५ स्थित गुरुको निजी आश्रममा पूर्व प्रधानमन्त्री खनालले किरात धर्मगुरुसँग मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङसँग भेटवार्ता गरेका हुन् । भेटवार्तामा कोशी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री कमल प्रसाद जबेगु र  पूर्व मन्त्री तथा संसद् खिनु लङवा समेत सहभागी थिए । आगामी वैशाख १५ गते हुन लागेको इलाम २ को उपनिर्वाचन नजिकिँदै जाँदा राजनीतिक दलका शीर्ष नेताहरूले किरात धर्मगुरुसँगको भेटलाई तीव्र बनाएका छन् ।...
नेपाल दूरसञ्चार कम्पनी लिमिटेडद्वारा विभिन्न पदमा दरखास्त आह्वान
समाचार, समाज

नेपाल दूरसञ्चार कम्पनी लिमिटेडद्वारा विभिन्न पदमा दरखास्त आह्वान

नेपालअखबार, काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले विभिन्न पदमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाको दरखास्त आह्वान गरेको छ । लोक सेवा आयोगबाट सहमति प्राप्त भए बमोजिम कम्पनीको कर्मचारी विनियमावली, २०७८ (संशोधन समेत) बमोजिम खुला तथा समावेशी प्रतियोगिताद्वारा स्थायी पदपूर्ति गर्न लागिएको हो । योग्यता पुगेका, विनियम १७ बमोजिम अयोग्य नभएका तथा लोक सेवा आयोगबाट सञ्चालित परीक्षामा अनियमितता गरेको सम्बन्धमा यसअघि निश्चित अवधिसम्म आयोगद्वारा सञ्चालित कुनै पनि परीक्षामा सहभागी हुन नपाउने गरी कारबाहीमा नपरेका इच्छुक नेपाली नागरिकहरूबाट आनलाइन दरखास्त आह्वान गरिएको छ । आवेदकले नेपाली नागरिकताको प्रमाणपत्र, हालसालै खिचिएको पासपोर्ट साइजको फोटो, दस्तखतको नमुना, आफूले हासिल गरेको न्यूनतम शैक्षिक योग्यताका प्रमाणपत्रहरू, तालिम, अनुभव, परिषद् दर्ता प्रमाणपत्र, समावेशिताको प्रमाणपत्र, समकक...
राष्ट्रिय वाणिज्य बैंकद्वारा प्रमुख कार्यकारी अधिकृतको लागि दरखास्त आह्वान
समाचार, समाज

राष्ट्रिय वाणिज्य बैंकद्वारा प्रमुख कार्यकारी अधिकृतको लागि दरखास्त आह्वान

नेपालअखबार, काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकले रिक्त रहेको प्रमुख कार्यकारी अधिकृतका लागि दरखास्त आह्वान गरेको छ । खुला प्रतिस्पर्धात्मक प्रतियोगिताको आधारमा पदपूर्ति गर्नुपर्ने भएकोले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३, नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशन, नेपाल राष्ट्र बैंकबाट जारी बैंक वा वित्तीय संस्थाका सञ्चालक र कार्यकारी प्रमुखको नियुक्तिका लागि आवश्यक योग्यता तथा कार्य अनुभव भएका व्यक्तिलाई दर्खास्त दिन आह्वान गरिएको छ । सूचना प्रथम पटक प्रकाशित भएको मितिले २१  दिनभित्र  बैंकको केन्द्रीय कार्यालय, सिंहदरबार प्लाजा, काठमाडौँमा रहेको सञ्चालक समितिको सचिवालयमा दरखास्त पेस गर्नु आग्रह गरिएको छ । इच्छुक उम्मेदवारले व्यवस्थापन, बैंकिङ, वित्तीय, मौद्रिक अर्थशास्त्र, वाणिज्य शास्त्र, लेखा शास्त्र, तथ्याङ्क शास्त्र, गणित, व्यापार प्रशासन वा कानुन विषयमा स्नातकोत्तर उपाधि हासि...
पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण
पर्यटन, समाचार, समाज

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण

नेपालअखबार, म्याग्दी । विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित घोडेपानी–पुनहिल क्षेत्रको भ्रमण गरेका छन् ।विसं २०८० को वैशाखदेखि चैतसम्म ३१ हजार चार सय ३९ जना पर्यटकले घोडेपानी पुनहिल क्षेत्रको भ्रमण गरेका पर्यटक प्रहरी चौकी घोडेपानीले जनाएको छ । चौकीले घोडेपानी भित्रिने र बाहिरिने पर्यटकको विवरणसहितको अभिलेख राख्दै आएको छ । गत वर्ष २५ हजार दुई सय ७९ जना पर्यटक भित्रिएका र छ हजार  एक सय ६० जना घोडेपानी हुँदै अन्यत्र गएका घोडेपानी प्रहरी चौकीका वरिष्ठ हवल्दार टेकबहादुर सुनारी मगरले बताए । सबैभन्दा बढी चैत महिनामा पाँच हजार आठ सय ४९ जना पर्यटक घोडेपानी आएका छन् । वैशाखमा चार हजार चार सय १४, जेठमा एक हजार दुई सय ८१, असारमा चार सय ४१, साउनमा नौ सय ४७, भदौमा नौ सय ७२, असोजमा चार हजार दुई सय ९८ र कात्तिकमा चार हजार तीन सय ५७ जना पर्यटक आएका छन्...
नेपाल रिटर्नी एशसिएसन (समाजबादी)को सिराह  जिल्ला कमिटी गठन
समाचार, समाज

नेपाल रिटर्नी एशसिएसन (समाजबादी)को सिराह जिल्ला कमिटी गठन

नेपालअखबार, सिराह। नेपाल रिटर्नी एशसिएसन (समाजबादी)को सिराह जिल्ला कमिटी गठन भएको छ । उक्त कार्यक्रममा एशोसियसनका केन्द्रीय अध्यक्ष प्रविन पौडलको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । विशेष अतिथिमा सिराह जिल्ला कमिटी अध्यक्ष प्रमोद यादव ,प्रदेश सदस्य रवीन्द्र साह सचिवालय सदस्य कमल यादव , सिराह जिल्ला कमिटी पार्टी सचिव योगेश सिंह ,अखिल सिराह जिल्ला अध्यक्ष सुरेश यादव लगायतको उपस्थित थीयो । भने सिराह जिल्ला कमिटी सन्तोष कुमार पण्डितको अध्यक्षतामा ५१ सदस्यतामा गठन भएको छ । उक्त कार्यक्रममा एशसिएसनका अध्यक्ष पौडेलले विदेशबाट फर्कदा युवाहरुले ज्ञान शिप पुँजी साथै लगनका साथ आएका हुन्छन् उनीहरुमा देशमा केही गरौं र रोजगार सिर्जना गर्ने हैसियतमा फर्किएका हुन्छन् रिटर्नीहरु देशको लागि बलियो खम्बा हुन । एशोसियसनले पार्टी र देशलाई सही मार्गमा अघि बढाउन आवाज बुलन्द गर्ने छ ।कृषि उत्पादननै राष्ट्रको प्रम...
विपिन जोशीका परिवारले भेटे प्रधानमन्त्री प्रचण्डलाई
समाचार, समाज

विपिन जोशीका परिवारले भेटे प्रधानमन्त्री प्रचण्डलाई

नेपालअखबार, काठमाडाैं  । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग हमासको कब्जामा रहेका विपिन जोशीको परिवारले भेट गरेको छ। आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा जोशीका बुबाआमासहित परिवारका सदस्यले भेट गरेका हुन्। भेटमा जोशीको परिवारले विपिनको रिहाइका लागि थप प्रयासका लागि प्रधानमन्त्रीसँग अनुरोध गरेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ। प्रधानमन्त्री दाहालले आफू विपिनको रिहाइका लागि चिन्तित रहेको र त्यस निम्ति निरन्तर पहल गरिरहेको बताउँदै चाँडै सकारात्मक परिणाम आउनेमा आफू आशावादी रहेको उल्लेख गरे। रासस...
अफगानिस्तानमा बाढीका कारण ७० जनाको मृत्यु
विदेश, समाचार, समाज

अफगानिस्तानमा बाढीका कारण ७० जनाको मृत्यु

नेपालअखबार, काबुल । अफगानिस्तानमा हालै आएको बाढीका कारण ७० जनाको मृत्यु भएको भने ५० जनाभन्दा बढी घाइते भएको पुष्टि भएसँगै बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या बढेको राष्ट्रिय विपद् अधिकारी मुल्लाह जानान स्याकले बताए । विगत छ दिनमा बाढीबाट प्रभावित भई मृत्युवरण गर्नेको सङ्ख्या ७० पुग्नुका साथै अन्य ५६ जना घाइते भएको स्याकले मिडियालाई बताए । यसअघि ती अधिकारीले ३३ जनाको मृत्यु भएको तथा २७ जना घाइते भएको पुष्टि गरेका थिए । गत हप्तामा वर्षा र बाढीका कारण दुई हजार पाँच सयभन्दा बढी घर क्षतिग्रस्त हँुदा दुई हजारभन्दा बढी गाईवस्तुको मृत्यु भएको छ । अफगानिस्तानका ३४ वटा प्रान्तका प्रमुख भागमा शुक्रबारदेखि वर्षा र छिटपुट हिमपात भइरहेको छ भने देशको मौसम निर्देशनालयले आगामी चार दिनमा थप वर्षाको पूर्वानुमान गरेको छ ।-(रासस\सिन्ह्वा)...
व्यापार र रोजगारीका लागि ताक्लाकोट जानेको सङ्ख्या बढ्दै
समाचार, समाज

व्यापार र रोजगारीका लागि ताक्लाकोट जानेको सङ्ख्या बढ्दै

नेपालअखबार, सिमकोट । रोजगारी र व्यापारका निम्ति चीनको स्वशासित क्षेत्र पुराङ काउन्टीको ताक्लाकोट जान सीमा पास लिने र नवीकरण गर्नेको सङ्ख्या बढ्दै गएको छ ।  ताक्लाकोटमा व्यापार र रोजगारीका निम्ति जान तीन सय २८ जनाले नयाँ पास लिएका तथा आठ सय ७८ जनाले पुराना पास नवीकरण गरेका जिल्ला प्रशासन कार्यालयले जनाएको छ । ताक्लाकोटमा व्यापार र रोजगारीका लागि जाने हुम्लीलाई एक वर्षसम्म मान्य हुने पास स्थानीय प्रशासनले प्रदान गर्दै आएको छ । नेपाल र चीन सरकारको सहमतिमा उक्त व्यवस्था भएको हो । चीनले गत वैशाख १८ गते हिल्साबाट आवागमनको अनुमति दिएपछि बर्सेनि  पास बनाउने सेवाग्राहीको भीड जिल्ला प्रशासन कार्यालयमा बढ्ने गरेको प्रमुख जिल्ला अधिकारी विनोदकुमार पोखरेलले बताए । जिल्लाको उत्तरी नाम्खा, सिमकोट र खार्पुनाथ गाउँपालिकाबाट धेरै सेवाग्राही आउने गरेका छन् । केही दिनयता दक्षिण भेगका सर्केगाड, ताँजको...
तालढुङ्गालाई प्रदेशको नमुना सहर बनाइँदै
प्रशासन, समाचार, समाज

तालढुङ्गालाई प्रदेशको नमुना सहर बनाइँदै

नेपालअखबार, काठमाडाैं।  विकट क्षेत्रमा सूचीकृत काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिका–५ स्थित तालढुङ्गालाई बाग्मती प्रदेशको नमूना सहर बनाउन सुरु गरिएको छ। पहिलो चरणमा चालु आर्थिक वर्षमा विनियोजित बजेटबाट बजार क्षेत्र र आसपासका सडकलाई पक्की बनाउन थालिएको छ। हाल गाउँपालिकाको केन्द्रका रुपमा रहेको तालढुङ्गा बजारलाई प्रदेशभित्रको नमूना तथा उदयीमान सहरका रुपमा विकास गर्ने उद्देश्यले प्रदेश सरकारले जिल्लास्थित सहरी विकास तथा भवन कार्यालयमार्फत चालु आवमा दुई करोड विनियोजन गरेको थियो। उक्त बजेटबाट कार्यालयमार्फत नै बोलपत्र आह्वान गरी बजारको बाटो ढलान तथा विभिन्न स्थानमा आवश्यकताअनुसार ‘ड्रेनवाल’निर्माण भइरहेको गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङले बताए। तालढुङ्गालाई नमूना सहर बनाउने उद्देश्यस्वरुप काम सुरु भइसकेको उल्लेख गर्दै उनले हाल एक प्रविधिक समूहले ‘ल्याण्ड पुलिङ’को काम गरिरहेक...
बागमती नदीमा डुबेर एकजनाको मृत्यु
समाचार, समाज

बागमती नदीमा डुबेर एकजनाको मृत्यु

नेपालअखबार, काठमाडौं । बागमती नदीमा डुबेर एक जनाको मृत्यु भएको छ । गोकर्णेश्‍वर नगरपालिका–१ ओख्रेनी चिलाउनेस्थित बागमतीमा डुबेर १९ वर्षीय युवक अनिल खड्काको मृत्यु भएको हो ।पौडी खेल्ने क्रममा डुबेर रामेछापको उमाकुण्ड गाउँपालिका–२ घर भई काठमाडौं सितापाईला बस्दै आएका खड्को मृत्यु भएको प्रहरीले जनाएको छ ।...